Tuesday, December 20, 2016

An Evening With Celebrity

मानविय प्रकृति नै हो, कुनै प्रख्यात व्यक्तित्वसँग राम्रो परिचित हुनखोज्नु,  उनीहरु संगै खाना खाने, खाना नभए
चिया कफी पिउने, राम्ररी परिचित भएपनि नभएपनि केहि समय जे भएपनि कुरा गर्ने, टाँसिएर फोटो खिच्ने अझ हिजो आज त् सेल्फी लिने, जे होस् जसरी भएपनि  प्रख्यात व्यक्तित्वको सामिप्यता पाउन खोज्नु, त्यसमा पनि अहिलेका फिल्म, टेलिभिजनमा आउने बिभिन्न कार्यक्रमका चलेका कलाकार तथा हिरो हिरोइन संग त्  प्राय: जो कोहिले पनि सामिप्यता पाउने कोशिश गर्छन नै। सकेसम्म उनीहरु संग केहीबेर कुरा गरेर फोटो खिच्न त् सबै चाहन्छ।
यो कुरा यहाँ उठाउनुको कुरा अलिक अर्कै छ। फेरी मेरै कुरो गर्दा नी, सुषुप्त अवस्थामा त्यस्तो इच्छा भएपनि खुलेर त्यसरी मरीहत्ते चाही गर्न मन लाग्दैन। किन भन्ने प्रश्न उठ्न सक्छ, सायद म मा पनि केहि कलाकारीताको अंश रहेकोले हुन् सक्छ। हामीले पनि केहि साथीभाई मिलेर केहि समय यस क्षेत्रमा लागि परेका थियौ। केहि योगदान दिएका थियौ । त्यसैले नेपाली चलचित्र तथा यस क्षेत्रलाई मर्यादित तथा स्तर उन्नतिको लागि के गर्ने भने बिषयमा हामी प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागिरहेकै छौ।
अब यहाँ नेपाली चलचित्रको बिकाशको कुरा गर्ने क्रममा निजी लगानिलाई आधार मान्ने हो भने ५० बर्ष र सरकारी स्तर वा लगानिबाट निर्माण भएको चलचित्रलाई आधार मान्ने हो भने त् ६५ बर्ष भन्दा बढ़ी भैसकेको छ नेपाली चलचित्र बन्न थालेको पनि।  १४ सेप्टेम्बर १९५१ मा सरकारी लगानीमा निर्माण भएको फिल्म "आमा" को पहिलो प्रदर्शन भएको थियो। त्यस्तै निजी लगानीमा बनेको पहिलो नेपाली फिल्म "माइतीघर " १९६६ को अन्त तिर पहिलो प्रदर्शन भएको थियो। आधा सतक भन्दा बढ़ी बर्ष पुरा गरिसकेको नेपली चलचित्र उद्योगलाई अझै पनि  बमेसर्दै गरेको उद्योग भन्छन यस क्षेत्रमा लागि परेका ब्यक्तित्वहरू। बालक नावालक, युवा बुढा जे भएपनि आफनो कमि कमजोरि लुकाउन भनिने यस्ता कुराहरूले नेपाली चलचित्र प्रेमीहरूलाई अब झुक्या नसकिने कुराहरू प्रष्ट भई सकेकाछन। तेसैले अबका दिनहरूमा नेपाली मौलिक कथा तथा नेपाली कला संस्कृति झल्काउने चलचित्रहरू सफल भई रहेका छन भने खाली अक्ल बिना भारतीय चलचित्रको नक्कल गरी निर्माण गरिएका चलचित्रहरू सबै असफल भएका छन। अतः अबका दिनहरूमा हामी सबै निर्माता, निर्देशक र कलाकारहरूले समेत यी कुराहरूलाई मनन गरि राम्रा, स्तरीय मौलिक नेपाली चलचित्र निर्माण गर्ने तथा गर्न उत्प्रेरित गर्नु पर्ने समय आइसकेको छ। न की दोष जति दर्शकहरूलाई मात्रै थुपारी, नेपाली भएर नेपाली चलचित्र नै हेर्दैनन भनेर कुर्लिनु उचित हुन्छ।            
नेपाली चलचित्रलाई स्तरीय र राम्रो बनाउनु पर्छ भन्ने सुसुप्त मनोकाँन्छाले गर्दा म पनि अफुलाई मनपरेको र राम्रो अभिनय गर्ने कलाकरहरू सँग यसो फ़ोटो सेसन गर्ने ईछ्या अनुरुप मैले पनि नेपाली चलचित्र जगतको एक सफल तथा प्रतिभावान अभिनेत्री संचिता लुईटेलसँग फ़ोटो सेसन गरेको थिए एउटा परिवारिक पार्टीमा।


No comments: