Wednesday, August 10, 2016

बरिष्ठ रंगकर्मी सुनिल पोखरेल ICU मा !


बरिष्ठ रंगकर्मी सुनिल पोखरेल थापाथली स्थित नर्भिक हस्पिटलको ICU मा उपचारका लागि राखिएका छन्। सुनाकोठी, ललितपुर स्थित आफ्नै बासस्थानमा एक्कासी बेहोश भएपछी उनलाई उपचारका लागि हस्पिटल ल्याइएको थियो। हस्पिटलमा उपचार पछि उनको स्वास्थ्य स्थिति अहिले सामान्य हुदै गैरहेको जानकारी श्रीमती तथा रंगकर्मी निशा शर्माले जानकारी गरउनु भएको थियो। यस अघि बरिष्ठ रंगकर्मी श्रीपोखरेललाई
उपचार पछि चिकित्शकहरुले सिजर अट्याक भएको कुरा बताएका थिए।
अहिले बरिष्ठ रंगकर्मी श्रीपोखरेलको स्वास्थ्य स्थिति सामान्य हुदै गएको र CT Scan मा पनि त्यस्तो खराबी केहि नदेखिए पनि यस्तो सिजर अट्याकको खतरा पुनः दोहरिन सक्ने भएकोले हस्पिटल मै अब्जर्भेशनमा राखिएको कुरा समेत श्रीमती शर्माले जानकारी गराउनु भएको थियो।
नेपाली रंगमंचलाई आजको यस स्थितिमा पुर्याउन बरिष्ठ रंगकर्मी श्रीपोखरेल ठुलो योगदान दिनुभएको कुरालाई सायदै यस क्षेत्रलाई माया गर्ने जो कोहिले बिर्शन सक्छन। आरोहण नाट्य समुहका सस्थापक तथा गुरूकुल नाट्य संस्था स्थापना गरी धेरै नाट्य कर्मीहरुलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्ने एक सफल तथा बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलले बिभिन्न नेपाली चलचित्रहरु, नाटकहरुमा अभिनय सफल तथा जिवन्त अभिनय गर्नुका साथै अनगिन्ति नाटकहरुमा सफल निर्देशन समेत गर्नु भएको छ।
भगवानसँग वहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।    

Friday, August 5, 2016

कविता

















कोही डलर अनी कोही दिराम सँग बेचिदै छौं !
खै कुन सुखका लागि आराम सँग बेचिदै छौं !!
नमस्ते नेपालीहरु,कतै यस् सर,कतै हा जि,
र कतै त्यो वालेकुम सलाम सँग बेचिदै छौं !!
सारा विश्व वायु-पँखी घोडामा सयर गर्दैछ


हामी बहादुर तिनैका लगाम सँग बेचिदै छ!!
आमाहरु सम्झदै आसुमा सेल रोटी तार्दैछन,
छोरा बासी खबुस अनी जाम सँग बेचिदै छौं !!
न दशैँमा बा आमा न तिहारमा बहिनी छन,
के के सम्झनु र दाई तमाम सँग बेचिदै छौं !!

( श्याम अधिकारी ज्युले गुगल वालमा पोष्ट गर्नु भएको कविता समय सान्दर्भिक लगेर यहाँ उतारेको हो। )
-modelnepal.blogspot.com

Wednesday, August 3, 2016

केटी जिस्काउने बढी ५० वर्ष माथिका !

एउटा रमाइलो प्रसँग, खासै कुरा शुरु गरिहाल्नु भन्दा पहिले यो लेख अध्ययन गर्न लाग्नु भएका सबैलाई एउटा प्रश्न सोधि हालौ। "के तपाईले कही कतै कुनै समयमा केटी जिस्काउनु भएको छ?"
कुनै अप्ठ्यारो मान्नु पर्दैन, कुरा अफ़ुले मनन गरे पुग्छ। "जिस्काउनु भएको छ त, केटी?" …! कुरो अलिक हाँस उठ्दो नै छ, होइन त्?
अनि, यो कुरो पनि त् सुनेकै हुनुपर्छ, "तन बुढो भएपनि मन बुढो हुदैन।" यो उखान उहिले हाम्रा पुर्खाहरुले तेतिकै त् राखेनन् होला। यसमा अवश्य पनि केहि तथ्य लुकेकै हुनुपर्छ। बिशेष गरी पाका उमेरका मानिसहरुको लागि यो भनाई प्रयोग गरिन्छ।
कतै कुनै समय तपाईहरुले महसूस गर्नु भएको वा देख्नु भएको वा अरुले कुरा गरेको सुन्नु भएको हुनु पर्छ। कि फलानो बुढो मान्छेले फलानो केटीलाई कस्तो जिस्क्याएको, बुढो भएर पनि तरुनी केटी के जिस्क्याएको होला। कस्तो पत्तेको बुढो यो उमेरमा पनि तरुनी जिस्क्याउने। यस्तै यस्तै बिभिन्न कुराहरु जुन उमेर भइसकेका मानिसहरुको लागि भनिएको हुन्छन्। हामीले पढे सुनेका बिभिन्न घटनाहरुले पनि पाको उमेरका मानिसहरुमा बढीनै यौन आकांक्षा भएको पुष्टी भएको छ।   
हजुर हाम्रो छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनबाट निष्किएको नतिजा पनि त्यस्तै नै छ। 
केटीहरु जिस्काउने, यौन दुर्व्यवहार गर्नेहरुमा पाका उमेरका मानिसहरु नै बढी भेटिएका छन्।
Woman Power Online 1080 को तत्यांक अनुसार  महिला बिरुद्ध हुने दुर्व्यवहारको आरोपमा कारवाही गरिएका मध्ये ६८ प्रतिशत भन्दा बढी ५० बर्ष भन्दा बढी उमेरका मानिसहरु भेटिए। केटी जिस्काएको वा यौन दुर्व्यवहार गरेको आरोपमा कारवाही गरेर जेल चलान गरिएका ५७३ पुरुष मध्ये ५० प्रतिशत भन्दा बढी ५० बर्ष भन्दा बढी उमेरका पुरुषहरु भेटिएको तथ्यांक Woman Power Online 1080 ले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ। 
यस्तो अभियोगमा कारवाहीमा परेका हरु केही मनिषहरु रोगी समेत भएको तथ्य फेलापरेको छ। 
केटी जिस्काउने कार्यमा पाका उमेरका मनिषहरु बढी हुनुमा उनीहरु प्रति समाजले हेर्ने दृष्टि, अलिक हिम्मतिला हुने र पिडित केटीहरुले आफु बिरुद्ध पुलिसमा रिपोर्ट गर्ने कमै सम्भावना हुने भएर पनि युवाहरु भन्दा बढी केटि जिस्काउ छन।       
अझ विभिन्न कम्पनी तथा अफिस संचालन गरिरहेका पाका पुरुषहरुले काममा राख्ने वा त्यहाँ जागिरका लागि आवेदन गर्न आउने युवतीहरुमाथि काम/जागिरको प्रलोभन देखाएर अश्लील हर्कत गर्ने तथा यौन शोषण गर्ने गरेको समेत फेलापरेको तथ्य Woman Power Online 1080को  प्रतिवेदनमा उल्लेख गरिएको छ। 


Thursday, July 28, 2016

अचम्मसँग भेटिएको शालिग्राम !


शालिग्राम स्थापना गरिएको मन्दिर।
                                                  शांखु, काठमाडौँको उत्तरपूर्वमा अवस्थित धार्मिक    तथा ऐतिहासिक शहर, अहिलेको शंखरापुर नगरपालिका। हामीले स्वस्थानीको कथामा समेत यस शहरसँग सम्बन्धित कथा पढेको सुनेका छौ। यसै शहरको मुख्य केन्द्रदेखि केहि पर उत्तर तिर रहेको बज्रयोगिनीको मन्दीरको घर्मिक किम्बदन्ती तथा महत्व छुट्टै छ । यहाको परापुर्व कालदेखिको परम्परावादी कला संस्कृति र रहनसहनले  जो कोहीलाई पनि आफूतिर आकर्षित गर्ने क्षमता राखेकै छ भन्दा अत्युक्ति नहोला। परस्पर जोडिएका घरहरु जुन २०७२ साल बैशाख महिनामा गएको विनाशकारी भूकम्पले तहसनहस परेपनि अझै बाँकि रहेका इँटा छापेर बनाएका साँघुर सडक, त्यस्तै पुराना चोक तथा गल्लीहरुले अझै पनि उ बेलाको बैभवता झल्कायेको छदैछ। फेरी चारै तिर हरिया पहाडहरुले घेरेर माला लगाएको झैं देखिने मनमोहक दृश्यले जो कोहीलाई एकपटक शंखु पुग्ने रहर नलाग्ला भन्न सकिदैन।
                 मन्दिरभित्र स्थापना गरिएको शालिग्राम                                                                  

शंखु बजार देखि पूर्व तिर, जहाबाट हरियो डाँडा हुँदै माथितीर तिलकोट पुग्ने बाटो बनेको छ (कच्ची बाटो), त्यही बाटोको फेदीमा भिरालो डाँडाको ठुलो भागलाई मिलाएर मुक्तिनाथको मन्दिर स्थापना गरिएको छ । साथै सो मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुलाई बास बस्नको लागी मन्दिर परिसरमा नै केही भवनहरु समेत निर्माण गरिएको छ। त्यस्तै सो मन्दिर परिसर तथा भवनहरुको वरिपरि निर्मित आगन तथा बगैंचाहरुले शंखुलाई झनै उचाइमा पुरयाएको महसूस गर्न सकिन्छ। उक्त मुक्तिनाथको मन्दिरका

मन्दिर भित्र शालिग्रामको बाहिरी ढुंगाको बोक्रा।       

संस्थापक कमलनयन आचार्य बाबाको पहलमा मन्दिर आशपास हस्पीटल, स्कूल आदी निर्माण हुदैछ। स्कूल निर्माण भैरहेको स्थल अगाडी खुला रहेको स्थान सम्यायेर स्कूलको बिद्यार्थीहरु र स्थानीय युवाहरुलाई समेत हुने गरी ठुलो चौर बनाउने क्रममा ठुलो आकारको शालिग्राम भेटिएको थियो। कालीगण्डकी तिरमा पाइने शालिग्राम शंखुको पूर्बी छेउमा त्यसरी ठुलो शालिग्राम भेटाउनु एकप्रकारले अचम्मै कै कुरो भएर नै, त्यसरी शालिग्राम भेटिएको स्थानमा समेत मन्दिर स्थापना गरी त्यहाँ भेटिएको शालिग्रामलाई
                                                         पुजारी शालिग्रामको फाइदा बेफाइदा बताउदै     

सोही मन्दिरमा स्थापित गरि राखिएको छ।  डाँडाको फेदीमा जमीन सम्याउने क्रममा एउटा ठुलो ढुंगामा स्काभेटर माटो उठाउने क्रममा ठोकियो, त्यसरी ठोकिएको ढुंगालाई खनेर निकालियो। स्काभेटरले ठोकेर ठुलो ढुंगा उसिनेको अन्डाको बोक्रा माथीबाट तलतिर चिरिएर फ़क्लक्क फुटेर अन्डा निस्किए झैँ ठुलो ढुंगा पनि त्यसरी नै फ़क्लक्क फुटेर भित्र ठुलो शालिग्राम भेटियो। त्यसरी भेटिएको शालिग्रामलाई स्थानीयहरू र मुक्तिनाथ मन्दिरका संस्थापकको
                                                                                   शंखुमा स्थापना गरिएको मुक्तिनाथको मन्दिर।       
अग्रसरतामा त्यहाँ मन्दिर निर्माण गरि सोहि  मन्दिरमा स्थापित गरियो। त्यसरी शालिग्राम भेटिएको स्थान, शालिग्राम स्थापन गरिएको मन्दिर र उक्त मन्दिरको पुजारीको फोटोहरु पनि यस लेखमा समावेश गरिएको छ।

           

Wednesday, July 27, 2016

शुख शान्ति र आराम !

दिपक बन्जाराको फेसबुक वालबाट लिइएको 
 Fact of Life , (यो कथा दुई मिनट समय निकालेर अवस्य पढ्नुहोला )   

एकपटक एक जना माछा मार्ने माझी समुद्रको किनाराको हरियो चौरमा एउटा रुखको छहारी मुनी उत्तानो परेर सुतेर आराम सँग बिडी तानीरहेका थिए । त्यसै समय एकजना ठुलो ब्यबसायी त्यहिँबाट आफ्नो कामको शिलशिलामा कतै गैरहेका थिए र त्यसरी आनन्द सँग सुतिरहेको माझीलाई देखेर सोधिहालेछ, " तिमी काम गर्न छोडेर, यहाँ किन यसरी आराम गरेर समय बर्बाद गरीरहेको छौ ?
त्यो ठुलो ब्यबसायीले त्यसरी सोधेको देखेर गरिब माझीले जवाफ दिएछ  " मैले आजको लागि पर्याप्त माछा समाती सकेको छु" 
माझीको कुरा सुनेर त्यो ठुलो ब्यबसायी अलिक रिसाएर फेरी भनेछ "तैपनि यहाँ बसेर यसरी समय बर्बाद गर्नुभन्दा त राम्रो तिमीले अझै माछा समातेको भए हुन्थ्यो नी। "
माझिले कुरो नबुझेर फेरी सोधेछ "अझै माछा समातेर के हुन्छ ?"
ठुलो ब्यबसायी - त्यसलाई पनि बेचेर तिमिले अझ धेरै पैसा कमाउन सक्थ्यौ र एउटा ठूलो बोट (जहाज) किन्न सक्थ्यौ।"
माझी - त्यो बोट (जहाज) किनेर के हुन्छ त् ? 
ठुलो ब्यबसायी - त्यसले तिमी समुद्रमा अझै टाढासम्म गएर माछाहरु धेरै मार्न सक्छौ र झन् धेरै पैसा कमाउन सक्छौ। 
माझी - अनि फेरि त्यसले के हुन्छ ?
ठुलो ब्यबसायी - तिमीले अझ धेरै बोट किन्न सक्छौ, धेरै कर्मचारीहरु राखेर झन् धेरै पैसा कमाउन सक्छौ ।
माझी - अनि फेरि के हुन्छ ?
ठुलो ब्यबसायी - त्यसपछी तिमी म जस्तै धनी ठुलो ब्यबसायी बन्न सक्छौ। 
माझी - तपाई जस्तै ठुलो ब्यबसायी बनेपछि मलाई के हुन्छ ?
ठुलो ब्यबसायी - माझीको यस्तो कुरा सुनेर रिसाउदै भने छ, "अरे बेवकुफ ! त्यसपछी तिमी आफ्नो जीवन खुशी,शान्ती र आराम सित बिताउन सक्नेछौ। 
माझीले बल्ल कुरो बुझेको जस्तरी भनेछ - ए त्यसो पो ! अनि अहिले तपाइले म के गरेर बसिरहेको जस्तो लाग्छ त् ? तपाईं त्यत्रो काम गरेपछी खुशी, शान्ती र आराम सँग जीवन बिताउन सकिन्छ भन्नु हुन्छ, तर म त्  त्यो सबै नगरीकनै सुख शान्ती र आराम सँग यी यसरी बाँचिरहेको छु, बसी रहेको छु " ।
यस सम्वादको शिक्षा (मोरल) :- शुख शान्ति र आराम सँग बस्नको लागि धन होइन मन चाहिन्छ र जे जस्तो अवस्थामा छ त्यसैमा सन्तुष्ट हुन् सक्नु पर्छ। साथै पाएको हरेक क्षणलाई आनन्द सँग बिताउन सक्नु पर्छ ।

भिषण बर्षाले देश डुवानमा !

२०७३ साउन १ गते देखि देशभर सुरु भएको लगातारको भिषण बर्षाको कारण आजको मिति सम्ममा पूर्व देखि पश्चिम तराईको प्राय सबै भूभागलाई नराम्रो संग डुबाएको छ। ठुलो धनजनको क्षति हुनाको साथै हजारौ परिवार घरवार बिहिन हुन् पुगेका छन्। पश्चिममा तिनाऊ नदीको पुल बगाएको छ।  त्यस्तै सयौको घर नदीको कटानले गर्दा नदीमै मिल्न पुगेको छ। अझै कतिले त् नदीको कटानको डरले आफ्नो घरबारै छोडेर सुरक्षित स्थानको खोजीमा खुला आकाश मुनि बस्न आईपुगेका छन्।
त्यस्तै कोशी नारायणी कर्णाली गण्डकी सबै नदीहरुमा पानीको सतह खतराको चिन्नो भन्दा माथि पुगिसकेको
छ। लगातार यसरीनै अरु केही दिन पनि पर्ने हो भने तराइमा अझै ठुलो जनधनको क्षति पुर्याउने छ।
काठमाडौँ उपत्यकामा समेत भक्तपुर तथा मध्यपुर थिमीको सिमानामा भएर बग्ने हनुमन्ते खोलाले समेत त्यस क्षेत्र तथा घरहरुलाई डुबाएको छ।
त्यस्तै अहिलेको लगातारको बर्षाले पहाडी क्षेत्रमा ठाउँ ठाउमा गएको पहिरोको कारण पनि धेरै धनजनको क्षति भएको छ। २०७२ बैशाख देखि निरन्तर गैरहेको भुकम्प तथा पराकम्पहरुले थिलथिलो परेको पहाडी धरातललाई यसपालीको भिषण बर्षाले गर्दा जताततै पहिरो गएको छ। कति राजमार्ग हरुमा गएको पहिरोले अहिले लामोदुरिका यातायात अबरुद्ध हुन् पुगेर यात्रुहरुले ठुलो समस्याको सामना गर्नु परिरहेको छ। यसरी राजमार्ग अबरुद्ध हुदा कति यात्रुहरु बाटोमै अलपत्र समेत परेका छन्।



    

Tuesday, July 26, 2016

गाजर एक फाइदा अनेक !



गाजर, एक यस्तो फलफुल तथा तरकारी समूहमा पर्ने खाध्य हो, जसमा हाम्रो लागि फाईदै फाइदा मात्र छ। यसको उपभोग गर्दा हामीलाई बिभिन्न फाइदा हुन्छ । गाजरमा धेरै मात्रामा बेटा क्यारोटिन पाइन्छ, जुन हाम्रो दृष्टि शक्तिको लागि अतिनै महत्वपूर्ण हुन्छ। साथै यसमा भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रक्रिया र दाँतका लागि अतिनै लाभदायी हुन्छ । यसमा अत्यन्त थोरै मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ यसमा शुन्य नै हुन्छ । गाजर खानु आँखाको स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटारयाक्ट जस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउछ । यसले रतन्धो हुनबाट समेत जोगाऊदछ । एक अनुसन्धानबाट बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ भन्ने कुरा समेत पत्ता लागेको छ ।
गाजरमा पाइने विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्वले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्वहरुले मुटुको रोग लाग्न सक्ने खतरा समेत धेरै नै कम हुने देखाएको छ । गाजरमा उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् जसले खराब कोलस्टेरोललाई हटाउछ । यसै कारण हृदयाघात हुने सम्भावना समेत रहदैन ।

गाजरमा पाइने पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । यीनै तत्वहरुले क्यान्सर लगाउने कोषलाई समेत नष्ट पारिदिन्छ । गाजरको नियमित उपभोग गर्नाले यसमा भएका विभिन्न पोषक तत्वहरु र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने तथा शरीरमा बिभिन्न रोग बिरुद्ध कवचको जस्तै काम गर्दछ। साथै गाजरमा हुने भिटामिन ए ले शरीरमा हुने विषाक्त पदार्थ निकाल्न कलेजोलाई मद्दत गर्दछ। यसले कलेजोमा हुने चिल्लो पदार्थ तथा पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा महत्वपूर्ण सहयोग गर्छ । 
अतः गाजरलाई नियमित आफ्नो खाना तथा खाजाको रुपमा उपभोग गर्ने बानबसालौ र निरोगी भइ जीवन गुजरौ।   

Sunday, July 24, 2016

भ्रष्ट्राचारी ! गर्वको साथ भन्न सक्छौं ।

- हामी कहाँ छौं ? कुन देशमा बस्छौं ? भनि कसैले प्रश्न गरेमा,
हामी, त्यो देशमा बस्छौं जहाँ अहिले बर्षाको समयमा पुर्व देखि पश्चिम तराइ सम्मका शहर बजार तथा गाउँ घरमा बाढी पसेर धनजन, अन्न बाली तहसनहस बनाएर जीवन जिउन समेत कष्टकर बनाएको समयमा , फेरी लगातारको वर्षा बाट नदीमा पानीको सतह बढेर उर्लेको बाढीबाट ज्यान जोगाउन घरबार छोडेर खुला आकाश मुनी जीवन यापन गरिरहेका नागरिकहरुको कुनै वास्ता समेत नगर्ने, अनि बिनाशकरी भूकम्पले तहसनहस परेको नेपालीको जीवनमा लगातार भएको वर्षाको कारण आएको बाढी र खाशेको पहिरोले झनै बिचल्ली बनाई परेको अवश्थामा समेत देशको नागरिकहरुको बेवास्ता गरि शत्ताको लुछाचुडी र भागवण्डा मै सिमित रहने देशको सरकार अनि सरकार चलाउने मन्त्रिगणहरु र पक्ष विपक्षका नेताहरु अझ उनीहरुलाई नेता भन्दानी ठेकेदारहरु भन्दा अत्युक्ति नहोला। हो हामी त्यहि देशमा बस्छौं।
हामी, देशमा नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न पाइदैन अनि स्वास्थ्य शिक्षामा समेत मनोमानी गर्न पाइदैन भनि आमरण अनशन बस्ने प्राध्यापक डाक्टर गोबिन्द केसीको १३ १३ दिन सम्म पनि केही वास्ता नगर्ने बरु मापदण्ड बिपरित खुलेका स्वास्थ्य शिक्ष बिषयमा अध्यापन गराउने शैक्षिक सँस्थाहरुको लहलहैमा लगेर उल्टै प्राध्यापक डाक्टर केसीलाई पागलको संज्ञा दिने सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु सदनमा थुप्रिएर असारेभाकामा एकले अर्कोको बिरोध गर्दै जुवारी मात्रै खेल्नेहरुले चलाएको देशमा बस्छौ।
हामी, ब्यापारी तथा व्यवसायीहरुले देशमा जनस्वास्थ्य हित बिपरित जे जस्तो खाध्य सामाग्रीहरु खुलेआम बेच्दा र बासी सडेगलेको खाध्य सामग्रीहरु घोषणा गरेरै ग्राहकहरुलाई बेच्छौ भनेर भन्दा समेत केही कारवाही गर्न नसक्ने  सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन भाएको देशमा बस्छौ।
हामी, रक्षक नै भक्षक, भ्रष्ट्राचारले ओतप्रोत भएको राष्ट्र, जहाँको   सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन सबका सबका भ्रष्ट्राचारी भएको देशमा बस्छौ।
भनेर हामी गर्वको साथ भन्न सक्छौं।
  

Thursday, July 21, 2016

HIV को औषधि छेपारोको मासु !

हुन त्, नहुने र हुन नकस्ने कुरा सायदै केही होला यो जगतमा। तैपनि, कुरा सुन्दा अचम्म लाग्न सक्छ तर कुरो एकदम सत्य हो कि एउटा छेपारोको मूल्य लाखौँ रुपैया सम्म पर्दो रहेछ। अहिले चीनमा एक विशेष प्रजातिको एउटा छेपारोको मूल्य साठी लाख रुपैया भन्दा बढी मुल्य तिर्नु पर्छ। 
यो दुर्लभ छेपारोको नाम गिको हो र यसलाई टक के पनि भनेर चिनिन्छ । यो छेपारोले विशेष प्रकारको टक के भनेको जस्तो आवाज निकाल्ने भएकोले नै यो छेपारोलाई चीनमा टक के छेपारो भनेर समेत चिनिन्छ। चीनको बजारमा यो छेपारोको मूल्य ६० लाख रुपैया भन्दा पनि धेरै करिब ६४ लाख रुपैया जति पर्दछ । एउटा छेपारोको मूल्य यति धेरै पर्नुको खास कारण यस छेपारोमा पाइने विशेष औषधियुक्त गुणहरु नै हो ।
चीनमा बिशेष तह यो छेपारोको मासुलाई परम्परागत औषधि बनाउनमा प्रयोग गरिन्छ। यसरी निर्मित औषधि, दक्षिण पूर्बि एसियामा मधुमेह, एड्स तथा क्यान्सर जस्ता रोग निको पार्ने कार्यमा परम्परागत औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिशेष यौन क्षमता बढाउने औषधि बनाउनमा समेत यो छेपारोको मासु प्रयोग गरिने भएकोले पनि यो छेपारो यति धेरै मूल्यवान भएको हुनसक्छ। यीनै कारणहरुले गर्दा नै यो छेपारो अमुल्य हुनगएको हो । 
यो छेपारोको अन्तराष्ट्रिय कालो बजारमा समेत उच्च माग रहेको छ। यसको तस्करी लाखौँ रुपैयामा समेत हुने गरेको भेटिएको छ । यो प्रजातिको छेपारो दक्षिण पूर्बि एसिया लगाएत इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइन्छ । तर बिश्व भरि भैरहेको लगातारको वन विनाशको कारण यस प्रजातिको छेपारो लोपोन्मुख अवश्थामा पुगेको छ ।

Wednesday, July 20, 2016

पेटमा लागेको बोसो यसरी घटाउन सकिन्छ।

भ्यात्ल्याक भुडी झुण्डिएर सर्टको टाँक कतिचोटी हो कतिचोटी चुडेको, येसो उमेर सुहाउदो केटीसंग अफेयेर चलाउन लाग्यो भुडीकै कारण कुरो नमिल्ने। साथीभाईहरु बिच पनि त्यहि भुडीकै कारण हास्य पात्र बनिने। आफ्नो भएको व्यक्तित्व समेत यही भुडीले सिध्याई दिने। अनि रोगहरुको भकारी समेत त्यही भुडी। त्यसैले अब यो भ्यात्ल्याक निस्केको भुडीलाई केही नगरी भयो त् ? हजुर, तपाइहरुले पनि अवश्य धेरै कुराहरु गरिसक्नु भयो होला त्यो अबगुण नै अबगुणले भरिएको भुडी घटाउन। तैपनि केही नलागेको भए आउनुहोस, केही सरल उपाय यहाँ उल्लेख गरिएको छ।  
कुरा सुन्दा,पढ्दा केही अनौठो लाग्न सक्छ, तर कुरा सही हो। नेदरल्याण्डको वागेनिजन युनिभर्सिटीका प्रमुख लेखक गुइड़ो कैंप्सको अग्रणी भूमिका रहेको सोधकार्यमा सहभागीहरुको MRI गरिएको र प्राप्त रिपोर्टको आधारमा यो निश्कर्ष निकालिएको हो। यो प्रतिवेदन पोर्चुगलमा वार्षिक रुपमा आयोजना हुने सोसाइटी फर द स्टडिज अफ इन्वेष्टिगेटिव विहेभिएर  बैठकमा प्रष्तुत  गरिएको थियो। 
प्रतिवेदनमा उल्लेख गरिएको छ, खाना खाने क्रममा पानी पिउने बानी भएकाहरुलाई त् राम्रै भयो। यदी त्यसरी खाना खादा पानी पिउने बानी छैन भने अब पानी पिउने बानि बसाल्नुहोस। किनकी त्यसरी खाना खाने क्रममा तपाईले बारम्बार पानी पिउनु हुन्छ भने, तपाइको पेट चाडै भरिन्छ र पेट भरिएको सन्देश मस्तिष्कमा पठाउछ। त्यसरी पेटले पठाएको प्राप्त सन्देशको आधारमा मस्तिष्कले आवश्यकता अनुसार परिपूर्ति भइसकेकोले अब खानेकुराको आवश्यकता छैन भन्ने निर्णय गर्छ र खानाखाने कार्य रोक्न निर्देशन दिन्छ। यसरी तपाई खाना कम वा सधै खाने भन्दा थोरै खान थाल्नु हुन्छ। अब यसपछिको कुरो त् यहाँ उल्लेख गरिरहनु पर्दैन होला।  तपाईको बढेको वजन तथा भुडी अवश्य घट्ने छ। जुन मात्रामा तपाइले पहिले खानेकुरा खानु हुन्थ्यो अब
पानी धेरै पिउनाले त्यसको मात्रा घट्न जान्छ। यसरी धेरै पानी पिउनाले पेट टन्न भएर खाना खान पनि मन लाग्दैन, यसले गर्दा हाम्रो शरिरमा अनावश्यक चिल्लो पदार्थको मात्रा समेत घट्न जानुका साथै पेट सफा हुनजान्छ।  यसरी तपाइको वजन  घट्ने र पेटमा थुप्रिएको अनावश्यक बिकरहरु समेत निस्काशित हुनुका साथै अनावश्यक रुपमा बढेको भ्यात्ले भुडी समेत घटेर आकर्षक देखिनु हुनेछ।  

Tuesday, July 19, 2016

महँगीको मारमा सर्वसाधारण जनता ?

नेपालमा जुन हिसाबमा बजारमा महँगी बढेको छ त्यही दरमा बिकाश कार्य हुने हो भने देश कहाँ पुग्ने थियो भन्ने आँकलन जापान, द.कोरियाको बिकाशको वृतान्त बुझ्नेहरुलाई पक्कै पनि थाहा होला। अहिले नेपालमा महँगी यस्तरी चुलिएको छ कि त्यसको कुनै सिमा नै छैन। तर त्यसरी महँगी बढ्नुको ठोस कारण चाही सायदै केहि होला। बिशेष दैनिक उपभोग्य बस्तुहरुमा भएको अनियन्त्रित मुल्य वृद्धिको मार सर्वसाधारणले खेप्नु परिरहेको छ। बिना कारण यस्तरी महँगी किन बढिरहेको छ ? यसको जवाफ नत सम्बन्धित सरकारी निकाय संग छ न नै ब्यापारीहरु संग छ। फेरी यसरी बढेको महंगीको फाइदा न त् खुद्र ब्यापारीलाई छ न थोक बिक्रेतालाई छ, न नै कृषकहरुलाई छ। यसको फाइदा बिनालगानी, बिना मेहनत खाली बिचौलियाहरुले दलाली गरेको भरमा लिइरहेका छन्। र तिनै दलालहरुले समय र परिस्थिति अनुसार मूल्य निर्धारण गर्छन न कि माग र आपूर्तिको नियमानुसार मूल्य निर्धारण गरिन्छ। अतः यस्तो अबस्थामा समेत सम्बन्धित निकाय चुप लागिरहेको छ। सरकार तथा सम्बन्धित निकायको काम खाली समय समयमा नाम मात्रको अनुगमन गर्ने तलब भत्ता पकाउने बस। नागरिकहरुले तिरेको कर बाट पालिएका त्यस्ता सरकार र सरकारी कर्मचारी हरुको दायित्व खोइ के हो ? देशको नागरिकहरुलाई त्यस्ता दलालहरु र कालाबजारियाहरुले लुटेजी हेर्ने मात्रै हो त? फेरी सरकारी कर्मंचारीको तलब बढेको भन्ने कुरा मात्रै बाहिर आयो भने महँगी तुरुन्तै बढ्छ, यहाँ निजी क्षेत्रमा काम गर्ने कामदार तथा दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुको के अवस्था हुन्छ ? यो कुर सबैले बुझे पनि कोहि कसैले केहि गरिदैन। खोई त्यस्तोमा सम्बन्धित निकायले केहि गरेको आजको मितिसम्म केहि सुनिएको छैन।के जसले जे गरेनी हुन्छ त् ? देशमा नियम कानून भन्ने केहि छैन ? कि भएपनि त्यसको पालना कसैले गर्नु पर्दैन। देशमा बिध्यमान नियम कानूनकोको पालना सबै नागरिकहरुले गर्नै पर्छ, यदी कोहि कसैले पालना गर्दैनन् भने संबन्धित निकायले नियमानुसार गरेको कसूर बमोजिम सजाय दिनै पर्छ। यदि त्यसो होइन भने सरकारको के अस्तित्व रह्यो ? देशको नियम कानूनको के औचित्य रह्यो ? जसले जसरी जे गरेनी भयो। अनि यो सबै भैसकेपछि देशको नै अस्तित्व कहाँ रह्यो त् ? अतः अहिले देखिएको यो साधारण कुराले भोली निकट भविष्यमै राष्ट्रिय संकटको रुपमा परिणत नहोश र त्यसले राष्ट्रिय अश्तित्वलाई नै अप्ठ्यारो नपारोस, किनकी कुनैपनि कुराको एउटा सिमा हुन्छ, त्यो सिमा काटेपछि त्यहि हुन्छ जे अहिले भोटे कोशीबाट कोशी किनार बस्ने सिन्धुपाल्चोक बासी तथा सो क्षेत्रलाई गरेको छ। त्यसैले समय मै सबै सचेत भएर नियमानुसार गर्नु गराउनु नै उचित हुने कुरामा कसैको दुइमत नहोला। 

Friday, July 15, 2016

हामीले खाने माछा यस्तो छ !

जनस्वास्थ्यमा खेलबाड ! 
मन्त्री सहितको सरकारी अनुगमन टोलीलाई ठाडो जवाफ माछा ब्यापारीको:
‘तपाईँहरूका लागि झिँगा भन्किएको होला तर यही माछा हामी पाँच तारे होटलमा बेच्छौ,’
फोटोमा देखिएको झैँ अवस्थामा झिँगा भन्केर माछालाई नै नदेख्ने गरी झिँगाले ढाकेर राखेको माछालाई कालिमाटी तरकारी बजारमा ताजा माछा भनेर बेच्न राखेको अवस्थामा अनुगमनको क्रममा फेला परेको थियो। आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग र पत्रकार सहितको टोलीले गत साता बजारमा विशेष अनुगमन गरेको बेला झिँगा भन्किएका माछा ताजा माछा भन्दै बिक्रीका लागि राखिएको समेत भेटाएको थियो । टोलीमा भएका मध्ये एक उच्च अधिकृतको भनाइ अनुसार अनुगमनको क्रममा ताजा माछा भनेर किन्ने गरेको माछा त झिंगाले ढाकेर पुरै कालो भएको अवस्थामा फेला पर्‍यो, साथै माछाको थोक बजारमा पाइएका अधिकांश माछा विग्रेको सडेगलेको अवस्थामा समेत फेला परेको थियो। त्यस्तो माछा बिक्रीको लागि राखेको भेटेपछि सम्बन्धित थोक बिक्रेतासंग बुझ्दा त्यस्तो माछा पाँच तारे होटलहरुमा दैनिक बिक्री गरिन्छ, भन्ने जानकारी प्राप्त भयो। यदि यो कुरा सही हो भने किन तुरुन्त त्यस्ता ब्यापारी माथि कारवाही गरिएन ? अधिकार प्राप्त सरकारी अनुगमन टोली खाली कुन ब्यापारीले कति उपभोग गर्न नमिल्ने सामानहरु बिक्री गर्छन भनेर हेर्न मात्रै गएका हुन् कि के हो ? होइन भने त्यस्ता ब्यापारीहरुलाई के  कस्तो कारवाही भयो वा हुदैछ ?   
आपूर्ति मन्त्री ज्युको नेतृत्वमा भएको अनुगमन टोलीले त्यस्ता ब्यापारीहरुलाई मानवीय संवेदनालाई बुझेर सरसफाइ गर्दै गुणस्तरिय सामान बिक्री गर्ने आग्रह बाहेक अरु केहि गर्न नसकेको सर्वसाधारण उपभोक्ताहरुको गुनासो छ, हामी सर्वसाधारण उपभोक्ताको हकहितको सम्बन्धमा कसले बोलिदिने ? सरकार नै लाचार भएपछि ।
तर व्यापारीहरु भने वर्षा सिजन भएकाले झिंगा लाग्नु सामान्य भएको भन्दै यी माछा ताजा भएको तर्क गरे। कालिमाटीकै एक माछा ब्यापारी भन्दै थिए,‘ तपाईँहरुले भनेर हुन्छ हाम्रा माछा पाँच तारे होटलमा जान्छ।’

Sunday, July 10, 2016

बाठा, बलिया र अराजकता !

 हिन्दीमा एउटा उखान छ, "जीसकी लाठी उसीकी भैँस" याने जसको हातमा लट्ठी हुन्छ, भैंसी  पनि उसैको हुन्छ। यो कुरो कतिको व्यवहारिक हो वा होइन ? त्यता तिर नलागी, अहिले हाम्रो देशको अवस्था हेर्ने हो भने यो कुरो एकदम सहि तरीकाले लागु हुन्छ र त्यही नै भैरहेको पनि छ।
नियम, कानून, आपसी सम्झौता अनुसार गरिएको भएपनि अझ संविधानमै उल्लेख गरेर राष्ट्रलाई हित हुने केहि कार्य गरिन लागेको वा गरिने योजना मात्रै केहि बनेको भएमा पनि त्यस्ता कुराहरु यदि आफु र पार्टी अनुकुल नभएमा त्यस्ता कुराको ठुलो बिरोध हुन्छ वा गरिन्छ। त्यसमा राजनीतिक रंग चढाएर आन्दोलन नै सुरु हुन्छ। चक्का जाम, हड्ताल तोडफोड मसाल जुलुस अनि नेपाल बन्द नै गरिन्छ। यसरी गरिने विरोधबाट राष्ट्रले दैनिक अरबौँ  रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु पर्छ भने सर्वसाधारण जनताहरुले सामना गर्ने समस्याहरुको त् कुरै नगरौं। त्यसमापनि असाहय तथा बृद्ध अनि बिरामीहरुले सामना गर्नु पर्ने अप्ठ्याराहरुको त् के कुरा गर्ने, केहि नभनी सबैले बुझ्ने कुरा भए यी त् । तैपनि आफ्नो स्वार्थपूर्तिको लागि केहि औलाले गन्न सक्ने छट्टु कार्यकर्ताहरुलाई लगाएर निमुखा सोझा कार्यकर्ताहरुलाई परिचल गरि सार्वजनिक सम्पति तोडफोट गर्ने, दैनिक कमाई खाने सवारीका साधन तोडफोड, आगजनी गरिदिने जस्ता कार्यहरु गर्दै आफ्नो पाखुरीको बलको प्रदर्शन गर्न थाल्छन ।
राष्ट्रले राष्ट्रिय तथा जनहितका लागि पुराना र समयानुकुल नभएका नीति नियमलाई परिमार्जन गर्दै राष्ट्रिय तथा जनहितकालागि समयानुकुल कानून तथा नीति नियमहरु क्याबिनेट स्तरबाट पारित गरेर लागु गराउन खोज्दा पछि बिभिन्न बहानामा त्यस्ता कुराको  समेत बिरोध गर्छन, बिरोध मात्रै नभएर आन्दोलन नै सुरुहुन्छ, अनि तोडफोड र आगजनी के के  के के, त्यसको यहाँ के उल्लेख गरौँ, सबैलाई थाहा भएकै कुरा हो।
फेरी मुख्य कुरो अर्कै छ, यसरी बिरोध भएपछि सरकार पछि हटीदिन्छ र आफुले गरेको निर्णय फिर्ता गर्छ वा आन्दोलनकारीले राखेको माग पुरा गरिदिने बहानामा आफुले गरेको पुर्व निर्णयमा आन्दोलनकारीको चाहना अनुसार नै परिवर्तन गरिदिन्छ । यसरी हरेक क्षेत्रमा सरकार निरही हुदै गएको देखिन्छ। शिक्षाको कुरा गर्ने हो भने अब सरकारले एउटा नीति ल्याएको हुन्छ  स्कूलहरुले आफ्नो स्कूल अनुकुल र आफ्नो स्कुललाई बढी फाइदा हुने नीतिनियम अबलम्बन गरी संचालन गरेका हुन्छन। स्वास्थ्यमा तेस्तै छ, सरकारले तोकेको मापदण्ड बिपरित स्वास्थ्य संस्थाहरु संचालन भैरहेका छन् र सोही अनुसार शुल्क अशुली रहेका छन भने उपभोक्ता मुखी उद्योग व्यापार व्यवशायहरु पनि सरकारले जनहित तथा जनस्वास्थ्यको लागि निर्धारण गरेको न्युनतम गुणस्तर वा मापदण्ड भन्दा निकै तल झरेर उपभोग्य सामाग्रीहरु उत्पादन गरि त्यसरी नै मुल्य अशुलिरहेका छन्। त्यस्तै सेवामुलक उद्योग व्यवशायहरुले पनि त्यसरीनै सरकारी नीति र मापदण्ड बिपरित सेवा प्रदान गरेर अत्याधिक सेवा शुल्क तथा नाफा अशुल्छन। यसरी राष्ट्र समाज र जनहित बिपरित कार्य गर्ने अनि त्यसमा सम्बन्धित निकायले प्रचलित नियम कानून अनुसार कारवाही गर्यो भने कारवाहीमा पर्नेले बिरोध गर्ने आन्दोलन गर्ने, के के हो के के, जो चोर उसैको ठुलो स्वर भने झैँ छ ।
अब हुदाहुदा, अनुगमन गर्न आएका सरकारी प्रतिनिधिहरुलाई जेले पायो तेसैले हिर्काउने तथानाम गालीगलौच गर्ने हात हालाहाल गर्ने जस्ता कार्य गर्छन व्यापार व्यवशायीहरु, फेरी बिडम्बना, प्रचलित नियम कानून अनुसार कम गर्न आएका सरकारी कर्मचारीहरुलाई त्यसरी बाधा अड्चन पुर्याउने र गालीगलौच तथा हात हाल्ने जस्तो कार्य गर्नेलाई  केहि गरिदैन। यसले गर्दा काम गर्ने कर्मचारीहरुको मनोबल घट्ने तथा त्यस्ता अराजक कार्य गर्नेको मनोबल बढ्ने हुनाले सम्बन्धित निकायले समयमै कडाइका साथ नियमानुसार काम कारवाही नगरेमा समाजमा यस्तै अराजकता फैलिने र समाज नै गलत बाटोमा डोरिने कुरालाई नकार्न सकिदैन। अतः यस्तो कुरालाई समयमा नै मनन गरि उचित कदम चाल्न सम्बन्धित निकायलाई समेत सुचित गरिन्छ।