
मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत उपस्थित थियो, साथै भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय समकक्षी प्रणव मुखर्जीबीच शितल निवासमा आजै भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति मुखर्जीको बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने र शुक्रबार जनकपुर तथा पोखरा जाने कार्यक्रम समेत छ। उनको तीन दिने नेपाल भ्रमण कार्यक्रम निम्न प्रकारको छ :
१७ गते बुधबार:
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्रिभुवन बिमानस्थलमा समकक्षी भारतीय राष्ट्रपति मुखर्जीको स्वागत,
शीतल निवासमा राष्ट्रपति स्तरीय दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि
१८ गते बिहीबार:
पशुपतिनाथमा पुजाअर्चना
काठमाडौँ विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज
जनकपुर भ्रमणको लागि प्रस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान
No comments:
Post a Comment