Monday, March 19, 2012

सरकार प्रमुख बाबुराम भट्टराई ज्युलाई प्रकाश दाहाल तथा समुहलाई २ करोड सहयोग दिने सम्बन्धमा केहि कुरा


हातमा डाडु पन्यौ भएपछि के हुदैन ? यो उखानलाई यहाँ प्रष्ट्याइ रहनु पर्दैन होला l तर यहि कुरा चरितार्थ भएको छ अहिलेको प्रकाश दाहालको सगरमाथा आरोहण  प्रकरणमा  l
अहिले मावोबादी पार्टी अध्यक्षका सुपुत्र प्रकाशजीले कसैले गर्न नसकेको कार्य गर्न खोज्दै हुनुं हुन्छ l ६०१ जना सभासदहरु सम्मिलित सरकारले बनाउन नसकेको संबिधान बनाउन दवाबदिनकालागि राष्ट्रिय ढुकुटीबाट  रु. २ करोड लिएर सगरमाथा आरोहन गर्न जाने रे l 
के यो सहि हो त ? ........
लौ प्रकाश जी त सगरमाथा आरोहण गर्न जान लग्नु भयो कुरो यहाँ सम्म ठिकै हो, तर त्यसको लागि सरकारले रु. २ करोड दिनुको औचित्य चाही के हो ?  के त्यसरी सगरमाथा आरोहण टोलीलाई सरकारले आफुले गर्न नसकेर राष्ट्रको ढुकुटीबाट पैसा दिएर सरकारलाई नै दवाब दिन लगाउनुको अर्थ के हो ?
प्रकाश जी ले अहिले देश भरबाट बिरोध भएपछी सरकारबाट रकम लिन अस्विकार गर्नु भएछ l तर मनको भनौ की मुखको तितो चाही ओकली हाल्नु भएछ, बिपक्षीहरुले एउटा राम्रो कम गर्न खोजेको गर्न दिएन भन्दै l 
प्रकाश जी तपाइले सगरमाथा आरोहण गर्न लग्नु भएको कुरा राम्रो हो, त्यसको लागि तपाइले पहिले लिन खोज्नु भएको रकम सरकारबाट  नलिने हुनु भयो त्यो पनि राम्रो नै हो, अझ त्यो भन्दा पनि राम्रो हुन्थ्यो तपाइले प्रत्यक्ष देश को लागि यस्तै गरी केहि गर्न लग्नु भएको भए l तपैहरुको पछिल्लो बक्तब्य अनुसार अब सगरमाथा आरोहन गर्नको लागि जनतासंग पैसा चन्दा उठाउने भन्दै हुनुहुन्छ, तर तपाइले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन,  की कसो ?

डुब्न लागेकोलाई त्यान्द्रोको साहारा पनि ठुलो हुन्छ भने झैँ  अहिले यो सरकार अब सगरमाथा आरोहण टोलीको दवाब चाहिएको छ, संबिधान समयमा बनाउनको लागि l क्या गजब छ, त्यत्रा ६०१ नेताहरुबाट प्राय: असम्भव भएको काम के प्रकाश जी र वहाको टोलीले सगरमाथा आरोहण गरेमा दवाब हुने तर साँढे तीन कोटी नेपालीको केहि नलाग्ने ? 
सरकारले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन l
केहि प्रश्न 
१. प्रकश जी के तपाई साँच्चीकै संबिधान बनाउन भनेर दवाब दिनकालागि सगरमाथा आरोहण गर्न जना लग्नु भएकै हो त ?  
२. के त्यसरी संबिधान बन्छ त ?
३. यदी त्यसो हो भने किन संबिधानको लागि मात्रै गर्ने, देशलाई सर्व सम्पन्न बनाउनकोलागि गरौन कुनै कार्य l बरु त्यसको लागि ५ करोड नै परे पनि के फरक पर्छ र ? की कसो ?
४. अनि नेताहरुलाइ सुकर्म गर्न र सुमार्गमा ल्याउन पनि त्यस्तै केहि कार्य किन नगर्ने ?
५. सबै भन्दा महत्वपूर्ण काम हो देशका सम्पूर्ण नागरिकहरु धन, सम्पति र सम्पूर्ण कुराले भरिपूर्ण होस् भनेर १० करोड खर्च गरेर यो जस्तै अर्को कार्य किन नगर्ने ? 
६.  भट्टराई ज्यु,  प्रकाश जीले त्यसरी देशको ढुकुटी रित्याएर सगरमाथा आरोहन गर्दैमा नेताहरुमा दवाब पुग्ने भए, अनि सजिलै संबिधान बन्छ जस्तो लाग्छ त ? कि तपाईहरुले झुक्याउन खोजेको त् होइन नि, की कसो ?
७. बरु तपाइले २ करोड त्यसरी खर्च गर्नु भन्दा, आम नेपालीको मासिक खर्चको लागि  रु. ५००० दिने व्यवस्था मिलाई दिनुहोस, तपाइले खर्च गर्ने रकमले ४००० परिवारलाई मासिक खर्च पुग्छ, के विचार गर्नु भयो ?
  ८. की त्यो रकमले दुर्गम क्षेत्रमा हेल्थपोस्ट बनाएर निसुल्क औषधि वितरण गरिदिनुहोस, धेरै नागरिकहरुले बिना औषधि उपचार ज्यान गुमाउनु पर्दैन थियो की कसो ? 
९. र त्यो रकमले देशको धेरै समस्या समाधान हुन् सक्ने कुरामा त तपाई पनि सहमत हुनुहुन्छ होला नि की कसो ?

No comments: