

त्यसरी असफल हुनेहरु धेरै बिदेशिन बाध्य हुन्छन। आफ्नो लगानी तथा मेहनत गरे अनुसार काम नपाएपछि, जतिनै पढेलेखेको भएपनि भारी बोक्न, भाँडा माज्न अनि ट्वाइलेट सफा गर्न पुनः ठुलो धनराशी खर्च गरेर छोटो समयमा धेरै ठुलो धनराशी कमाउने अभिलाषा लिएर विदेश नै जान्छन धेरै जसो युवाहरु, जो भविष्यका देशको कर्णधार समेत हुन्। स्वदेशमा जति गरेनी कमाई थोरै हुने जुन जीवन यापनको लागि प्रयाप्त नहुने, तर छोटो समयमा धेरै कमाई हुने भएकोले नै धेरै युवाहरु बिदेशिएका छन्।

केहि नगरी प्रसस्त कमाई हुने सभासद तथा सांसदको कुनै बिद्यालय तथा कलेज कतै छैन। त्यसैले यस बिषय अध्ययन अध्यापन गराउने शैक्षिक सस्था कतै भेटिदैन। त्यसैले त्यस्तो बिषय कतै पढाई हुने हो भने त् धेरै कुराको राष्ट्रिय समस्या नै समाधान हुने थियो र देशका धेरै कर्णधारहरु विदेश पलायन हुने थिएनन्। । जसले गर्दा हामी नेपालीलाई थोरै समयमा धेरै कमाउन विदेश नै जानुपर्ने बाध्यता समेत हट्ने थियो। अब यो कुरो किन र कसरी उठ्यो भन्ने कुरामा यहाँ समावेस गरिएको कार्टुनहरुबाट नै प्रष्ट हुन्छ, जुन बिभिन्न दैनिक पत्र पत्रिकामा प्रकाशित भएका समाचार तथा कार्टुन हरुले प्रष्ट्याउछ ।
No comments:
Post a Comment