Tuesday, March 20, 2012

हिटलरको जिउदो बेलायती लव चाइल्ड !



हिटलरको मृत्यु भएको जति नै समय बिते पनि सधैं चर्चामा नै रही आएको छ l कहिले आफुले गरेको बर्बरताकोलागि त कहिले आफ्नो निजि जिन्दगिको लागि l  केहि महिना अगाडीको कुराहो, जीन मेरी लोरेट नाम गरेको एक व्यक्तिले आफु हिटलरको फ्रेन्च छोरा हुँ भनेर दाबी गरेको थियो l लोरेट ले आफ्नो बाबु को हो भनेर झन्डै पुरा जिन्दगी भरीनै थाहा पाउन सकेन l  उसको रुपरंग, अनुहार, जिउडाल र चालढाल अनुसार उ हिटलरको छोरा नै हो भन्ने लाग्छ l तर यस कुराको रहश्योघाटन उसको आमाले आफ्नो मृत्युको केहि समय अगाडी मात्रै गरेकी थिइन l लोरेट की आमाले भने अनुसार, हिटलर संग तिनको भेट पहिलो बिश्व युद्धको समयमा भएको थियो र त्यस बेला उनीहरु बीच प्रगाड सम्बन्ध थियो, त्यसैको फलस्वरूप लोरेटको जन्म भएको थियो l त्यस बेला हिटलर एउटा साधारण सैनिक मात्र थिए र उनी फ्रांसको सिमानामा लडाइ लड्दै थिए l त्यति बेला लोरेटको आमाको उमेर १६ बर्ष र हिटलरको उमेर २८ बर्ष को थियो l ६७ बर्षको उमेरमा लोरेटको मृत्यु भएको थियो र उसलाई आफु हिटलरको सन्तान (छोरा) भएकोमा आफ्नो अन्तिम समय सम्म पनि ठुलो अफसोच थियो l   

आफु हिटलरको सन्तान हुँ भनेर गरेको दावा यो पहिलो पटक भने होइन, ५ बर्ष पहिले पनि एक पत्रकारले ठोकुवा गरेका थिए की उसले बेलायतमा हिटलरको लाभ चाइल्ड भेटेको  थियो भनेर, त्यस बेला उसले त्यो बच्चाको जन्मको समयमा साथै रहेको एक महिलालाई उदृत गर्दै यो खबर प्रकाशित गरेका थिए l तैपनि उसले त्यो बच्चाको परिचय लुकाएका थिए l त्यो बच्चा जन्मिए पछी उसको आमाले नपाली अरुलाई नै धर्मपुत्र पाल्न दिएको थियो l यो खबर सही हो भने बेलायतको कुनै शहरमा अहिले पनि हिटलरको ७२ बर्षे लाभ चाइल्ड घुमी रहेको हुन सक्छ l 

Monday, March 19, 2012

सरकार प्रमुख बाबुराम भट्टराई ज्युलाई प्रकाश दाहाल तथा समुहलाई २ करोड सहयोग दिने सम्बन्धमा केहि कुरा


हातमा डाडु पन्यौ भएपछि के हुदैन ? यो उखानलाई यहाँ प्रष्ट्याइ रहनु पर्दैन होला l तर यहि कुरा चरितार्थ भएको छ अहिलेको प्रकाश दाहालको सगरमाथा आरोहण  प्रकरणमा  l
अहिले मावोबादी पार्टी अध्यक्षका सुपुत्र प्रकाशजीले कसैले गर्न नसकेको कार्य गर्न खोज्दै हुनुं हुन्छ l ६०१ जना सभासदहरु सम्मिलित सरकारले बनाउन नसकेको संबिधान बनाउन दवाबदिनकालागि राष्ट्रिय ढुकुटीबाट  रु. २ करोड लिएर सगरमाथा आरोहन गर्न जाने रे l 
के यो सहि हो त ? ........
लौ प्रकाश जी त सगरमाथा आरोहण गर्न जान लग्नु भयो कुरो यहाँ सम्म ठिकै हो, तर त्यसको लागि सरकारले रु. २ करोड दिनुको औचित्य चाही के हो ?  के त्यसरी सगरमाथा आरोहण टोलीलाई सरकारले आफुले गर्न नसकेर राष्ट्रको ढुकुटीबाट पैसा दिएर सरकारलाई नै दवाब दिन लगाउनुको अर्थ के हो ?
प्रकाश जी ले अहिले देश भरबाट बिरोध भएपछी सरकारबाट रकम लिन अस्विकार गर्नु भएछ l तर मनको भनौ की मुखको तितो चाही ओकली हाल्नु भएछ, बिपक्षीहरुले एउटा राम्रो कम गर्न खोजेको गर्न दिएन भन्दै l 
प्रकाश जी तपाइले सगरमाथा आरोहण गर्न लग्नु भएको कुरा राम्रो हो, त्यसको लागि तपाइले पहिले लिन खोज्नु भएको रकम सरकारबाट  नलिने हुनु भयो त्यो पनि राम्रो नै हो, अझ त्यो भन्दा पनि राम्रो हुन्थ्यो तपाइले प्रत्यक्ष देश को लागि यस्तै गरी केहि गर्न लग्नु भएको भए l तपैहरुको पछिल्लो बक्तब्य अनुसार अब सगरमाथा आरोहन गर्नको लागि जनतासंग पैसा चन्दा उठाउने भन्दै हुनुहुन्छ, तर तपाइले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन,  की कसो ?

डुब्न लागेकोलाई त्यान्द्रोको साहारा पनि ठुलो हुन्छ भने झैँ  अहिले यो सरकार अब सगरमाथा आरोहण टोलीको दवाब चाहिएको छ, संबिधान समयमा बनाउनको लागि l क्या गजब छ, त्यत्रा ६०१ नेताहरुबाट प्राय: असम्भव भएको काम के प्रकाश जी र वहाको टोलीले सगरमाथा आरोहण गरेमा दवाब हुने तर साँढे तीन कोटी नेपालीको केहि नलाग्ने ? 
सरकारले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन l
केहि प्रश्न 
१. प्रकश जी के तपाई साँच्चीकै संबिधान बनाउन भनेर दवाब दिनकालागि सगरमाथा आरोहण गर्न जना लग्नु भएकै हो त ?  
२. के त्यसरी संबिधान बन्छ त ?
३. यदी त्यसो हो भने किन संबिधानको लागि मात्रै गर्ने, देशलाई सर्व सम्पन्न बनाउनकोलागि गरौन कुनै कार्य l बरु त्यसको लागि ५ करोड नै परे पनि के फरक पर्छ र ? की कसो ?
४. अनि नेताहरुलाइ सुकर्म गर्न र सुमार्गमा ल्याउन पनि त्यस्तै केहि कार्य किन नगर्ने ?
५. सबै भन्दा महत्वपूर्ण काम हो देशका सम्पूर्ण नागरिकहरु धन, सम्पति र सम्पूर्ण कुराले भरिपूर्ण होस् भनेर १० करोड खर्च गरेर यो जस्तै अर्को कार्य किन नगर्ने ? 
६.  भट्टराई ज्यु,  प्रकाश जीले त्यसरी देशको ढुकुटी रित्याएर सगरमाथा आरोहन गर्दैमा नेताहरुमा दवाब पुग्ने भए, अनि सजिलै संबिधान बन्छ जस्तो लाग्छ त ? कि तपाईहरुले झुक्याउन खोजेको त् होइन नि, की कसो ?
७. बरु तपाइले २ करोड त्यसरी खर्च गर्नु भन्दा, आम नेपालीको मासिक खर्चको लागि  रु. ५००० दिने व्यवस्था मिलाई दिनुहोस, तपाइले खर्च गर्ने रकमले ४००० परिवारलाई मासिक खर्च पुग्छ, के विचार गर्नु भयो ?
  ८. की त्यो रकमले दुर्गम क्षेत्रमा हेल्थपोस्ट बनाएर निसुल्क औषधि वितरण गरिदिनुहोस, धेरै नागरिकहरुले बिना औषधि उपचार ज्यान गुमाउनु पर्दैन थियो की कसो ? 
९. र त्यो रकमले देशको धेरै समस्या समाधान हुन् सक्ने कुरामा त तपाई पनि सहमत हुनुहुन्छ होला नि की कसो ?

Sunday, March 11, 2012

Ring Ceremony (Swayambar)


Ring Ceremony (Swayamber ceremony) is the main event for the whole wedding. Some people have this ceremony followed by Janti (bridegroom with his friends and families go in a procession to bridge home on date of wedding) on the same the day. But for us it happened in two different days.


After the initial Puja,Dubo ko mala (Green grass garland) and Ful ko mala (flower garland) and went around As for three times. Once done, Bridge and Groom exchanged Dubo ko mala and Ful ko mala. Then they put Gold Ring in finger of each other hand and putting a gold chain around each other`s neck.

In Hindu culture of Nepal, just before wedding (with Baidik(cultural) rule). swayambar in which bride and groom exchange garlands and wedding rings. Then a long religious ritual takes place in which the major events include hawan, kanyadan and sindur putting-vermilion powder, and the main symbol of marriage. Now a days god-dhuwa or gift giving ceremony also plays a vital part. The whole religious ritual takes five or six hours. Then finally greetings and introduction of new relatives is done before bidding farewell to a bride. This also involves a girl's family giving gifts of gold and clothes. 

The bride is taken to the groom's house and there also both husband and wife have to conduct several religious rituals. The grooms clan deities and gods were worshipped. The daughter in law and mother in law together have to perform several familiarizing activities. An introduction program and grand feast is organized. After few days the bride and groom go to the bride's maternal home. Few other formal visits on each other's houses follow.

Tuesday, February 21, 2012

शिवरात्रिको अवशरमा जे देखियो l

शिवरात्रिको अवशरमा जे देखियो l
हिन्दुहरुको महान तथा धार्मिक पर्व शिवरात्रिमा देवादिदेव महादेवको दर्शन, पुजा अर्चना  गर्ने क्रममा पशुपति क्षेत्रमा जे जस्तो देखियो, जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ l  
१.  बिहानै (रातिको ३ बजे) देखि देवदिदेव महादेवको पुजा अर्चना र दर्शन गर्न भक्तजनहरु ठुलो उत्साहका साथ लाखौको संख्यामा पशुपति परिसरमा उपस्थिति l 
२. सर्वसाधारण भक्तजनहरु लामो लाइनमा ९ घण्टा सम्म बसेर भगवान शिवको पुजा अर्चना र दर्शन गरेर फर्किए l
३. त्यस्तै हुने खाने तथा धनि भक्तजनहरुले एक हजार देखि तीन हजार रुपैया सम्म तिरेर तुरुन्तै पुजा अर्चना र दर्शन गरेर फर्किएका थिय l     
४. जेहोस भगवानलाई पनि हुने खाने र धनि मानीसहरु र गरिब सर्बसाधारणहरुमा  फरक छुट्याउन आउदो रहेछ l 
५. सरकार देखि सम्बन्धित सबैले यस पटक सबै भक्तजनहरुले एक घण्टा भित्रमा पुजा अर्चना र दर्शन गरेर फर्कन सक्छन भनेर खुब प्रचार गरेका थिय l  सायद एक हजार देखि तीन हजार सम्म तिरेर पुजा अर्चना र दर्शन गर्न आउने भक्तजनहरुको बिषयमा प्रचार गरेका थिए होलान l
६. बिगतमा झैँ यसपालि पनि शिवरात्रीमा पशुपति क्षेत्रमा भारतबाट आएका साधुमहात्मा देखि ढोंगी बाबा सम्मको ठुलो उपस्थिति थियो l
७. ढोंगी बाबाहरु नेपाली युवाहरुको जमातलाई शिवजीको प्रसाद भन्दै गाँजा भांग बेच्दै थिय भने कोहि ढोंगी बाबाहरु चरेस समेत बेच्दै थिए l 
८. नेपाली भक्तजनहरुलाई सजिलो होस् भनेर धेरै जसो बाबाहरुले आफ्नो अगाडी टन्न चुरोट राखेर त्यसमा गाँजा भरेर समेत बेच्दैथिये l 
९. कोहि बाबाहरु चिलिम (गाँजा भरेर तान्ने बिशेष भाड़ो)मा गाँजा भरेर तयार परेर राखेका थिए, भक्तजन आउन साथ बिक्रि गर्दथे भने कोहि सल्काएर आफुले पहिले लामो सर्को तानेर नेपाली युवा भक्तजनहरुलाई तान्न दिन्थे l 
१०. कतै नागा बाबाहरु आफ्नो उत्तेजित नहुने रबर जस्तो लिंगले ठुलो ढुंगा र आगो बल्न दिएको मुढामा गलबन्दीले बाँधेर लिंगमा झुन्डाएर प्रदर्शन गर्दै थिए l नागा बाबाको त्यस्तो प्रदर्शन हेर्ने नेपाली भंक्तजनको संख्या पनि कम थिएन l कति फुर्सदिला र कति धर्मात्मा नेपाली भक्तजनहरु l त्यसरी पनि बाबाजीले नेपालीहरुलाई ठग्दै थियो l  
११. पशुपति क्षेत्रको बनै भरी नेपाली युवा तथा युवती भक्तजनहरुको ठुलै घुइचो थियो, गाँजा र चरेस तान्नलाई  l 
१२. कोहि उत्छ्रिन्खाल युवा भक्तजनहरु फेशानेबल युवतीहरुलाई धकेल्दै उनीहरुको स्तन समाउने र गुप्तंग सम्म हात घुसार्ने  प्राय गर्दै थिए l
१३. सबका वावजुद सुरक्षाकोलागि थोरै नगन्य रुपमा नै भएपनि प्रहरीको परिचालन गरिएको थियो l 
१४. जे होस् यस पालिको शिवरात्रीमा सबै आ आफ्नो उद्देश्यमा सफल हुने उद्देश्यका साथ पशुपतिनाथको दर्शन, पुजा अर्चना गर्न आएका भक्तजन हरुको बिशेष उपस्थिति थियो ल

माथि उल्लेख गरिएका सम्बन्धमा केहि भिडियो क्लिप्स र फोटो हरु समेत राखिएको छ l

Monday, February 20, 2012

शिवरात्री


शिवरात्री 
हिन्दुहरुको एक महान पर्व
शिवरात्री, हिन्दुहरुको एक महान पर्व हो l यस दिन बिश्व भरिका हिन्दुहरुले बिशेषरुपमा भगवन शिव को पुजा अर्चना गरेर मनाउछन् l आजको दिन काठमाडौँ, नेपालको राजधानीमा रहेको पशुपतिनाथको दर्शनार्थ हजारौ भक्तजनहरु आउछन, बिशेष गरी भारतबाट यहाँ धेरै भक्तजनहरु आउछन, भने अन्य पश्चिमेली मुलुकका पर्यटकहरु समेत आजका दिन यहाँ हुने रमझम हेर्न आउने गर्छन l नेपालका बिभिन्न स्थानबाट समेत आजका दिन यहाँ आएर भगवान शिवको पुजा अर्चना गर्छन l यसको लागि भक्तजनहरु बिहान(राती)  ३ बजे देखिनै घन्टौ लामो लाईनमा बसेर भगवान पशुपतिनाथको दर्शन गर्दै पुजा गर्छन  l  आजको दिन बिहान देखिनै भक्तजनहरु, रमिता हेर्नेहरु र अन्य कामका लागि यहाँ आउने मानिसहरुको ठुलो भिड लाग्छ  l  त्यसैले बिभिन्न ब्यापारीहरुले आफ्नो ब्यबशय समेत गरेका हुन्छन पशुपतिनाथ मन्दिर परिसरमा एक साता अगाडी देखिनै भारतबाट साधुबाबा आउने क्रम शुरु हुन्छ l यस्ता साधुबाबाहरु कतिलाई त नेपाल सरकारले नै निमन्त्रणा गरी बोलाएको हुन्छ  l कति धार्मिक आस्थाले स्वयम् आएका हुन्छन  l शिवरात्रि पर्वमा आएका साधुबाबाहरुलाई पशुपति बिकाश कोषले दान दक्षिण दिएर बिदा गर्ने परम्परा छ  l यसरी आउने सधुबाबाहरु मध्ये धेरै त ढोंगी बाबा समेत हुन्छन l कति त्यस्ता बाबाहरु यहाका युबाहरुलाई गाँजा बेच्न मात्रै आएको हुन्छन  l  केहि बाबाहरुले  गाँजा खाने बिशेष किसिमको चिलिम समेत बिक्रि गर्न लेराएका थिए l कति युबाहरु रमाइलो गर्न र यस्तै गाँजा, भांग खानाका लागि मात्रै पनि पशुमतिनाथ मन्दिर परिसरमा पुगेका हुन्छन l
भिड बढी हुने भएकोले त्यस्तो अप्रिय घटना हुन् नदिन नेपाल प्रहरी र अन्य स्वयम् सेवक समेत प्रसस्त परिचालन गरिएको छ 
यहाँ केहि सकारात्मक केहि नकारात्मक फोटो तथा भिडियो क्लिप्सहरु यसै रिपोर्टका साथ राखिएको छ अवश्य हेर्नु होल्र र आफ्नो तर्क समेत लेखेर सहयोग गर्नु होला l

Monday, January 23, 2012

दुईवटा योनी: एक बेलायती महिलाको शरीरमा


Hazel-Jones.jpgलन्डन: बेलायतमा एक महिलालाई उसको प्रमुख शारीरिक दोष(गडबडी) को कारण नै १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर आएको छ । किन थाहा छ ? कुरा अचम्मको छ, तर एकदम साँचो हो   कुरा के हो भने, बेलायतको एक प्रमुख पत्रिका 'द सन' मा प्रकाशित समाचार मुताबिक हेजल जोन्स नाम गरेकी एक महिलाको शरीरमा जन्म देखिनै पूर्ण बिकशित अवस्थाको दुइवटा योनी (गुप्तांग) छ   हेजल आफ्नो यस प्रकारको शारीरिक गडबडीलाई सहज रुपमा स्वीकार्छिन र यसमा उनी कुनै संकोच पनि मान्दिन भने उनको श्रीमान रिकी आफ्नी श्रीमतीको यसप्रकारको शारीरिक गडबडीमा गौरब गर्छन । उनि भन्छन 'मेरी श्रीमती हेजलको शारीरिक बनोटले उनीलाई अरु महिलाहरु भन्दा फरक बनाएको छ'    'कसैलाई पनि उनको यस गडबडीको बारेमा तबसम्म थाहा हुदैन जबसम्म उनि स्वयम यस बारेमा देखाएर बताउदिनन् ।' साथै हेजलका श्रीमान रिकी हेजलमा शारीरिक गडबडी को कारण उनमा कुनै परिवर्तन नआवोश भन्ने चाहन्छन         

हेजलले आफ्नो शारीरमा दुईवटा योनी भएको कुरा किशोरावस्थामा आएर मात्रै थाहा पाएकी थिइन् । हेजल ठट्टा गर्दै भन्छिन 'मैले मेरो कुमारीत्व दुई पटक गुमाए  ।'  
उता हेजलको यसै दुइवटा योनी भएको बिशेषताले गर्दा पुरै पोर्न फिल्म उद्योगको नजर अहिले उनीमा गडेको छ  तिनको यसै बिशेषताको कारण उनीलाई पोर्न फिल्म इन्डस्ट्रीका सबै निर्माता निर्देशकहरु आफ्नो आगामी पोर्न फिल्ममा हेजललाई खेलाउन चाहन्छन  यसैले गर्दा हेजललाई आफ्नो आगामी पोर्न फिल्ममा खेलाउने प्रयासमा जुटेका एक निर्माता निर्देशकले आफ्नो पोर्न फिल्ममा खेल्नकालागि १० लाख डलर (करीब ८ करोड रुपैया) को अफर दिएको छ 
पोर्न फिल्मका निर्माता निर्देशक हाईराशले हेजललाई आफ्नो पोर्न फिल्म खेल्ने अफरका साथ पत्रमा लेखेका छन्, "तपाई निष्चय नै एक असाधारण महिला हुनुहुन्छ । त्यसैले म तपाइलाई आफ्नो आगामी नया पोर्न फिल्ममा अभिनय गर्नकालागि अनुरोध गर्दछु  र तपाइले मेरो पोर्न फिल्ममा अभिनय गरिदिनु भएमा सधन्यवाद १ मिलियन डलर पारिश्रमिक दिनेछु ।" साथै निर्माता निर्देशक हाईरशले हेजललाई  उनको पोर्न फिल्म अभिनय गर्न राजी भएमा आफ्नो पार्टनर स्वयम छनौट गर्न पाउने छुट दिएका छन् । तर आजको मिति सम्म पनि हेजलबाट कुनै जवाफ आए न आएको खबर प्रकाशमा आएको छैन 

Monday, January 9, 2012

सधैं जवान बनाई राख्ने क्रीम !


Beautiful girl having clay body mask apply by beautician. Stock Photo - 10971581लण्डन: तपाइलाई आफ्नो उमेर ढल्किदै गए पछी बुढो भए भन्ने चिन्ताले सताउदछ? आफ्नो अनुहारका छालहरू चाउरी परेको देखेर खुइय गरेर लामो शुस्केरा छोड्नु हुन्छ ? यदी हो भने अब त्यो चिन्ता छोद्नुहोस   किनकी यसै साता 'डेली मेल' मा प्रकाशित भएको खबर अनुशर बिश्वकै प्रमुख मध्ये एक कश्मेटिक कम्पनि र जर्मनीका वैज्ञानिहरुको रिसर्च टिमका प्रमुख ब्रुनो बर्नार्डको भनाई मुताबिक उनीहरु सम्मिलित अनुशन्धान टोलीले 'एउटा यस्तो क्रिम बिकसित गरेको दाबी गरेका छन्, जसले ह्यूमन स्किन सेल्सलाई फेरी जीवित गराउदछ र शरीरमा नया स्किन (छाला) पुनः पलाउद्छ  ।  जसले गर्दा अनुहार तथा अन्य ठाउको छालामा चौरी परेको छ भने त्यसलाई हटाएर नया छाला पलाउद छ र यसरी मानीसहरुलाई सदा जवान बनाएर राख्न मदद गर्दछ । यो नया प्रोडक्ट सन् २०१२ सम्ममा मार्केटमा लन्च हुने बिश्वासका साथ अनुशन्धान टोलीहरु लागिपरेका छन । उनीहरुले एउटा यस्तो आर्टीफिशियल केमिकल तयार परेका छन्, जसले स्किन (छाला) मा भित्र घुसेर कोशिकाहरू (सेल्स) लाई छिटो छिटो द्रुत गतिमा निर्माण गराउन सहयोग गर्दछ  र यो केमिकलले छालालाई नरम बनाएर रख्द छ ।       


यहि प्रक्रियाले मानीसहरुलाई स्वास्थ्य बनाई राख्न समेत प्रयोग गर्न लागिएको छ । अनुशन्धान टोलीका अनुशर त्यो केमिकलले बच्चाहरुमा हुने फ्लु तथा क्यान्सरका जीवाणुहरु संग लड्ने छ्यमता समेत बृध्दि गरुडा छ    यसै अनुशन्धानटोलिमा संलग्न बर्लिनका डाक्टर पिटर सिबर्गरको भनाई अनुशर उक्त केमिकाले स्किन (छाला) को क्वालिटीमा समेत सुदर गर्ने छ   

Tuesday, January 3, 2012

सेक्‍सको मजा र आनंद अब मोबाइलबाट लिदै टीनएजर्स र युबाहरु !

के तपाईहरुले कहिले मोबाइल सेक्स गर्नु भएको छ ? अहिले प्राय सबैको हातमा मोबाइल हुन्छ । यसले सबैको निजि जिन्दगि नै फेरिदिएको छ । मानिसहरु मोबाइलबाट कुराकानी मात्रै होइन हिजोआज सेक्स समेत गर्दछन्, र यहि नै हिजोआज मोबाइल सेक्स को नामबाट प्रचलनमा आइरहेको छ   यो मोबाइल सेक्स अहिले टिनएजर्स र युबाहरुमा निकै द्रुत गतिमा फैली रहेको छ । 
Girl
यस्तो मोबाइल प्रयोग कर्ताहरुमा गरिएको एक सर्वेक्षणमा यो समेत पत्ता लागेको छ की, कम उमेरमा नै उनीहरु खस् गरी रातको समयमा मोबाइलमा यसरी सेक्सको बारेमा मात्रै कुरा गर्छन । युवा केटाहरु यसरी कुरा गर्ने क्रममा हस्त मैथुन पनि गर्छन भने केटीहरु एकदम उत्तेजित हुन्छन र आफ्नो हातले स्तनका मुन्टाहरु माड्ने, चलाउने  र गुप्तंग हातले सुम्सुमाऊदै औंलालाई गुप्तंग भित्र घुसारेर चलाउने सम्म गर्छन । 

यस्तो मोबाइल सेक्स स्कुल पढ्ने देखि कलेज पढ्ने बिद्यार्थीहरुले नै बढी गर्ने गर्छन । राती जब यिनीहरु आपसमा मोबाइलबाट यस्तो सेक्स गर्न थाल्छन, उनीहरु उत्तेजित हुदै, लट्ठ पर्ने, सेक्स गर्द गरिने क्रियाहरु र कुराहरु जे जे, जुन जुन तरिकाले गरिन्छ ती सबै कुराहरु सेक्स गर्दा गरेको जस्तै गरी मोबाइलमा एक आपसमा कुराहरु गरिन्छ     

यसरी टिनएजर्स र युबाहरु मोबाइलमा सेक्स गर्दै डेटिंग सेट गरेर रिअल सेक्स समेत गर्छन । भनिन्छ सेक्सलाई दिमागले नियन्त्रित गरिन्छ  तर जब मोबाइलबाट सेक्स गरिन्छ, त्यस समयमा पनि दिमाग पुरै त्यहिँ सेक्समा रुमल्लिन्छ   यसरी गरिने सेक्समा पनि टिनएजर्स र युबाहरु त्यतिनै मजा र आनन्द लिन्छन जति सांचिकै सेक्स गर्दा मजा र आनन्द पाइन्छ  

स्वास्थ्य मुटुको फाइदाको लागि कालो चिया !

लण्डन । धेरै मानीसहरु घरमा वा अफिसमा ओहो धेरै चिया पीइयो, यस्तरी चिया पिउनु हुदैन, अब देखि दिनमा एक कप मात्रै चिया पिउछु आदि कुरा गर्छन, वा कुरा गरेको हामी सुन्छौ ।तर लण्डनको एक बिश्वबिद्यालयका अनुशन्धान कर्ताहरुले निष्कर्स निकालेका छन् की दिनमा ३ देखि ६ कप सम्म कालो चिया पिउने मानिसहरुलाई हृदयघात ६० प्रतिशत सम्म कम हुने सम्भावना हुन्छ भने मधुमेह हुने खतरा रहदैन 
Black Tea
समाचार पत्र डेली एक्सप्रेस ले उल्लेख गरे अनुसार अनुशन्धान कर्ताहरु भन्छन, "कालो चियामा स्वास्थ्यवर्द्धक एन्टीअक्सिडेन्ट्स प्रयाप्त मात्रामा हुने भएकोले यसले हृदयघातबाट बचाउन ठुलो मदत गर्दछ । अनुशन्धानमा अर्को के पनि भेटिएको छ भने कालो चियाको नियमित प्रयोगले धमनिहरुमा रगतको थक्का जम्न दिदैन । जसले गर्दा रक्तचाप नियन्त्रण  हुन्छ र रक्तनलिहरु खतरनाक तरिकाले साँघुरो हुदैन । यसरी कालो चियाले हृदयघातको खतरालाई घटाउद छ 

रक्तनलीहरुबाट मुटुको मम्सपेसीहरुमा अक्सिजन पुग्दछ  रक्तनलीहरु संघुरियेर वा अन्य कुनै कारणले गर्दा मुटुले प्रयाप्त मात्रामा अक्सिजन पाएन भने  हृदयघात हुने सम्भावना बढी हुन्छ । अनुशन्धानविद केरी रक्सटन र पामेला मेसनले ४० वटा सोधपत्रको समिक्षा गरेका थिए । जुन समिक्षा युके न्युट्रीशन बुलेटिनमा प्रकाशित भएको थियो । जसमा कालो चिया र बिभिन्न रोगहरुको रोगथामको बिषयमा चर्चा गरिएको छ । रक्सटन र पामेलाले गरेको अनुसन्धानबाट निस्किएको नतिजा यस्तो छ,"जो मानीस दिनभरिमा ३ देखि ६ कप कालो चिया पिउछ उनीहरुलाई त्यसरी चिया नपिउने वा कम चिया पिउनेको तुलनामा ३० देखि ५७ प्रतिशत सम्म कम हुन्छ 

रक्सटन भन्छन, 'गरिएको अनुशन्धानबाट यी कुराहरु प्रमाणित भएको छ, जो मानिसहरु नियमित रुपमा कालो चिया पिउछ्न उनीहरुको रक्तसंचार र यस संग सम्बन्धित रोगहरु र टाइप् २ (दोस्रो प्रकृतिको) प्रकारको मधुमेहको खतरा समेत धेरै कम हुन्छ   तर अनुशन्धानविदहरुले फाइदाकोलागि कालो चियाको कति मात्र नियमित पिउने  भन्ने बिषयमा केहि उल्लेख गरेका छैन, यसको लागि थप अझै अनुशन्धान गर्नु पर्छ, तर स्वास्थ्य मुटुको लागि दैनिक ३ देखि ६ कप कालो चिया पिउनु पर्दछ 

Sunday, January 1, 2012

बलिउडमा: सन् २०११ को टप फिल्म, हिरो, हिरोइन

द डर्टी पिक्चर में विद्या का हॉट लुक बॉक्स ऑफिस पर तहलका मचा सकता हैसन् २०११ भारतीय सिनेमा उद्योगकोलागि राम्रो  बर्षमा गणना गर्न सकिन्छ  यस बर्ष पनि भारतीय सिनेमा उद्योगमा बिगतमा जस्तै धेरै चलचित्रहरु निर्माण भएर प्रदर्सित भए । जसमा केहि चलचित्रहरुको आम्दानीले पुरै बलिउड (भारतीय सिनेमा उद्योगको एक प्रमुख शहर) मा तहल्का नै मचायो । आमदानीको हिसाबले सन् २०११ ले निकै रेकर्डहरु बनायो भन्दा फरक नपर्ला  भारतीय सिनेमा उद्योग तथा यस उद्योग संग सम्बन्धित सबै र चलचित्र प्रेमी दर्शकहरुले सन् २०११ लाई धेरै कुराले गर्दा पछी सम्म सम्झिरहने छन्  सन् २०११ मा प्रदर्शित चलचित्रहरुमा केहिलाई दर्शकहरुले खुबै रुचाए, केहीलाई मनपरायेनन, केहि फिल्मले अत्याधिक आम्दानी गरे भने केहिले निर्मातालाई कंगालै बनायो  भने केहि हिरो हिरोइनलाई सर्वच्च उचाइमा पुर्यायो भने केहि हिरो हिरोइनलाई गुमनाम नै बनाइदियो । यसै सन्दर्भमा सन् २०११ मा भारतीय सिनेमा उद्योग बलिउड संग सम्बन्धित केहि रोचक प्रसंगहरु यहाँ उल्लेख गरिएको छ   
सबै भन्दा पहिले कुरा गरौ सन् २०११ मा प्रदर्शित फिल्महरुको: यस बर्ष सबै भन्दा सफल र धेरै आमदानी गर्ने चलचित्रमा सलमान खान अभिनित चलचित्र बडीगार्ड हो   यो चलचित्रले कुल १४८ करोड कमायो, यहाँ सन् २०११ मा सबै भन्दा बडी कमाउने १० चलचित्र यस प्रकारका छन्:
क्र.सं.  चलचित्र                                      कमाई 
१        बडीगार्ड                                      १४८ करोड भन्दा बाढी 
२       रेडी                                            १२२ करोड भन्दा बढी 
३       रा वन                                         ११६ करोड भन्दा बढी 
४      सिंघम                                         १०० करोड भन्दा बढी
५     जिन्दगि ना मिलेगी दोबर                  ८९ करोड भन्दा बढी 
६     द डर्टी पिक्चर                                 ७१ करोड भन्दा बढी 
७    रकस्टार                                         ७० करोड भन्दा बढी
८    देल्ही बेली                                       ५७ करोड भन्दा बढी 
9    यमला पगला दिवाना                          ५६ करोड भन्दा बढी 
१०  तन्नु वेड्स मन्नु                                 २३ करोड भन्दा बढी 

bodyguard त्यस्तै दर्शकहरुबाट गरिएको मत सर्वेक्षणमा ६२ प्रतिशत मत बडीगार्ड चलचित्रमा परेको छ, १६ प्रतिशत मत द डर्टी पिक्चर चलचित्रमा परेको छ, १३.९ प्रतिशत मत परेको छ जिन्दगि ना मिलेगी दोबारा चलचित्रमा भने रकस्टार चलचित्रमा ६.१ प्रतिशत मत परेको छ  
त्यस्तै नायकहरुमा गरिएको मत सर्वेक्षणमा ६३.९ प्रतिशतले सलमान खानलाई मन पराएका छन्, २६.९ प्रतिशतले अजय देवगनलाई,७.५ प्रतिशतले रकस्टार रणबिर कपुरलाई मनपराएका छन् भने १.६ प्रतिशतले इमरान खानलाई मनपराएका छन्  
त्यस्तै हिरोइनहरुमा ३६.५ प्रतिशतले करिना कपुरलाई मनपराएका छन्, ३१.३ प्रतिशतले कैट्रिना कैफलाई मनपराएका छन्, २८.१ प्रतिशतले बिद्या बालनलाई मनपराएका छन् भने सोनाक्षी सिंहलाई ४.२ प्रतिशतले मनपराएका छन्  
सबै भन्दा फ्लप हिरो मा यस पटक ५८.४ प्रतिशत दर्शकहरुले शहरुक खानलाई चुने, त्यस्तै १९ प्रतिशतले अभिषेक बच्चनलाई, १४.१ प्रतिशतले अक्षय कुमारलाई र ८.६ प्रतिशतले शहिद कपुरलाई बर्षको फ्लप हिरो  चुनेका छन्  
Shahrukh Khanत्यस्तै  बर्षको फ्लप हिरोइनहरु ३१.५ प्रतिशतले मल्लिका सेरावत, २८.६ प्रियंका चोपडा, २२.२ प्रतिशतले सोनम कपुर र १७.७ प्रतिशतले दिपिका पादुकोणलाई चुनेका छन्  

फिल्मी दुनियामा चर्चामा रहिरहनकोलागि बिशेष गरेर हिरोइनहरुले अनेक हथकण्ड अपनाउने गर्छन, कुनै पनि किसिमले चाहे बदनामै भएर पनि चर्चा मा रहिरहन पहिले राखी सामन्तले यस्तो गर्थिन तर यस पटक नांगै फोटो खिचाएर चर्चित बनेकी बिना मल्लिक र भारतले क्रिकेट बिश्व कप जिते नांगै स्टेडियममा कुद्ने भनेर चर्चित बन्न पुगेकी पुनम पाण्डे  पनि सामेल भएकी छिन र ४३.२ प्रतिशतले बिना मल्लिकलाई, ४१.३ प्रतिशतले पुनम पाण्डेलाई र १५.५ प्रतिशतले राखी सावंतलाई मत दिएर पपुलर हुनको लागि नौटंकी गर्ने नायिका भनि चुनेका छन्