Thursday, September 15, 2011

अब हामीले के खाने ?

अब हामीले  के खाने ?   यस्तो कुरा मिडियामा यस्तरी आइसकेपछि पनि किन नियमानुसार कारवाही गरिदैन ?  पाइने नए
कुरा सुरु गरौ हामीलाई जिउनकोलागि नभई नहुने, हरेक कार्यमा चाहिने पानीबाट ! पानीको कुरा गर्दा घरमा आउने धारको त के कुरा गर्नु ? त्यसमा पानी भन्दा पनि ढलको लेदो बढी आउछ ! अब बजारमा पाईने मिनरल वाटर कसरी किनेर पिउने जबकी त्यो पानी खानै नहुने गरी बिक्रीको लागि तयार परेको हुदोरहेछ ! जुन कुरा सबैले पत्र पत्रिका, रेडियो टेलिभिजनबाट थाहा पाइसक्यौ ! 
त्यस्तै बर्षौ देखि नेपालको प्राय सबैले खाएको, अझ सुत्केरी भएको बेलामा त भेट्न जादा सबैले कोशेली लेराउने/लाग्ने गुंद्पाक, अनि काठमाडौँबाट लगिने कोशेली काठमाडौँ को नामुद गुंद्पाक र पुस्टकारी कसले नखाएका होलान ? छ्या...छ्या...छ्या, सम्झदै वाक्क आउछ ! प्राय सबैले थाहापाई सक्यौं, कसरी बन्द रहेछ भनेर !  त्यस्तरी सबै तिरबाट फालिने, साढे गलेका मिठाईहरु जम्मा परेर काठमाडौँ को नामुद स्वादिलो गुंदपाक बनाएर बेचिदो रहेछ ! अनि त्यो हामी सबै किनेर वा क्या मिठो भनेर जिब्रो पडकाउदै खादा रहेछौ ! हेरौ हामी उपभोक्ता माथिको बिश्वासघात, जनस्वास्थ्य माथि खेलबाड !
न्युरोडको गुंदपाक पछी, सम्बन्धित सरकारी अनुगमन टोलीले बालक देखि बृद्ध सम्मले दिनहु खाने ढुध तथा  दुधबाट बन्ने अन्य खाध्य बस्तुहरुमा हुने अखाध्य बस्तुहरुको मिलावट र फोहर तथा दुर्गन्धित ठाउमा बनाउने र भण्डार गरी राख्नेको भेट्टाएर त्यस्ता उद्योगलाई सिल मारी दिएको कुरा हामीहरुले पढ्यौ, सुन्यौ र देख्यौ पनि !
हरियो सागपात देखि अरु तरकारीहरुमा हुने किटनासक औषधिको प्रयोग ले त्यस्ता तरकारी हरु खान योग्य नभएको कुरा हामी सबैलाई सर्वबिधितै छ !    
त्यस्तै फलफूलको कुरा गर्दा, ब्यापारीहरुले समय भन्दा पहिले नै पकाउनकालागि प्रयोग गर्ने केमिकल, जसले मानव शरीरमा कस्तो असर गर्ला त्यो यहाँ उल्लेख गरिरहनु पर्दैन होला ! 
भारतीय भुमि बाट आउने माछालाई चाडै नगल्ने, नसड्ने बनाउन मरेको मछेको लास नासदोस भनेर प्रायोग गरिने केमिकल प्रयोग हुने कुरा सबैले पढ्यौ, सुन्यौ र देख्यौ नै होला ! 
हामी नेपालीको भान्छामा दैनिक बिहान बेलुका प्रयोग हुने दाल, चामलमा समेत आकर्षक बनाउन पालीश लगाएको हुन्छ, अब त्यो कति खान योग्य हुन्छ यसमा पनि सम्बन्धित सरकारी निकायले अनुगमन गरी आवश्यक कारवाही चलाएको देखिदैन ! त्यस्तै तयारी मसलाहरुमा काठ को ढुटोहरु मिसाउने आदि त सामान्य जस्तो भयो ! 
जन्मदिनमा काटिने केक, सामान्य त बेकरीमा गएर खैने केक पेस्ट्री हरु बनाउने बिधि पढ्यौ, सुन्यौ र देख्यौ, ... सबै तिर बाट नबिकेर, फर्काएको साढे गलेका केक पेस्ट्रीहरु जम्मा परेर नया हेर्दै खाउ खाऊ लाग्ने केक पेस्ट्री तयार परेर पुनः तपाई हामीलाई बेच्न ल्याइन्छ !
हुदा हुदा मिति सकिएको औषधि समेत बिक्रि गर्छन ! 
अब यो सबै देख्दा सुन्दा र पढ्दा कुनचाही कुरा हामीले खान हुन्छ होला त ?
त्यस्तो कुरा उत्पादन गरेर बिक्रि गर्ने उद्योग, ब्यापारीहरुलाई खोइ कस्तो सजाय हुन्छ ? सुनीन आयो न्युरोडको गुंदपाक व्यापारीलाई ठगीको केस चलाइदै छरे ! अनि अन्य माथि उल्लेख गरिएका उद्योग ब्यापारीलाई के कारवाही हुदैछ ? के  त्यो गुंदपाक व्यापारी, दुध उद्योगी, बेकरी उद्योग, पनि उद्योग, खाध्य सामग्री, मसला उद्योग आदिले हामीलाई ठगेको मात्रै हो त ? के त्यसले हामीलाई बिष बेचेर खुवाएको होइन ? त्यस्ता उद्योग व्यवसायी, ब्यापारीहरुले हामी साधारण उपभोक्ताहरुलाई मान्द बिष खुवाएर मर्न खोजेको होइन ? त्यस्तो जघन्य अपराध गर्नेलाई खाली ठगीको आरोप लगाएर कारवाहीलाई फितलो पर्ने प्रयास भैरेहोको छ रे !  यो कस्तो बिडम्बना ? कस्तो कारवाही ? यसमा सम्बन्धित निकायले नियमानुसार कडा भन्दा कडा कारवाहीको लागि सिफारिस गर्नु पर्यो ! पछी फेरी कसैले यस्तो दुस्साह गर्न नसकोस !  
फेरी कुनै नेपालीले आफ्नो भोक मेटाउन बिष किनेर खान नपरोस !  तिर्खाएको कुनै नेपालीले पानीको नाममा  दुषित ढल मिसिएको पानी पिउन नपरोस ! कुनै बिरामीले म्याद सकिएको औषधि किनेर खान नपरोस ! 

No comments: