Wednesday, November 9, 2016

अमेरिकाको राष्ट्रपति चुनाव ! विश्वको चासो।

विश्वकै चासोको बिषय बनेको अमेरिकी राष्ट्रपतिको चुनावमा कुनै सार्वजनिक पदमा नरहेका अरबपति ब्यापारी डोनाल्ड ट्रम्पले दिग्गज राजनैतिक नेताहरुका अनुमानका साथै बिभिन्न मत सर्वेक्षणहरुलाई गलत साबित गर्दै डेमोक्र्याटिक पार्टीको उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरी ४५ औँ राष्ट्रपतिमा बिजयी भएका छन्। सम्पूर्ण मतगणना हुनु पूर्वनै उनले आवश्यक मत ल्याएर बिजयी भएपनि आधिकारिक घोषणा भने अझै भइसकेको छैन। ट्रम्पलाई अमेरिकाको ठुला राज्यहरुमा भन्दा ग्रामिण
इलाकाका मतदाताहरुले ठुलो संख्यामा भोट दिएको पछिल्लो सर्वेक्षणले जनाएको छ। साथै महिला तथा अल्पसंख्यकहरु र कलेज पढेकाहरुले हिलारी क्लिन्टनलाई मत दिए पनि गोरा अमेरिकन पुरष तथा कलेज अध्ययन नगरेकाहरुको ठुलो संख्याले ट्रम्पलाई भोट हालेको कुरा अहिले प्रष्टिएको छ। डेमोक्य्राटहरुले पहिले जितेको ठुला तथा मझ्यौला राज्यहरु जस्तै फ्लोरिडा, ओहाहियो,
पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा ट्रम्पले जितेर आफ्नो विजय सुनिश्चित भएको थियो। राष्ट्रपति निर्वाचित हुन् २७० इलेक्टोरल मत परिणाम आवश्यक  हुने भएता पनि पछिल्लो जानकारी अनुसार ट्रम्पले २७६ इलेक्टोरल मत परिणाम पाइसकेका छन्।
अब अमेरिकी राष्ट्रपति निर्वाचनको अधिकारिक घोषणा पश्चात नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बिश्व राजनीतिमा अमेरिकाको भूमिका कस्तो रहने छ, सबै त्यसैको पर्खाइमा छन्। चुनावी घोषणामा अहिले
रहेको अमेरिकको आर्थिक, राजनीतिक र सामाजिक नीति बिरुद्ध ठुलो परिवर्तन गर्ने घोषणा सहित चुनावी मैदानमा उत्रिएका ट्रम्पले भविष्यमा के गर्छन त्यो नै अहिले विश्वले ठुलो व्यग्रताका साथ् हेरिरहेका छन।      

No comments: