विश्वकै चासोको बिषय बनेको अमेरिकी राष्ट्रपतिको चुनावमा कुनै सार्वजनिक पदमा नरहेका अरबपति ब्यापारी डोनाल्ड ट्रम्पले दिग्गज राजनैतिक नेताहरुका अनुमानका साथै बिभिन्न मत सर्वेक्षणहरुलाई गलत साबित गर्दै डेमोक्र्याटिक पार्टीको उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरी ४५ औँ राष्ट्रपतिमा बिजयी भएका छन्। सम्पूर्ण मतगणना हुनु पूर्वनै उनले आवश्यक मत ल्याएर बिजयी भएपनि आधिकारिक घोषणा भने अझै भइसकेको छैन। ट्रम्पलाई अमेरिकाको ठुला राज्यहरुमा भन्दा ग्रामिण
इलाकाका मतदाताहरुले ठुलो संख्यामा भोट दिएको पछिल्लो सर्वेक्षणले जनाएको छ। साथै महिला तथा अल्पसंख्यकहरु र कलेज पढेकाहरुले हिलारी क्लिन्टनलाई मत दिए पनि गोरा अमेरिकन पुरष तथा कलेज अध्ययन नगरेकाहरुको ठुलो संख्याले ट्रम्पलाई भोट हालेको कुरा अहिले प्रष्टिएको छ। डेमोक्य्राटहरुले पहिले जितेको ठुला तथा मझ्यौला राज्यहरु जस्तै फ्लोरिडा, ओहाहियो,
पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा ट्रम्पले जितेर आफ्नो विजय सुनिश्चित भएको थियो। राष्ट्रपति निर्वाचित हुन् २७० इलेक्टोरल मत परिणाम आवश्यक हुने भएता पनि पछिल्लो जानकारी अनुसार ट्रम्पले २७६ इलेक्टोरल मत परिणाम पाइसकेका छन्।
अब अमेरिकी राष्ट्रपति निर्वाचनको अधिकारिक घोषणा पश्चात नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बिश्व राजनीतिमा अमेरिकाको भूमिका कस्तो रहने छ, सबै त्यसैको पर्खाइमा छन्। चुनावी घोषणामा अहिले
रहेको अमेरिकको आर्थिक, राजनीतिक र सामाजिक नीति बिरुद्ध ठुलो परिवर्तन गर्ने घोषणा सहित चुनावी मैदानमा उत्रिएका ट्रम्पले भविष्यमा के गर्छन त्यो नै अहिले विश्वले ठुलो व्यग्रताका साथ् हेरिरहेका छन।
२ नोवेम्बर २०१६, नेपालका राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने भ्रमणको लागि विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी सहित भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरे, लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमितापल, विदेश मन्त्रालयका सचिव एस जयशङ्कर लगायत ६० सदस्य सम्मिलित टोलीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो। इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह नेपाल आइपुगेका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन विमानस्थलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो। सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र
मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत उपस्थित थियो, साथै भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय समकक्षी प्रणव मुखर्जीबीच शितल निवासमा आजै भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति मुखर्जीको बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने र शुक्रबार जनकपुर तथा पोखरा जाने कार्यक्रम समेत छ। उनको तीन दिने नेपाल भ्रमण कार्यक्रम निम्न प्रकारको छ :
१७ गते बुधबार:
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्रिभुवन बिमानस्थलमा समकक्षी भारतीय राष्ट्रपति मुखर्जीको स्वागत,
शीतल निवासमा राष्ट्रपति स्तरीय दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि
१८ गते बिहीबार:
पशुपतिनाथमा पुजाअर्चना
काठमाडौँ विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज
१९ गते शुक्रबार:
जनकपुर भ्रमणको लागि प्रस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान
हाम्रो जस्तो भरखरै प्राकृतिक बिपत्ति अनि आन्तरिक तथा बाह्य राजनीतिले थला परेको मुलुकको पर्यटन उद्योगलाई भने निकै खुसीको खबर छ। संसारकै सबैभन्दा प्रख्यात तथा विश्वासिलो अमेरिकाको Guide Book तथा Travel Website Company ‘लोन्ली प्लानेट’ ले सन् २०१७ मा तयार पारेको तथ्यांकको आधारमा नेपाल संसारको १० उत्कृष्ट भ्रमण गर्नैपर्नेदेशको सूचीमा पाँचौं नम्बरमा परेको छ।
१९७२ मा स्थापना भएको लोन्ली प्लानेटको रिपोर्ट अनुसार त्यस सुचिमा दक्षिण एसियाबाट नेपालमात्र एउटा राष्ट्र परेको छ भने एसियाबाट नेपाल प्रथम स्थानमा रहेको छ। मंगोलिया, ओमान र म्यानमार एसियाका अन्य देशहरु हुन् भने विश्वका अन्य देशहरुमा बर्मुडा र इथियोपिया हुन् भने घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा क्यानडा पहिलो नम्बरमा परेको छ।
लोन्ली प्लानेटले आगामी वर्षको लागि तयार पारेको ‘बेस्ट भ्यालु’ (पर्यटकहरुले खर्च गरेको पैसा खेर नजाने अथवा पर्यटकहरु पूर्णतया सन्तुष्ट हुने) १० उत्कृष्ट गन्तव्यको सूचीमा भने नेपाल पहिलो नम्बरमा परेको छ ।
लोन्ली प्लानेटले उपरोक्त गन्तव्यहरु घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर विश्वका १ सय ९० देशबाट छनौट गरी सार्वजनिक गरेको सुचिमा नेपाल उत्कृष्ट १० मा परेको हो । ती गन्तव्य घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर लोन्ली प्लानेटले सूची सार्वजनिक गरेको हो।
‘लोन्ली प्लानेटको भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्य र बेस्ट भ्यालु गन्तव्यको सूचीमा नेपाल पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो। यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। यसले भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि समेत पुष्टि हुन्छ।
उत्कृष्ट सूचीको पहिलो नम्बरमा क्यानडा, दोस्रो कोलम्बिया, तेस्रो फिनल्यान्ड, चौथो डोमिनाका, छैठौं बर्मुडा, सातौं मंगोलिया, आठौं ओमान, नवौं म्यानमार र दसौंमा इथियोपिया छन् ।
त्यसैगरी बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको छ ।
‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ बेस्ट भ्यालु सूचीमा छ, ‘त्यहाँ विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’
बेस्ट भ्यालु गन्तव्यको सूचीको दोस्रो नम्बरमा नामिबिया, तेस्रो पोर्चुगल, चौथो इटाली, पाँचौं हंगेरी, छैठौं बेलिज, सातौं मोरक्को, आठौं रुस, नवौं अस्ट्रेलिया र दसौंमा अमेरिका परेका छन् ।
नेपालको स्वाधिनता र नेपालीहरुको राष्ट्रियता माथि नेपालकै पूर्व राज परिवारसंग नजिकको सम्बन्ध रहेको एक प्रतिष्ठित कम्पनी सिप्रदी प्रा. लि. ले लात्ती हान्ने काम गरेको छ। सिप्रदी प्रा. लि. अटोमोबाइल सम्बन्धी काम गर्ने नेपालमा दर्ता भएको एक प्रतिष्ठित कम्पनी हो । सिप्रदीले आफ्नो कम्पनी प्रोफाइलमा सिप्रदी प्रालि नेपालको एक ब्राण्डेड कम्पनी भएको कुरा उल्लेख गरेको भएता पनि यसले कम्पनीको केहि फाइदाको लागि नेपाल राष्ट्रको स्वाधीनता र नेपालीको राष्ट्रियतामाथि लात्ती हान्ने काम गरेको छ । कम्पनीलाई हुने आर्थिक लाभको लागि सिप्रदीले ओसारपसार गर्ने समानको विवरणमा नेपाल भारतको एउटा प्रदेश वा राज्य भएको कुरा उल्लेख गर्दै काठमाडौँ शहर समेत भारतको एउटा शहर भएको कुरा उल्लेख गरेको छ । हालसालै सार्वजनिक भएको एउटा सामान प्यकिङ्ग गरेको फोटोमा सिप्रदीको लोगो स्पष्ट देखिन्छ र त्यस सामानको प्यकिङ्गमा उल्लेखित विवरणमा देश इण्डिया, स्टेट नेपाल र शहर काठमाडौँ भन्ने उल्लेख गरिएको छ । फोटो हेर्नुहोस् :
यसबारे कुरा गर्न सिप्रदीमा टेलिफोन सम्पर्क गरेर बुझ्न खोज्दा फोन उठाउने कर्मचारीले त्यसबारे आफुलाई केहि थाहा नभएको र सम्बन्धित अधिकारी बाहिर हुनुभएकाले केहि समयपछी सम्पर्क गर्नु भन्ने जानकारी मात्र दिइन् । त्यसपछि जतिनै सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
यो घटनाको चौतर्फी बिरोध भए पनि सम्बन्धित निकाय अझसम्म मौन छ। सामाजिक सञ्जालमा समेत तीब्र विरोध हुनथालेको छ र राष्ट्रियतामाथि धावा बोल्नेहरुलाई कारवाही हुनुपर्ने माग गर्दै छन्।
सरोकारवाला अधिकारीहरु, आफुलाई देशभक्त नेता भन्नेहरु यस्तो सम्वेदनशील बिषयमा के सोच्छन त्?
बदाम, एउटा सबैले रुचाउने खानेकुरा हो। हामी सबै देशी (हाडे) बदामसंग राम्ररी परिचित छौँ। यो बदाम एउटा मिठो खानेकुरामा पर्दछ। यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्य को लागि लाभदायक पनि उत्तिकै छ। यो बदामलाई भिजाएर खादा झनै स्वादिलो र स्वास्थ्यको लागि धेरै फाइदा समेत गर्दछ। भिजाएको बदम किन स्वास्थ्य को लागि राम्रो हुन्छ: बदाम स्वादिलो तथा स्वास्थ्यको लागि समेत अति लाभदयाक मानिन्छ। बिशेष गरि यो देशी (हाडे) बदाम स्मरण शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मदत समेत गर्दछ। यसमा प्रसस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ, जस्तै: भिटामिन ई, जिंक, क्याल्सिएम, म्याग्नेसिएम, ओमेगा-३ र फ्याटी एसिड प्रसस्त मात्रामा पाइने भएकोले यो स्वास्थ्यको दृष्टिकोणबाट पनि अति उत्तम खाने कुरामा पर्दछ। यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा बढी लाभदायक हुन्छ। यो बदामलाई खैरो रंगको खोष्टाले ढाकेको हुन्छ, यो खोष्टा Tannin भन्ने तत्व हुन्छ र त्यसले बदाममा भएको पौष्टिक तत्वहरुलाई नष्ट गर्ने भएकोले पूर्ण लाभ प्राप्त गर्न सकिदैन अत: यसलाई हटाएर देशी (हाडे) बदाम खादा बढी भन्दा बढी पोषक तत्व प्राप्त गर्न सकिन्छ। फेरी यसरी भिजाएको बदाम स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ। Lipase (लाईपेज) नामक तत्व पनि यसमा प्रसस्त पाइन्छ, जसले चिल्लो पदार्थ (Fat) लाई पचाउन बिशेष सहयोग पुर्याउछ। तौल घटाउनाका साथै अन्य फाइदा : यो देशी (हाडे)बदामले हाम्रो अनावश्यक तौल घटाउन मदत गर्दछ। यसमा भएको मोनो अनस्याचुरेटेड फ्याटले भोकलाई कम गर्दछ, जसले गर्दा हामी सोभावैले कम खाना खान्छौँ। साथै भिजाएको बदाममा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले हामीलाई स्वास्थ्य रहन मदत गर्दछ भने हामीलाई सधै जवान बनाउन समेत सहयोग गर्दछ। भिजाएको देशी (हाडे) बदाममा प्रसस्त मात्रामा भिटामिन B१७ र फोलिक एसिड समेत पाइन्छ, जुन क्यान्सर जस्तो भयानक रोग सँग लड्ने क्षमता सनत बढाउछ। खराब कोलस्ट्रोललाई नियन्त्रण गर्छ: प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ। तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ। हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ:
जर्नल ऑफ न्यूट्रिशनमा प्रकाशित एक शोधको नतिजालाई विचार गर्ने हो भने, मुटुका रोगीहरुलाई त् यो देशी (हाडे) बदाम ठुलो औषधि साबित हुन्छ। किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले LDL कोलस्ट्रोलको अक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ।तेसैले यदि तपाई मुटुको रोगी हुनु हुन्छ भने अवश्य रातभरी भिजाएर देशी (हाडे) बदाम खानुहोस। यसले तपाइको मुटु स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ। उच्च रक्तचाप नियन्त्रण गर्छ: ब्लडप्रेशरको रोगीहरुको लागि पनि यो देशी (हाडे) बदाम लाभदायक हुन्छ। जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, यो बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोफ़ेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाइ नियन्त्रित राख्न सहयोग गर्दछ। त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिषहरुले नियमित रुपमा यो बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो। अतः देशी (हाडे) बदाम को सेवन सबैले सधै गरौ। रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर देशी (हाडे) बदामको सेवन गर्नाले साना बिध्यार्थिहरुलाई निकै लाभदाएक हुन्छ भने सुगरका प्यासेन्टहरुको सुगर तथा इन्सुलिनको लेबल नियन्त्रण गर्न समेत सहयोग गर्दछ। यसले गर्दा सुगर हुनबाट समेत रक्षा गर्दछ। तेसैले देशी (हाडे) बदाम रातभरी भिजाएर भोलिपल्ट बिहान खाने होइन त् ? हजुर ढिलो नगर्नुस।
के मा र कुन ठाउमा भ्रष्टाचार छैन ? कहाँ, कसले र किन गर्दैनन् सरकारी सम्पतिको दुरुपयोग? अति दुर्गम
देखि महानगरपालिका क्षेत्र भित्र अवस्थित कुनै पनि सरकारी कार्यालयमा भैरहेका यस्ता दुरुपयोगका नमुनाहरु प्रसस्तै देख्न सकिन्छ। किन हुन्छन त् सरकारी कार्यालयहरुमा त्यसरी सरकारी सम्पतिको दुरुपयोग? किन भने त्यो सम्पति आफ्नो होइन, सरकारको हो ? हो यस्तो मनस्थितिले गर्दा त्यस्ता सम्पतिहरुको सम्बन्धित निकाय वा व्यक्तिहरुले नै गर्छन बढी दुरुपयोग। जब सम्म हामीमा सरकारी सम्पति भनेको हाम्रो आफ्नै सम्पति हो भन्ने धारणा बिकाश हुदैन तबसम्म सरकारी सम्पतिको दुरुपयोग हुने क्रम पनि रोकिदैन।
एउटा उदाहरणको लागि केहि फोटो समेत संलग्न गरिएको छ। फोटोमा देखिए झैँ अधिकार प्राप्त सरकारी अधिकारीहरुले आफ्नो
श्रीमती, सालासाली, छोरा छोरी, भाई बहिनी,भतिजा भतिजी सबै नातेदार तथा आफन्तहरुको लागि यस्तरिनै सरकारी सम्पतिको दुरुपयोग गर्ने गर्छन।
फोटोमा सरकारी सार्वजानी बिदाको दिन (इन्द्रजात्र) मध्य बानेश्वरको भित्रि बाटोमा बिहान ९ बजेको समयमा सरकारी नम्बर प्लेटको यो गाडीमा Driving सिक्दै थिइन्, कुनै महिला। पछि फोटोमा देखिए झैँ सोही स्थानमा रहेको Driving प्रशिक्षण शालामा पर्किङ्ग गरि राकिएको थियो।
के यस्ता कु कार्यलाई निरुत्साहित गर्ने वा प्रतिवन्ध नै लगाउन सकिदैन त् ? सम्बन्धित निकायले पनि गम्भिर भएर यस्तो कुरामा चासो दिनु अत्युक्ति नै होला।
