Tuesday, February 21, 2012

शिवरात्रिको अवशरमा जे देखियो l

शिवरात्रिको अवशरमा जे देखियो l
हिन्दुहरुको महान तथा धार्मिक पर्व शिवरात्रिमा देवादिदेव महादेवको दर्शन, पुजा अर्चना  गर्ने क्रममा पशुपति क्षेत्रमा जे जस्तो देखियो, जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ l  
१.  बिहानै (रातिको ३ बजे) देखि देवदिदेव महादेवको पुजा अर्चना र दर्शन गर्न भक्तजनहरु ठुलो उत्साहका साथ लाखौको संख्यामा पशुपति परिसरमा उपस्थिति l 
२. सर्वसाधारण भक्तजनहरु लामो लाइनमा ९ घण्टा सम्म बसेर भगवान शिवको पुजा अर्चना र दर्शन गरेर फर्किए l
३. त्यस्तै हुने खाने तथा धनि भक्तजनहरुले एक हजार देखि तीन हजार रुपैया सम्म तिरेर तुरुन्तै पुजा अर्चना र दर्शन गरेर फर्किएका थिय l     
४. जेहोस भगवानलाई पनि हुने खाने र धनि मानीसहरु र गरिब सर्बसाधारणहरुमा  फरक छुट्याउन आउदो रहेछ l 
५. सरकार देखि सम्बन्धित सबैले यस पटक सबै भक्तजनहरुले एक घण्टा भित्रमा पुजा अर्चना र दर्शन गरेर फर्कन सक्छन भनेर खुब प्रचार गरेका थिय l  सायद एक हजार देखि तीन हजार सम्म तिरेर पुजा अर्चना र दर्शन गर्न आउने भक्तजनहरुको बिषयमा प्रचार गरेका थिए होलान l
६. बिगतमा झैँ यसपालि पनि शिवरात्रीमा पशुपति क्षेत्रमा भारतबाट आएका साधुमहात्मा देखि ढोंगी बाबा सम्मको ठुलो उपस्थिति थियो l
७. ढोंगी बाबाहरु नेपाली युवाहरुको जमातलाई शिवजीको प्रसाद भन्दै गाँजा भांग बेच्दै थिय भने कोहि ढोंगी बाबाहरु चरेस समेत बेच्दै थिए l 
८. नेपाली भक्तजनहरुलाई सजिलो होस् भनेर धेरै जसो बाबाहरुले आफ्नो अगाडी टन्न चुरोट राखेर त्यसमा गाँजा भरेर समेत बेच्दैथिये l 
९. कोहि बाबाहरु चिलिम (गाँजा भरेर तान्ने बिशेष भाड़ो)मा गाँजा भरेर तयार परेर राखेका थिए, भक्तजन आउन साथ बिक्रि गर्दथे भने कोहि सल्काएर आफुले पहिले लामो सर्को तानेर नेपाली युवा भक्तजनहरुलाई तान्न दिन्थे l 
१०. कतै नागा बाबाहरु आफ्नो उत्तेजित नहुने रबर जस्तो लिंगले ठुलो ढुंगा र आगो बल्न दिएको मुढामा गलबन्दीले बाँधेर लिंगमा झुन्डाएर प्रदर्शन गर्दै थिए l नागा बाबाको त्यस्तो प्रदर्शन हेर्ने नेपाली भंक्तजनको संख्या पनि कम थिएन l कति फुर्सदिला र कति धर्मात्मा नेपाली भक्तजनहरु l त्यसरी पनि बाबाजीले नेपालीहरुलाई ठग्दै थियो l  
११. पशुपति क्षेत्रको बनै भरी नेपाली युवा तथा युवती भक्तजनहरुको ठुलै घुइचो थियो, गाँजा र चरेस तान्नलाई  l 
१२. कोहि उत्छ्रिन्खाल युवा भक्तजनहरु फेशानेबल युवतीहरुलाई धकेल्दै उनीहरुको स्तन समाउने र गुप्तंग सम्म हात घुसार्ने  प्राय गर्दै थिए l
१३. सबका वावजुद सुरक्षाकोलागि थोरै नगन्य रुपमा नै भएपनि प्रहरीको परिचालन गरिएको थियो l 
१४. जे होस् यस पालिको शिवरात्रीमा सबै आ आफ्नो उद्देश्यमा सफल हुने उद्देश्यका साथ पशुपतिनाथको दर्शन, पुजा अर्चना गर्न आएका भक्तजन हरुको बिशेष उपस्थिति थियो ल

माथि उल्लेख गरिएका सम्बन्धमा केहि भिडियो क्लिप्स र फोटो हरु समेत राखिएको छ l

No comments: