Friday, August 21, 2015

एउटा अपराधीको अन्त्यमा …. !

कुमार घैटे,  एउटा अपराधिक पेशामा लागेको कुख्यात व्यक्ति, जसलाई सुरक्षा निकायले डनको पगरी पहिरे दिएको छ।  उसले आफ्ना टोले गुण्डाहरु लगाएर ठुला ब्यापारी, ठेकेदार तथा चलेका म्यानपावर कम्पनीका साहूहरु संग बिभिन्न बहानामा जवर्जस्ती हाप्त असुली गर्ने, अपहरण गर्ने, ज्यान मार्ने, लुटपाट गर्ने आदी असामाजिक कार्य गर्दै आएको, तर समाजमा देखाउन सामाजिक कार्यहरुमा पनि सक्रिय सहभागी हुदै आएको, महाभूकम्पबाट भएका पिडितहरुको राहत कार्यमा प्रत्यक्ष रुपमा सहभागी भएको, तर त्यहि राहत संकलन गर्ने बहानामा ठुला ब्यापारी व्यवशायीहरुबाट जवर्जस्ती चन्दा संकलन समेत गरेको जस्ता बिभिन्न कारणहरुले प्रहरीको मोस्टवान्टेड सूचीमा परेको कुमार घैटेलाई प्रहरीले गिरफ्तार गर्ने वा पक्डीने क्रममा प्रहरीको गोलि लागेर मृत्यु भयो।
यहाँ सम्म कुरा सामान्य नै थियो।  कुमार घैटे मरे पछि फेरी पुरानै खेल सुरुहुदै छ राजनीतिक वृत्तमा।नेताहरु खुलेर आ आफ्नो मनतब्य दिदैछन। कोहि आफ्नो पार्टीको महान नेतालाई प्रहरीले हत्या गरेको जस्तै कुर्लिदै छन्, भने कोहि सामान्य रुपमा लिएर, जे भयो, राम्रै भयो समेत भन्दै छन्।
अझ त्यस्तो कुख्यात अपराधीको समर्थनमा नाराबाजी गर्ने, त्यस्तो व्यक्तिलाई शहिद घोषणा गर्नु पर्छ भनेर कुर्लिने राष्ट्रिय स्तरको ठुला पार्टीका नेता तथा सभासदहरुले मिडियामा समेत बोलेको देख्दा र सुन्दा त् सामान्य नागरिकहरु समेतलाई अपाच्य र लाजमर्दो तुल्याउछ, कस्ता व्यक्तिलाई आफ्नो नेता चुनेर पठायौ भनेर।
महाभूकम्पले तहसनहस परेको कति क्षेत्रमा अझ सम्म राम्रोसंग राहत पुग्न सकेको छैन, उनीहरुको बिषयमा चु सम्म नगर्ने, दिन दिनै जस्तो हत्या बलात्कार लुटपाट हुदा र देशमा भएको चरम भ्रष्टाचार ले गर्दा सोझा र निरही नागरिकले दुख कष्ट पाईरहदा केहि नबोल्ने तर अहिले एउटा कुख्यात अपराधी पुलिस कारवाहीमा मारिदा नेता हरुमा यत्रो बिचलन।  यसको मतलब के हो ? के मानवधिकार मात्रै हो त् ?

मिडियामा नेताहरुको मात्रै विचार आएको होइन, धेरै सर्वसाधारणले समेत आफ्नो विचार व्यक्त गरेका छन।
नेता तथा सर्वसाधारणको भनाइ केहि यहाँ उल्लेख गरिएको छ :

- मारिएका गुण्डा नाइके कुमार घैंटेको विषयलाई लिएर व्यवस्थापिका संसदमा चर्को विरोध 
- नेतालाई जनताको भन्दा गुण्डाको माया जनता मार्दा १ सब्द न बोल्ने गुन्डा जनताको रोग मर्दा येत्रो बिरोद लाज हुन्न कांग्रेस भन्न (Hira Niraula) सर्वसाधारण 
- थुक्क काङ्ग्रेस हो आफ्नो इमानदारी नेता मर्दा खोइ बोलेको एक गुन्डा मोरोकोमा सहिद घोसडा गर भनु गुन्डा को कमाइ खाने भतुवा हो खोइ तिमिहरुको राष्ट्रिय ता ,समादबाध कुकुरहरुहो कति लिने गरेको थियौ गुन्डा सग्ग हो चोर नेता हो (Bharat Pokhrel)सर्वसाधारण
- Lachi Neta ho aalikati pani Lag chain hai chi chi chi chi . Sarma lagyo Nepali Bhana pani ..........................///(Pashupati Subedi) सर्वसाधारण
- a aba ghaite haru jasta don haru lai nai ho yo desh le sahid manne?(Nawraj Shrestha) सर्वसाधारण
Yo desh neta ko bau ko ho jo le je mage pani huncha .....Laj saram kehi chaina......(Junga Rawal)सर्वसाधारण 




No comments: