Wednesday, June 8, 2016

बिवश हातहरु।

कति बिवश छन् ति हातहरु। तेसैले त् आफु भन्दा ठुलो बोझ बोक्नुको बिकल्प छैन। ति मसिना हातहरुले बोकेको  बोझ हेरेर पनि नदेखे झैँ गरि हिड्छन सबै र सभा, गोष्ठीहरुमा बिभिन्न बालसंरक्षण योजनाहरुका रेखी कोर्छन मात्र। कति कानून बनेका छन बल हकहितको संरक्षणको लागि, ठुला ठुला तारे होटलहरुमा सेमिनार, गोष्ठीहरुको आयोजना हुन्छन र योजनाहरु पनि बन्छन र कडाई का साथ लागु गर्ने कुरामा सबै सहमत पनि हुन्छन। तर कार्यान्वयन जस्ताको त्यस्तै, त्यसैले बिवश छन्, यी र यस्ता कयौं बालबालिकाहरु मजदुरी गर्न।  बिभिन्न भेला सभा सम्मेलनहरुमा ठुला ठुला नेताहरु मन्त्रीहरुले यस बिषयमा आफ्नो अमुल्य विचार र योजनाहरु तयार परेर ब्यक्त गरेका छन्, गर्छन।  तैपनि बालबालिकाहरु आफ्नो पाखुरी खियाएरै खादै छन्।
  

Tuesday, June 7, 2016

अमर अम्बर !

उनको नामको अगाडी जतिनै विशेषण जोडेपनि सूर्यको अगाडी दीयो बल्नु जस्तै हुने भएकोले कुनै उपनाम वा विशेषणको आवश्यकता नै पर्दैन उनको परिचयको लागि, हो उनै बरिष्ठ संगीतकार तथा गायक  अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । नेपालको राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङले जीवनको अन्तिम समयमा मधुमेह, उच्च रक्तचाप र पार्किन्सनजस्ता रोगहरुबाट परास्त भई ७९ वर्षको उमेरमा उनले मृत्यु बरण गरे।
अम्बरले नौलाख तारा उदाए जस्ता कालजयी गीतका साथै रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो भन्दै राष्ट्रिय जागरणको गीत समेत गाउनुभयो । प्रणय भावले ओतप्रोत गीत…. उकाली चढ्दा पसिना पुछ्ने, तिमी नभए अरू को होला…. गएर स्रोतहरु माझ जनमजनम भर छाउनुभयो । फेरी गणतान्त्रिक नेपालको राष्ट्रिय गानमा पनि संगीत भरेर नेपाली संगीतको स्तम्भ बन्नुभयो ।
हजारौँको संख्या भन्दा बढी गीतहरुलाई आफ्नो अजम्बरी संगीतले सिंगारेर प्रायः सबै गीतहरुलाई आफु झैँ  अमर बनाई दिनुभयो। 
पुर्ख्यौली घरगोरखाको रिसिङ भए पनि भारतीय सेनामा काम गर्ने शिलशिलामा हजुरबुबा भारत गएका र पछि आफ्नो बुवाले पनि सोहि बाटो अपनाएको कारण भारतमै स्थाई बसोबास गर्नु परेकोले उनको बि. सं. १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा जन्म भएको थियो। 
बीस वर्षको उमेरमा उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता दुई गीत सार्वजनिक गरेका थिए। उनले रेकर्ड गरेको पहिलो गीत भने साहित्यकार अगमसिंह गिरीको गीत ‘नौलाख तारा उदाए’ हो । यो गीत रेकर्डगर्नु पूर्व नै दार्जिलिङमा प्रख्यात भैसकेको थियो। राजा महेन्द्रले यो गीतको धून सुनेर २०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन अम्बर गुरुङ्ग सहित गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल लगायतका सांगीतिक कलाकार टोली दार्जिलिङबाट बोलाए थिए । तर यहि गीतलाई भारतमा भने प्रतिबन्ध लगाएको थियो। 
हजारभन्दा बढी गीतमा संगीत भरेका अम्बरका कतिपय गीत त अझै पनि रेकर्ड भएका छैनन् । तथापि जति छन्, त्यसैले पनि उनको उचाइलाई आकार दिएको छ । पूर्वीय संगीतमा पश्चिमा शैलीलाई ‘फ्युजन’ उनले नेपाली संगीतलाई नयाँ मार्गमा हिँडाइदिए । उनले विभिन्न साहित्यकारका गीति नाटकमा पनि संगीत दिएका छन्।  साथै थुप्रै नेपाली चलचित्रहरुमा समेत संगीत दिएका छन्। त्यसो त उनी गायन, संगीत र गीत लेखनका साथै साहित्य लेखनमा पनि सक्रिय थिए । उनको ‘कहाँ गए ती दिनहरू’ नामक संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छ । जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, गोरखा दक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी पुरस्कारलगायत प्राप्त गरेका उनलाई हङकङमा बस्ने नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘महासंगीतकार’समेत घोषणा गरिएको थियो ।

किन वास्ता गरिदैन ?


बेला बेलामा एकल प्रयासमा हेलिकप्टर, हवाईजहाज बनाएको, अहिलेको इन्धन क्राइसिस भईरहेको समयमा पेट्रोल डिजेलको बिकल्पमा प्रयोग गर्न सकिने बैकल्पिक इन्धन उत्पादन गरि त्यसैबाट सवारीसाधन चलाएको आदी कुराहरु पत्र पत्रिकामा प्रकाशित भइरहेका हुन् र आवश्यकता अनुसार सहयोग पाउने हो भने देश र जनताको आवश्यकता परिपूर्ति हुने गरि निर्माण अथवा उत्पादन गर्न सकिने व्यहोरा समेत उल्लेख गरिएका हुन्थिए। अहिले त्यस्ता प्रतिभा वा व्यक्तिहरु कता छन् ? कि सम्बन्धित निकायको पहलकदमीमा केहि भइरहेको छ कि ? कि के छ त् त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको अवस्था ?

के त्यस्ता सबै कुराहरु भ्रामक हुन् ? हुन् भने किन त्यस्ता कुराहरु अधिकारिक रुपमै देशको राष्ट्रिय स्तरको पत्र पत्रिकामा प्रकाशित हुन्छन ? होइन ति कुराहरु सहि हुन् भने किन त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको उचित कदर हुदैन ? किन राष्ट्र त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुबाट राष्ट्रका लागि केहि गराईदैन ?

त्यस्तो कुराहरु सहि हो भने त्यसबाट राष्ट्रको लागि त् ठुलै उपलब्धि हुनसक्छ। राष्ट्रिय कोषको लगानी राष्ट्रिय हितको लागि बिभिन्न क्षेत्रमा भए जस्तै त्यस्ता व्यक्तित्व र प्रतिभाहरुमा पनि गरेर त्यसको उचित उपयोग वा परिचालन गर्न सकियो भने त्यसले राष्ट्रलाई ठुलो उपलब्धि दिलाउने कुरालाई नकार्न सकिदैन।  त्यसैले यस्ता कुराहरुलाई सबन्धित निकायले बुझेर आवश्यक तथा उचितपहल गरेको खण्डमा भोलिको सुनौलो दिनहरु टाढा छैनन्। यसमा सम्बन्धित निकायको सकारात्मक पहलको समेत अपेक्षा गर्दै यस्ता कुराहरुमा ध्यानाकर्षण गराईन्छ। 

Monday, June 6, 2016

यसरी पनि धर्म कमाइन्छ त् ?

यस लेखमा ३ फोटोहरु पनि  राखिएका छन। त्यो फोटोहरु पशुपतिनाथ मन्दिरको पूर्व पट्टि बागमती नदी किनार आर्यघाटको हो। फोटोमा धेखिन्छ माथि मन्दिरमा आएका भक्तजनहरुले तल देखिएको मन्दिरको गजुरमा पैसा (सिक्का) हरु फालेर गजुरमै अडाउन प्रयाश गर्दै सिक्का फल्छन।  त्यसरी माथिबाट सिक्काहरु फाल्दा प्रायः तल मन्दिरमा आएका अन्य भक्तजनहरु तथा आफन्तको मृत्यु भइ मलामी आएका अफन्तहरुलाई टाउकोमा लगेर रगताम्मे हुनेगरी चोट समेत लागेको भेटियो।
माथिबाट त्यसरी सिक्का फालेर तलको मन्दिरको गजुरमा सिक्का अडियो भने ठुलो धर्म कमाइने मानिसहरुको अपरिपक्क बुझाइको कारण, त्यसरी पैसा फालेर धर्म कमाउने प्रयासमा शिक्षित अशिक्षित सबै लागिपरेका छन। कस्तो सर्टकर्ट र सरल सजिलो बाटो धर्म कमाउने।  साँच्ची हुन्छ त् धर्म ? त्यसरी अन्य भक्तजनहरुको टाउको फोर्ने गरि पैसा फालेर।
त्यसो गर्नु भन्दा त्, गरिब असहायहरूलाई केहि खाना खान दिएमा ठुलै धर्म कमाईएला नी होइन र ? साथै त्यसरी पैसा फाल्ने कार्यलाई पनि सम्बन्धित निकायले समय मै विचार गर्दा सबै पक्ष लाई राम्रो हुनेमा दुई मत नहोला।





Wednesday, September 30, 2015

भारत नेपालको संबिधानमा के के बुदाहरु राख्न चाहन्थ्यो

भारत नेपालको संबिधानमा के के बुदाहरु  राख्न चाहन्थ्यो, यसै सम्बन्धमा 
भारतीय प्रधान मन्त्री श्री नरेन्द्र मोदी ज्यु समक्ष केहि प्रश्नहरु। 

सम्माननिय प्रधान मन्त्री ज्यु, तपाइलाई अवश्य यो कुराको जानकारी भएको नै हुनुपर्छ।
अहिले नेपालमा नेपाली नागरिकहरुको बिशाल सहभागिता र संबिधान सभा सदस्यहरुको अत्याधिक बहुमतबाट (९० प्रतिशत भन्दा बढी मतबाट) पारित भएर नेपालको संबिधानलाई एउटा सम्पन्न शक्तिशाली बिशाल अनि छिमेकी राष्ट्रको नाताले र झन्डै ७ दशक को प्रयाश पछि प्राप्त गर्न सफल भएकोमा बधाई तथा अबका दिनहरुमा सफलता पुर्वक निश्पक्षका साथ अगाडी बढ्न शुभकामना दिनु पर्नेमा, त्यस्तो केहि गर्नु भएन।  बरु उल्टै आफ्नो स्वार्थ पूरा गर्ने र आफुले भनेको जस्तो बुदाहरु संबिधानमा समावेस गरेन भनेर नेपाल बिरुद्ध नाकाबन्दी नै लगाउनु भयो।
संबिधान एउटा के कसरी गर्ने गराउने भन्ने निर्देशिका मात्रै हो त्यसले गर्ने केहि होइन खाली मार्ग दर्शक मात्रै हो। यसले कसैलाई केहि दिने वा कसै संग केहि लिने पनि होइन। यसको आधार तथा अधिनमा रहेर नेपाल अधिराज्य भार सम्पूर्ण नेपालीहरुले काम कारवाही गर्ने गराउने मात्रै हो। यसले पुर्ब देखि पश्चिम सम्मै हिमाल देखि तराई सम्मका संम्पूर्ण बहुभाषिक नेपालीहरुलाई समानरुपमा समेट्छ। त्यसैले संबिधानबाट के पायो भनेर हेर्ने होइन। संबिधानबाट के कसरी पाउन सकिन्छ त्यो कुरा बुझ्ने हो।
अहिले तराई (मदेस) वा नेपालको भारत संग सिमा जोडिएका केहि क्षेत्रहरुमा यही कुरालाई अगाडी तेर्साएर केहि नेताहरुले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि त्यस क्षेत्रका सोझा नेपाली नागरिकहरुलाई संविधानले तराईका नागरिकहरुलाई केहि पनि दिएन सम्पूर्ण कुराहरु सिंहदरबारमा बस्नेहरुलाई मात्रै दिएको छ, भन्ने जस्ता भ्रमित कुराहरु तेर्साएर अनावाश्य रुपमा आन्दोलन चर्काई रहेका छन र तिनीहरुलाई नै भारत सरकारले साथ् दिइरहेको छ। 
यहाँ तराईका ति नेताहरुलाई र सम्पूर्ण नागरिकहरुलाई समेत केहि सरल तथा सिधा प्रश्नहरु; संविधानले के के कुराहरु सबैलाई दियो र तराईका नागरिकहरुलाई मात्रै दिएन त् ? के त्यो नपुगेको कुरा संबिधानमा थप्न र बढी भएको कुराहरु हटाउन सकिदैन त्?
साथै यहि प्रश्न सम्माननिय भारतीय प्रधान मन्त्री ज्यु समक्ष समेत राख्दछु र नेपाल भारत सिमा क्षेत्रमा अहिले भैरहेको आन्दोलन बिशुद्ध नेपालको आन्तरिक समस्या हो।  के यस सम्बन्धमा भारत जस्तो राष्ट्रले नेपाल जस्तो सानो छिमेकी राष्ट्रलाई आन्दोलनकारीको पक्ष लिएर दवाब दिन सुहाउछ त् ? के संबिधानमा भारत को चाहना अनुसारको बुदा समावेस नगरेको निहुमा यसरी तराईका आन्दोलनकारिहरुलाई उकास्न मिल्छ त् ? अब तपाई भन्नु होला भारतले त्यसो गरेको छैन, कुनै नाकाबन्दी गरेको छैन। तर यो दुवै कुरा एकदमै सत्य हुन्। किनकी भारत नेपालको संबिधानमा के के बुदाहरु राख्न चाहन्थ्यो भनेर तपाइको देशमा प्रकाशित हुने नवभारत टाइम्स २३ सेप्टेम्बर २०१५  अंक मा प्रकाशित भएको छ।  त्यसको लागि यो लिंकमा क्लिक गरेर पुरै समाचार पढ्न सक्नु हुनेछ। http://navbharattimes.indiatimes.com/india/India-wants-Nepal-to-make-these-seven-amendments-in-its-new-constitution/articleshow/49069965.cms
यो प्रश्नको जवाफ हामी सम्पूर्ण नेपालीहरुले अहिले सोच्न सक्छौ।  चाहनु हुन्छ भने आफ्नो जवाफ लेखि पठाउन समेत सक्नु हुनेछ।    

Saturday, August 29, 2015

स्वास्थ्यको लागि चकलेट।

तपाई चकलेट खान रुचाउनु हुन्छ र सधैँ जसो चकलेट खाइरहनु हुन्छ भने तपाई आफ्नो स्वास्थ्यको लागि धरै राम्रो गर्दै हुनुहुन्छ । बिभिन्न प्रकारको जूसहरु पिउनु भन्दा एउटा चकलेट खानु स्वास्थ्यको लागि धेरै लाभदाएक हुने तथ्य भरखरै अमेरिकाको एउटा चकलेट कम्पनीले गराएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैले चकलेटमा भएको तिनै गुणको आधारमा यसलाई Superfood को दर्जा दिन सकिने कुरा समेत उल्लेख गरिएको छ ।

Superfood  त्यस्तो खाध्य पदार्थलाई भनिन्छ जसमा मानव शरीरको कोशिकाहरुलाई स्वास्थ्य बनाई राख्ने गुण हुनुका साथै एन्टीअंक्सीडेन्ट र कम्पाउंड तत्व प्रसस्त मात्रामा पाईन्छ ।      

हेर्शे सेंटर फॉर हेल्थ ऐंड न्यूट्रिशनका अनुसन्धानविदहरुको नतिजाले चकलेटमा जूसको तुलनामा अत्यधिक मात्रामा एन्टीअंक्सीडेन्ट र पालिफेनोल पाईन्छ ।  एन्टीअंक्सीडेन्ट र पो


लिफेनोलले हामीलाई क्यान्सर जस्तो भयानक रोग तथा मुटुको बिभिन्न रोगहरुबाट सुरक्षित राख्न ठुलो मदत गर्दछ ।  

'केमेस्ट्री सेंट्रल जर्नल' को रिपोर्ट अनुसार, अनुसन्धानविदहरुले आफ्नो अनुसन्धानको क्रममा Dark Chocolate र कोंकाहरुमा फलफूलको तुलनामा एंटीऑक्सीडेंट र फ्लेवोनोल धेरै मात्रामा हुने तथ्य फेला परेका थिए ।


यस अनुसन्धानका सदस्य डेबर मिलरको बिचारमा चकलेटमा निहित उपरोक्त गुणहरुको आधारमा यसलाई सुपर फूडको  श्रेणीमा राख्न सकिन्छ । 

मानिसको दिमागले यसरी काम गर्छ।

कोही मान्छे तीक्ष्ण बुद्धि भएको र कोही बोधो दिमागको हुन्छ भन्ने कुरा विज्ञानले झुटो साबित गरिदिएको छ । टाउको ठूलो भएको अथवा तालुखुइले बुद्धिमानी हुन्छ भन्ने कुरा पनि गलत हो ।
मान्छेअनुसार गिदीको वजन अलिअलि थोरै वा धेरै हुन सक्छ । तर, गिदीको वजनले पनि बुद्धिमत्ता र कम बुद्धिको निर्धारण गर्दैन । वास्तवमा कोही पनि मान्छे बढी बुद्धि भएको अथवा कम बुद्धि भएको हुँदैन । फरक यति मात्र हुन्छ कि दिमागलाई सही माध्यमले बढी प्रयोग गरे जो पनि बढी जान्ने हुन्छ, कम प्रयोग गरे कम जान्ने हुन्छ । र, प्रयोग नै नगर्ने मानिस नजान्ने वा बोधो मस्तिष्कको हुन्छ ।
मानव मस्तिष्क निकै शक्तिशाली छ, हामीले सामान्य किसिमले सोचेभन्दा धेरै कुरा मानव मस्तिष्कले गर्न सक्छ । हालसम्मका अनुसन्धानले संसारका ठूलाठूला विद्वान तथा वैज्ञानिकको पनि मुस्किलले १० प्रतिशत मात्र दिमाग प्रयोग भएको देखाएको छ ।

स्मिथसोनियन नामक साइन्स जर्नलमा जैविक रसायनशास्त्रका ज्ञाता डा. आइज्याक एसिमोभ लेख्छन्, ‘यो ब्रह्माण्डमा रहेका र हामीले थाहा पाएका सम्पूर्ण वस्तुमध्ये मानवको खोपडीभित्र हुने करिब तीन पाउन्ड (एक पाउन्ड बराबर झन्डै चार सय ५४ ग्राम्स्) गिदी नै संसारमा सबैभन्दा जटिल र व्यवस्थित छ होला ।’
मानव मस्तिष्कमा झन्डै एक खर्ब (टेन थाउजेन्ड मिलियन) स्नायु कोष हुन्छन् । ती हरेकले अन्य स्नायु कोषसँग सम्पर्क स्थापित गर्नका लागि १० हजारदेखि एक लाखसम्मका सूक्ष्म तन्तु (कनेक्टिङ फाइबर्स) उत्पन्न गर्छन् । यी सबैको योग हाम्रा क्यालकुलेटरले निकाल्न सक्दैनन् ।
औसत मानव मस्तिष्कमा न्युरोन भन्ने करिब ८६ अर्ब (८६ बिलियन) मस्तिष्क कोष हुन्छन् । तिनीहरू सबैले मस्तिष्कबाट शरीरका अन्य भागमा सूचना लैजान्छन् । त्यति मात्र होइन, यी ८६ अर्ब न्युरोन सबैको मस्तिष्कभित्रै पनि अरू करिब ५० हजार मस्तिष्क कोषसँग अन्य डेन्ड्राइटस् भन्ने सूक्ष्म फाइबर्सको माध्यमले विद्युतीय सञ्चार सम्बन्ध स्थापित हुन्छ ।
मस्तिष्कका आन्तरिक र बाह्य गरी दुई प्रकारका सञ्जाल हुन्छन् । हुन त मस्तिष्क तथा अन्य स्नायु प्रणाली धेरै प्रकारका कोषले बनेका हुन्छन् । तर, मस्तिष्क र शरीरका अन्य भागसँग सञ्चार सम्पर्क गराउने प्रमुख भूमिका न्युरोन भन्ने कोषहरूको हुन्छ । विभिन्न न्युरोनले अर्काथरी न्युरोनमा पठाउने विविध प्रकारका विद्युतीय संकेतअनुसार नै हामीले अनुभूति गर्ने, स्मरण गर्ने, विचार गर्ने, कुनै कुराको अनुभव गर्ने गर्दछौं ।
मस्तिष्क कोषले बढी काम गर्ने हुनाले खानाबाट प्राप्त शक्तिमध्ये २० देखि २५ प्रतिशत शक्ति मस्तिष्कलाई आवश्यक हुन्छ । मस्तिष्कमा शरीरका अन्य अंगसँग एकदमै छिटो सम्पर्क गर्न सक्ने र निर्देशन दिन सक्ने अकल्पनीय शक्ति हुन्छ ।
मानौँ, तपाईं र तपाईंको साथी एकजनाले बल हान्ने र अर्कोले समात्ने खेल खेलिरहनुभएको छ । बलको वेग करिब ५० किलोमिटर प्रतिघन्टा छ । यदि हान्ने व्यक्तिले झुक्याएर बलको कोण परिवर्तन गर्छ भने समात्ने व्यक्तिको मस्तिष्कले उसका हातखुट्टाका मांसपेशीलाई करिब पाँच सय किलोमिटर प्रतिसेकेन्डको गतिमा निर्देशन दिई बलको कोणअनुरूप उसको पोजिसन बदल्न निर्देशन दिन सक्छ ।
यहाँनिर बल समात्ने मान्छेले किन कहिलेकाहीँ बल समाउन सक्दैन त ? प्रश्न उठ्न सक्छ । किन त्यस्तो हुन्छ भने, शरीरका मांसपेशीले सधैँ नै मस्तिष्कले दिएको समय र गतिअनुसार काम गर्न सक्दैनन् । हाम्रो दैनिक जीवनमा कुनै जानेकै कुरा लेख्दा कतै अक्षर छुट्ने अथवा कुनै वस्तु समाउन खोज्दा सजिलै समाउन सकिने वस्तु पनि खस्ने हुनुको कारण पनि मस्तिष्कको निर्देशन र निर्देशन पाउने शरीरका मांसपेशी बीचमा समय र गति नमिल्नु हो ।
मानव मस्तिष्कको बनोट र कामको विस्तृत रूपमा चर्चा गर्ने हो भने २० भन्दा बढी खण्डमा बाँडेर अध्ययन गर्नुपर्ने हुन्छ, जुन यहाँ सम्भव छैन । त्यसैले यहाँ मुख्य तीन भागको मोटामोटी चर्चा गरौँ ।
मेरुदण्डको माथिल्लो भागसँग घुच्चुक जोडिने ठाउँमा हुने सेरेबिलम भन्ने मस्तिष्कको भाग अर्थात् गिदीलाई हिन्डबे्रन भनिन्छ । यसले श्वासप्रश्वास र मुटुको गति आदिलाई सञ्चालन वा नियन्त्रण गर्छ । सेरेबिलमले अभ्यासबाट सिक्ने सीप सिक्न मद्दत गर्छ ।
हिन्डब्रेनको ठीकमाथि रहेको मस्तिष्कको अलिकति भागलाई मिडब्रेन भनिन्छ । यसले दृश्यसम्बन्धी कुरा, आँखाको चाल र अन्य ऐच्छिक कुरा नियन्त्रण गर्छ ।
हिन्डब्रेन तथा मिडब्रेनबाहेक सम्पूर्ण मस्तिष्कको मुख्य भागलाई फोरब्रेन भनिन्छ । यसले हाम्रो सोच, धारणा, संवेग, स्मरण, चिन्न सक्ने क्षमता, व्यक्तित्व आदिलाई निर्देशन तथा नियन्त्रण गर्छ ।
खप्परभित्र दायाँ र बायाँ गरी मुख्य दुई भागमा गिदी बाँडिएको हुन्छ । दुवै भागको एकापसमा जोडिने भाग, एउटा बाक्लो स्नायु तन्तु (नर्व फाइबर्स)ले बनेको हुन्छ । त्यही स्नायुतन्तुको माध्यमले दुवै भागले एकापसमा सञ्चार स्थापना गर्छन् ।
यी दुई भाग देख्दा उस्तै देखिए पनि यिनीहरूको काम एकदमै फरक हुन्छ । जस्तो, हामीले कुनै शब्द सिक्दै छौँ भने मस्तिष्कको देव्रे भागले काम गर्छ भने कल्पना गर्दा, धारणा बनाउँदा, हाम्रो सोचमा अमूर्त चित्र आदि बनाउँदा दाहिने
भागले काम गर्छ ।
तर, आश्चर्यलाग्दो कुरा के छ भने मस्तिष्कको दायाँ भागले शरीरको बायाँ भागलाई नियन्त्रण गर्छ भने बायाँ भागले दायाँ भागलाई । मानौं, मस्तिष्कको दायाँ भागमा ठूलो क्षति पुग्यो भने बायाँतर्फका अंग, जस्तै हातखुट्टा, नचल्ने हुन्छन् ।
(रातोपाटीमा प्रकाशित लेखको आधारमा।)

Friday, August 21, 2015

एउटा अपराधीको अन्त्यमा …. !

कुमार घैटे,  एउटा अपराधिक पेशामा लागेको कुख्यात व्यक्ति, जसलाई सुरक्षा निकायले डनको पगरी पहिरे दिएको छ।  उसले आफ्ना टोले गुण्डाहरु लगाएर ठुला ब्यापारी, ठेकेदार तथा चलेका म्यानपावर कम्पनीका साहूहरु संग बिभिन्न बहानामा जवर्जस्ती हाप्त असुली गर्ने, अपहरण गर्ने, ज्यान मार्ने, लुटपाट गर्ने आदी असामाजिक कार्य गर्दै आएको, तर समाजमा देखाउन सामाजिक कार्यहरुमा पनि सक्रिय सहभागी हुदै आएको, महाभूकम्पबाट भएका पिडितहरुको राहत कार्यमा प्रत्यक्ष रुपमा सहभागी भएको, तर त्यहि राहत संकलन गर्ने बहानामा ठुला ब्यापारी व्यवशायीहरुबाट जवर्जस्ती चन्दा संकलन समेत गरेको जस्ता बिभिन्न कारणहरुले प्रहरीको मोस्टवान्टेड सूचीमा परेको कुमार घैटेलाई प्रहरीले गिरफ्तार गर्ने वा पक्डीने क्रममा प्रहरीको गोलि लागेर मृत्यु भयो।
यहाँ सम्म कुरा सामान्य नै थियो।  कुमार घैटे मरे पछि फेरी पुरानै खेल सुरुहुदै छ राजनीतिक वृत्तमा।नेताहरु खुलेर आ आफ्नो मनतब्य दिदैछन। कोहि आफ्नो पार्टीको महान नेतालाई प्रहरीले हत्या गरेको जस्तै कुर्लिदै छन्, भने कोहि सामान्य रुपमा लिएर, जे भयो, राम्रै भयो समेत भन्दै छन्।
अझ त्यस्तो कुख्यात अपराधीको समर्थनमा नाराबाजी गर्ने, त्यस्तो व्यक्तिलाई शहिद घोषणा गर्नु पर्छ भनेर कुर्लिने राष्ट्रिय स्तरको ठुला पार्टीका नेता तथा सभासदहरुले मिडियामा समेत बोलेको देख्दा र सुन्दा त् सामान्य नागरिकहरु समेतलाई अपाच्य र लाजमर्दो तुल्याउछ, कस्ता व्यक्तिलाई आफ्नो नेता चुनेर पठायौ भनेर।
महाभूकम्पले तहसनहस परेको कति क्षेत्रमा अझ सम्म राम्रोसंग राहत पुग्न सकेको छैन, उनीहरुको बिषयमा चु सम्म नगर्ने, दिन दिनै जस्तो हत्या बलात्कार लुटपाट हुदा र देशमा भएको चरम भ्रष्टाचार ले गर्दा सोझा र निरही नागरिकले दुख कष्ट पाईरहदा केहि नबोल्ने तर अहिले एउटा कुख्यात अपराधी पुलिस कारवाहीमा मारिदा नेता हरुमा यत्रो बिचलन।  यसको मतलब के हो ? के मानवधिकार मात्रै हो त् ?

मिडियामा नेताहरुको मात्रै विचार आएको होइन, धेरै सर्वसाधारणले समेत आफ्नो विचार व्यक्त गरेका छन।
नेता तथा सर्वसाधारणको भनाइ केहि यहाँ उल्लेख गरिएको छ :

- मारिएका गुण्डा नाइके कुमार घैंटेको विषयलाई लिएर व्यवस्थापिका संसदमा चर्को विरोध 
- नेतालाई जनताको भन्दा गुण्डाको माया जनता मार्दा १ सब्द न बोल्ने गुन्डा जनताको रोग मर्दा येत्रो बिरोद लाज हुन्न कांग्रेस भन्न (Hira Niraula) सर्वसाधारण 
- थुक्क काङ्ग्रेस हो आफ्नो इमानदारी नेता मर्दा खोइ बोलेको एक गुन्डा मोरोकोमा सहिद घोसडा गर भनु गुन्डा को कमाइ खाने भतुवा हो खोइ तिमिहरुको राष्ट्रिय ता ,समादबाध कुकुरहरुहो कति लिने गरेको थियौ गुन्डा सग्ग हो चोर नेता हो (Bharat Pokhrel)सर्वसाधारण
- Lachi Neta ho aalikati pani Lag chain hai chi chi chi chi . Sarma lagyo Nepali Bhana pani ..........................///(Pashupati Subedi) सर्वसाधारण
- a aba ghaite haru jasta don haru lai nai ho yo desh le sahid manne?(Nawraj Shrestha) सर्वसाधारण
Yo desh neta ko bau ko ho jo le je mage pani huncha .....Laj saram kehi chaina......(Junga Rawal)सर्वसाधारण 




Thursday, August 20, 2015

प्रशंग कुमार घैटेको अन्त्यको।

फेरी अर्को डनको अन्त्य, आजको हट न्यूज ! वैदिक काल, पौराणिक काल, ऐतिहासिक काल अथवा भूतकालमा होस् वा वर्तमान कालमा अपराधिक पेशामा लागेका जो कोहीको अन्त्य जहिले पनि दुखद नै भएको छ।
हिजो अपराधिक पेशामा लागेर अकुत सम्पति कमाएको चरी उपनामले चिनिने कुख्यात व्यक्तिको अन्त्य पनि यसरी नै भएको थियो।  आज तेस्तै कुमार घैटे भनिने कुख्यात अर्को व्यक्तिको पनि त्यसरीनै अन्त्य भएको छ।
प्रकृतिले कुनै पनि कुराको सिमा निर्धारण गरेको हुन्छ र त्यो सिमा पार गरेपछि त्यस्ता कुराहरुको अवश्य बिनाश पनि हुन्छ नै । त्यस्तै जुनसुकै कुरामा यो प्राकृतिक नियम अवश्य लागु भएको हुन्छ।  हिजो वैदिक कालमा राक्षस वा असूरहरु जतिनै विद्वान, बलवान  भए पनि आफ्नो बल र पौरखको घमण्डले मात्तिएर त्यस समयको समाजमा उदण्ड मच्चाएर अरुलाई दुख कष्ट दिन्थे र अति भएर सिमा नाघेपछी कसै न कसैबाट उनीहरुको बिनशै भएको पाइन्छ जस्तै: रावण तथा अन्य दैत्यहरु ।  त्यस्तै इतिहास हेर्ने हो भने सबैले सुनेका बुझेका र थाहा पाएका राणा काल लाई नै हेरौ, जाल झेल, छल कपट जेगरेर भएपनि जंगबहादुरले १०३ बर्ष सम्म आफ्नै दाजु भाईहरु भित्र सिमित पारेर शाशन चलाएर मोजमश्ती गरे जनताहरुलाई दुख कष्ट र उनीहरुलाई शोषण मात्रै गरेर बसे र यो पनि अति भएपछी उनीहरुको पनि अन्त्य भयो।
अब अहिले केहि समय पहिले चरी र अहिले कुमार घैटेको अन्त्य ले पनि यसै कुरालाई पुष्टी गर्छ। 

त्यसैले स्थिर केहि पनि छैन, परिवर्तन प्रकृतिको नियम नै हो।  अब हामीले सोच्ने वा बुझ्ने कुरो चाही के हो भने, हाम्रो अन्त्य कसरी होस् भन्ने चाहने। राम्रो अन्त्य वा नराम्रो ?
हामीले जस्तो कर्म गर्छौ हाम्रो अन्त्य पनि त्यस्तै हुन्छ।
राम्ररी मनन गर्ने हो भने हामीले अवश्य यो कुरो बुझ्दछौ। यो कुरालाई चरी र कुमार घैटे जस्ताको अन्त्यले पनि बुझाउछ। विचार गरेर हेरौ।