Thursday, October 20, 2011

क्यासिनो रोयलमा लुटपाट

दरबार मार्गमा रहेको क्यासिनो रोयलमा  लुटपाट ! आज बिहान ५ बजे  तीर करिब ८/९ जनाको एक समुह क्यासिनोको अपरेशन एरिया भित्र प्रबेस गरी क्यासिनोमा कार्यरत सेक्युरिटी बिभागका केहि स्टाफहरुको संलग्नतामा यो घटना घतैएको भएको हो ! जुन समय यो घटना भएको थियो उक्त समयमा क्यासिनो मा खेल्न आउने गेस्टहरु पनि एकदमै कम हुने र त्यस समयमा स्टाफहरु पनि कम हुने भएकोले र भएको स्टाफहरु पनि थाकेको हुने यस्तो समयमा लुटेराहरुले मिलाएको देखिन्छ ! क्यासिनो कै केहि स्टाफहरुको संलग्नता देखिएकोले पनि उनीहरुले यसरी एका बिहानैको समयमा लुटेको हुनु पर्छ !
त्यस घटनाको विडियो क्लिप्स समेत यहाँ राखिएको छ !

लुटेराहरु अपरेशन एरियामा प्रवेश गरी पहिले सबै टेबल हरुबाट त्यहाँ भएको क्यास चिप्सहरु झोलाहरुमा राखेर पछी क्याश शाखामा गएर उनीहरुले त्यहाँ भएको क्याश चिप्स र नगदहरु झोलाहरुमा भरेर लागेका थिए !       

No comments: