Monday, October 17, 2016

नेपालको स्वाधिनतामा हमला !

नेपालको स्वाधिनता र  नेपालीहरुको राष्ट्रियता माथि नेपालकै पूर्व राज परिवारसंग नजिकको सम्बन्ध रहेको एक प्रतिष्ठित कम्पनी सिप्रदी प्रा. लि. ले लात्ती हान्ने काम गरेको छ।  सिप्रदी प्रा. लि. अटोमोबाइल सम्बन्धी काम गर्ने नेपालमा दर्ता भएको एक प्रतिष्ठित कम्पनी हो । सिप्रदीले आफ्नो कम्पनी प्रोफाइलमा सिप्रदी प्रालि  नेपालको एक ब्राण्डेड कम्पनी भएको कुरा उल्लेख गरेको भएता पनि यसले कम्पनीको केहि फाइदाको लागि नेपाल राष्ट्रको स्वाधीनता र नेपालीको राष्ट्रियतामाथि लात्ती हान्ने काम गरेको छ । कम्पनीलाई हुने आर्थिक लाभको लागि सिप्रदीले ओसारपसार गर्ने समानको विवरणमा नेपाल भारतको एउटा प्रदेश वा राज्य  भएको कुरा उल्लेख गर्दै काठमाडौँ शहर समेत भारतको एउटा शहर भएको कुरा उल्लेख गरेको छ । हालसालै सार्वजनिक भएको एउटा सामान प्यकिङ्ग गरेको फोटोमा सिप्रदीको लोगो स्पष्ट देखिन्छ र त्यस सामानको प्यकिङ्गमा उल्लेखित विवरणमा देश इण्डिया, स्टेट नेपाल र शहर काठमाडौँ भन्ने उल्लेख गरिएको छ । फोटो हेर्नुहोस् :
यसबारे कुरा गर्न सिप्रदीमा टेलिफोन सम्पर्क गरेर बुझ्न खोज्दा फोन उठाउने कर्मचारीले त्यसबारे आफुलाई केहि थाहा नभएको र सम्बन्धित अधिकारी बाहिर हुनुभएकाले केहि समयपछी सम्पर्क गर्नु भन्ने जानकारी मात्र दिइन्  ।  त्यसपछि जतिनै सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन  । 

यो घटनाको चौतर्फी बिरोध भए पनि सम्बन्धित निकाय अझसम्म मौन छ। सामाजिक सञ्जालमा समेत तीब्र विरोध हुनथालेको छ र राष्ट्रियतामाथि धावा बोल्नेहरुलाई कारवाही हुनुपर्ने माग गर्दै छन्। 
सरोकारवाला अधिकारीहरु, आफुलाई देशभक्त नेता भन्नेहरु यस्तो सम्वेदनशील बिषयमा के सोच्छन त्?    

No comments: