Thursday, October 13, 2011

आवश्यकता


आवश्यकता 
तल उल्लेखित पदहरु खुला प्रतिष्पर्धाको आधारमा परिपूर्ति गर्नु पर्ने भएकोले 
निम्न योग्यता पुगेका उम्मेदवारहरुबाट दरख्वास्त आह्वान गरिन्छ !

  पद:        मन्त्रि / सभासदहरु
 संख्या:    केहि 
योग्यता तथा अनुभव : 
१. कम्तिमा १ जनाको हत्या गरेको हुनुपर्ने !
२. कम्तिमा ३ जना अवोध बालबालिकाको अपहरण गरेको हुनुपर्ने !
३. १०/२० को हातखुट्टा भाँचेर, मरणासन्न हुनेगरी कुटेको हुनुपर्ने !
४. साधारण जनताहरुलाई ठग्न, झुक्याउन, धम्काउन, आइपरे गोलि ठोक्न सक्ने !
५. घुस खाने कलामा निपुण भएको र जालसाजी गर्न खप्पिस !
६. आइपरे देश टुक्राउन अघिसर्ने र आफु बाहेक अरुलाई गलत देख्ने !
माथि उल्लेख गरिएका योग्यता सबै भन्दा बढी हुने उम्मेदवारहरुलाई बिशेस प्राथमिकता दिइने छ  !      

No comments: