Thursday, August 20, 2015

प्रशंग कुमार घैटेको अन्त्यको।

फेरी अर्को डनको अन्त्य, आजको हट न्यूज ! वैदिक काल, पौराणिक काल, ऐतिहासिक काल अथवा भूतकालमा होस् वा वर्तमान कालमा अपराधिक पेशामा लागेका जो कोहीको अन्त्य जहिले पनि दुखद नै भएको छ।
हिजो अपराधिक पेशामा लागेर अकुत सम्पति कमाएको चरी उपनामले चिनिने कुख्यात व्यक्तिको अन्त्य पनि यसरी नै भएको थियो।  आज तेस्तै कुमार घैटे भनिने कुख्यात अर्को व्यक्तिको पनि त्यसरीनै अन्त्य भएको छ।
प्रकृतिले कुनै पनि कुराको सिमा निर्धारण गरेको हुन्छ र त्यो सिमा पार गरेपछि त्यस्ता कुराहरुको अवश्य बिनाश पनि हुन्छ नै । त्यस्तै जुनसुकै कुरामा यो प्राकृतिक नियम अवश्य लागु भएको हुन्छ।  हिजो वैदिक कालमा राक्षस वा असूरहरु जतिनै विद्वान, बलवान  भए पनि आफ्नो बल र पौरखको घमण्डले मात्तिएर त्यस समयको समाजमा उदण्ड मच्चाएर अरुलाई दुख कष्ट दिन्थे र अति भएर सिमा नाघेपछी कसै न कसैबाट उनीहरुको बिनशै भएको पाइन्छ जस्तै: रावण तथा अन्य दैत्यहरु ।  त्यस्तै इतिहास हेर्ने हो भने सबैले सुनेका बुझेका र थाहा पाएका राणा काल लाई नै हेरौ, जाल झेल, छल कपट जेगरेर भएपनि जंगबहादुरले १०३ बर्ष सम्म आफ्नै दाजु भाईहरु भित्र सिमित पारेर शाशन चलाएर मोजमश्ती गरे जनताहरुलाई दुख कष्ट र उनीहरुलाई शोषण मात्रै गरेर बसे र यो पनि अति भएपछी उनीहरुको पनि अन्त्य भयो।
अब अहिले केहि समय पहिले चरी र अहिले कुमार घैटेको अन्त्य ले पनि यसै कुरालाई पुष्टी गर्छ। 

त्यसैले स्थिर केहि पनि छैन, परिवर्तन प्रकृतिको नियम नै हो।  अब हामीले सोच्ने वा बुझ्ने कुरो चाही के हो भने, हाम्रो अन्त्य कसरी होस् भन्ने चाहने। राम्रो अन्त्य वा नराम्रो ?
हामीले जस्तो कर्म गर्छौ हाम्रो अन्त्य पनि त्यस्तै हुन्छ।
राम्ररी मनन गर्ने हो भने हामीले अवश्य यो कुरो बुझ्दछौ। यो कुरालाई चरी र कुमार घैटे जस्ताको अन्त्यले पनि बुझाउछ। विचार गरेर हेरौ।

    

No comments: