Tuesday, December 6, 2011

बिभिन्न रोगहरुको समाधान दैनिक एउटा स्याउ


एन एप्पल ए डे कीप्स डॉक्टर अवे

स्वास्थ्यकोलागि  स्याउ बरदान नै हो भन्दा फरक नपर्ला ।किनकी स्याउमा प्रोटीन तथा विटामिनहरु  प्रसस्त मात्रमा पाइन्छ र यो रसिलो सुन्दर फलले रगतमा हुने हानिकारक कोलेस्ट्रल घटाउन समेत मदत गर्दछ  । जसको फलस्वरूप ब्लडप्रेशरलाई सामान्य बनाई राख्न समेत सहयोग  गर्दछ  । स्याउमा पेक्टिनको सजिलै घुल्ने रेशाहरु प्रसस्त हुन्छन, जसले रगतमा भएको कोलेस्ट्रलको मात्रलाई घटाउने काम गर्दछ र शरीरको लागि ब्याक्टेरिया निरोधकको काम गर्छ  

आहार (खाना) बिशेषज्ञहरुका अनुसार स्याउमा प्रसस्त मात्रामा घुलनशील रेशाहरु हुने भएकोले नै यो स्वास्थ्यकोलागि धेरै फाइदाजनक भएको हो  । साथै यसमा जेल जस्तो एक किसिमको प्राकृतिक पदार्थ पनि हुन्छ, जसले रगतमा हुने कोलेस्ट्रलको मात्रलाई घटाएर हृदयघात तथा धमनीहरुमा हुनसक्ने रोगहरुको जोखिमलाई समेत घटाउन सहयोग गर्दछ 
साथै स्याउमा पाइने नाघुलने रेशाहरुले समेत हाम्रो स्वास्थ्यलाई निकै फाइदा गर्दछ । ती रेशाहरुले सजिलै पचाउन नसक्ने र पेट डुम्म भएर फुल्ने, सधै पेट भरिएको जस्तो हुने यस्तो अपच तथा पेट सम्बन्धि अन्य रोगहरु जस्तै पेट निमोठ्ने, डाइवरटीक्युलसिस आदि रोगहरु समेत निर्मुल पार्न सघाउछ, जुन कोलोनको क्यान्सर, एपेन्डिक्स,हीमोरॉयड, हर्निया र गलस्टोन जस्तो रोगहरुका कारणहरु  हुन्     

स्याउ बिशेष गरी नाताछी खानु पर्दछ, किनकि स्याउको बोक्रामा धेरै प्रकारका पोशाक तत्वहरु पाइन्छ  एउटा स्याउको बोक्रामा औसतमा करीब ४ मिलिग्राम क्वेरसेटिन हुन्छ । क्वेरसेटिनमा प्रसस्त मात्रामा एंटीअक्सीडेंट पाइन्छ । जसको सहयोगले कोशीकाहरु तन्दुरुस्त भैरहन्छन । यो तत्वले बयुमण्डलमा पाइने क्यान्सरका जीवाणुहरुबाट समेत जोगाउछ  जसको फलस्वरूप शरीरमा हुन सन्क्ने क्यान्सरको विकास तथा प्रसारलाई रोक्न सहयोग गर्दछ । साथै शरीरको कुनैपनि भागमा पोलेको जस्तो हुने रोगलाई समेत स्याउमा पाइने क्वेरसेटिनले निर्मुल गर्न सहयोग पुरयाउदछ । किनकी यो तत्वमा शरीरमा पोल्ने रोक्ने (निर्मुल) पर्ने गुण हुन्छ । यसमा पाइने त्यो तत्वले धेरै प्रकारले हुने एलर्जीबाट समेत शरीरलाई शुरक्षित राख्छ । बिशेषज्ञका अनुसार स्याउमा पालिफेनल एंटीअक्सीडेंट यानी ल्यूटीन, लाइकोपेन, केरोटिन और एंथोसाइनिन र फ्लेवनाइड याने फाइटोन्यूट्रिएंट जस्ता तत्व हरु प्रसस्त पाइन्छ   जसले शरीरको प्रतिरोधात्मक प्रणालीलाई राम्रो संग संचालन गर्न सघाउछ । बायु मण्डलमा पाइने ब्याक्टेरिया र भाइरसहरुबाट हुने बिभिन्न प्रकारको दुष्प्रभावबाट स्याउमा पाइने पलिफेनल एन्टीअक्सिडेन्ट र फाईटोन्युट्रीएन्ट तत्वले सुरक्षित राख्न अहम भूमिका खेल्दछ        
स्याउ पाइने यीनै खुबिहरुलाई मध्यनजरमा  राखी पश्चिमी देशहरुमा प्रतेक बर्ष ३० नोभेम्बरलाई 'इट एन अप्पल ए डे' (eat an apple a day) मनाइन्छ । त्यसैले दिनानु दिन बढ्दै गएको रोगहरुको स्पिडलाई रोक्न स्याउको दैनिक सेवनले ठुलो सहयोग पुरयाउदछ 

Wednesday, November 30, 2011

कसलाई कति क्यालोरीको आवश्यकता पर्छ


कसलाई कति क्यालोरीको आवश्यकता पर्छ  
उमेर 
दैनिक आवश्यक क्यालोरी 
एक बर्ष सम्म 
            १००  क्यालोरी प्रति कि.ग्रा. शरीरको तौल
1-3 बर्ष सम्म 
१२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल   
4-6 बर्ष सम्म 
१५०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
7-9 बर्ष सम्म 
१८०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
10-12 बर्ष सम्म 
२१०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
13-15 बर्ष सम्म (केटा)
२५०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
13-15 बर्ष सम्म (केटी)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
16-18 बर्ष सम्म (केटा)
३००० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
16-18 बर्ष सम्म (केटी)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
पुरुष (सामान्य मेहनत गर्ने)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
पुरुष (धेरै मेहनत गर्ने)
३४०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
महिला (सामान्य मेहनत गर्ने) 
१९०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
महिला (धेरै मेहनत गर्ने) 
२८०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 












तपाई शारीरिकरुपमा फिट हुनुहुन्छ की हुन्न ?


हिजोआज कुनै पनि उमेरमा शरीरको तौल बढ्नु वा मोटाउनु  एउटा ठुलो समस्या भैसकेको छ । अहिले जो शारीरिक रुपमा फिट छन् उनीहरु आफ्नो तौल बढ्न नदिन बिभिन्न उपायका साथै रेगुलर एक्सरसाइजहरु गर्छन, भने जो अनावश्यक मोटा र बढी तौलका छन् उनीहरु त्यसलाई हर तरहले घटाउन खोज्छन । यीनै कुरालाई मध्यनजरमा राखी एक्सपर्टको सल्लाह र सुझाबहरु यहाँ राखिएको छ, जसले हरकोहिलाई अवश्य सहयोग गर्ने अपेक्षा गरिन्छ ।

   आफ्नो BMI पत्ता लगाऔं  
मुख्य कुरा त यो हो की के लाई वा कस्तो अवश्थालाई शारीरिकरुपमा फिट भनिन्छ भन्ने कुरा जान्नु पर्छ । WHO को मान्यता अनुसार एक स्वास्थ्य व्यक्ति को BMI (Body Mass Index) २५ हुनु जरूरी हुन्छ  । तर दक्षिण एशियाली मुलुकका मानिसहरुमा भने २३ BMI हुनु पर्छ  । किनकि पश्चिमेली मानीसहरुको तुलनामा दक्षिण एशियाली मुलुकका मानिसहरुमा ५ प्रतिशत बढी फ्याट हुन्छ । 
BMI  कसरी निकाल्ने  
बडी मॉस इंडेक्स (BMI)= तौल ( किलो मा  ) लंबाई ( मीटर मा  )  
यदी तपाइको तौल ६० किलो छ र उचाई (hight) १६०  सेंटीमीटर यानी १.६  मीटर छ भने ।
BMI= 60 / 1.6 x 1.6 = 60 / 2.56 = 23.4(यानी तपाई फिट हुनुहुन्छ)
1. 23 वा यो भन्दा कम - फिट
2. 24 देखि  25- ओवरवेट (बढी तौल)
3. 26 देखि 30- मोटो
4. 30 भन्दा बढी - धेरै मोटो
5. 19 भन्दा कम - अंडरवेट (कम तौल)

BMI कम्मरको मोटाइबाट समेत पत्ता लगाउन सकिन्छ 
तपाईको तौल बढी छ वा छैन भनेर पत्ता लगाउने सबै भन्दा सरल र बिश्वशिलो तरिका हो BMI बाट पत्ता लगाउने तरिका  । 
तर यस देखि बाहेक हामी हाम्रो कम्मरको मोटाइ नापेर समेत हामी आफ्नो तौल बढी छ छैन पत्ता लगाउन सकिन्छ । जुन यहाँ तल उल्लेख गरिएको छ: 
महिलाहरुको लागि  
सामान्य : 32 इन्च भन्दा कम
बढी      : 32 देखि 35 इन्च
धेरै बढी : 35 इन्च भन्दा बढी

पुरुषहरुको लागि  
सामान्य : 37 इन्च भन्दा कम
बढी      : 37 इन्च देखि 40 इन्च
धेरै बढी : 40 इन्च भन्दा धेरै  

Thursday, November 17, 2011

अन्डाको बढी सेवन क्यान्सरको खतरा


बोस्टन हार्वर्ड स्कुल अफ मेडिसिनका वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागे  अनुसार हफ्तामा 3 भन्दा बढी अन्डा खानाले प्रोस्टेट (अन्डकोष) को क्यान्सर हुने खतरा बढ्छ । अन्डामा पाइने कोलेस्ट्रोल र कोलाइनका कारण क्यान्सर हुन सक्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् । यसअघि बि्रटेनका वैज्ञानिकले पनि 3 भन्दा बढी अन्डा खानाले हर्टएट्याक र स्ट्रोकको खतरा हुने बताएका थिए । अनुसन्धानबाट अन्डामा हुने कोलेस्ट्रोलको अति न्यून मात्रा मात्र रगतसम्म पुग्न पाउँछ, जसले नगण्य क्षति पुर्‍याउँछ ।
उसो त अन्डा र प्रोस्टेट क्यान्सरबीचको पछिल्लो सम्बन्धलाई लिएर पनि अझै अनुसन्धान सकिएको त छैन । तर यसका उपभोक्तालाई भने सावधानी अपनाउनै पर्छ ।

मधुमेह रोग - एक विकराल स्वास्थ्य समस्या


शरीरमा चिनी अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौ । यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणाली प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरूः जस्तै आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।
हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांकअनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यीमध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।
नेपालमा पनि मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । खासगरी सहरी क्षेत्रका वासिन्दमा अत्यन्तै बढ्दो मात्रामा देखिएको छ । नेपाल मधुमेह संघको एक प्रतिवेदनअनुसार सहरी क्षेत्रमा २० वर्ष माथिका कुल जनसंख्यामध्ये १५ प्रतिशत र ४० वर्ष माथिका करिब १९ प्रतिशतमा मधुमेह रोग भएको देखाइएको छ । हाल नेपालमा करिब आठ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । बढ्दो सहरीकरणसँगै शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, मोटोपनको नै यो रोग फैलनुका प्रमुख कारक तत्त्व हुन् । ९०-९५ प्रतिशत मधुमेहका बिरामी खासगरी वयस्क अर्थात् ४० वर्ष माथिकालाई हुने गर्छ । जसलाई दोस्रो प्रकारको मधुमेहमा वर्गीकरण गरिएको छ । बच्चाहरूमा देखिने पहिलो प्रकारको मधुमेह पनि वाषिर्क ३ प्रतिशतले बढेको छ । जसअनुसार प्रत्येक वर्ष संसारमा ७०,००० बालबालिका यस समस्याबाट प्रभावित हुने अनुमान छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा देखिन्छ । जसबाट करिब एक प्रतिशत गर्भवती महिला प्रभावित हुने गरेको पाइन्छ । धेरैमा शिशु जन्मेपछि मधुमेहको अवस्था हटे पनि कतिपय महिलामा यो रोग जीवनभर नै हुनसक्छ ।
मधुमेह सरुवा रोग होइन, तर यो हुने कारणहरूमध्ये वंशानुगत पनि प्रमुख कारणको रूपमा देखिएको छ । बुबाआमामध्ये एकजना अथवा दुवैजनामा मधुमेह भएमा छोराछोरीलाई पनि हुने सम्भावना अत्यन्तै बढी हुन्छ । अतः परिवारमा मधुमेह भएमा अन्य व्यक्ति विशेष सचेत हुनु आवश्यक छ । मधुमेह रोग भएमा देखिने प्रमुख लक्षणमा धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।
मधुमेह हुँदा आँखामा देखिने असर
मधुमेहले शरीरका अन्य भागहरू जस्तै- आँखाको दृष्टि पर्दा (रेटिना) का रक्त नसाहरूमा असर पुर्‍याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत  बनाउन सक्छ । जसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्त्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । मधुमेहले असर गर्दा सुुरुमा रेटिनामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । तर यदि समयमै उपचार (लेजर पद्धति) नभए नयाँ-नयाँ रक्तनसाको वृद्घकिा साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कने र जलविन्दुको समस्या भई दृष्टि सधैंका लागि गुम्ने हुन्छ । सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ । जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा यो संख्या निकै बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । सही ज्ञानको अभावका कारण धेरै बिरामी दृष्टि धमिलो भएपछि मात्र आँखा जचाउन आउने हुँदा यो रोगले आँखामा धेरै असर पुर्‍याइसकेको हुन्छ र दृष्टि बचाउन निकै गाह्रो पर्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहीन हुने र १० प्रतिशतमा ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ ।
रेटिनामा छिटो असर देखापर्ने अन्य कारणहरूमा सानै उमेरमा देखापर्ने मधुमेह, रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूमपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुख मानिन्छन् । मधुमेहका बिरामीमा आँखामा देखापर्ने अन्य समस्यामा आँखाको परेलामा पटक-पटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिरमिर हुने, चस्माको पावर छिटोछिटो परिवर्तन हुने, आँसुको कमी (सुख्खापन बढ्ने), आँखाको संक्रमण बढी हुने, मोतीविन्दु छिटो देखापर्ने र जलविन्दुको सम्भावना बढी हुन्छ । हाल विश्वमा भएका कुल दृष्टिविहीनमध्ये ४.८ प्रतिशत मधुमेहका कारण भएको पाइएको छ ।
मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय ४० वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ, ताकि समयमै रोग पत्ता लगाउन सकियोस् । प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउनुपर्छ । उच्च रक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका  र धूमपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखापर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । यदि मधुमेहका बिरामीको रेटिनामा असर देखा परिसकेको भए नेत्र विशेषज्ञले भनेको समयमा नियमित परीक्षण र आँखाको उपचार गराउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, जुन खानपिनमा परहेज, शारीरिक व्यायाम र औषधीको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिन्छ । यी सावधानी अपनाउन सकेको खण्डमा मधुमेहले गर्दा हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वास्थ्य शिक्षा र जनचेतनामा अभिवृद्घ िगर्नु नै मधुमेह रोगको रोकथाम र नियन्त्रणको सजिलो र प्रभावकारी उपाय हो ।
डा. रबा थापा

Thursday, October 20, 2011

क्यासिनो रोयलमा लुटपाट

दरबार मार्गमा रहेको क्यासिनो रोयलमा  लुटपाट ! आज बिहान ५ बजे  तीर करिब ८/९ जनाको एक समुह क्यासिनोको अपरेशन एरिया भित्र प्रबेस गरी क्यासिनोमा कार्यरत सेक्युरिटी बिभागका केहि स्टाफहरुको संलग्नतामा यो घटना घतैएको भएको हो ! जुन समय यो घटना भएको थियो उक्त समयमा क्यासिनो मा खेल्न आउने गेस्टहरु पनि एकदमै कम हुने र त्यस समयमा स्टाफहरु पनि कम हुने भएकोले र भएको स्टाफहरु पनि थाकेको हुने यस्तो समयमा लुटेराहरुले मिलाएको देखिन्छ ! क्यासिनो कै केहि स्टाफहरुको संलग्नता देखिएकोले पनि उनीहरुले यसरी एका बिहानैको समयमा लुटेको हुनु पर्छ !
त्यस घटनाको विडियो क्लिप्स समेत यहाँ राखिएको छ !

लुटेराहरु अपरेशन एरियामा प्रवेश गरी पहिले सबै टेबल हरुबाट त्यहाँ भएको क्यास चिप्सहरु झोलाहरुमा राखेर पछी क्याश शाखामा गएर उनीहरुले त्यहाँ भएको क्याश चिप्स र नगदहरु झोलाहरुमा भरेर लागेका थिए !       

Monday, October 17, 2011

मानव तथा डायनासोरहरु एकै साथ बसेको प्रमाण फेला पर्यो

दक्षिण पश्चिमी चीनको एक दुर्गम जिल्लामा चिनिया तथा अमेरिकन बैज्ञानिकहरुको टोलीले करीब सात सय बर्ष भन्दा पहिले यस भेगमा मानव तथा डायनासोरहरु एकै साथ बस्थे भन्ने कुराको सबुत समेत फेलापरेका छन् ! यस्तो प्रकारको अनुसन्धानको प्रतिवेदन विश्वमा सबुत सहित भेटिएको कुरा प्रकाशित भएको यो पहिलो चोटी हो ।

त्यस परियोजनामा सम्मिलित तीन बैज्ञानिकहरु मध्ये एक चिनिया बैज्ञानिक जिंग लिदाको भनाई अनुसार क्विजिंयाग जिल्लाको लियानहुआ बाओझाइमा यस प्रकारको प्रमाण पाइएको हो, जुन प्रमाणहरुको अध्ययनबाट पत्ता लाग्यो की त्यस समयमा डायनासोरहरु हिडडुल गर्ने अर्कै प्रकारको बाटो र मानिसहरु हिडडुल गर्न अर्कै बाटो भेटियो, साथै त्यस बेलाको मानिसहरु किल्ला जस्तै घरहरु बनाएर बस्थे  

चिनिया बैज्ञानिक जिंगको भनाई अनुसार सम्भवत: सात सय बर्ष भन्दा अगाडी चिनियाहरू डायनासोरहरु संगै बस्दथे ! यस चिनिया र अमेरिकन बैज्ञानिकहरुको टोलीले गरेको अनुसन्धानको प्रतिवेदन जियोलोजिकल बुलेटिन अफ चाइनामा प्रकाशित भईसकेको छ !

Thursday, October 13, 2011

आवश्यकता


आवश्यकता 
तल उल्लेखित पदहरु खुला प्रतिष्पर्धाको आधारमा परिपूर्ति गर्नु पर्ने भएकोले 
निम्न योग्यता पुगेका उम्मेदवारहरुबाट दरख्वास्त आह्वान गरिन्छ !

  पद:        मन्त्रि / सभासदहरु
 संख्या:    केहि 
योग्यता तथा अनुभव : 
१. कम्तिमा १ जनाको हत्या गरेको हुनुपर्ने !
२. कम्तिमा ३ जना अवोध बालबालिकाको अपहरण गरेको हुनुपर्ने !
३. १०/२० को हातखुट्टा भाँचेर, मरणासन्न हुनेगरी कुटेको हुनुपर्ने !
४. साधारण जनताहरुलाई ठग्न, झुक्याउन, धम्काउन, आइपरे गोलि ठोक्न सक्ने !
५. घुस खाने कलामा निपुण भएको र जालसाजी गर्न खप्पिस !
६. आइपरे देश टुक्राउन अघिसर्ने र आफु बाहेक अरुलाई गलत देख्ने !
माथि उल्लेख गरिएका योग्यता सबै भन्दा बढी हुने उम्मेदवारहरुलाई बिशेस प्राथमिकता दिइने छ  !      

Tuesday, October 11, 2011

सेक्समा नया एक्सपेरिमेन्ट


sex.jpgके तपाई बेड रुममा मात्रै सेक्स (सम्भोग) गर्दा गर्दा दिक्क हुनु भएको छ ? र तपाई कुनै नौलो ठाउमा सेक्स गरेर नया अनुभब लिएर रोमान्चित हुन् चाहनु हुन्छ ? त्यसैले यसकोलागि सोफा, बाथरुममा समेत ट्राइ गरिसक्नु भयो भने, अब कुनै यस्तो नया स्थान खोज्नुहोस, जहाँ तपाई र तपाइको पार्टनरले खुलेर सेक्सको भरपुर मजालिन सक्नु हुनेछ । एउटा वास्तविक कुरा के हो भने, मानिसले  जिन्दगीमा सधैं केहिन केहि नया काम / कुराहरु वा नया एक्सपेरिमेन्ट गरिरहनु पर्छ, जसले जीवनमा केहिन केहि नयापन वा अझ भन्दा ताजापन र स्फूर्ति दिईरहन्छ !  मानिसहरु सधै एउटै काम गरिरहदा बोर हुन्छन,अझ सेक्समा त यो झन् लागु हुन्छ ! तेसैले नया पन र नया एक्सपेरिमेन्टसको लागि सेक्समा पार्टनरहरु चेन्ज गरिरहन्छन ! यो अविवाहित युवा युवतीहरुमा मात्रै होइन, कति विवाहितहरुमा पनि लागु हुन्छ ! जुन कुरा हामि हाम्रै वरिपरिका युवा युवती तथा विवाहित जोडीहरुमा समेत देख्न सक्छौं ! त्यसैले सफल बैवाहिक जीवन तथा सफल जिन्दगीकोलागि सधैं सेक्समा नयापन वा ताजापन रहिरहनु पर्छ ! त्यसको लागि यहाँ केहि त्यस्तो स्थानहरुको बारेमा उल्लेख गर्ने छौं, जहाँ तपाई आफ्नो पार्टनर संग खुलेर सेक्स गर्न सक्नु हुनेछ र त्यसको भरपुर मजा पनि लिनसक्नु हुनेछ !
  
किचनमा सेक्सको मजाउनलाई सरप्राइज़ दिनुहोस ! मिल्छ भने, जब उनि किचनमा आफ्नो काम गर्नमा व्यस्त भैरहेकी हुन्छिन, त्यस समयमा एक्कासी तर प्रेमपूर्वक उनीलाई आफ्नो दुवै हातको अंगालोमा च्याप्नुहोस । अनि प्रतिउत्तरको प्रतिक्षा नगरी गाला, ओठ, निधार, घाँटी आदिमा चुम्बनको वर्षा गरिदिनुहोस ! यस्तो महसुस गराउनुहोस की तपाई एकदम बेकाबू हुनुहुन्छ र तपाई एकदमै रोमान्टिक मूडमा हुनुहुन्छ ! यस्तो क्रियाकलापले उनि पनि तुरुन्तै रोमान्टिक मूडमा आउछिन, यस्तो समयमा सेक्स गर्नुमा भन्दा त्यसबेला गरिने क्रियाकलापले दुबैलाई रिलेशनशिपमा एकदम एक्साइटमेंट र नयापन को महसुस हुनुका साथै जीवनमा स्फूर्ति भरिएको महसुस हुनेछ । 

बार्दलिमा सेक्सको मजा: यदि तपाईको घरको बेडरुममा जोडिएको बार्दली छ भने सेक्सको लागि त्यो पनि एउटा रोमान्टिक स्थान हुन् सक्छ ! स्पेसल्ली यो गर्मिको मौसममा भन्दा जाडोको मौसममा बढी उपयुक्त हुन्छ ! त्यस्तो बार्दलीमा घाम तापेर बस्दा वा केहि काम गरिरहदा आफ्नो रोमान्टिक मूड बनाउनुहोस र सेक्सको भरपुर आनन्द लिनुहोस् ! तर ध्यान दिनुहोस यस्तो ठाउँ पुरा सेप्रेट हुनु पर्छ, ताकी आफुले गरेको क्रियाकलाप अरुले नदेखोस ।

टेन्ट भित्र सेक्सी एड
वेंचर: यदि तपाई आफुलाई अडवेंचरस टाइपको क्याटगरीमा शामिल गर्नु हुन्छ भने तपाई एकपटक आफ्नो जोडी संग नाइट क्याम्पिंगको लागि तयार हुनुहोस र जानुहो कुनै रमाइलो स्थान तिर नाइट क्याम्पिंगको लागि, राती चन्द्रमाको जुनेली उज्यालोमा खुला आकाशको मुनी, सितल मन्द हावा चलिरहेको समयमा, रुख, अन्य बोटबिरुवाले घेरिएको स्थानमा तपाई एकदमै एडवेन्चरस, अनि अनौठो तर एकदमै मज्जाले सेक्सको आनन्द लिन सक्नुहुनेछ । 

कारमा सेक्सको इंजॉय: यदि तपाई आफ्नो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड संग करमा लामो दुरीको यात्रा गरिरहनु भएको छ भने चारैतीरको रमाइलो दृश्य देखिने कुनै रमाइलो स्थानमा करलाई रोकेर त्यस स्थानमा कर भित्र सेक्सको मजा लिन सक्नुहुनेछ, यस्तो समय र स्थानमा गरिने सेक्स को मजा पनि निकै रोमान्टिक र सदा सम्झिरहने हुन्छ  बिवाह पछी पनि सेक्स लाइफलाई केहि ज्यादा नै रोमान्टिक बनाउन यस किसिमले गरिने सेक्सले जीवनमा ठुलो भूमिका खेल्छ र यसले एक आपस बिचमा माया प्रेम बढाउन सहयोग गर्छ । 

लिफ्ट वा भरयाँगमा सेक्स: यो स्थान सेक्स नै गर्नको लागि चाही होइन तर, गर्लफ्रेन्ड, ब्वायफ्रेन्ड र नव दम्पतिहरु बीच रोमान्टिक छेडछाड 
र चुम्मा चुम्मी गर्न तथा सेक्सको पूर्ब तयारीको लागि गरिने छेडछाड यस्तो स्थानमा गर्दा महसुस गरिने जुन आनन्द छ त्यो सदा स्मरणमा रहिरहन्छ । मौका मिल्छ र तुरुन्तै कोहि आउने सम्भावना छैन भने सेक्सको आनन्द समेत लिन सकिन्छ, तर यसको लागि निकै सतर्क हुनु पर्छ नत्र ....

माथि उल्लेख गरिएका कुराहरुले जीवनमा नया तरंग भर्नुका साथै सेक्स लाइफलाई रोमान्टिक र फरइभर इन्टरेस्टिंग बनाउन मदत गर्छ भने, अझ त्यो भन्दा पनि बढी सेक्स जीवन सफल बनाउन धेरै गहन भूमिका खेल्छ !

Thursday, September 15, 2011

अब हामीले के खाने ?

अब हामीले  के खाने ?   यस्तो कुरा मिडियामा यस्तरी आइसकेपछि पनि किन नियमानुसार कारवाही गरिदैन ?  पाइने नए
कुरा सुरु गरौ हामीलाई जिउनकोलागि नभई नहुने, हरेक कार्यमा चाहिने पानीबाट ! पानीको कुरा गर्दा घरमा आउने धारको त के कुरा गर्नु ? त्यसमा पानी भन्दा पनि ढलको लेदो बढी आउछ ! अब बजारमा पाईने मिनरल वाटर कसरी किनेर पिउने जबकी त्यो पानी खानै नहुने गरी बिक्रीको लागि तयार परेको हुदोरहेछ ! जुन कुरा सबैले पत्र पत्रिका, रेडियो टेलिभिजनबाट थाहा पाइसक्यौ ! 
त्यस्तै बर्षौ देखि नेपालको प्राय सबैले खाएको, अझ सुत्केरी भएको बेलामा त भेट्न जादा सबैले कोशेली लेराउने/लाग्ने गुंद्पाक, अनि काठमाडौँबाट लगिने कोशेली काठमाडौँ को नामुद गुंद्पाक र पुस्टकारी कसले नखाएका होलान ? छ्या...छ्या...छ्या, सम्झदै वाक्क आउछ ! प्राय सबैले थाहापाई सक्यौं, कसरी बन्द रहेछ भनेर !  त्यस्तरी सबै तिरबाट फालिने, साढे गलेका मिठाईहरु जम्मा परेर काठमाडौँ को नामुद स्वादिलो गुंदपाक बनाएर बेचिदो रहेछ ! अनि त्यो हामी सबै किनेर वा क्या मिठो भनेर जिब्रो पडकाउदै खादा रहेछौ ! हेरौ हामी उपभोक्ता माथिको बिश्वासघात, जनस्वास्थ्य माथि खेलबाड !
न्युरोडको गुंदपाक पछी, सम्बन्धित सरकारी अनुगमन टोलीले बालक देखि बृद्ध सम्मले दिनहु खाने ढुध तथा  दुधबाट बन्ने अन्य खाध्य बस्तुहरुमा हुने अखाध्य बस्तुहरुको मिलावट र फोहर तथा दुर्गन्धित ठाउमा बनाउने र भण्डार गरी राख्नेको भेट्टाएर त्यस्ता उद्योगलाई सिल मारी दिएको कुरा हामीहरुले पढ्यौ, सुन्यौ र देख्यौ पनि !
हरियो सागपात देखि अरु तरकारीहरुमा हुने किटनासक औषधिको प्रयोग ले त्यस्ता तरकारी हरु खान योग्य नभएको कुरा हामी सबैलाई सर्वबिधितै छ !    
त्यस्तै फलफूलको कुरा गर्दा, ब्यापारीहरुले समय भन्दा पहिले नै पकाउनकालागि प्रयोग गर्ने केमिकल, जसले मानव शरीरमा कस्तो असर गर्ला त्यो यहाँ उल्लेख गरिरहनु पर्दैन होला ! 
भारतीय भुमि बाट आउने माछालाई चाडै नगल्ने, नसड्ने बनाउन मरेको मछेको लास नासदोस भनेर प्रायोग गरिने केमिकल प्रयोग हुने कुरा सबैले पढ्यौ, सुन्यौ र देख्यौ नै होला ! 
हामी नेपालीको भान्छामा दैनिक बिहान बेलुका प्रयोग हुने दाल, चामलमा समेत आकर्षक बनाउन पालीश लगाएको हुन्छ, अब त्यो कति खान योग्य हुन्छ यसमा पनि सम्बन्धित सरकारी निकायले अनुगमन गरी आवश्यक कारवाही चलाएको देखिदैन ! त्यस्तै तयारी मसलाहरुमा काठ को ढुटोहरु मिसाउने आदि त सामान्य जस्तो भयो ! 
जन्मदिनमा काटिने केक, सामान्य त बेकरीमा गएर खैने केक पेस्ट्री हरु बनाउने बिधि पढ्यौ, सुन्यौ र देख्यौ, ... सबै तिर बाट नबिकेर, फर्काएको साढे गलेका केक पेस्ट्रीहरु जम्मा परेर नया हेर्दै खाउ खाऊ लाग्ने केक पेस्ट्री तयार परेर पुनः तपाई हामीलाई बेच्न ल्याइन्छ !
हुदा हुदा मिति सकिएको औषधि समेत बिक्रि गर्छन ! 
अब यो सबै देख्दा सुन्दा र पढ्दा कुनचाही कुरा हामीले खान हुन्छ होला त ?
त्यस्तो कुरा उत्पादन गरेर बिक्रि गर्ने उद्योग, ब्यापारीहरुलाई खोइ कस्तो सजाय हुन्छ ? सुनीन आयो न्युरोडको गुंदपाक व्यापारीलाई ठगीको केस चलाइदै छरे ! अनि अन्य माथि उल्लेख गरिएका उद्योग ब्यापारीलाई के कारवाही हुदैछ ? के  त्यो गुंदपाक व्यापारी, दुध उद्योगी, बेकरी उद्योग, पनि उद्योग, खाध्य सामग्री, मसला उद्योग आदिले हामीलाई ठगेको मात्रै हो त ? के त्यसले हामीलाई बिष बेचेर खुवाएको होइन ? त्यस्ता उद्योग व्यवसायी, ब्यापारीहरुले हामी साधारण उपभोक्ताहरुलाई मान्द बिष खुवाएर मर्न खोजेको होइन ? त्यस्तो जघन्य अपराध गर्नेलाई खाली ठगीको आरोप लगाएर कारवाहीलाई फितलो पर्ने प्रयास भैरेहोको छ रे !  यो कस्तो बिडम्बना ? कस्तो कारवाही ? यसमा सम्बन्धित निकायले नियमानुसार कडा भन्दा कडा कारवाहीको लागि सिफारिस गर्नु पर्यो ! पछी फेरी कसैले यस्तो दुस्साह गर्न नसकोस !  
फेरी कुनै नेपालीले आफ्नो भोक मेटाउन बिष किनेर खान नपरोस !  तिर्खाएको कुनै नेपालीले पानीको नाममा  दुषित ढल मिसिएको पानी पिउन नपरोस ! कुनै बिरामीले म्याद सकिएको औषधि किनेर खान नपरोस ! 

Monday, September 12, 2011

Nude n` Hot Bollywood Actress



बलिवुडका केहि चर्चित नायिकाहरु र अन्य सेलिब्रेटीहरुले मिडियामा छाई रहनकालागि अनेक हथकाण्ड अपनाउछन भन्दा कुनै फरक नपर्ला ! यहाँ यस लेखका साथ एउटा भिडियो क्लिप्स राखेको छु, जसले माथिका कुरालाई  पुष्टि गर्ने छ ! 
भिडियो क्लिप्समा नायिका तथा अन्य महिला सेलिब्रेटीहरु बिभिन्न फंग्सनहरुमा आफु जादा सर्ट स्कर्ट, सर्ट वान पिस लुगा लगाएर जान्छन तर भित्र पेन्टी लेस (पेन्टी नलगाई), यसरी कुनै कार्यक्रममा सहभागी हुन् जादा वा अटेंड हुदा, त्यहाँ के हुन्छ, कसरि कहाँ बस्नु पर्छ भन्ने कुरा उनीहरुलाई थाहा त अवश्य नै हुन्छ, भने त्यसरी प्रोग्राममा जादा त्यस्तो ड्रेस लगाएर र भित्रि लुगा पेन्टी नलगाई जानु को अर्थ के भयोत ? लाटोले पनि बुझ्ने कुरा हो यो त ! की जुन फोटो अहिले पब्लिकमा आएको छ त्यो उनीहरुले त्यसरी नै खिचियोस र पब्लिकहरुले पनि हेरुन भनेर नै यो उनीहरुले निर्दोष हुदै तर सुनियोजित तरिकाले यसो गरेका हुन् ! खालि प्रचारको लागि, अब कुरा आउछ के प्रचारको लागि त्यस्तो गर्नु आवश्यक थियो त ? आवश्यक त थिएन तर उनीहरु भित्र लुकेको इन्सेक्युर्ड फिलिन्ग्सले गर्दा उनीहरुले यसो गरेका हुन् ! नत्र त्यस्ता नाम चलेका र ट्यालेन्ट नायिकाहरु समेत यसरी खुलेर यस्तो किसिमको प्रचार बाजीमा लाग्नुको मतलब अरु के हुन् सक्छ ? 
नायिकाहरुको त्यस्तो फोटोको बिषयमा एकचोटी एउटा नाम्चालेको भारतीय TV च्यानलमा दुई नायिका बीच यस बिषयमा छलफल भएको थियो ! त्यस कार्यक्रममा ती नायिकाहरुले त्यस्तो फोटो खिच्ने फोटो पत्रकारहरुलाई गालि गर्दै, उनीहरुले जानी जानी यस्तो अवस्थाको फोटो खिचेका हुन् भन्ने जस्तो बक्तब्य समेत दिएका थिए !  सायद ती TV show  मा आउने नायिकाहरुलाई पत्रकारहरुको के कम हो ? उनीहरुले के गर्छन ? भन्ने थाहा नभएको हो वा की खुलेआम नायिकाहरुले आफ्नो प्रचार वा पब्लिसीटिको  लागि जे जसरि गर्न पनि छुट हुनुपर्छ भन्ने अर्थ हो !  
कृपया यो लेख पढेर र माथि को विडियो क्लिप्स हेरेर आफ्नो, आफुलाई लागेको कुरा अवश्य लेख्नु होला !



Tuesday, September 6, 2011

महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन्



१० औं लाख केटिहरुमा (विवाहित/अविवाहित) गरिएको अनुसन्धानबाट एउटा रमाइलो कुरा पत्ता लागेको छ ! त्यो हो , महिलाहरु (केटिहरु) sex  (यौन क्रिया)  गर्नु भन्दा अगाडी मदिरा सेवन गर्न रुचाउन्छन् ! त्यस ले उनीहरुमा भएको  शारीरिक बिश्वासको कमी हटाउछ भन्नेर मदिराको नसामा लिप्त भएर यौन संसर्ग गर्न रुचाएका ! 

१८ देखि ५० वर्ष बिचाका महिलाहरुमा गरिएको सर्वेक्षणमा प्राय: आधि भन्दा बढीले त्यस सर्वेक्षणमा आफुलाई मदिराको नसामा sex गर्न मनपराउने (प्राथमिकता दिने) कुरा बताए ! कारण, नशाले उनीहरुमा हुने हिचकिचाहट हटाउछ र उनीहरुलाई यौन क्रियामा पुर्णरुपमा सक्रिय हुन् सहयोग गर्छ !

Kathryn, अनुशन्धानकर्ताको अनुसार उसको अनुशन्धानमा सहभागी महिलाहरु average मा ८ पुरुषसंग यौन क्रियामा रात बिताई सकेका थिए ! त्यसमध्ये कम्तिमा ५ जनासंग मदिराको नशामा यौन क्रियामा रात बिताएको र दुईवटा जति अवसरमा उनीहरु मदिरामा यस्तरी धुत भएर यौन क्रियामा रात बिताएका थिए कि भोलीपल्ट को केटासंग रात बिताएको भनेर नै सम्झिन नसक्ने स्थितिमा हुन्थे ! 

अनुसन्धानमा सहभागी भएका प्रत्येक १० मध्ये ४ जना केटीहरु (महिलाहरु) मदिराको नसामा धुत भएर यौन क्रियामा  संलग्न भएर आफ्नो केटा साथी संग पहिलो चोटी रात बिताएका थिए !

अध्ययनबाट यो पत्ता लाग्यो की ७५ प्रतिसत महिलाहरु (केटीहरु) श्रीमान वा केटा साथीसंग बेडमा सुत्न जानु भन्दा पहिले मदिरा सेवन गर्छन भने ६ प्रतिसत महिलाहरु (केटीहरु) कहिल्यै मदिरामा धुत नभई  यौन क्रिडा गरेनन !

अनुसन्धानमा सहभागी आधा भन्दा बढीले स्वीकारे की
 पार्टनरसंग मदिरा सेवन गर्दै सेक्स (यौन क्रिडा) गर्ने कुरा डेटिंगको एउटा प्रमुख भाग नै हुन्छ जुन पहिले डेटिंग फिक्स गर्दा नै कुरा भइ सकेको हुन्छ !

अनुसन्धानबाट पत्ता लागेको अर्को कुरा हो, १४ प्रतिसत महिलाहरु (केटीहरु) संसर्गकोलागि सुत्नु भन्दा पहिले नै एक दुई गिलास मदिरा नपिई उनिहरुको पार्टनर संग यौनक्रिडाको लागि सुत्नै सक्दैनन् !
Kathryn, अनुशन्धानकर्ता, जसले यो अनुसन्धान गरेको थियो उनको अनुसार महिलाहरुको आत्मविश्वासको कमीको कारण नै यो सबै हो !

Kathryn, अनुशन्धानकर्ताको भनाईमा ,सत्य कुरा त यो हो की, महिलाहरु (केटिहरु) को बिचारमा माया प्रेम र सेक्स (यौन क्रिडा) मा मदिराले उनिहरुको आत्मा सम्मान बढाउन र बेडरुममा बिताउने क्षणलाई विलक्षणको बनाउन प्रमुख भूमिका खेल्दछ !    

साथै धेरै महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्ने बेलामा आत्मा नियन्त्रण बिर्सन वा हटाउन चाहन्छन, जुन  मदिरा मा धुत हुदा मात्रै सम्भब हुन्छ !
 
यिनै कारणहरुले गर्दा महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन् !