Monday, February 20, 2012

शिवरात्री


शिवरात्री 
हिन्दुहरुको एक महान पर्व
शिवरात्री, हिन्दुहरुको एक महान पर्व हो l यस दिन बिश्व भरिका हिन्दुहरुले बिशेषरुपमा भगवन शिव को पुजा अर्चना गरेर मनाउछन् l आजको दिन काठमाडौँ, नेपालको राजधानीमा रहेको पशुपतिनाथको दर्शनार्थ हजारौ भक्तजनहरु आउछन, बिशेष गरी भारतबाट यहाँ धेरै भक्तजनहरु आउछन, भने अन्य पश्चिमेली मुलुकका पर्यटकहरु समेत आजका दिन यहाँ हुने रमझम हेर्न आउने गर्छन l नेपालका बिभिन्न स्थानबाट समेत आजका दिन यहाँ आएर भगवान शिवको पुजा अर्चना गर्छन l यसको लागि भक्तजनहरु बिहान(राती)  ३ बजे देखिनै घन्टौ लामो लाईनमा बसेर भगवान पशुपतिनाथको दर्शन गर्दै पुजा गर्छन  l  आजको दिन बिहान देखिनै भक्तजनहरु, रमिता हेर्नेहरु र अन्य कामका लागि यहाँ आउने मानिसहरुको ठुलो भिड लाग्छ  l  त्यसैले बिभिन्न ब्यापारीहरुले आफ्नो ब्यबशय समेत गरेका हुन्छन पशुपतिनाथ मन्दिर परिसरमा एक साता अगाडी देखिनै भारतबाट साधुबाबा आउने क्रम शुरु हुन्छ l यस्ता साधुबाबाहरु कतिलाई त नेपाल सरकारले नै निमन्त्रणा गरी बोलाएको हुन्छ  l कति धार्मिक आस्थाले स्वयम् आएका हुन्छन  l शिवरात्रि पर्वमा आएका साधुबाबाहरुलाई पशुपति बिकाश कोषले दान दक्षिण दिएर बिदा गर्ने परम्परा छ  l यसरी आउने सधुबाबाहरु मध्ये धेरै त ढोंगी बाबा समेत हुन्छन l कति त्यस्ता बाबाहरु यहाका युबाहरुलाई गाँजा बेच्न मात्रै आएको हुन्छन  l  केहि बाबाहरुले  गाँजा खाने बिशेष किसिमको चिलिम समेत बिक्रि गर्न लेराएका थिए l कति युबाहरु रमाइलो गर्न र यस्तै गाँजा, भांग खानाका लागि मात्रै पनि पशुमतिनाथ मन्दिर परिसरमा पुगेका हुन्छन l
भिड बढी हुने भएकोले त्यस्तो अप्रिय घटना हुन् नदिन नेपाल प्रहरी र अन्य स्वयम् सेवक समेत प्रसस्त परिचालन गरिएको छ 
यहाँ केहि सकारात्मक केहि नकारात्मक फोटो तथा भिडियो क्लिप्सहरु यसै रिपोर्टका साथ राखिएको छ अवश्य हेर्नु होल्र र आफ्नो तर्क समेत लेखेर सहयोग गर्नु होला l

No comments: