Friday, July 8, 2016

बिदेशीएका नेपालीहरु !

देशमा बेरोजगारीको बढ्दो समस्या, अनि क्षमता अनुसारको मौका पाउन नसक्नु नातावाद कृपावादको राजनीतिक खिचलोले गर्दा आफुले स्वदेशमा रोजगारीको राम्रो अवसर नपाएपछि दैनिक हजारौ नेपाली कामको खोजीमा बिदेसिएका छन्  र उनीहरु बिदेशी धर्तिमा तल्लो स्तरको काममा कडा मेहनत गर्दै पसिना चुहाइरहेका छन् । यो चालु आर्थिक बर्षको ११ औ महिना सम्ममा बिदेशमा काम गर्न जानेको संख्या मात्र ३ लाख ८६ हजार ३ सय १५ जना पुगिसकेको छ । यो संख्या गएको आर्थिक बर्षको तुलनामा एक लाख सम्म घटी हो । बिनाशकारी भूकम्पका कारण यहाँ पुनः निर्माण गर्नु पर्ने बाध्यताले पनि बिगतको तुलनामा थोरै युवाहरु मात्रै आय आर्जन गर्ने उद्देश्यले विदेशिएका छन्।  
यस बर्ष वैधानिक तवरले (म्यानपावर कम्पनी मार्फत) ३ लाख ५२ हजार ३२ जना युवा बिदेसिसकेका छन् (यो संख्या गत जेष्ठ सम्मको हो) । साथै व्यक्तिगत तवरमा तथा बैध्यानिकरण गरेर कामको खोजीमा विदेशिनेको संख्या क्रमस:१० हजार ६ सय ५१ र २३ हजार ६ सय ३२ जना भएको व्यहोरा वैदेशिक रोजगार विभागबाट जानकारीमा आएको छ । यसरी बिदेशीनेको कुल संख्या मध्ये ३ लाख ६८ हजार ३ सय ७३ पुरुष र १७ हजार २ सय ४२ महिला भएको तथ्य समेत बैदेशिक रोजगार विभागले खुलाएको छ। यस आर्थिक बर्षमा सवैभन्दा बढी १ लाख २७ हजार ४ सय जना रोजगारीको शिलशिलामा साउदी अरेविया गएका छन् । यस्तै, १ लाख २० हजार, कतार गएका छन्। ५५ हजार ८ सय ८०  मलेसिया गएका छन् भने ४८ हजार ६ सय ५५ जना युएई गएको तथ्य समेत बैदेशिक रोजगार विभागबात प्राप्त भएको छ । त्यस्तै सरकारी नियामनुसर रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जानेको संख्या ६ हजार १ सय २ जना छ भने कुवेतमा ९ हजार ३ सय ४४ जना गएका छन्। साथै जापानमा ३ हजार ६ सय ८२ जना गएका छन् भने २ हजार ९ सय ३९ ओमन र २ हजार ८ सय ७७ जना बहराईन गएको कुरा समेत विभागले उल्लेख गरेको छ । 
यो भन्दा अघिल्लो बर्षहरुमा धेरै संख्यामा नेपाली युवा काम गर्न मलेसिया जाने गरेकोमा अहिले कामको खोजीमा जाने युवाहरुको आकर्षण खाडी मुलुक तिर बढेको देखिएको छ । यो मलेसियन मुद्राको भाउ घटेको र सरकारले लागु गरेको शुन्य लागतका कारण पनि खाडी जानेको संख्या बढेको हुन् सक्ने कुरा विभागका उपसचिव रमा भट्टराईले बताईन् । कामको लागि मलेसिया जान बढी पैसा तिर्नुपर्ने तर कमाई थोरै हुने भएकाले पनि अरु मुलुकको लागि श्रम स्वकिृती लिनेको संख्या  बढेको समेत उनको भनाई छ । ११० मुलुकमा सरकारले नेपालीहरुलाई रोजगारीको लागि  जान अनुमती दिए पनि अहिले एक दर्जन मुलुकहरुमा मात्र बढी संख्या जाने गरेका छन् । त्यसमा पनि कुल बिदेसिने मध्ये ९५ प्रतिशत खाडीका मुलुक र मलेसिया जाने गरेका छन् ।

Wednesday, July 6, 2016

समाचार मूलक लेख रचनाको आवश्यकता !

यदि तपाईमा लेखन प्रतिभा छ र कुनै पनि बिधामा केहि लेख्नु भएको छ भने तपाईको स्तरिय लेख रचना तथा सबैले थाहा पाउनु पर्ने कुनै समाचार तपाइले थाहा पाउनु भएको छ र त्यो सबै सामु पुरयाउन चाहानु हुन्छ भने तेस्ता लेख रचना र खवरहरुलाई अवश्य यस Models मा तल दिएको इमेल एड्रेसमा पठाउनु होला।  हामी तपाई ले पठाउनु भएको सामग्रीहरुलाई यथास्थान दिने छौ।   
आफ्नो लेख रचना MODELS मा पठाउदा  तल उल्लेख गरिएका बुदाहरुलाई अवश्य ध्यानमा राख्नु होला। 
१. कुनै पनि विधा र बिषयमा लेखिएको लेख रचनाहरु।
२. कोहि कसैको पक्ष विपक्षमा वा पुर्वग्राही भएर लेखिएको लेखलाई यसमा स्थान उपलब्ध हुने छैन। 
३. आफ्नै रचना बाहेक अन्य पत्र पत्रिका पढेर वा रेडियो टेलिभिजन सुनेर हेरेर वा इन्टरनेटमा पढेर हेरेर      त्यसबाट प्रेरित भइ लेखेको वा त्यसैलाई साभार गरेर समेत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ।         
४. MODELS  मा लेख रचना पठाउदा आफ्नो एक प्रति PP SIZE को फोटो समेत पठाउनु होला। 
५. साभार गरी पठाएको लेख रचनाहरु के बाट साभार गरिएको हो सो समेत स्पष्ट उल्लेख गरि पठाउनु पर्ने छ। 
६. प्राप्त लेख रचनाहरु प्रकाशित गर्ने नगर्ने सम्पूर्ण अधिकार MODELS मा रहने छ। 
७. एकपटक प्राप्त भैसकेको कुनैपनि लेख रचनाहरु प्रकाशित भएपनि नभएपनि फिर्ता गरिने छैन। अतः प्रेषित लेख रचनाको कपि सुरक्षित राख्नुहोला। 
 ८. आफ्नो लेख रचनाहरु यहाँ दिएको मेल एड्रेसमा पठाउनुहोला :
     kishorkumarkhatri3@gmail.com

Tuesday, July 5, 2016

नाङ्गो महिलाको ...!

फूल, पृथ्वीको कुनै पनि कुनामा कुनै न कुनै प्रजातिको फूल अवश्य फुलेको हुन्छ।  बनस्पतिविदका अनुसार संसार भरी हजारौ प्रजातिका फूलहरु छन। आफ्नो मनमोहक बनावट, आकार तथा सुगन्ध र त्यसमा भएका गुणहरुले गर्दा यसले मानिसहरुलाई आकर्षित गरेको हुन्छ।   
यसै सन्दर्भमा अहिले बिश्वभरी एउटा प्रजातिको फूल जिज्ञासाको बिषय बनेर चर्चित भैरहेको छ, हजुर, नारीलता अथवा लियाथम्बराको नामले चिनिने यस प्रजातिको फूल बोटमा फुल्दा सर्वांग नाङ्गो महिला (Naked Lady) को आकृति (आकार) जस्तै देखिन्छ।यसैले नै यो फूल संसारभरी सामाजिक संजालमा खुबै लोकप्रिय भएको छ। यो फूलको प्रमाणिकताको सन्दर्भमा प्रश्न नउठेको भने होइन। तर यस फूलको वास्तविकतामा जतिले बिश्वाश गर्दैनन् त्यतिनै संख्याले फूल भएको वास्तविकतालाई स्विकार्छन पनि। 
कोहि यो नारीलता फूलको बोट हिमाली क्षेत्रमा पाइन्छ र प्रत्येक २० बर्षमा एकपटक फूल फुल्दछ भनेर भन्छन भने कोहि यो फूलको बोट श्रीलंकाको एउटा प्रान्तमा मात्रै पाइन्छ भनेर भन्छन। 

यो नाङ्गो महिला (Naked Lady) जस्तो आकृतिमा फुल्ने फूल सामाजिक संजालमा खुबै भेटिन्छ वा भनौ देखिन्छ, तर वास्तबमा यो फूल कहाँ पाइन्छ भन्ने कुरो चाही अझै पुष्टि हुन् सकेको छैन। यो फूल अहिले सामाजिक संजालमा निकै चर्चित र बहशको बिषय बनेको छ। साथै यो फूल कम्पुटरको मदतले बनाएको भन्नेहरुको पनि कमिछैन। यो  नाङ्गो महिला (Naked Lady) फूलको वास्तविकता जे भएपनि संसारभरी कौतुहलको बिषय चाँही आवश्य बन्न सफल भएको छ। आशा गरौ यो फूलको वास्तविकता पनि अवश्य चाडैनै आउने छ। 


Monday, July 4, 2016

Black Tea एक फाइदा अनेक !

तपाई चियाको सौकिन हुनुहुन्छ र यदी दीनमा एक भन्दा बढी Black Tea पिउनु हुन्छ भने केही हुन्छ की भनेर डराउनु हुन्छ होला। तर डराउनु पर्दैन। किनकी, यदी तपाई सांचिकै दीनमा धेरै कप Black Tea पिउनु हुन्छ भने नडराउनुहोस्, यसले तपाइलाई हानी होइन फाइदा गर्नेछ। हजुर, यस लेखमा Black Tea (कालो चिया) को फाइदा उल्लेख गरिएको छ: 
यदि तपाई नियमित कालो चिया पिउनु हुन्छ भने त्यसको निम्न १० फाइदा हुनसक्छन्:-
1. दैनिक Black Tea (कालो चिया) पिउने व्यक्तिलाई मधुमेह रोग लाग्ने खतरा अन्यलाई भन्दा कम हुन्छ। 
2. Black Tea (कालो चिया) मा पाइने तत्व जस्तै वालेटैनिन तथा अरु उपयोगी तत्वहरु (केमिकल्स) पाचन प्रक्रियाको लागि लाभदायक हुन्छ र यसले डाजेस्टिव सिस्टमलाई समेत सही तरिकाले काम गराउन सहयोग गर्दछ। 
3. Black Tea (कालो चिया) मा पाइने तत्व ऐन्टीऑक्सिडेन्ट क्यान्सर रोगको जोखिमलाई समेत घटाउन मदत गर्दछ। 
4. Black Tea (कालो चिया) नियमित पिउनाले खराब कोलस्ट्रोललाई घटाउछ र हृदय घात तथा मस्तिष्क घात जस्ता खतरनाक बिमारीको जोखिमलाई घटाउद छ। 
5. नियमित रुपमा Black Tea (कालो चिया) पिउनाले किडनी स्टोन तथा पार्किंसन्स जस्तो रोगको जोखिम  कम हुन्छ। 
6. Black Tea (कालो चिया) ले दाँतहरुमा जम्मा हुने क्यबेटिज बनाउने  ब्याक्टेरियालाई नियन्त्रण गर्दछ भने यसले प्लेग जस्तो रोग बाट समेत जोगाऊद छ।  
7. नियमित Black Tea (कालो चिया) पिउदा ब्ल्याक टी मा पाइने फाइटोकेमिकल्सले हाम्रो शरीरको हड्डी मजबुत बनाउछ र आर्थ्राइटिसको
जोखिमबाट समेत सुरक्षित राख्दछ।
8. Black Tea (कालो चिया) मा धेरै मात्रामा सोडियम, फ्याट र क्यालोरी पाइने भएकोले नियमित Black Tea (कालो चिया) सेवन गर्नाले वजन समेत घटाउन ठुलो सहयोग गर्दछ। 
9. Black Tea (कालो चिया) मा भिटामिन B2, C, E तथा मिनरल्सको साथै म्याग्नेशियम,पोटाशियम, जिंक, टेनिन अनि केहि आवश्यक पोलिफेनाल्स समेत प्रसस्त मात्रामा पाइने भएकोले हाम्रो छाला (Skin) को लागि समेत लाभदाएक हुन्छ ।
10. Black Tea (कालो चिया)मा पाइने क्याफिन तथा एन्टीअक्सिडेन्टले कपाललाई चम्किलो, सिल्की र बलियो बनाउनुका साथै झर्न समेत रोक्दछ। 

Sunday, July 3, 2016

घरैबाट पासपोर्ट बन्ने।

अब पासपोर्ट बनाउन ईच्छुक नेपालीहरुलाई सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाइदिएको छ । आज १९ असार २०७३ बाट राहदानी विभागको वेबसाइ (हाईलाइट गरेको ठाउमा गएर click गर्नुहोस् र देखिएको लिंकमा पुनः एकचोटी क्लिक गर्नुहोस्) वा दिएको यस http://nepalpassport.gov.np/ मा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सक्नु हुनेछ ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको आज आइतबार उद्घाटन गर्नु भएको थियो। 
फारम भर्न के गर्ने  ? 
राहदानी विभागको वेबसाइ (हाईलाइट गरेको ठाउमा गएर click गर्नुहोस् र देखिएको लिंकमा पुनः एकचोटी क्लिक गर्नुहोस्) वा दिएको यस http://nepalpassport.gov.np/ खोल्नुहोस। तपाई परराष्ट्र मन्त्रालयको पासपोर्ट बिभागको वेब पेजमा पुग्नु हुनेछ र त्यहा आवेदन कर्ताले Apply Online(Pre-enrollment) लेखिएको स्थानमा Click गर्नुहोस् र प्राप्त निर्देशानुसार फारम भर्नुहोस्।परराष्ट्र मन्त्रालयको पासपोर्ट बिभागको वेब पेजमा आवेदन कर्ता वा अन्य व्यक्तिहरुले आफुलाई आवश्यक अन्य जानकारीहरु समेत पाउन सकिन्छ। 
पासपोर्ट आवेदन कर्ताले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ, त्यसरी भरेको विवरणलाई पछि विभागले एकपटक पुनः चेकजाँच (रुजु) गर्नेछ । साथै पासपोर्टको लागि आवश्यक पर्ने सम्बन्धित व्यक्तिको फोटो विभाग आफैं खिच्नेछ र यसको लागि सम्बन्धित व्यक्ति विभागमै सम्पर्क राख्न जानु पर्ने छ। यसरी खिचिएको फोटोको पैसा पनि तिर्नुपर्दैन। यसरी फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर उसले अनलाइनमा भरेको विवरण रुजु गरिने पनि व्यवस्था मिलाइएको छ । साथै सेवाग्राहीले राजस्व पनि सोही समयमा तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
यसरी सेवाग्राहीले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम आफैले अनलाइनबाट गर्न सक्नेछन् । त्यसपछि अनलाइनबाटै सम्बन्धितले बारकोट नम्बर पाउने छ र यही बारकोड नम्बर लिएर फोटो खिच्न र पैसा तिर्न जानुपर्छ । त्यही बारकोड नम्बरका आधारमा विभागले तपाईंको फोटो खिच्ने, विवरण रुजू गर्नुका साथै अन्य काम अघि बढाउँछ ।
यो नया व्यवस्थाले राहदानीको बाहेक सेवाग्राहीले अन्य पैसा तिर्नुपर्दैन । विवरण नमिलेकै कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको पनि अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताउनु भयो ।
पहिले online बाट फारम डाउनलोड गरी त्यसलाई आफैले भरेर तोकिएको ढांचामा फोटो छुट्टै खिचेर फारममा टास्नु पर्थ्यो।  यसरी राहदानीको फारम भरेर फोटो खिचेर र टास्ने क्रममा खिचाइएको कतिपय फोटो काम नलाग्ने भएको कारणले र भरेको विवरण नमिल्ने, केरमेट हुने र लेखाइसमेत नमिल्ने जस्ता समस्याले सेवाग्राही हैरान हुने गरेका थिए । त्यस्तै सबै विवरण र फोटो मिलेपनि फारम दर्ता गराउन तीन ठाउँमा घण्टौ लामो लाइनमा बस्नुपर्ने समस्या थियो । सेवाग्राहीको भिड बढ्दा कार्यालयमा समेत काम गर्न असहज हुने गरेको महानिर्देशक थापाले बताए ।

Wednesday, June 29, 2016

१५ असार, राष्ट्रिय धान दिवश !

आज १५ असार, दही चिउरा खाने दिन, अनि धानको बेर्ना रोप्ने बिशेष दिन, यस दिनलाई नेपाली किशानहरुले रोपाई जात्राको रुपमा परम्परागत तरिकाले परापुर्वकाल देखि नै मनाउदै आएका छन्।   नेपाल सरकारले

समेत यसै कुरालाई मनन गरी नेपाली किशानहरुलाई प्रोत्साहित गर्न र सम्पूर्ण नेपालीहरुले आजको दिनलाई बिशेष रुपमा हर्सोव्लासका साथ् मनाउन भन्ने उद्देश्यले आजको दिनलाई धान दिवशको रुपमा मनाउने  घोषणा केहि बर्ष पहिले मात्रै गरेको थियो। आजको दिनलाई बिशेष रोपाई जात्राको रुपमा परम्परा देखिनै नेपाली किशानहरुले मनाउदै आएका छन्। फेरी आजको दिनको अर्को महत्व पूर्ण कुरा हो, दही चिउरा खाने, आजको दिनमा दही चिउरा खानाले गति परिन्छ भन्ने मान्यताका साथ् प्रसाद अथवा सगुनको रुपमा घर घरमा बिहानै दही चिउरा खाने परम्परागत चलन छ।  साथै असारको प्रचण्ड गर्मीमा दही चिउरा खादा मानिसलाई शितलता प्रदान गर्ने तथा पोसिलो गुण समेत यसमा रहेकोले दहीचिउरा खाने प्रचलन सुरुभएको मानिन्छ। आजको दिन राष्ट्रिय धान दिवशको रुपमा बिभिन्न कार्यक्रमका साथ् सरकारी स्तरमै मनाइन्छ।
धान दिवश मनाउदै गरेको केही फोटोहरु:











   

Tuesday, June 28, 2016

प्रतिभाको खोजी !

यदि तपाईमा लेखन प्रतिभा छ, तर त्यसकोलागि उचित स्थान पाउनु भएको छैन भने यो MODELS पनि उचित स्थान हुनसक्छ तपाइको लेखन प्रतिभाको लागि। 
लेख्न त् सबै लेख्नसक्छन, तर सहि लेखक त्यहि हो जसको लेख पढ्न पाठकहरु व्यग्रताका साथ् प्रतिक्षा गरिरहेका हुन्छन र जसले आफ्नो प्रत्येक लेख रचनाबाट सबै पाठकहरुलाई सन्तुष्ट पार्न सक्छन् । अतः तपाई स्वयम्ले रचना गर्नु भएको वा तपाईले कुनै पत्र पत्रिका वा रेडियो टेलिभिजन वा इन्टरनेटबाट समेत पढेर, सुनेर र हेरेर आफुलाई उचित लागेको लेख रचनाहरु जुन चाखलाग्दा, रमाइला, खोजमुलक, तथा ज्ञानवर्दक छन् भने त्यस्ता लेख रचनाहरुलाई पनि तपाई आफ्नो तरिकाले साभार गरेर हामी समक्ष पठाउनुहोस त्यसलाई हामी यस MODELS मा उचित स्थान दिने छौ। 
आफ्नो लेख रचना निम्न अनुसार तल उल्लेखित मेल ID मा पठाउनु होला।
१. कुनै पनि बिषयमा लेखिएको लेख रचनाहरु।
२. कोहि कसैको पक्ष विपक्षमा वा पुर्वग्राही भएर लेखिएको लेखलाई यसमा स्थान उपलब्ध हुने छैन। 
३. आफ्नै रचना बाहेक अन्य पत्र पत्रिका पढेर वा रेडियो टेलिभिजन सुनेर हेरेर वा इन्टरनेटमा पढेर हेरेर      त्यसबाट प्रेरित भइ लेखेको वा त्यसैलाई साभार गरेर समेत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ।         
४. MODELS  मा लेख रचना पठाउदा आफ्नो एक प्रति PP SIZE को फोटो समेत पठाउनु होला। 
५. साभार गरी पठाएको लेख रचनाहरु के बाट साभार गरिएको हो सो समेत स्पष्ट उल्लेख गरि पठाउनु पर्ने छ। 
६. प्राप्त लेख रचनाहरु प्रकाशित गर्ने नगर्ने सम्पूर्ण अधिकार MODELS मा रहने छ। 
७. एकपटक प्राप्त भैसकेको कुनैपनि लेख रचनाहरु प्रकाशित भएपनि नभएपनि फिर्ता गरिने छैन। अतः प्रेषित लेख रचनाको कपि सुरक्षित राख्नुहोला। 
 ८. आफ्नो लेख रचनाहरु यहाँ दिएको मेल एड्रेसमा पठाउनुहोला :
     kishorkumarkhatri3@gmail.com


Sunday, June 26, 2016

को नक्कली, को दोषी अनि के सजाय ?

