Tuesday, March 20, 2012

हिटलरको जिउदो बेलायती लव चाइल्ड !



हिटलरको मृत्यु भएको जति नै समय बिते पनि सधैं चर्चामा नै रही आएको छ l कहिले आफुले गरेको बर्बरताकोलागि त कहिले आफ्नो निजि जिन्दगिको लागि l  केहि महिना अगाडीको कुराहो, जीन मेरी लोरेट नाम गरेको एक व्यक्तिले आफु हिटलरको फ्रेन्च छोरा हुँ भनेर दाबी गरेको थियो l लोरेट ले आफ्नो बाबु को हो भनेर झन्डै पुरा जिन्दगी भरीनै थाहा पाउन सकेन l  उसको रुपरंग, अनुहार, जिउडाल र चालढाल अनुसार उ हिटलरको छोरा नै हो भन्ने लाग्छ l तर यस कुराको रहश्योघाटन उसको आमाले आफ्नो मृत्युको केहि समय अगाडी मात्रै गरेकी थिइन l लोरेट की आमाले भने अनुसार, हिटलर संग तिनको भेट पहिलो बिश्व युद्धको समयमा भएको थियो र त्यस बेला उनीहरु बीच प्रगाड सम्बन्ध थियो, त्यसैको फलस्वरूप लोरेटको जन्म भएको थियो l त्यस बेला हिटलर एउटा साधारण सैनिक मात्र थिए र उनी फ्रांसको सिमानामा लडाइ लड्दै थिए l त्यति बेला लोरेटको आमाको उमेर १६ बर्ष र हिटलरको उमेर २८ बर्ष को थियो l ६७ बर्षको उमेरमा लोरेटको मृत्यु भएको थियो र उसलाई आफु हिटलरको सन्तान (छोरा) भएकोमा आफ्नो अन्तिम समय सम्म पनि ठुलो अफसोच थियो l   

आफु हिटलरको सन्तान हुँ भनेर गरेको दावा यो पहिलो पटक भने होइन, ५ बर्ष पहिले पनि एक पत्रकारले ठोकुवा गरेका थिए की उसले बेलायतमा हिटलरको लाभ चाइल्ड भेटेको  थियो भनेर, त्यस बेला उसले त्यो बच्चाको जन्मको समयमा साथै रहेको एक महिलालाई उदृत गर्दै यो खबर प्रकाशित गरेका थिए l तैपनि उसले त्यो बच्चाको परिचय लुकाएका थिए l त्यो बच्चा जन्मिए पछी उसको आमाले नपाली अरुलाई नै धर्मपुत्र पाल्न दिएको थियो l यो खबर सही हो भने बेलायतको कुनै शहरमा अहिले पनि हिटलरको ७२ बर्षे लाभ चाइल्ड घुमी रहेको हुन सक्छ l 

No comments: