(बिश्व मुटु दिवशको सन्दर्भमा)
बदाम, एउटा सबैले रुचाउने खानेकुरा हो। हामी सबै देशी (हाडे) बदामसंग राम्ररी परिचित छौँ। यो बदाम एउटा मिठो खानेकुरामा पर्दछ। यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्य को लागि लाभदायक पनि उत्तिकै छ। यो बदामलाई भिजाएर खादा झनै स्वादिलो र स्वास्थ्यको लागि धेरै फाइदा समेत गर्दछ। भिजाएको बदम किन स्वास्थ्य को लागि राम्रो हुन्छ:

तौल घटाउनाका साथै अन्य फाइदा :
यो देशी (हाडे)बदामले हाम्रो अनावश्यक तौल घटाउन मदत गर्दछ। यसमा भएको मोनो अनस्याचुरेटेड फ्याटले भोकलाई कम गर्दछ, जसले गर्दा हामी सोभावैले कम खाना खान्छौँ। साथै भिजाएको बदाममा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले हामीलाई स्वास्थ्य रहन मदत गर्दछ भने हामीलाई सधै जवान बनाउन समेत सहयोग गर्दछ। भिजाएको देशी (हाडे) बदाममा प्रसस्त मात्रामा भिटामिन B१७ र फोलिक एसिड समेत पाइन्छ, जुन क्यान्सर जस्तो भयानक रोग सँग लड्ने क्षमता सनत बढाउछ।
खराब कोलस्ट्रोललाई नियन्त्रण गर्छ:

हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ:
जर्नल ऑफ न्यूट्रिशनमा प्रकाशित एक शोधको नतिजालाई विचार गर्ने हो भने, मुटुका रोगीहरुलाई त् यो देशी (हाडे) बदाम ठुलो औषधि साबित हुन्छ। किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले LDL कोलस्ट्रोलको अक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ।तेसैले यदि तपाई मुटुको रोगी हुनु हुन्छ भने अवश्य रातभरी भिजाएर देशी (हाडे) बदाम खानुहोस। यसले तपाइको मुटु स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ।
उच्च रक्तचाप नियन्त्रण गर्छ:

रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर देशी (हाडे) बदामको सेवन गर्नाले साना बिध्यार्थिहरुलाई निकै लाभदाएक हुन्छ भने सुगरका प्यासेन्टहरुको सुगर तथा इन्सुलिनको लेबल नियन्त्रण गर्न समेत सहयोग गर्दछ। यसले गर्दा सुगर हुनबाट समेत रक्षा गर्दछ। तेसैले देशी (हाडे) बदाम रातभरी भिजाएर भोलिपल्ट बिहान खाने होइन त् ? हजुर ढिलो नगर्नुस।