अहिले घिउकुमरी याने एलोवेरा अति लोकप्रिय बिरुवा हो। यसबाट हुने बिभिन्न फाइदाहरुले गर्दानै आजको दिनमा घिउकुमरी याने एलोवेरा यति लोकप्रिय हुनुको मुख्य कारण हो । यहि तथ्यलाई मनन गर्दै हिजो आज प्रायः सबैले यसको बोट आफ्नो घरमा समेत लगाउने गरेका छन्। यसलाई पोलेको ठाउमा लगाउदा पनि फाइदा हुन्छ, कपाल चम्किलो पार्न तथा शरिर स्लिम पार्न देखि अनुहारमा भएका बिभिन्न दागहरुलाई हटाउन समेत यसैको प्रयोग गरिन्छ। एलोबेरा (घिउकुमारी) एउटा यस्तो बिरुवा हो, जसले हामीलाई फाईदै फाइदा मात्रै दिन्छ। हिजोआज बिभिन्न बिमारीबाट बाँच्न तथा स्वास्थ्यलाई बिभिन्न किसिमका फाइदाको लागि एलोबेरा (घिउकुमारी)को जुस समेत पिउने गर्छन मानिसहरु । तर सावधान ! एलोबेरा (घिउकुमारी)को यतिका फाइदा हुदा हुँदै पनि, सावधान, तपाई एलोबेरा (घिउकुमारी)को यसरीनै र स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याहरुमा औषधिको रुपमा प्रयोग गर्ने गर्नु हुन्छ भने होसियार रहनुहोस, कतै अमृत भनेर बिष त् सेवन गरिरहनु भएको छैन? एलोबेरा (घिउकुमारी)बाट औषधि मात्रै नभएर त्यसबाट एक प्रकारको पहेलो पदार्थ समेत निस्कन्छ। त्यो हो एलो लेक्टस, योनै एलोबेरमा रहेको कुतत्व हो जसले टाउको दुख्ने, एलर्जी हुने तथा क्यान्सर जस्तो खतरनाक रोग समेत लग्न सक्छ।
एलोबेरा (घिउकुमरी) बोटबाट भाँचेर ल्याउदा त्यसबाट एक किसिमको पहेंलो पदार्थ निस्किरहेको देख्न सकिन्छ र
त्यसैलाई एलो लेक्टस भनिन्छ र यही पहेंलो पदार्थ नै मानिसहरुमा लाग्नसक्ने बिभिन्न रोगहरुको प्रमुख कारण हो भन्दा फरक नपर्ला। यही एलो लेक्टस बाट क्यान्सर जस्तो भयानक रोग समेत लाग्न सक्छ।
विशेषज्ञहरुको भनाई मनन गर्ने हो भने, एलोबेरा (घिउकुमारी)बाट निस्कने एलो लेक्टस (पहेलो पदार्थ) टंक्सिक भएकोले यसको अधिक प्रयोगले क्यान्सर जस्तो घातक रोग लाग्ने सम्भावना बढी हुन्छ।
2011 मा अमेरिकाको एनटीपी ( नेशनल टंक्सिकलोजी प्रोग्राम) ले गरेको अध्ययनमा त्यहाको सरकारलेनै प्रयोगशालामा एलोबेरा (घ्युकुमरी) को परीक्षण गरेको थियो। त्यस परिक्षणबाट यस्तो नतिजा निष्किएको थियो, यदी हामीले जूस, अचार, जाम, कुनै पनि खानेकुरामा तथा सब्जीमा मिलाएर एलोबेरा (घ्युकुमारी)को एलो लेक्टसको
उपभोग (खाएको) गरेको खण्डमा, त्यसले हाम्रो शरीरमा क्यान्सर रोग लाग्नसक्ने तत्वहरु उत्पादन गर्न थाल्छ। साथै हामीले त्यो एलो लेक्टसलाई कारणबस कतै छालामा मलम लगाए झैँ लगाउदा पनि त्यसले छालामा एलर्जी (एक्जिमा), रेशेज़ तथा अन्य छाला सम्बन्धि समस्याहरु निम्त्याउन सक्छ।
गर्भपतन हुने खतरा - गर्ववति महिलाले झुक्किएर पनि एलो लेक्टस खानु हुदैन। किनकी एलो लेक्टसबाट यूटेरिन कन्ट्रेक्सन उत्पादन हुन्छ र त्यसले गर्वपतन गराउन मदत गर्छ। यो कुरा मेरिल्याण्ड मेडीकल सेन्टर यूनीवर्सिटीको एउटा रिपोर्टमा उल्लेख गरिएको छ।
बर्थ डिफेक्ट्स -एलो लेटेक्सको प्रयोग गर्ववति महिलाले गरेको खण्डमा जन्मीने शिशुमा जन्मजात केही खराबी सहित जन्मीने सम्भावना अधिक रहन्छ। त्यसैले गर्वावती महिलाले एलो लेक्टसको प्रयोग नहोस भन्नेमा बिशेष ध्यान दिनु पर्छ। फेरी एलोबेरा (घ्युकुमारी) ले बाल बालिकाहरुलाई फाइदा हुने कुरामा त्यस्तो केहि उल्लेख भएको छैन। अतः ब्रेस्टफीडिंग गराउने क्रममा त्यस्तो महिलाले समेत एलोबेरा (घ्युकुमारी)को प्रयोग नगरेको नै उचित हुन्छ।
कसरी प्रायो गर्ने:
एलोबेरा (घ्युकुमारी)बाट हुने फाइदा लाई ध्यानमा राखेर यसको प्रयोग गर्दा बिशेष ध्यान दिएर, यसलाई बोटबाट टिपेर ल्याए पछि यसलाई बिचमा भाँचेर केही समय त्यतिकै राखिदिने र केही समय पछि जब यसको पहेलो पदार्थ (लेक्टस) पूर्ण रुपमा सकिन्छ त्यसपछि यसलाई राम्रोसंग धोएर मात्रै यसको प्रयोग गर्न सकिन्छ।
क्यान्सर एउटा यस्तो खतरनाक तथा भयानक रोग हो जुन रोगबाट विश्वमा सबै भन्दा बढी मानिसहरुको मृत्यु हुन्छ। त्यस्तै बिश्वमा यहि रोगबाट पिडित रोगीहरुको संख्या नै अत्यधिक छ। यो रोग यस्तो रोग हो, जसको पहिचान अन्तिम अवस्थामा पुगेर मात्रै हुन्छ, जुन अवस्थामा पुगेपछि, कुनै पनि औषधी उपचारले छुदैन र रोगीको मृत्युनै हुन्छ। यहि रोगलाई सुरुकै स्टेजमा पत्ता लगाएर औषधी उपचार गर्ने हो भने यो रोगलाई पूर्ण रुपले निको पर्न सकिन्छ। तर यो समयमै हुनुपर्छ। यसको लागि हामीले हाम्रो शरीरमा देखा पर्ने निम्न उल्लेखित सामान्य लक्षणहरुलाई समेत नजर अन्दाज गर्नु हुदैन र त्यस्तो लक्षणहरु देखिएमा होसियार भएर चिकित्सक संग कन्सल्ट गरिहाल्नु पर्छ।
सामान्यता निम्न लक्षणहरु देखिएमा त्यो क्यान्सरको लक्षण हुन् सक्छ र त्यसको समयमै उचित जांच गराउनु फाइदाजनक नै हुन्छ :
-अचानक शरीरको तौल घट्नु।
-असामान्य तरिकाले आफुलाई थकाई लग्नु वा लागेको महसूस हुनु।
-स्वंस फुल्नु वा स्वाँ स्वाँ हुनु।
-शरीरमा भएको कोठीको आकारमा परिवर्तन हुनु वा बढ्दै जानु।
-त्यतिकै शरीरको कुनै पनि स्थानमा दुख्न थाल्नु र त्यो दुखाई ४ हप्तामा पनि निको नभएमा। -लगातार लामो समय सम्म खोकी लागीरहनु।
-शरीरको कुनै पनि भागमा निरन्तर सुन्निरहनु।
-आवाजमा बिनाकारण एक्कासी परिवर्तन हुनु। -लगातार लामो समय सम्म ज्वरो आइरहनु। -शरीरको कुनै पनि स्थानमा गाँठो जस्तो बन्नु। -खाना निल्दा अप्ठ्यारो हुने गर्नु। -बिनाकारण अति धेरै पसिना आउनु।
माथि उल्लेख गरिएको मध्ये कुनै पनि लक्षण लगातार महसूस गर्नु भएको छ भने चाडो भन्दा चाडो चिकित्सकलाई सम्पर्क राखिहाल्नुहोस।
लुकेको स्वर्ग उपनामले समेत चिनिने नेपालकोपूर्व कोशीअञ्चलमा
अवस्थि बिभिन्न जिल्लाहरुमा रहेका स्थानहरु मध्ये भोजपुरजिल्लाअन्तर्गतफेदीदोभानेगा.बि.स.वार्डनं.८मापर्नेधार्मिकतथाऐतिहाँसिकमहत्वोसंगालेकोसाल्पापोखरीसमुन्द्रसतहबाट३४४३मि.उचाइमारहेकोछ। चारैतिरपहाडलेघेरिएकोउक्तपोखरीलाईकिराँतीहरुलेसालीपासबैभन्दाउच्चस्थानमारहेकोपुर्ख्यौलीभगमानभनिसम्बोधनगरेकोपाइञ्छ।हिमालीछेत्रमापाइनेजैविकबिबिधतालेभरिपुर्ण
साल्पापोखरी सुख दुखको साथि र सांस्कृतिक तथा
धार्मिक आस्थाको प्रतिक पनि मानिन्छ l यसको आसपासमा रहेका हिमाली वनहरुमा रमाउने हाब्रे
हिमाली थार खरायो लगायत सानो स्तनधारी वन्यजन्तुहरु छन् भने हुचिल पानीहाँस लाटोकोसेरो
र मौसमी चारहरु यस क्षेत्रका आकर्षण हुन् l हिमाली सिमसार क्षेत्रमा फुल्ने लालीगुँरास
,चिमल ,सुनाखरी र रंगी विरंगी लताका फूलहरुले सो क्षेत्रमा जाने आन्तरिक पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन l विभिन्न जातजातीहरुका धार्मिक आस्थाको केन्द्र भयकै हुँदा साल्पापोखरीमा बर्षको चारपटक चण्डीपुर्णिमा,
मंगसिरपुर्णिमा, कार्तिकपुर्णिमा र ऋषिपुर्णिमा मेला लाग्ने गर्दछ l मेलामा जानुअघि किराँतीहरुको आफ्नै संस्कार अनुसार क्षेत्री, ब्राम्हण, सेर्पा, दलित हिन्दु र बौद्धमार्गिहरु
पनि आ आफ्नै संस्कार अनुसार साल्पा पोखरी जाने
तिथि मितिको ठहरगरि जानु अघि घरका मुख्य व्यक्ति अथवा नुवागिरे, नाछोंगले घरका कुलदेवतालाइ मान मनितो गर्ने र मुन्धम गर्ने गर्दछन l ढोलेहरुले गजोले ढ्यांग्रो बजाउने मृगका
सिंगले थाल बजाउने गर्दछन l धामी ,झाँक्री तथा बिजुवाहरुले जामा पगरी, घुङ्गरु र संस्कार
अनुसार सुनाखरीको चोयाबाट बुनिएको टोपी त्यसमाथि मयुरको प्वाँख लगाई हामी यस कामको लागि
आउदैछौं हामीलाई बाटोमा पर्नसक्ने बिघ्न बाधा हटाइदेउ घरमा बसेकाहरुको रक्षागर भनि
साल्पा पोखरीलाई पुकार्दै बनदेवता, जलदेवता, सिमे, भूमे, बायु पत्थरहरुलाई सम्बोधन गर्दै
पंतिबद्ध भएर साल्पापोखरीलाई राजा र रानीको संज्ञा दिदै साल्पै राजा सै सै, साल्पै रानी
सै सै, सै राजा सै, सै रानी सै, गर्दै लयबद्ध
भाकामा पोखरीमा पुगेपछि आफ्ना शाखा सन्तानको सु-स्वास्थ्य, अन्नबालीको राम्रो उत्पादन
पशुपंक्षी र प्राकृतिक प्रकोपले दुक्ख नदेवोस भन्ने कामना र वरदान माग्दछन भने सन्तान
नहुनेहरुले रित्तो कोक्रो बोकेर जाने र आगौं शाल आउदा यो कोक्रोमा छोरा- छोरी बोकेर
ल्याउन पाउँभनि वरदान माग्ने गर्दछन l
मौसम अनुसारको अन्न बालि पनि शाल्पा राजा - रानीलाई
देखाई खाने चलन छ l लिसो-पासो, घुङ्ग्रिङ्ग, धुल, ढ्यांग्रो, खुर्मी लगायतका दैबी शक्तीसंग
कुराकानी गर्दा चाहिने साम-सर्दमले सु-सज्जित झाँक्री बिजुवाहरु आफ्ना पुर्खाहरुले
खेलेको ठाउमा आयु-वायुको रुपमा आएर बसेको हुँदा दैबीशक्ति लगायत वरिपरी पानी, जंगल, ढुङ्गे
भिर देव-देवता, भुत-प्रेत आदिलाई सम्मान गर्दै किंरात राजा र रानीलाइ आफ्ना छोरा-नाती
बुहारी र नातिनीहरुको परिचय गराउने गर्दछन l
यसक्षेत्र निबासी विभिन्न
जाती, भाषा, धर्म र संस्कृतीका समुदायहरुको आस्थाको पवित्र स्थल मात्र नभएर आन्तरिक
र बाह्य पर्यटकीय गन्तब्य स्थलको सम्भावना समेत रहेको यो साल्पा सिमसार क्षेत्रले
पानीको भण्डारण गर्ने स्वोच्छीकारण गर्ने र स्थानिय बासीलाई विभिन्न प्रकारका श्रोत
उपलब्ध गराई रहेको छ भने विभिन्न दुर्लभ बन्यजन्तुहरुलाई
बासस्थान उपलब्ध गरायेकोछ l त्यसैले साल्पा पोखरीले पर्यावरण सम्रक्षणमा समेत अतुलनिय
भूमिका खेलेको हुँदा यसको समुचित विकाशको लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउद छु l
मानिसहरुमा इम्युनिटी(Immunity) पावर कमजोर भएको कारण प्रायः मौसम परिवर्तन हुने समयमा बारम्बार रुघा,खोकी र ज्वरोले सताउने गर्छ। हप्तादिन सम्म यस्तो बिमारीले दुख दिने र बिस्तारै निको पनि हुदै जान्छ। त्यसैले यस्तो बिमारीलाई मौसमी बिमारी पनि भन्दछन। यस प्रकारको रोगले बिरामीलाई एक दुइ दिन त् साह्रै दुखादिन्छ, त्यसपछि यो बिस्तारै आफै ठिक हुदै जान्छ। तर प्रायः हामी यस्तो रुघा, खोकी,ज्वरो आयो भने तुरुन्त औषधि प्रयोग गरिहल्दछौ। यसरी यस्तो सधारण बिमारीको लागि
पनि त्यसरी बारम्बार औषधि प्रयोग गरिरहदा त्यो हम्रोलागि निकै घातक पनि हुनसक्छ। त्यसैले यहाँ यस्तो मौसमी बिमारीको लागि अचुक घरेलु औषधिको उल्लेख गर्दै छु। हामी सबैलाई थाहानै हुनुपर्छ तुलसीको बारेमा हजुर रुघा,खोकी र ज्वरोको अचुक घरेलु औषधि हो हरियो तुलसीको पातहरु, यिनै तुलसीको पातहरुमा यस्ता साना साना रोगहरुलाई निर्मुलै पर्ने ठुलो गुण हुन्छ। त्यसैले तुलसीको प्रयोगबाट हामी यस्ता मौसमी बिमारीबाट छुटकारा पाउन सक्छौ। तुलसीमा धेरै प्रकारको रोग निको पर्ने गुण भेटिएको छ र यसले मनीषको प्रतिरक्षा प्रणाली (Immunity System) लाई मजबुत बनाउन ठुलो सहयोग गर्नुका साथै, टेन्सन तथा टाउको दुखिरहने अनि साइनसाइटिस आदीबाट समेत जोगाउन सहयोग गर्दछ।
एउटा अध्ययनबाट पत्ता लागे अनुसार तुलसीको पातहरुले शरिरमा हुने वा फैलिने इन्फेक्शनबात जोगाउन टी साइटोकिन्स, एनके (नेचर किलर) सेल तथा टी लिम्फोसाइट्स जस्तो इम्यून सेल्सको उत्पादनलाई समेत बढाउने काम गर्दछ। तुलसीमा इम्यून-मोडुलेटरी तत्व प्रसस्त मात्रामा पाइने भएको कारण नै यसले मनीषको इम्युनिटी सिस्टमलाई शसक्त बनाउन ठुलो सहयोग गर्दछ। एंटीऑक्सिडेंट तथा एंटीइन्फ्लैमटोरी गुण भएको कारण यसले ज्वरो निको पर्ने तथा रुधा खोकीको लागि समेत फाइदा गर्दछ।
मलेरिया वा एकदमसंग ज्वरो आएको छ भने अथवा अहिलेको कडा ज्वरो डेंगुको ज्वरो आएको छ भने पनि केहि तुलसीको पातहरु सफा पानीमा राखेर कम्तिमा दश मिनेट जति मजाले उमालेर दिनमा दुइ पटक पिउदा
त्यस्ता ज्वरोबाट राहत पाइन्छ। अझ कडा र बढीनै ज्वरो आएको छ भने आधा लिटर पानीमा केहि तुलसीको पातहरु र अलैंचीको धुलो मिलाएर उमाल्ने र त्यसलाई दुधमा हालेर पिउनाले अझ चाडै त्यस्तो ज्वरो निको हुन्छ।
तुलसीको पातहरुको जूस बनाएर पिउदा ज्वरोले बढेको शरीरको तापक्रम तुरुन्त घटाउन सकिन्छ। अझ यो बच्चाहरुको लागि झन् प्रभाबकरी हुन्छ। त्यसको लागि 10-15 वटा पातहरु थोरै पानीमा हालेर जूस बनाउने र त्यसलाई दुइ तिन घण्टाको फरकमा पिउन दिने, यसले तुरुन्त ज्वरो घटाउदछ ।