केहिदिन अगाडी देखि नक्कली डाक्टर प्रकरणले प्रमुख समाचार बनेर राष्ट्रिय अन्तराष्ट्रिय पत्र पत्रिकाको  मुख्य पृष्ठमा सजिने मौका पाउनुका साथै साथै टेलिभिजनको पर्दामा पनि समाचार बनेर खुबै छायो। साता भरी नै नक्कली डाक्टर प्रकरण राष्ट्रिय अन्तराष्ट्रिय जगतमा
हरेकको चर्चाको बिषय बन्यो।
चिकित्सा जस्तो सम्मानित र संवेदनशील पेशामा अहिलेको यस रहश्योघाटनले ठुलो प्रश्न चिन्ह खडा गरेको छ। कुरो अहिले को को नक्कली को सकक्ली र नक्कली डाक्टरको पहिचान पश्चात उनीहरुले भोगेको पारिवारिक सामाजिक तिरस्कार वा बहिष्कार, लाइसेन्स सिज गर्ने आदि कुरा त अब हुने प्रक्रियागत कुराहरु भए।  साथै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्ने र दोषीहरुको पहुच जति नै माथिल्लो तहमा भए पनि नियमानुसार कारवाही अवश्य हुनै पर्छ। तर, के यति मात्रै सबै कुराको समाधान हो त् ? के भविष्यमा यस्ता कुराहरु पुनः नदोहोरिएलान त् ?  
खोइ यसमा राज्यले के गर्ने विचार गरेको छ ? सरकारको पक्षबाट कुनै आधिकारिक कुरो बाहिर आएको छैन ।  
फेरी कुरो अर्को पनि छ, डाक्टरको पढाई पुरा गर्न हाम्रो नेपालको परिपेक्षमा केहि गरोनै छ।  तैपनि यतिका नक्कली डाक्टर भेटिनु भनेको, अवश्य अरुपनि छन् त्यो पनि धेरै मात्रामा छन् । 
यहाँ डाक्टर (MBBS) पढ्नको लागि इन्ट्रान्स एक्जाममा समिल हुनलाई नै गारो छ, केहि निश्चित बिषयमा निश्चित प्रतिशतमा नम्बर लेराउनै पर्छ। इन्ट्रान्स एक्जाममा सामेल भएर फेरी तोकिएको निश्चित प्रतिशत नम्बर लेराउनै पर्छ। त्यसरी छनौट भएका बिद्यार्थीहरु मध्ये केहि मात्रै राम्रो नम्बर लेराएर डाक्टरको (MBBS)पढाई पुरा गर्न सफल हुन्छन। यसरी पढाई पुरा भएपछी पनि कुनै हस्पिटलमा केहि निश्चित समय सम्म प्राक्टिकल ट्रेनिंगको लागि काम गर्ने पर्छ। यसरी सैदान्तिक र प्रयोगात्मक पढाई पुरा गरिसकेपछि आफुले डाक्टरी पेशा सुर गर्नकोलागी नेपाल मेडिक काउन्सिलबाट लाईसन लिनु पर्छ र त्यसको लागि पनि एक्जाम दिएर त्यसमा सफल हुनै पर्छ। सम्बन्धित डाक्टरमा त्यस्तो केहि प्रतिकुल कुरा भेटिएमा तुरुन्तै त्यो लाईसन् खारेज गर्न सक्छ मेडिकल काउन्सिलले। 
अब यस्तो प्रकृया पुरा गरेर सैदान्तिक तथा प्रयोगात्मक पढाई पुरा गरेर डाक्टर बनेर येतिका बर्ष सम्म बिभिन्न रोगीहरुको सफल असफल उपचार समेत गरिसकेका डाक्टरहरु अहिले आएर कसरी नक्कलिमा परिणत भए ? यो पनि अध्ययनकै बिषय हुन् सक्छ। 
पहिलो, इन्ट्रान्स एक्जाममा उनीहरु कसरी सामेल हुन् सफल भए ? किन, उनीहरुको मार्कसिट राम्रो संग निरीक्षण गरिएन ? दोस्रो, डाक्टरको पढाई पुरा गरिसकेपछि मेडिकल काउन्सिलबाट लाईसन लिने बेलामा के सम्बन्धित डाक्टरको पुरा सर्टिफिकेटहरु किन चेक नगरिएको हो ? कि त्यस्तो चेकजांच गर्ने चलन छैन? आफ्नो प्राक्टिस सकेर यतिका बर्ष काम गरिसकेपछि यसरी नक्कली घोषणा गर्नु कतिको उपुक्त छ ? यसले सम्बन्धितहरुले पैसा र समय मात्रै गुमाउदैन, राष्ट्रले पनि उनीहरुमा गरेको ठुलो लगानी गुमाउछ। साथै आजको मिति सम्ममा त उनीहरु त्यतिका समय सम्म गरेको प्राक्टिसले नै पूर्ण डाक्टर भइसकेका हुन्छ भने अब आएर उनीहरुलाई नक्कली घोषित गर्नु कति उचित हुन्छ ? यी कुराहरुमा पनि सम्बन्धित निकायले विचार पुर्याउदा सायद केहि उचित नै हुन्थ्यो की ? फेरी माथि उल्लेख गरिएका उनीहरुलाई भर्ना लिएर पढाउने अध्ययन संस्था, अध्ययन संस्थामा भर्ना हुनु पुर्ब सर्टिफिकेट जाँचबुझ गर्ने कर्मचारी तथा अधिकारीहरु पनि यो प्रकरणमा उतिकै दोषी छन्, के उनीहरुलाई पनि दण्ड सजायको व्यवस्था गरिएको छ त् ? त्यस्तै नेपाल मेडिकल काउन्सिलले अन्तिममा डाक्टरी पेशा सुरु गर्न लाईसन् प्रदान गर्छ। यो प्रकरणमा नेपाल मेडिकल काउन्सिल पनि उतिकै भागीदार देखिन्छ। उनीहरुले किन सम्बन्धितहरुको पुरै सर्टिफिकेट हरु राम्रोसंग चेक जांच गरेर मर्त्रै लाई सन् प्रदान गर्नु पर्नेमा किन जनस्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि त्यसो गरेनन ? जिम्मेवारी बोकेर बसेको नेपाल मेडिकल काउन्सिल त् यो प्रकरणमा झन् ठुलो भागीदार देखिन्छ, त्यसैले दण्ड सजायको पनि उत्तिकै हकदार छ भने यसमा सम्बन्धित निकायले के सोचेको छ ? साथै भविष्यमा सुधारको लागि के योजना तयार गरेको छ र अझै बाँकि भएका उपरोक्त प्रकारका डाक्टरहरुको बिरुद्ध के योजना तयार छ ? यी सबै कुराहरुलाई सम्बन्धित पक्षले गम्भिर भएर सोच्नै पर्छ। 

Friday, June 24, 2016

आफ्नो आयु बढाउने हो भने !

विश्वका बिभिन्न मुलुकका बिश्वबिद्यालयका शोधकर्ता तथा अध्ययन संस्थाहरुले समय समयमा गरेको अध्ययनहरुको नतिजाले  पुरुषहरु महिलाहरुको वक्षस्थल र नितम्ब प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् भन्ने कुरा प्रष्ट्याएको छ । यसै क्रममा केहि समय पहिले जर्मनीमा गरिएको एक अनुसन्धानबाट शोधकर्ताहरुले एउटा चाखलाग्दो रमाइलो तर सुन्दा र पढ्दा अस्लिल जस्तो लाग्ने अनि स्वास्थ्यको लागि फाइदा जनक हुनुका साथै पुरुषहरुको आयु समेत बढ्ने कुरा पत्ता लगाएका छन् । …… लौ अनुमान लगाउनुहोस त् कुरो के होला ? कुरो अलिक सम्वेदनशील नै छ। सुन्दा वा पढ्दा केही अश्लिल जस्तो पनि लाग्ला तर जे यहाँ उल्लेख गर्न लागिएको छ त्यसले मानिसहरुको आयु समेत बढ्ने भएकोले जनहितको लागि यहाँ समावेश गरिएको हो । जो कोहीलाई यो कुरो निकै चाख लाग्दो छ किनकी यहाँ कुरा हुदैछ महिलाहरुको बक्षस्थलको । हजुर, केटीको बक्षस्थलमा हेर्दा पुरषहरुको आयु समेत बढ्न सक्छ भन्ने कुरो केहि समय अघि न्यु इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको थियो।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औषतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेर्ने पुरुषहरुको आयु ५ वर्ष बढ्दछ ।
जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले यस्तो कुराको दाबी समेत गरेका छन्, कि कसैले फिटनेस सेन्टरमा (जिमखानामा) गएर आधा घण्टा बराबरको व्यायाम गर्न दैनिक १० मिनेट महिलाको वक्षस्थलमा हेरे पुग्छ । यस्तो निष्कर्ष शोधकर्ताहरुले पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको सर्भेक्षणबाट निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित रहन्छ ।
शोधकर्ता डाक्टर क्यारन वेदरवी भन्छन्ः सेक्सको इच्छाले मानिसमा रक्त संचारलाई सन्तुलित बनाउँदछ, जसको अर्थ हुन्छ राम्रो स्वास्थ्य।

Thursday, June 23, 2016

मृतकका परिवार र घाइतेलाई सहयोग !

अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीका परिवारलाई  जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी व्यवस्था मिलाउदै छ । यस सम्बन्धमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बिशेष निर्णय गरेर मन्त्रीपरिषदले अनुमोदन गरे पछि सकेसम्म छिट्ट्टै क्षतिपूर्ति दिलाउने जानकारी सरकारको तर्फबाट श्रम मन्त्री श्री दिपक बोहराले गराउनु भयो। 
अफगानस्थानको काबुलमा आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपालीहरुलाई श्रद्धान्जली अर्पण गर्न विमानस्थल पुग्नु भएको प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । सोहि अवसरमा प्रधानमन्त्री ओलीले मृतकका परिवार परिवारजनप्रति समवेदना प्रकट गर्दै सो घटनामा मृत्यु हुनेको परिवार तथा घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । 
गत सोमबार काममा जाने क्रममा अफगानस्थानको काबुलमा नेपालीहरु काममा जाने क्रममा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो । १२ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा बुधबार निधन भएको हो ।
उक्त घटनामा घाइते भएका पाँच जनाको भारतमा र एकजनाको अफगानिस्तानमा उपचार भइरहेको छ ।
सो घटना पछि अफगानिस्तानमा काम गर्न अशुरक्षित ठानेर फर्कन चाहनेहरुलाई नेपाल सरकारले उद्दार गरी छिट्टै स्वदेश फर्काउने बिशेष व्यवस्था पनि गर्ने भएको छ  ।

Wednesday, June 22, 2016

सत्य तथा झुट्टा को अन्यौलता !


अहिले विश्वको मात्रै नभएर पुरा ब्रमाण्डमा भएका वा घटेका कुनै पनि घटना दुर्घटना वा अन्य बिषयमा सामाजिक संजालको माध्यमबाट जो कोहिले तुरुन्तै थाहा पाउन सक्छन। सामाजिक संजालमा आबद्ध जो कोहिले पनि आफुले थाहा पाएको घटना, दुर्घटना र अन्य कुराहरु आफ्नो परिचित तथा साथीभाईहरुलाई जानकारी गराउने उद्देश्यले सामाजिक संजालमा शेर गरिदिन्छन् । यसरी हामी पनि सामाजिक संजालको मध्यमबाट यस्ता बिभिन्न कुराहरु थाहा पाउछौ। यसरी सामाजिक संजालमा भेटिने वा पढिने कति कुरहरु सहि हुन्छन भने कति कुराहरु तथ्यरहित, आधारहीन झुट्टा पनि हुन्छन।कुन  कुरो सत्य हो कुन होइन भनेर तुरुन्त छुट्याउन नसक्दा कतिपय गलत कुराहरु सामाजिक संजालमा जोरसोरले प्रचार हुनपुग्छन् । यसले सम्बन्धितलाई नकारात्मक असर पुर्याउनाको साथै त्यस्ता कुराले ठुलो नोक्सानी  समेत हुनपुग्छ भने अरुहरुलाई अन्योल बनाउछ, के गर्ने के नगर्ने, उपभोग गर्ने कि नगर्ने आदी ।  
यस्तै केहि दिन अगाडी सामाजिक संजालको भित्तामा एउटा चकलेटको बिषयमा यस्तै कुरो  मैले पनि भेटे अझ भनौ पढे, सरकारी हस्पिटलमा कार्यरत परिचितले किन्डर जोय नामको बाल बालिकाहरुले खुबै मनपराउने चकलेटको बिषयमा थियो एउटा अस्पतालको बेडमा उपचारको लागि सुतिरहेको बालकको फोटो सहित चकलेटको बिषयमा यस्तो लेखिएको थियो:- 

"कृपया सबैले शेयर गरौ। किन्डर जोय भन्ने चक्लेट लाई मोम(paraffin wax) ले लेपन गरेको हुने हुनाले यो हत्तपत्त टासिदैन।र यो पेटमा गएपछी पनि सफा हुन २ दिन लाग्छ। र धेरै खाएमा यो पछि गएर क्यान्सर को कारण बन्न सक्छ त्यसैले बच्चालाई यो चक्लेट खान नदिनुहोला। धन्यवाद" 
(KINDER JOY contains wax coating which is also used in Styrofoam containers. That is why Kinder Joy dont stick to each other when eating it. Our body needs upto two days to clean the wax.  Make sure you stop eating Kinder Joy. This wax can cause CANCER. Share if you care.)

SHARE IT
सामाजिक संजालमा यसरी शेर परिमार्जित फोटो दाँया  र ओरिजिनल फोटो तल:


यसै बिषयमा सम्बन्धित कम्पनीले समेत आफ्नो तर्फबाट उपरोक्त कुराको खण्डन गर्दै चकलेटको बिरुद्धमा प्रचारित सबै तथ्यरहित भएको कुरा उल्लेख गर्दै, चकलेटमा प्रयोग गरिएको paraffin wax जुन कुरा सबै चकलेटमा प्रयोग गरिन्छ।  यसले चकलेटलाई आकर्षक बनाउने र कोठाको तापक्रममा नापग्लोस भनेर चकलेट तथा अन्य खाध्य पदार्थमा समेत यसको प्रयोग गरिन्छ। paraffin wax को जति मात्र किन्डर जोय चकलेटमा प्रयोग गरिन्छ त्यसले  स्वास्थ्यमा हानी नपुर्याउने कुरा उल्लेक गरेको छ र चेतावनी म्यासेजले मिसलिडिंग गरेको र त्यो सत्य नभएको कुरा समेत उल्लेख गरेको छ। 
यस लेखको मुख्य कुरा के हो भने, कति उपभोक्ताहरुले त् यो कुरो पत्तै पाएका छैनन्, जस जसले यो थाहा पाएका छन् उनीहरु तथा अन्य साधारण उपभोक्ताहरुलाई निकै अप्ठ्यारो पर्छ, के गर्ने के नगर्ने, केहि भए कहाँ उजुर गर्ने, कसलाई भन्ने आदी कुरा अझै प्रष्ट छैन।  ननै कुनै निकायले यस बिषयमा केहि भनेको छ। अतः हाम्रो जस्तो राष्ट्र जहाँको सरकार लाचार छ, उपभोक्ताहरु विवश छन्, उपभोक्ता संगठन कुनै राजनीतिक पार्टीको बोलि बोल्ने र उपभोक्तामुखी कडा कानूनको अभावले कस्तो स्थिति सृजना गर्ला ? त्यसैले आफु स्वयम् सचेत रहुनु नै सुरक्षित उपाय भएकोले वास्तविक कुरा बुझेर काम कुरो गर्दा वा उपभोग गर्दा फरक नपर्ला। सम्बन्धित निकायले पनि यस्ता कुराहरुलाई गम्भिर भएर सोचिदिए सबैलाई उपयुक्त हुने कुरा नकार्न सकिदैन। 

Tuesday, June 21, 2016

पुनः बिदेशमा नेपालीहरुको सामुहिक हत्या !

काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ नेपाली मुलका भारतीय नागरिक समेत गरी १४ जनाको ज्यान गएको छ। त्यस्तै अन्य ९ जना घाइते भएका छन् र त्यसरी घाइते हुनेहरुमा पनि ७  जना नेपाली नै छन् ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती बम हमलामा मारिने नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा सुरक्षा गार्डमा काम कुरा समेत खुलासा भएको छ । 
दुर्घटनामा घाइते भएका मध्ये क्यानेडाली राजदूतावसमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड अम्रित रोकाया क्षेत्रीले अस्पतालको शैय्याबाट स्थानीय प्रेससँग कुरा गर्दै  भनेका छन्, ‘धेरै जना मारिएका छन् । आफूहरु क्यानेडाली राजदूतावसमा काम गर्नका लागि गाडीमा जाँदै गर्दा एक्कासी बम विस्फोट भएको बताएका छन्
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको, ५ जना नेपाली र ४ अफगानी नागरिक घाइते भएको कुरा उल्लेख गरेको छ । साथै त्यस घटनाको जिम्मेवारी तल्निवनका प्रवक्ता जबिउल्लाह  मुजाहिदले लिएको छ। 
बम हमलामा ज्यान गुमाउनेहरुमा काठमाडौंका चन्द्र बहादुर रानामगर, वीरबहादुर सुवेदी क्षेत्री , हरिबहादुर बरुवाल क्षेत्री , लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लीलबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्यांजाका सुकबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ रहेका छन् ।  यस्तै भरत देहरादूनका गणेश थापा र गोविन्द सिंहको पनि सो आक्रमणमा ज्यान गएको थियो  ।
सो आक्रमणमा मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा, कृष्णबहादुर देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटका च्याङबा तामाङ घाइते भएका थिए ।

Sunday, June 19, 2016

मुटुरोगको औषधि बिवाह !


अहिले मानिसहरुको रहनसहन र खानपानमा भएको परिवर्तनले गर्दा प्रत्येक १०० मा १ जनालाई कुनै न कुनै प्रकारको मुटु सँग सम्बन्धित रोगले पिरोलेको भेटिएको छ। यो कुनै अनुमानित तथ्यांक होइन। यो बेलायतको म्यानचेष्टरमा हालै भएको ब्रिटिश कार्डियो भास्कुलर सोसाइटीको सम्मेलनमा पेश गरिएको रिपोर्ट हो र यो रिपोर्ट एस्टन विश्व विद्यालयका २५ हजारमा मानिसमा अध्ययन गरी तयार पारिएको हो ।
रमाइलो कुरो के छ भने, अन्य कारणहरु आफ्नो ठाउमा छन्, तर अविवाहित, हुनुहुन्छ भने होस् गर्नुहोस,
किनकी बिवाहितलाई भन्दा एकल वा अविवाहितहरुलाई हृदयघात हुने सम्भावना सतप्रतिशत नै बढी हुन्छ। शोधकर्ताको रिपोर्ट मुताविक सम्बन्ध बिच्छेद भएकाहरुमा हृदयघातको सम्भावना सबै भन्दा बढी हुन्छ। तेसैले तपाई अविवाहित हुनुहुन्छ र मुटु रोगबाट पनि बाँच्न चहानु हुन्छ भने बिवाह गरि हाल्नुहोस।
शोधकर्ताको रिपोर्ट अनुसार सम्बन्ध विच्छेद गरेका वा भएकाहरुमा हृदयाघातको खतरा सतप्रतिसत वा सबैभन्दा बढि हुन्छ । त्यस्तै अविवाहितहरुलाई  खतराको दोश्रो स्थानमा राखिएको छ यिनीहरुलाई पनि हृदयघात तथा मुटुरोगको सम्भावना प्रवल रहेको हुन्छ। तर विवाहितहरुलाई हृदयाघातको जोखिम सबैभन्दा कम वा नगण्य हुन्छ ।

यसरी विवाहित मानिसहरुमा हृदयाघातको जोखिम कम हुनुको प्रमुख कारण मानसिक शान्ती, जिवनसाथीको सहयोग तथा सामाजिक सहभागिता नै रहेको शोधकर्ताको ठम्याई रहेको छ ।

त्यस्तै शोध अनुसार विवाहित मानिसको तुलनामा अविवाहितमा वा एक्ला मानिसहरुमा हृदयाघातको खतरा १४ प्रतिशत बढि हुन्छ । सम्बन्ध विच्छेद गरेका मानिसमा यस्तो खतरा सबैभन्दा बढि हुनुको कारणमा उनीहरुमा आफ्नो पारिवारिक सम्बन्धको कारण सृजित अतिरिक्त तनाव तथा सामाजिक तथा छरछिमेक र आफन्तहरुबाट हुने तिरस्कार वा बहिष्कार रहेको शोधकर्ताको निष्कर्ष छ  । किनकि समाज, आफन्त वा
नातेदारहरुले बिशेष आमरुपमा सम्बन्ध विच्छेद गरेको मानिस प्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने र त्यसको असर व्यक्तिको मानसिक तथा स्वास्थ्यमा सिधै पर्ने देखिएको छ ।
अतः एक्लो वा अविवाहित हुनु हुन्छ र मुटु रोगबाट समेत बच्न चहानु हुन्छ भने तुरुन्त बिवाह गर्नुहोस्।