Wednesday, September 28, 2016

स्वास्थ्य मुटुको लागि बदाम !

(बिश्व मुटु दिवशको सन्दर्भमा)
बदाम, एउटा सबैले रुचाउने खानेकुरा हो। हामी सबै देशी (हाडे) बदामसंग राम्ररी परिचित छौँ। यो बदाम एउटा मिठो खानेकुरामा पर्दछ। यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्य को लागि लाभदायक पनि उत्तिकै छ। यो बदामलाई भिजाएर खादा झनै स्वादिलो र स्वास्थ्यको लागि धेरै फाइदा समेत गर्दछ।  
भिजाएको बदम किन स्वास्थ्य को लागि राम्रो हुन्छ: 
बदाम स्वादिलो तथा स्‍वास्‍थ्‍यको लागि समेत अति लाभदयाक मानिन्छ। बिशेष गरि यो देशी (हाडे) बदाम स्मरण शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मदत समेत गर्दछ। यसमा प्रसस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ, जस्तै: भिटामिन ई, जिंक, क्याल्सिएम, म्याग्नेसिएम, ओमेगा-३ र फ्याटी एसिड प्रसस्त मात्रामा पाइने भएकोले यो स्वास्थ्यको दृष्टिकोणबाट पनि अति उत्तम खाने कुरामा पर्दछ। यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा  बढी लाभदायक हुन्छ। यो बदामलाई खैरो रंगको खोष्टाले ढाकेको हुन्छ, यो खोष्टा Tannin भन्ने तत्व हुन्छ र त्यसले बदाममा भएको पौष्टिक तत्वहरुलाई नष्ट गर्ने भएकोले पूर्ण लाभ प्राप्त गर्न सकिदैन अत: यसलाई हटाएर देशी (हाडे) बदाम खादा बढी भन्दा बढी पोषक तत्व प्राप्त गर्न सकिन्छ।   फेरी यसरी भिजाएको बदाम  स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ।  Lipase (लाईपेज) नामक तत्व पनि यसमा प्रसस्त पाइन्छ, जसले चिल्लो पदार्थ (Fat) लाई पचाउन बिशेष सहयोग पुर्याउछ। 
तौल घटाउनाका साथै अन्य फाइदा :
यो देशी (हाडे)बदामले हाम्रो अनावश्यक तौल घटाउन मदत गर्दछ। यसमा भएको मोनो अनस्याचुरेटेड फ्याटले भोकलाई कम गर्दछ, जसले गर्दा हामी सोभावैले कम खाना खान्छौँ। साथै भिजाएको बदाममा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले हामीलाई स्वास्थ्य रहन मदत गर्दछ भने हामीलाई सधै जवान बनाउन समेत सहयोग गर्दछ।   भिजाएको देशी (हाडे) बदाममा प्रसस्त मात्रामा भिटामिन B१७ र फोलिक एसिड समेत पाइन्छ, जुन क्यान्सर जस्तो भयानक रोग सँग लड्ने क्षमता सनत बढाउछ। 
खराब कोलस्ट्रोललाई नियन्त्रण गर्छ:
प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ। तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ। 
हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ: 
जर्नल ऑफ न्‍यूट्रिशनमा प्रकाशित एक शोधको नतिजालाई विचार गर्ने हो भने, मुटुका रोगीहरुलाई त् यो देशी (हाडे) बदाम ठुलो औषधि साबित हुन्छ। किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले LDL कोलस्ट्रोलको  अक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले   हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ।तेसैले यदि तपाई मुटुको रोगी हुनु हुन्छ भने अवश्य रातभरी भिजाएर देशी (हाडे) बदाम खानुहोस। यसले तपाइको मुटु स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ। 
उच्च रक्तचाप नियन्त्रण गर्छ: 
ब्‍लडप्रेशरको रोगीहरुको लागि पनि यो देशी (हाडे) बदाम लाभदायक हुन्छ। जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, यो बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोफ़ेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाइ नियन्त्रित राख्न सहयोग गर्दछ। त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिषहरुले नियमित रुपमा यो बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो। अतः देशी (हाडे) बदाम को सेवन सबैले सधै गरौ।    
रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर देशी (हाडे) बदामको सेवन गर्नाले साना बिध्यार्थिहरुलाई निकै लाभदाएक हुन्छ भने सुगरका प्यासेन्टहरुको सुगर तथा इन्सुलिनको लेबल नियन्त्रण गर्न समेत सहयोग गर्दछ। यसले गर्दा सुगर हुनबाट समेत रक्षा गर्दछ।  तेसैले देशी (हाडे) बदाम रातभरी भिजाएर भोलिपल्ट बिहान खाने होइन त् ? हजुर ढिलो नगर्नुस। 

Sunday, September 25, 2016

मुङ्गलान !

कबि: कुमार खत्री 

परदेशी भाइ केछ सन्चो बिसन्चो?
मुङ्गलानको हावापानी मिलेन होला,
आफ्नो ज्यानको आफै ख्याल राख्नु,
झट्ट अरुको विस्वास नगर्नु ,
सम्झनुपर्ने कुरा कतिछन
बिर्सनै नहुने पनि त्यतिनै छन्
सम्झेकै हौला,
आम्बोटे कुलाको पानी खोचिनलाई खाएको
छरछरे छाँगामा कछाड नलाई नुहाएको
अनि,हरेलो बजारमा दोहोरि गित गाएको ,
बिर्सेका छैनौहोला,
हजुरबाको पाप्रोमा बाउले छाप्रोहाल्दा
लिएको ऋणमा पुच्छरले  कुकुरहल्लाउन थालेपछि
त्यसमाथि साहुले रयाख रयाख्ती पारेपछि 
हलो जुवा थन्क्याएर हलगोरु बेच्नु पर्यो
त्यहि पैसाले मुटु गाँठोपार्दै
प्लेन टिकट काट्नु पर्यो
आमा बाउको आँशुपुछ्ने सेतो रुमाल 
श्रीमतीको लाज ढाक्न रातो फरिया पठाउन
निर्जन बालुवाको वनभित्र परेड खेल्दाहौ
अझै पनि पुर्खाको हस्तिहाड बन्दकिमै 
त्यो पनि निखन्नु 
हिङ्ग बाँधेको टालो बाँधेकाछौ
त्यो पनि चिन्नु 
अहिलेत घरमात्र बनाएकाहौ
घर बसाउन बाँकिनै  
साइनो मात्र गांसेकाछौ
मन हँसाउन बाँकीनै 
शिरमा दुर्बासालाई बास रोक्नु
सक्छौभने मनभरी इख बोक्नु
रिङ्ग्टोनको कोदालीले कुलो चलाउनु
हामि समाहा मिलाउला
मेहनतको फालीले खेत बिराउनु
हामि झार जिलाउला
फर्की आउदा ,
पसिनाको गन्ध मिसिएको सेतो धन ल्याउनु
नीला आँखामा बिटुलो नपारी चोखो तन ल्याउनु
सात समुद्र तरिआउदा
झोलाभरि आँशुको समुद्र बोकी नल्याउनु । 

Friday, September 16, 2016

सरकारी सम्पतिको दुरुपयोग यसरी नि हुन्छ ।

के मा र कुन ठाउमा भ्रष्टाचार छैन ? कहाँ, कसले र किन गर्दैनन् सरकारी सम्पतिको दुरुपयोग? अति दुर्गम
देखि महानगरपालिका क्षेत्र भित्र अवस्थित कुनै पनि सरकारी कार्यालयमा भैरहेका यस्ता दुरुपयोगका नमुनाहरु प्रसस्तै देख्न सकिन्छ। किन हुन्छन त् सरकारी कार्यालयहरुमा त्यसरी सरकारी सम्पतिको दुरुपयोग? किन भने त्यो सम्पति आफ्नो होइन, सरकारको हो ? हो यस्तो मनस्थितिले गर्दा त्यस्ता सम्पतिहरुको सम्बन्धित निकाय वा व्यक्तिहरुले नै गर्छन बढी दुरुपयोग। जब सम्म हामीमा सरकारी सम्पति भनेको हाम्रो आफ्नै सम्पति हो भन्ने धारणा बिकाश हुदैन तबसम्म सरकारी सम्पतिको दुरुपयोग हुने क्रम पनि रोकिदैन।
एउटा उदाहरणको लागि केहि फोटो समेत संलग्न गरिएको छ। फोटोमा देखिए झैँ अधिकार प्राप्त सरकारी अधिकारीहरुले आफ्नो
श्रीमती, सालासाली, छोरा छोरी, भाई बहिनी,भतिजा भतिजी सबै नातेदार तथा आफन्तहरुको लागि यस्तरिनै सरकारी सम्पतिको दुरुपयोग गर्ने गर्छन।
फोटोमा सरकारी सार्वजानी बिदाको दिन (इन्द्रजात्र) मध्य बानेश्वरको  भित्रि बाटोमा बिहान ९ बजेको समयमा सरकारी नम्बर प्लेटको यो गाडीमा  Driving सिक्दै थिइन्, कुनै महिला। पछि फोटोमा देखिए झैँ सोही स्थानमा रहेको Driving प्रशिक्षण शालामा पर्किङ्ग गरि राकिएको थियो।
के यस्ता कु कार्यलाई निरुत्साहित गर्ने वा प्रतिवन्ध नै लगाउन सकिदैन त् ? सम्बन्धित निकायले पनि गम्भिर भएर यस्तो कुरामा चासो दिनु अत्युक्ति नै होला।



Tuesday, September 13, 2016

एलोबेरा एक बहुगुणी बिरुवा ! प्रयोग गर्दा, सावधान !

अहिले घिउकुमरी याने एलोवेरा अति लोकप्रिय बिरुवा हो।  यसबाट हुने बिभिन्न फाइदाहरुले गर्दानै आजको दिनमा घिउकुमरी याने एलोवेरा यति लोकप्रिय हुनुको मुख्य कारण हो । यहि तथ्यलाई मनन गर्दै हिजो आज प्रायः सबैले यसको बोट आफ्नो घरमा समेत लगाउने गरेका छन्। यसलाई पोलेको ठाउमा लगाउदा पनि फाइदा हुन्छ, कपाल चम्किलो पार्न   तथा शरिर स्लिम पार्न देखि अनुहारमा भएका बिभिन्न दागहरुलाई हटाउन समेत यसैको प्रयोग गरिन्छ। एलोबेरा (घिउकुमारी) एउटा यस्तो बिरुवा हो, जसले हामीलाई फाईदै फाइदा मात्रै दिन्छ। हिजोआज बिभिन्न बिमारीबाट बाँच्न तथा स्वास्थ्यलाई बिभिन्न किसिमका फाइदाको लागि एलोबेरा (घिउकुमारी)को जुस समेत पिउने गर्छन मानिसहरु । तर सावधान ! एलोबेरा (घिउकुमारी)को यतिका फाइदा हुदा हुँदै पनि, सावधान, तपाई एलोबेरा (घिउकुमारी)को यसरीनै र स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याहरुमा औषधिको रुपमा प्रयोग गर्ने गर्नु हुन्छ भने होसियार रहनुहोस, कतै अमृत भनेर बिष त् सेवन गरिरहनु भएको छैन?
एलोबेरा (घिउकुमारी)बाट औषधि मात्रै नभएर त्यसबाट एक प्रकारको पहेलो पदार्थ समेत निस्कन्छ। त्यो हो एलो लेक्टस, योनै एलोबेरमा रहेको कुतत्व हो जसले टाउको दुख्ने, एलर्जी हुने तथा क्यान्सर जस्तो खतरनाक रोग समेत लग्न सक्छ।
एलोबेरा (घिउकुमरी) बोटबाट भाँचेर ल्याउदा त्यसबाट एक किसिमको पहेंलो पदार्थ निस्किरहेको देख्न सकिन्छ र
त्यसैलाई एलो लेक्टस भनिन्छ र यही पहेंलो पदार्थ नै मानिसहरुमा लाग्नसक्ने बिभिन्न रोगहरुको प्रमुख कारण हो भन्दा फरक नपर्ला। यही एलो लेक्टस बाट क्यान्सर जस्तो भयानक रोग समेत लाग्न सक्छ।  
विशेषज्ञहरुको भनाई मनन गर्ने हो भने, एलोबेरा (घिउकुमारी)बाट निस्कने एलो लेक्टस (पहेलो पदार्थ) टंक्सिक भएकोले यसको अधिक प्रयोगले क्यान्सर जस्तो घातक रोग लाग्ने सम्भावना बढी हुन्छ।
2011 मा अमेरिकाको एनटीपी ( नेशनल टंक्सिकलोजी प्रोग्राम) ले गरेको अध्ययनमा त्यहाको सरकारलेनै प्रयोगशालामा एलोबेरा (घ्युकुमरी) को परीक्षण गरेको थियो। त्यस परिक्षणबाट यस्तो नतिजा निष्किएको थियो, यदी हामीले जूस, अचार, जाम, कुनै पनि खानेकुरामा तथा सब्जीमा मिलाएर एलोबेरा (घ्युकुमारी)को एलो लेक्टसको
उपभोग (खाएको) गरेको खण्डमा, त्यसले हाम्रो शरीरमा क्यान्सर रोग लाग्नसक्ने तत्वहरु उत्पादन गर्न थाल्छ। साथै हामीले त्यो एलो लेक्टसलाई कारणबस कतै छालामा मलम लगाए झैँ लगाउदा पनि त्यसले छालामा एलर्जी (एक्जिमा), रेशेज़ तथा अन्य छाला सम्बन्धि समस्‍याहरु निम्त्याउन सक्छ। 
गर्भपतन हुने खतरा - गर्ववति महिलाले झुक्किएर पनि एलो लेक्टस खानु हुदैन। किनकी एलो लेक्टसबाट यूटेरिन कन्ट्रेक्सन उत्पादन हुन्छ र त्यसले गर्वपतन गराउन मदत गर्छ।  यो कुरा मेरिल्याण्ड मेडीकल सेन्टर यूनीवर्सिटीको एउटा रिपोर्टमा उल्लेख गरिएको छ। 
बर्थ डिफेक्ट्स - एलो लेटेक्सको प्रयोग गर्ववति महिलाले गरेको खण्डमा जन्मीने शिशुमा जन्मजात केही खराबी सहित जन्मीने सम्भावना अधिक रहन्छ।  त्यसैले गर्वावती महिलाले एलो लेक्टसको प्रयोग नहोस भन्नेमा बिशेष ध्यान दिनु पर्छ।  फेरी एलोबेरा (घ्युकुमारी) ले बाल बालिकाहरुलाई फाइदा हुने कुरामा त्यस्तो केहि उल्लेख भएको छैन। अतः ब्रेस्टफीडिंग गराउने क्रममा त्यस्तो महिलाले समेत एलोबेरा (घ्युकुमारी)को प्रयोग नगरेको नै उचित हुन्छ। 

कसरी प्रायो गर्ने:

एलोबेरा (घ्युकुमारी)बाट हुने फाइदा लाई ध्यानमा राखेर यसको प्रयोग गर्दा बिशेष ध्यान दिएर, यसलाई बोटबाट टिपेर ल्याए पछि यसलाई बिचमा भाँचेर केही समय त्यतिकै राखिदिने र केही समय पछि जब यसको पहेलो पदार्थ (लेक्टस) पूर्ण रुपमा सकिन्छ त्यसपछि यसलाई राम्रोसंग धोएर मात्रै यसको प्रयोग गर्न सकिन्छ। 

Friday, September 9, 2016

क्यान्सर जस्तो रोगबाट बाँच्न यसो गरौ।

क्यान्सर एउटा यस्तो खतरनाक तथा भयानक रोग हो जुन रोगबाट विश्वमा सबै भन्दा बढी मानिसहरुको मृत्यु हुन्छ। त्यस्तै बिश्वमा यहि रोगबाट पिडित रोगीहरुको संख्या नै अत्यधिक छ। यो रोग यस्तो रोग हो, जसको पहिचान अन्तिम अवस्थामा पुगेर मात्रै हुन्छ, जुन अवस्थामा पुगेपछि, कुनै पनि औषधी उपचारले छुदैन र रोगीको मृत्युनै हुन्छ। यहि रोगलाई सुरुकै स्टेजमा पत्ता लगाएर औषधी उपचार गर्ने हो भने यो रोगलाई पूर्ण रुपले निको पर्न सकिन्छ। तर यो समयमै हुनुपर्छ। यसको लागि हामीले हाम्रो शरीरमा देखा पर्ने निम्न उल्लेखित सामान्य लक्षणहरुलाई समेत नजर अन्दाज गर्नु हुदैन र त्यस्तो लक्षणहरु देखिएमा होसियार भएर चिकित्सक संग कन्सल्ट गरिहाल्नु पर्छ। 
सामान्यता निम्न लक्षणहरु देखिएमा त्यो क्यान्सरको लक्षण हुन् सक्छ र त्यसको समयमै उचित जांच गराउनु फाइदाजनक नै हुन्छ :
-अचानक शरीरको तौल घट्नु। 
-असामान्य तरिकाले आफुलाई थकाई लग्नु वा लागेको महसूस हुनु। 
-स्वंस फुल्नु वा स्वाँ स्वाँ हुनु। 
-शरीरमा भएको कोठीको आकारमा परिवर्तन हुनु वा बढ्दै जानु। 
-त्यतिकै शरीरको कुनै पनि स्थानमा दुख्न थाल्नु र त्यो दुखाई ४ हप्तामा पनि निको नभएमा। 
-लगातार लामो समय सम्म खोकी लागीरहनु। 
-शरीरको कुनै पनि भागमा निरन्तर सुन्निरहनु। 
-आवाजमा बिनाकारण एक्कासी परिवर्तन हुनु। 
-लगातार लामो समय सम्म ज्वरो आइरहनु। 
-शरीरको कुनै पनि स्थानमा गाँठो जस्तो बन्नु। 
-खाना निल्दा अप्ठ्यारो हुने गर्नु। 
-बिनाकारण अति धेरै पसिना आउनु। 
माथि उल्लेख गरिएको मध्ये कुनै पनि लक्षण लगातार महसूस गर्नु भएको छ भने चाडो भन्दा चाडो चिकित्सकलाई सम्पर्क राखिहाल्नुहोस।  

Wednesday, September 7, 2016

साल्पापोखरी: एक अदभुत पर्यटकीय स्थल !

नेपालको एक सुन्दर पर्यटकीय स्थल परिचय:                            लेखक: कुमार खत्री 

भौगोलिक रुपमा सानो भयपनि नेपाल प्राकृतिक रुपमा अथाह धार्मिक ,संस्कृतिक तथा पर्यटकिय महत्वो बोकेर उभिएको .
लुकेको स्वर्ग उपनामले समेत चिनिने नेपालको पूर्व कोशी अञ्चलमा
अवस्थि बिभिन्न जिल्लाहरुमा रहेका स्थानहरु मध्ये भोजपुर जिल्ला अन्तर्गत फेदी दोभाने गा.बि.स.वार्ड नं.  मा पर्ने धार्मिक तथा ऐतिहाँसिक महत्वो संगालेको साल्पा पोखरी समुन्द्र सतह बाट ३४४३ मि.उचाइमा रहेको छ। चारैतिर पहाडले घेरिएको उक्त पोखरीलाई किराँतीहरुले सालीपा  सबैभन्दा उच्चस्थानमा रहेको पुर्ख्यौली भगमान भनि सम्बोधन गरेको पाइञ्छ। हिमाली छेत्रमा पाइने जैविक बिबिधताले भरिपुर्ण साल्पापोखरी सुख दुखको साथि र सांस्कृतिक तथा धार्मिक आस्थाको प्रतिक पनि मानिन्छ l यसको आसपासमा रहेका हिमाली वनहरुमा रमाउने हाब्रे हिमाली थार खरायो लगायत सानो स्तनधारी वन्यजन्तुहरु छन् भने हुचिल पानीहाँस लाटोकोसेरो र मौसमी चारहरु यस क्षेत्रका आकर्षण हुन् l हिमाली सिमसार क्षेत्रमा फुल्ने लालीगुँरास ,चिमल ,सुनाखरी र रंगी विरंगी लताका फूलहरुले सो क्षेत्रमा जाने आन्तरिक पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन l विभिन्न जातजातीहरुका धार्मिक आस्थाको केन्द्र भयकै हुँदा साल्पापोखरीमा बर्षको चारपटक चण्डीपुर्णिमा, मंगसिरपुर्णिमा, कार्तिकपुर्णिमा र ऋषिपुर्णिमा मेला लाग्ने गर्दछ l मेलामा जानुअघि किराँतीहरुको आफ्नै संस्कार अनुसार क्षेत्री, ब्राम्हण, सेर्पा, दलित  हिन्दु र बौद्धमार्गिहरु पनि आ आफ्नै संस्कार अनुसार साल्पा पोखरी जाने तिथि मितिको ठहरगरि जानु अघि घरका मुख्य व्यक्ति अथवा नुवागिरे, नाछोंगले घरका कुलदेवतालाइ मान मनितो गर्ने र मुन्धम गर्ने गर्दछन l ढोलेहरुले गजोले ढ्यांग्रो बजाउने मृगका सिंगले थाल बजाउने गर्दछन l धामी ,झाँक्री तथा बिजुवाहरुले जामा पगरी, घुङ्गरु र संस्कार अनुसार सुनाखरीको चोयाबाट बुनिएको टोपी त्यसमाथि मयुरको प्वाँख लगाई हामी यस कामको लागि आउदैछौं हामीलाई बाटोमा पर्नसक्ने बिघ्न बाधा हटाइदेउ घरमा बसेकाहरुको रक्षागर भनि साल्पा पोखरीलाई पुकार्दै बनदेवता, जलदेवता, सिमे, भूमे, बायु पत्थरहरुलाई सम्बोधन गर्दै पंतिबद्ध भएर साल्पापोखरीलाई राजा र रानीको संज्ञा दिदै साल्पै राजा सै सै, साल्पै रानी सै सै, सै राजा सै, सै रानी सै, गर्दै लयबद्ध भाकामा पोखरीमा पुगेपछि आफ्ना शाखा सन्तानको सु-स्वास्थ्य, अन्नबालीको राम्रो उत्पादन पशुपंक्षी र प्राकृतिक प्रकोपले दुक्ख नदेवोस भन्ने कामना र वरदान माग्दछन भने सन्तान नहुनेहरुले रित्तो कोक्रो बोकेर जाने र आगौं शाल आउदा यो कोक्रोमा छोरा- छोरी बोकेर ल्याउन पाउँभनि वरदान माग्ने गर्दछन l 
मौसम अनुसारको अन्न बालि पनि शाल्पा राजा - रानीलाई देखाई खाने चलन छ l लिसो-पासो, घुङ्ग्रिङ्ग, धुल, ढ्यांग्रो, खुर्मी लगायतका दैबी शक्तीसंग कुराकानी गर्दा चाहिने साम-सर्दमले सु-सज्जित झाँक्री बिजुवाहरु आफ्ना पुर्खाहरुले खेलेको ठाउमा आयु-वायुको रुपमा आएर बसेको हुँदा दैबीशक्ति लगायत वरिपरी पानी, जंगल, ढुङ्गे भिर देव-देवता, भुत-प्रेत आदिलाई सम्मान गर्दै किंरात राजा र रानीलाइ आफ्ना छोरा-नाती बुहारी र नातिनीहरुको परिचय गराउने गर्दछन l

यसक्षेत्र निबासी विभिन्न जाती, भाषा, धर्म र संस्कृतीका समुदायहरुको आस्थाको पवित्र स्थल मात्र नभएर आन्तरिक र बाह्य पर्यटकीय गन्तब्य स्थलको सम्भावना समेत रहेको यो साल्पा सिमसार क्षेत्रले पानीको भण्डारण गर्ने स्वोच्छीकारण गर्ने र स्थानिय बासीलाई विभिन्न प्रकारका श्रोत उपलब्ध गराई रहेको छ भने विभिन्न दुर्लभ बन्यजन्तुहरुलाई बासस्थान उपलब्ध गरायेकोछ l त्यसैले साल्पा पोखरीले पर्यावरण सम्रक्षणमा समेत अतुलनिय भूमिका खेलेको हुँदा यसको समुचित विकाशको लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउद छु l           

Friday, September 2, 2016

रुघा, खोकी र ज्वरोको अचुक औषधि - तुलसी !

मानिसहरुमा इम्युनिटी(Immunity) पावर कमजोर भएको कारण प्रायः मौसम परिवर्तन हुने समयमा बारम्बार रुघा,खोकी र ज्वरोले सताउने गर्छ। हप्तादिन सम्म यस्तो बिमारीले दुख दिने र बिस्तारै निको पनि हुदै जान्छ। त्यसैले यस्तो बिमारीलाई मौसमी बिमारी पनि भन्दछन। यस प्रकारको रोगले बिरामीलाई एक दुइ दिन त् साह्रै दुखादिन्छ, त्यसपछि यो बिस्तारै आफै ठिक हुदै जान्छ।  तर प्रायः हामी यस्तो रुघा, खोकी,ज्वरो आयो भने तुरुन्त औषधि प्रयोग गरिहल्दछौ। यसरी यस्तो सधारण बिमारीको लागि

पनि त्यसरी बारम्बार औषधि प्रयोग गरिरहदा त्यो हम्रोलागि निकै घातक पनि हुनसक्छ। त्यसैले यहाँ यस्तो मौसमी बिमारीको लागि अचुक घरेलु औषधिको उल्लेख गर्दै छु। हामी सबैलाई थाहानै हुनुपर्छ तुलसीको बारेमा हजुर रुघा,खोकी र ज्वरोको अचुक घरेलु औषधि हो हरियो तुलसीको पातहरु, यिनै तुलसीको पातहरुमा यस्ता साना साना रोगहरुलाई निर्मुलै पर्ने ठुलो गुण हुन्छ।  त्यसैले तुलसीको प्रयोगबाट हामी यस्ता मौसमी बिमारीबाट छुटकारा पाउन सक्छौ। तुलसीमा धेरै प्रकारको रोग निको पर्ने गुण भेटिएको छ र यसले मनीषको प्रतिरक्षा प्रणाली (Immunity System) लाई मजबुत बनाउन ठुलो सहयोग गर्नुका साथै, टेन्सन तथा टाउको दुखिरहने अनि साइनसाइटिस आदीबाट समेत जोगाउन सहयोग गर्दछ। 
एउटा अध्ययनबाट पत्ता लागे अनुसार तुलसीको पातहरुले शरिरमा हुने वा फैलिने इन्फेक्शनबात जोगाउन टी साइटोकिन्स, एनके (नेचर किलर) सेल तथा टी लिम्फोसाइट्स जस्तो इम्यून सेल्सको उत्पादनलाई समेत बढाउने काम गर्दछ। तुलसीमा इम्यून-मोडुलेटरी तत्व प्रसस्त मात्रामा पाइने भएको कारण नै यसले मनीषको इम्युनिटी सिस्टमलाई शसक्त बनाउन ठुलो सहयोग गर्दछ। एंटीऑक्सिडेंट तथा एंटीइन्फ्लैमटोरी गुण भएको कारण यसले ज्वरो निको पर्ने तथा रुधा खोकीको लागि समेत फाइदा गर्दछ। 
मलेरिया वा एकदमसंग ज्वरो आएको छ भने अथवा अहिलेको कडा ज्वरो डेंगुको ज्वरो आएको छ भने पनि केहि तुलसीको पातहरु सफा पानीमा राखेर कम्तिमा दश मिनेट जति मजाले उमालेर दिनमा दुइ पटक पिउदा
त्यस्ता ज्वरोबाट राहत पाइन्छ। अझ कडा र बढीनै ज्वरो आएको छ भने आधा लिटर पानीमा केहि तुलसीको पातहरु र अलैंचीको धुलो मिलाएर उमाल्ने र त्यसलाई दुधमा हालेर पिउनाले अझ चाडै त्यस्तो ज्वरो निको हुन्छ।
तुलसीको पातहरुको जूस बनाएर पिउदा ज्वरोले बढेको शरीरको तापक्रम तुरुन्त घटाउन सकिन्छ। अझ यो बच्चाहरुको लागि झन् प्रभाबकरी हुन्छ। त्यसको लागि 10-15 वटा पातहरु थोरै पानीमा हालेर जूस बनाउने र त्यसलाई दुइ तिन घण्टाको फरकमा पिउन दिने, यसले तुरुन्त ज्वरो घटाउदछ । 

Friday, August 26, 2016

पाग्रीघर !

कविM कुमार खत्री  

-सबैको हृदय छुने अहिलेको समय सान्दर्भिक एक कविता_ 
बिजयको शंखनाद गर्ने 
ईतिहाँश बोकेको पहाडमा  
हरेको जुवाडे जस्तै 
उद्रिएको छानो शिरमा सिउरिएर 
टिठ्लाग्दो गरी ठिङ्ग ऊभिएको रहेछ 
मेरो पाग्रीघर। 

दसकौं पछि गाउँ फर्किदापो थाहा भयो 
अचेत अबस्थामा रहेछन् 
मेरा घरका ढिकीजाँताहरु 
समयको पेचिलो प्रहार थेग्न नसकी 
मुर्छीत रहेछन् ढाकर र तोक्माहरु 
उता,


कटेरामा हलगोरु नदेख्दा 
जोतारोमा पाशो लागि सकेछन् 
हलो र जुवाहरु  
मेरो आउने बाटोमा 

आँखी झ्यालको आँखा ओछ्याएर
बाटो हेरी रहेको रहेछ 
मेरो पाग्रीघर।

मलाई मेरो घरले बिलौना गर्दै भन्छ 

तिमी नहुँदा मेरो मझेरीमा 
घारघुर गर्दै चल्नछाडे
ठेकी र मदानीहरु
मेरा दलीन्मा बास बस्न 
आउन छोडे पंक्षिहरु 
खेताला खोज्ने निउले झर्न छोडे 
झिँगटी घरका कान्छिहरु
तिमीलाई थाहा छ <
हरेक हिउदमा एक्लो पारेर 
मलाई भुत्ल्याउन आउछ बतास 
अनि, हरेक बर्ष निथ्रुक्क 
भिजाएर जान्छ साँउन् 
म नाजवाफ भएँ 
साँच्चै एक्लो भएर 
अलल्ली सकेछ
मेरो पाग्रीघर

उता दिन ढल्किनै लाग्दा 
पिठ्यूँमा उसिना चामलको कोसेली च्यापेर 
चट्टाने छातीहरु पार गर्दै 
युगिन् सभ्यताको कछाड भिरेर 
ओदाने पाखामा टिटीं गर्दै 
हर्न बजाउछ 
समयको ट्याक्टर 
अजम्वरी बुटी कहाँ भेटिन्छर
संस्कृतिको वन् डढेलो लगेपछि
प्रचिन्ताको जरा खलबल्याएर
कहाँ फूल्छर आधुनिकताको फूल                       
मलाई विश्वास छ
भरोशाको जून्मा ग्रहण लाग्ने छैनन्
आश्थाका फूलहरु रेटिने छैनन्। 

Thursday, August 25, 2016

दुध के, कसरी पिउँदा फाइदा हुन्छ।

दुध एउटा यस्तो पौष्टिक आहार हो, यसले जसलाई पनि फाइदा गर्दछ, आयुर्वेद तथा आधुनिक बिज्ञान दुवैले दुध हाम्रो लागि पौष्टिक तत्वको खानी भएको आहारको लिएको छ। भर्खर जन्मेको बालक देखि बयोबृद्ध सम्मकालाई दुध पिउनाले फाइदै फाइदा पुग्दछ। यो दुध एक्लै पूर्ण आहार हो,यसमा कार्बोहाइड्रेट, प्रोटीन तथा क्यल्सिअम जस्ता पौष्टिक तत्वहरु प्रसस्त पाइन्छ। त्यसैले यसलाई यतिकै पिउदा पनि फाइदा हुन्छ। तर, दुधलाई उमालेर पिउदा वा खिर बनाएर वा दलियामा राखेर खादा अझ धेरै फाइदा हुन्छ। चिसो वा तातो दुध पिउनु भन्द यसलाई उमालेर मनतातो बनाएर अथवा कोठाको तापक्रम अनुरुपको तातो  दुध पिउदा लाभदाएक हुन्छ।

दुधमा भएको प्रोटिनले शरिरमा लागेको चोटपटक वा घाउलाई चाडै निको पर्न सहयोग पुरयाउदछ। दुध कुनै पनि समयमा पिउन सकिन्छ।  तर सुत्नु भन्दा एक घण्टा पहिले अथवा डिनर खानु अगाडी वा पछाडी एक घण्टाको फरक राख्नु पर्दछ।

दुध र दही संगै नखानु !
दुध र दही संगै खानु हुदैन। दुध र दहि संगै खानाले ग्यास (एसिडिटी) बढ्नुका साथै अपचको समस्या देखा पर्छ। यस्तो अवस्थामा उल्टी समेत हुन् सक्छ। तेसैले दुध र दही संगै नखानु यदी खानै परे डेढ दुई घण्टाको फरकमा खानु। किनकी खाना पच्न तेतिनै समय लाग्छ।

दुधको साथ् तारेको वा भुटेको वा नुनीलो नखानु ! 
दुधमा मिनरल तथा विटामिनको साथै लेक्टोस सुगर र प्रोटिन प्रसस्त मात्रामा पाइन्छ। दुध एकप्रकारको एनिमल प्रोटिन भएकोले यसलाई धेरै मिक्स गर्यो भने रियाक्सन हुन् सक्छ। नुनीलो खाने कुराले दुधमा भएको पोषिलो तत्वलाई घटाउने काम गर्दछ । लामो समय सम्म उपरोक्त कुराहरु मिक्स गरेर खाई रह्यो भने छाला सम्बन्धि बिभिन्न रोगहरु लाग्न पनि सक्छ।

सुत्नु भन्दा केही अगाडी दुध पिउनु उपुक्त हुन्छ ! 
सुत्नु अगाडी दुध पिउनाले राम्रो निन्द्रा लाग्ने कुरा आयुर्वेद तथा अहिलेको आधुनिक विज्ञानले पनि मान्छ। यसरी सुत्नु भन्दा अगाडी दुध पिउँदा सेरोटोनिक हर्मोन निस्कासित हुने भएकोले हाम्रो दिमागलाई शान्त राख्न सहयोग पुर्याउछ।


Thursday, August 18, 2016

पृथ्वी जस्तै ग्रह पत्ता लग्यो !

नासामा आबद्ध खगोलविदहरुले पहिलो पटक हबल अंतरिक्ष दूरदर्शीको प्रयोग गरेर हाम्रो सौर्य मण्डल देखि बाहिर रहेको हामी अहिले बसोबास गरिरहेको जस्तै पृथ्वी जस्ता अर्को दुई ग्रहहरु पत्ता लगाएका छन्। साथै त्यस ग्रह वरिपरिको बायुमंडलको समेत अध्ययन गरिएको र त्यो पनि धेरै नै प्रतिशत मिल्ने कुरा पनि उल्लेख ति खगोलविदहरुले गरेका छन् । ति ग्रहहरुमा प्राणीहरु बस्न योग्य रहेको कुरा समेत उल्लेख गरिएको छ। नया पत्ता लगाएको ग्रह अहिलेको हाम्रो पृथ्वीबाट ४० प्रकाश बर्ष टाढा रहेको समेत जनाइएको छ।
खगोलविद्हरुले पत्ता लगाएको ग्रहहरुको नाम टीआरएपीपीआईएसटी-वन बी (TRAPPIST-1b) र
टीआरएपीपीआईएसटी-वन सी (TRAPPIST-1c) राखिएको छ। त्यस ग्रहमा अन्य ग्यासिय वायुमंडहरुको तुलनामा हाइड्रोजनको मात्रा धेरै नभएको सम्भावित कुरा पनि उल्लेख गरेको छ ।
अमेरिकाको स्पेस टेलिस्कोप साइंस इंस्टीच्युटका निकोल लेविसको भनाइ अनुसार, ‘सास फेर्न सकिने मात्रामा हाइड्रोजन हीलियम जस्ता ग्यासहरू भएको कुरा समेत बताइएको छ । यसैले गर्दा त्यस ग्रह्हरुमा प्राणीहरु बस्न योग्य भएको सम्भावना बढी रहेको कुरा उल्लेख गरिएको छ। ति ग्रहहरूले कम से कम ५० करोड बर्ष पुरानो एउटा सानो र रातो ताराको  परिक्रमा गर्दछन।

टीआरएपीपीआईएसटी-वन बी (TRAPPIST-1b) 1.5 दिनमा त्यो सानो रातो ताराको एक फन्को घुम्छ भने टीआरएपीपीआईएसटी-वन सी (TRAPPIST-1c) 2.4 दिनमा एक फन्को  घुम्छ।
यस बिषयमा गरिएको अध्ययन सम्बन्धि बिस्तृत बिवरण नेचर नामक पत्रिकामा प्रकाशित गरिएको छ।
यस ग्रहको बिषयमा दृष्य समाचारको लागि यहाँ दिएको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ। 

Monday, August 15, 2016

एकै पोजिशनमा लामो समय बसिरहदा रोगले सताउला !

लामो समय सम्म एउटै पोजिसनमा बसिरहदा मनिषको शरिरमा बिभिन्न हानिकारक परिवर्तनहरु हुन्छन् । प्रायः हामी TV हेर्दा, कम्प्युटरमा लामो समय सम्म काम गर्दा, इन्टरनेट चलाउदा वा कम्प्युटरमा गेम खेल्दा होस् अथवा लामो समय सम्म एउटै पोजिसनमा बसेर केही काम गर्दा शरिरमा बिभिन्न नकारात्मक परिवर्तनलाई हुने र त्यसले बिभिन्न रोगहरुलाई समेत सँग संगै लेराउछ। त्यसरी लामो समय सम्म एकै ठाउमा एउटै पोजिसनमा बसिरहदा शिर देखि पाऊ सम्म बिभिन्न रोगहरु लाग्ने सम्भावना धेरै हुनसक्छ । जुनकुरा यहाँ तल उल्लेख गरिएको छ।  
  • बेलायतको स्पोर्ट्स मेडिसिन पत्रिकाले प्रकाशित गरेको तथ्यांक अनुसार प्रत्येक दिन लगातार ६ घण्टा सम्म एकै पोजिसनमा बसेर टीभी हेर्ने व्यक्तिको आयु कमसेकम ५ बर्ष घट्दछ।  पत्रिकामा उल्लेख गरिएको छ, कुनै पनि स्थानमा आवश्यक भन्दा बढी समय दवाब पर्दा वा थिचेर राख्दा त्यस्तो ठाउमा ५० प्रतिशत सम्म अतिरिक्त बोशो जम्मा हुन्छ।  
  • हाई ब्लडप्रेसर तथा कोलेष्ट्रोल 
  • त्यसरी लामो समय सम्म एउटै पोजिसनमा बसेर काम गर्दा, TV हेर्दा वा कम्प्युटरमा चल्दा उच्चरक्तचाप हुने तथा कोलेष्ट्रोल समेत बढ्न सक्छ। अनुसन्धानबाट निस्केको नतिजामा थोरै समय मात्रै बस्नेको तुलनामा लामो समय सम्म एउटै पोजिसनमा बस्नेलाई यस्तो रोग लाग्ने संम्भावना दुइ गुणा बढी हुन्छ। 
  • पाचन ग्रन्थि तथा पाचन प्रक्रियामा समस्या हुनसक्ने 
लामो समयसम्म एउटै पोजिसनमा बसिरहदा पाचनग्रन्थिमा समेत समस्या हुनुका साथै पाचन प्रणालीमै नकारात्मक प्रभाव पर्नसक्छ। जसलेगर्दा आवश्यक भन्दा बढी इन्सुलिनको निर्माण हुनगई शरिरलाई हानी पुग्न सक्छ र सुगरको रोग समेत लाग्न सक्छ।

कोलोन क्यान्सर हुने खतरा 
बिभिन्न समयमा गरिएको अध्ययनको नतिजाले समेत लामो समय सम्म एउटै पोजिसनमा बस्दा कोलोन क्यान्सर हुन सक्ने धेरै सम्भावना हुने कुरालाई पुष्टि गरेको छ।  येति मात्रै नभई स्तन तथा एन्डोमेट्रीअल क्यान्सर समेत हुने खतरा बढी हुन्छ।

मांसपेशिहरु कमजोर हुने 
मानिस जति सक्रिय हुन्छ मांसपेशीहरु त्यतिनै सक्रिय हुन्छन। जति मांसपेशीहरु सक्रिय हुन्छन, त्यतिनै धेरै मजबुत पनि हुन्छ।  तर धेरै समय सम्म एकै पोजिसनमा बसी रहदा ढाड तथा पेटको माम्सपेशीहरु पनि लामो समय सम्म निष्कृय हुने भएकोले खुकुलो र कम्जोर हुनजान्छ। यसले गर्दा हिप र खुट्टाको मांसपेशिहरु समेत कमजोर हुन्छ।

मेरुदण्डलाई समेत हानी हुन्छ  
लामो समय सम्म एकै ठाउमा एकै पोजिसनमा बसिरहदा ढाडको हड्डी (मेरुदण्ड) राम्रोसंग पुरै सोझो हुन नपाउने भएकोले त्यसरी एकै पोजिसनमा बसिरहदा हिप र खुट्टाको हड्डी तथा जोर्नीहरु राम्रो सँग सकृय नहुनेभएकोले
यिनीहरुको आफ्नो स्वाभावि लचकता हराएर कडा भएर बिस्तारै खिइन थाल्छ। यसले ति स्थानहरुको हड्डी तथा जोर्नीहरु बिस्तारै खिइदै जान्छ र दुख्न थाल्छ।
ओस्टियोपोरोसिस
नियमित रुपमा लामो समय एकै आशन वा पोजिसनमा बसिरहने मानिसहरुको तौल बढ्छ। हिप तथा अन्य तलको अन्य भागहरुको पनि तौल बढ्न जान्छ। यसरी शारीरिक सकृयताको कमी भएर  ओस्टियोपोरोसिस जस्तो हड्डी  सम्बन्धि रोग लाग्न सक्छ।
दिमागमा समेत असर पर्ने 
माम्सपेसीहरु सष्कृय हुदा फ्रेश रगत तथा अक्सिजन लगातार दिमागमा पुगिरहन्छ र त्यसबाट निस्कने एकप्रकारको रसायनले दिमागलाई सकृय बनाउदछ।  तर लामो समय सम्म एकै आशनमा बसिरहदा माम्सपेसीहरु निष्कृय हुने भएको र त्यसको सिधा प्रभाव दिमागमा पनि पर्छ र यसको काम गर्ने क्षमता पनि सुस्त हुन्छ। यसकारण लामो समय सम्म एकै पोजिसनमा बस्दा मस्तिष्कको क्षमतामा समेत नकारात्मक असर पर्न जान्छ।
गर्दन दुख्ने 
एकनासले लामो समय सम्म एकै पोजिसनमा बसेर काम गर्दा होस् वा कम्प्यूटरको अगाडी बस्दा, वा टीभी हेरेर बस्दा अथवा मोबाइल चलाएर बस्दा गर्दनको हड्डीमा नराम्रो असर पर्छ। यसले गर्दा गर्दनको हड्डी तथा नसामा नकारात्मक प्रभाव समेत पर्दछ र यसले कुम (काँध) र ढाडमा नराम्रोसंग दुख्छ।