Monday, May 29, 2017

सावधान !! के खादै हुनुहुन्छ ?

नेपाली डाक्टरहरुले  फेसबुकमा खोलेको पेज डाक्टरहरुको ग्रुपले  बिभिन्न देश विदेशका पत्र पत्रीकाहरुमा प्रकाशित भएका स्वास्थ्य सम्बन्धि लेख रचनाहरु लगाएत अफुहरुलेनै रोगी तथा बिरामीहरुको उपचार गर्ने क्रममा हासिल गरेका अनुभवहरुबाट सकलित जनस्वास्थ्यसँग सरोकार भएका केहि गम्भीर बिषयहरुमा सचेत गराउने उद्देश्यले केहि म्यासेजहरु प्रेषित गरेका छन्। जसलाई अझ धेरै मानिसहरुलाई सुसूचित गराई आ-आफ्नो स्वास्थ्य प्रति सजग होउन् भन्ने उद्देश्यले यस Blog Magazine मा त्यसलाई नेपालीमा अनुवाद गरि पुनः प्रकाशित गरेको छु। एक पटक अवश्य पढ्नुहोला र आफुलाई उचित लग्यो र केहि गरौँ जस्तो लागेमा अवश्य केहि गर्नुहोला। केहि नभए यस बिषयमा आफ्नो परिवार तथा नाजिक्कनातेदार र साथीभाईहरुलाई समेत सुसूचित गरिदिन समेत अनुरोध गर्दै उपभोग नगर्न, त्यस प्रति सजग हुन् र त्यसबाट जोगिन  पुनः एकपटक सूचित पर्दै, ति कुराहरुलाई यहाँ बुदागत प्रस्तुत गर्दैछु:

Appy Fizz युवाहरुले निक्कै रुचाएको तथा लोकप्रिय हालका पेय पदार्थ हो यो। सावधान !! यो पेय पदार्थ तयार पर्न त्यस्ता रसायनहरुको समेत प्रयोग गरिएको हुन्छ, जसबाट हामीलाई क्यान्सर जस्तो रोग लाग्न सक्छ। 

२. Pepsi तथा  Coke यी दुवै युवाहरु बिच अर्को लोकप्रिय हलका पेय पदार्थ हो।  गर्मि सिजनमा अतिनै रुचाइने बिश्व विख्यात पेय पदार्थलाई जाडो सिजनमा समेत उभोग गर्ने जमातको कमिछैन। तर सावधान !!  पेप्सी तथा कोक् पिउनु भएपछी झुक्किएर पनि Mentos नखानु होला।  किनकी पेप्सी तथा कोक् पिएपछ Mentos खादा त्यसबाट हाम्रो शरीर भित्र तयार हुने CYANIDE भनिने मिक्स्चरबाट तुरुन्त मृत्यु समेत हुन् सक्छ। 

३. तपाई बजारमा पाइने जंक फुड कुरकुरे कतिको खानुहुन्छ ? तपाइलाई कुरकुरे खुबै मनपर्छ
र खुब खानुहुन्छ भने सावधान !! अब एकपटक राम्रोसँग सोच्नुहोस, बुझ्नुहोस् र निर्णय गर्नुहोस, के गर्दा उचित हुन्छ भनेर, किनकी हामीले खाने कुरकुरेमा धेरै मात्रामा प्लास्टिकको मिश्रण गरिएको हुन्छ। यो कुरा बुझ्न कुरकुरेलाई आगोमा बालेर हेर्नुहोस, प्लास्टिक पग्लेको देख्न सकिन्छ।  यो कुरकुरे सम्बन्धि तथ्य प्रख्यात भारतीय अंग्रेजी दैनिक पत्रिका Times of India मा
प्रकाशित भएको खबर हो।   
४. हामी प्रायः सानोतिनो बिमारी हुँदा जस्तै रुघाखोकी लाग्दा,टाउको तथा शरीरको कुनै भाग दुख्दा वा एलर्जी भएमा बिभिन्न औषधिहरु आफै किनेर खाने गर्छौं। येदी तपाई पनि त्यसरीनै औषधि सेवन गर्नु हुन्छ भने  सावधान !! अब त्यस्तो बानी हटाउनु होस्। किनकी त्यस्ता केहि औषधिहरु हाम्रो स्वास्थ्यकालागि अतिनै खतरनाक छन्, जुन औषधिहरु हामी प्रायः डाक्टरको सल्लाह बिनानै किनेर सेवन गर्दछौं। तल केहि त्यस्ता औषधिहरुको नाम उल्लेख गरिएको छ पढेर मनन गर्नुहोला।

क) D-cold
ख) Vicks Action-500
ग) Actified
घ) Coldarin
ङ्) Cosome
च) Nice
छ) Nimulid
ज) Cetrizet-D
यी माथि उल्लेख गरिएका औषधिहरुमा मस्तिष्क-घात(Strokes) गराउने प्रमुख तत्वहरु Phenyl Propanol-Amide PPAको समेत मिश्रण गरिएको हुन्छ, जसको कारण यस्ता औषधि सेवन गर्ने मनिषहरुलाई मस्तिष्क घात(Strokes) हुने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा बढी हुन्छ। यी माथिका औषधिहरुलाई अमेरिकामा पूर्ण रुपले निषेध गरिएको छन् ।
त्यसैले पहिले सोच्नुहोस तपाई के खादै हुनुहुन्छ? अमृत कि बिष ? साथै सम्बन्धित स्वास्थ्यकर्मिको वा डाक्टरको सल्लाह बिना तपाइले  औषधि भनेर बिष त् सेवन गरिरहनु भएको छैन। सोच्नुहोस र मनन गर्दै त्यस्ता बानीलाई समेत सुधार्दा उचित नै हुने थियोकी ?

Thursday, May 18, 2017

चुनाव तथा त्यसको नतिजा !

भरखरै सम्पन्न भएको स्थानिय तहको चुनाव र त्यसको नतिजाको सन्दर्भमा यो लेख केन्द्रित छ। हामी सबैलाई विदितै छ यो चुनाव २०औँ बर्ष पछि भएको हो र यो चुनाव जसरी सम्पन्न भयो त्यसलाई सफलता पुर्वक सम्पन्न भएको नै मान्नु पर्दछ। चुनाव हुनुभन्दा केहि दिन अगाडी सम्म पनि यो चुनाव हुन्छ कि हुदैन भन्नेमा प्रमुख राजनैतिक दलहरुनै अन्योलमा थिए। त्यस्तै नागरिकहरुमा, चुनाव सन्दर्भमा, कसरी हुन्छ ? के हुन्छ ? शान्तिपूर्वक हुन्छकी हुदैन ? भन्ने बिषयमा एक आपसमा हुने छलफलको प्रमुख बिषय बनेको थियो भरखरै सफलता पुर्वक सम्पन्न भएको यो चुनाव। चुनाव हुन्छ कि हुदैन भन्ने अन्योल भैरहेको समयमा नेपाल प्रहरीको IG प्रकरण तथा सर्वोच्व अदालतको प्रधान न्यायाधिस बिरुद्ध आएको महाअभियोग प्रकरणले त्
चुनाव नभएर नेपालको संविधानलाई निष्कृय बनाउने र देशलाई अन्योलमा राखी बिदेशीको गुलामी गरी ठुलो बिदेशी मुद्रा कुम्ल्याउन पल्केकाहरुको गिरोहलाई त् ठुलो राहतै मिलेको थियो।  तर सच्चा नेपालीहरु जो चुनाव प्रतिको लगाव र संविधानलाई सक्रिय बनाउन लागि परेर सबैको अथक प्रयासले चुनाव सफलता पुर्वक सम्पन्न भएरै छोड्यो ।
चुनाव सफलता पुर्वक सम्पन्न भएकोमा राम्रो सँग खुसी मनाउन नपाउदै अहिले चुनावको नतिजाको लागि भइरहेको मतगणनालाई लिएर सबैमा निर्वाचन आयोगको कार्य प्रणाली प्रति ठुलो रोश फैलिएको छ। निर्वाचन आयोगले मतगणनाको लागि कुनै योजना नै नबनाएको जस्तो अहिले बुझिन्छ। चुनाव सकिएको येतिका दिन बितिसक्दा पनि प्रमुख शहरहरुको समेत राम्रोसँग नतिजा प्रकाशित गर्न सकेको छैन निर्वाचन आयोगले। मतगणना कार्यमा देखिएको सुस्तता देखेर निर्वाचन आयोगको कार्यप्रणाली राम्रो नभएको राम्रो तथा दक्ष कर्मचारीको व्यवस्थापन गर्न नसकेको र पूर्ण तयारी नगरेको चाही प्रष्ट देखिन्छ। फेरी निर्वाचन आयोगले मतगणनाको सूचना सार्वजनिक गर्न तयार परेको मोबाइल एप मा अहिले यो लेख तयार गरिरहेको समय सम्म पनि कुनै नगर, गाउँ तथा वडा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, वडा सदस्य कसैको
पनि मतगणनाको नतिजा अपलोड गरेको भेटिदैन।  त्यस्तै निर्वाचन आयोगको अफिसियल वेब साइटमा राखिएको हालसम्मको मतगणना परिणाम भनिएको पेजलाई समेत हाल सम्मको नतिजा अपडेट गर्न सकेको छैन। चुनाव सम्पन गराउनको लागि गरिएको यत्रो लगानीमा घण्टा घण्टामा नतिजा अपडेट गर्न कम्प्युटर विज्ञहरु र मतगणना कार्य चाडो सम्पन्न गर्न केहि बढीनै दक्ष कर्मचारीहरुको ब्यवस्थ मिलाउनको लागि केहि खर्च थपेर मिहेनत गरेको भए सायद अहिले सम्ममा चुनाव सम्पन्न भएका सबै स्थानहरुमा विजय उत्सव मनाई सकिएको हुने थियो।

अझै पनि केहि गर्न नसकिने होइन। तर त्यसको लागि स्वार्थ रहित इच्क्षा हुनुपर्छ। साथै अहिलेको कमि कमजोरीबाट शिक्षा लिएर दोस्रो चरणमा हुने स्थानीय तहको चुनावलाई सम्पन्न गराउन समेत अहिलेनै विचार गर्दा भविष्यमा राम्रै हुने थियो कि ? सम्वन्धित निकायले यसलाई कसरी लिने हो र हामी सम्वन्धित नागरिकहरुले चाही यसलाई के भनेर लिने हो विचार गरौ न।
  

Thursday, May 11, 2017

चुनाव - बर्षौ पछि करोडौ नेपालीहरुको परीक्षा !

धेरै बर्ष पछि हुन् गैरहेको स्थानिय तहको चुनावमा मतदान गर्न प्रायः सबै मतदाताहरु उत्साहित भएका छन् भन्दा अत्युक्ति नहोला। केहि दिन अगाडी सम्म पनि चुनाव हुने नहुने कुरामा अलमलिएका थिए, अझ यसमा देशका ठुला दलहरु पनि प्रष्ट हुन् सकेका थिएनन्। तर अहिले सबै चुनावको अन्तिम  तयारीमा लागिपरेका छन्। दलहरुले गरेका प्रचार प्रसार देखि निर्वाचन आयोगले अन्तिम तयारी गर्दै मतदाता परिचय पत्र समेत बाढ्न थाली सकेको छ, तर बितरण गर्ने कार्य खै किन हो छिटो छरितो तथा चुस्त नभई अतिनै सुस्त ढिलो भएको देखियो। त्यस्तै पाराले त् मतदाता परिचय पत्र चुनाव सकिएपछि पाइएला जस्तो देखिन्छ।  यसमा सम्बन्धित निकाय तथा व्यक्तिहरुले समयमै विचार गरेर कसरी सरल तथा छरितो तरिकाले छोटो समय मै वितरण
गरिदिदा राम्रो हुनेथियो। यसले उत्साहित नागरिकहरुमा अझ उर्जा थप्ने कुरालाई समेत नकार्न सकिदैन।    
देशका नागरिकहरु चुनाव शान्तिपूर्वक तथा धाँधली रहित सम्पन्न हुने कुरामा निर्धक्क हुन् सकिरहेका छैनन्। अझ शहरी क्षेत्र बाहिरको स्थिति पहिले देखिनै सुरक्षित नभएको कुरा सर्व स्वीकार्य नै हो। सरकारले यसै कुरालाई मध्यनजर राखी सुरक्षित धाँधली रहित चुनाव शान्तिपूर्वक सम्पन्न गराउन लागिपरेको छ।
अहिले देशका सबै नागरिक स्थानिय तहमा जनप्रतिनिधि चाहन्छन। स्थानिय तह (वडा कार्यालयहरु)मा घुस नखुवाई सजिलै कुनैपनि काम नहुने भएकोले अजित भएर वडा कार्यालयहरुमा जनप्रतिनिधिहरुले काम गरोस सबै नागरिकहरुको एउटै चाहना रहेकोले ठुलो उत्साहको साथ यो स्थानीय निकायको चुनाव सम्पन्न गर्न उत्साहित भएको देखिन्छन।
नागरिक चुनावको लागि जसरी उत्सुक भएका छन्, त्यसरीनै सबै नेपालीको लागि हुने राम्रा नेतालाई चिनेर आफ्नो अमुल्य मत दिएर चुन्ने कुरामा सजग हुनु पर्छ। त्यसैले हाम्रालाई होइन राम्रालाई चुनौ, आफ्ना लाई नभई देशलाई केहि गर्ने  (विकास गर्ने)लाई जिताऔँ। यो त्यो पार्टी र यो त्यो नेता भन्दा पनि राम्रा उम्मेदवार जो देश र जनताको लागि केही गर्न लागि पर्छन त्यस्ता चुनौ।
यसपटक स्थानीय निकायमा प्राय युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उभिएका छन्। त्यसमा धेरै राम्रा पनि छन् र नराम्रा पनि छन्। को राम्रो को हुने को नराम्रो र नहुने सबै विचार गरेर देश र जनताका हाम्रो होइन राम्रो नेता चुन्नु परेको छ र जसले पूर्व मेची देखि पश्चिम महाकाली र उत्तरको हिमालय देखि दक्षिणको तराई सम्मका सबै नेपालीहरुकालाई एकै थलोमा उभाएर एकजुट बनाओस र पहिले हामी सबै नेपाली भन्न र नेपालको लागि केहि गर्न सिकाओस, त्यस्ता नेता होइन उम्मेदवारलाई जिताऔँ।
अहिले यो स्थानीय निकायको चुनाव मात्र एउटा चुनाव नभएर हामी सबै करोडौ नेपालीको राम्रो नेता छनौट गर्ने परिक्षा पनि हो। त्यसैले यो परिक्षामा सतप्रतिशत अंक ल्याएर उतीर्ण हुने ठिक्क समय आएको छ। अतः यो मौकालाई पूर्णरुपले सम्पूर्ण नेपालीहरुले उपयोग गर्न नचुकौ। मौका र अमुल्य मताधिकार खेर नफालौ।  

Thursday, April 20, 2017

जनस्वास्थ्यमा किन यस्तो खेलवाड ?

न झुक्किनुहोस ! यो कुहिरो लागेको होइन। गौशाला चोकबाट चाबहिल तिर जादाको बाटोमा धुलोले धपक्कै ढाकेको दृश्य हो यो ।गौशाला लगायत राजधानीको बिभिन्न भागमा मेलम्ची खानेपानी तथा सडक विस्तारको कार्यले गर्दा यस्तो धुलोले कुहिरो मण्डल बनेका छन् राजधानीका प्रायः सबै स्थानहरु। केहि बर्ष अगाडी सम्म हिले सडकले वाक्क दिक्क भएका राजधानी बाशिहरु अहिले धुलोले पिडित भएका छन्। जसरी पुरा राजधानीलाई धुलोको कुहिरोले ढपक्क ढाकेको छ त्यसरी नै राजधानी बासीको छाती भित्र यस्तै धुलोको कुहिरोले नाढाकेको होला भन्न सकिदैन। अतः सावधान ! होसियार ! राजधानीको यो धुलोले राजधानी बासीको स्वास्थ्यमा दिर्घकालिन असरपर्ने कुरो चाँही पक्का छ।  बिशेष श्वास प्रश्वास, फोक्सो तथा छाती सम्बन्धि रोगबाट ग्रसित राजधानी बासीको लस्कर देखिने छन् केहि समय पछी यहिकै बिभिन्न हस्पिटल, नर्सिङ्घहोम र क्लिनिकहरुमा पनि । जसरी जापानको होरोसिमा र नागासाकीमा अमेरिकाले दोस्रो बिश्व युद्धमा खसालेको एटमबमको असर अहिले सम्म पनि देखिरहेको नै छ। त्यस्तै अहिलेको राजधानीको धुलोको असर राजधानी बासीको स्वास्थ्यमा केहि समय पछिबाट दिर्घकाल सम्म देखा नपर्ला भन्न सकिदैन । हुनत अहिलेनै केहि राजधानी बासीहरुमा श्वास प्रश्वास तथा फोक्सो सम्बन्धि रोगहरु देखा पर्न थालिसकेको छ। अझ यसको प्रष्ट र बिकराल असर केहि
समय पछी देखा पर्न थाल्छ।  अहिले राजधानी लगायतको स्थानहरुमा वातावरण प्रदुषण सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेको विशेषज्ञ, गैरसरकारी संस्थाहरु समेतले आफ्नो प्रतिवेदनमा अहिले राजधानीको प्रायः सबै स्थानहरुमा हिड्डुल
समेत गर्नुलाई स्वास्थ्यको दृष्टिकोणले पूर्ण रुपमा अयोग्य भनि भनेको छ। वातावारणमा हाम्रो आँखाले देख्न नसकिने धुलाको कणहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड भन्दा निकै धेरै (खतराको बिन्दु भन्दा पनि बढी) रहेको छ। यस्तो अवस्थामा हिड्डुल वा खेलकुद गर्न पूर्णतः निषेध गरिएको छ भने हामीले श्वास प्रश्वास गर्ने हावामा समेत निकै धेरै मात्रामा यस्ता धुलोका कणहरु मिसिएकोले अहिले हामीले गर्ने श्वास प्रश्वास समेत हामीलाई खतरनाक हुनसक्छ। यस्तो अवस्थामा समेत सम्बन्धित निकाय निष्कृय छ। जनस्वास्थ्यको लागि यस्तो खतरनाक स्थितिमा समेत  सरकार सँग कुनै उपाय तथा कार्य योजना छैन। अब यहि पाराले त् नागरिकहरु सबै दिर्घरोगी भैसकेपछि मात्रै धुलो नियन्त्रण गर्ने कार्यक्रम आउन सक्छ। 
अतः जय पशुपतिनाथ ! भन्दै, यो हाम्रो पशुपतिनाथले रक्षा गरेको देशलाई, फेरी अब यस्तो डरलाग्दो प्रदुषित वातावरणीय समस्याबाट पनि जोगाऊ भन्दै उनै पशुपतिनाथको सरणमा जानु शिवाय अरु कुनै उपाय देखिदैन। नत्र यस्तो धुलाको कणहरुले पुरा काठमाडौँ खाल्डोलाई छोपेर संकट ग्रसित हुँदा केहि न केहि सुधारका कामहरु अवश्य भइसक्नु पर्ने थियो। खोई त् त्यो ? के जहिले पनि मरेपछि मात्रै ओखति ? कि के हो ? सचेत नागरिकहरुले आफै स्वविवेकले बुझ्नु र सचेत हुनु। 

जय स्वास्थ्य नेपाली जनता ! अनि जय नेपाल। 
हामी सबै नेपालीलाई स्वास्थ्य र दिर्घायु बनाऊ।     


Thursday, April 13, 2017

भयानक दुर्घटना र नियन्त्रण !

यहाँ मोटरसाइकल र कार दुर्घटना भएको केहि दृश्यहरुको फोटो यसै लेखको साथमा समावेस गरेको छु।  यस लेखमा दुर्घटनाको फोटो त्यसरी राख्नु खाली ओहो कस्तो डरलाग्दो दुर्घटना भएको रहेछ भनेर देखाउन मात्रै नभई दुर्घटना किन भयो, दुर्घटनामा के कति क्षति भयो, कसैलाई केहि भयो कि भन्ने कुराहरु बृस्तित रुपमा बुझाउन यो लेख तयार परेको हुँ ।
कुरो २०७३ चैत्र २७ गते एकाबिहानै (७:०० /७:१५) बजेको समय तिरको हो, बानेश्वर हाईटमा भएको यो दुर्घटना देख्दा ठुलै क्षति भएको जस्तो लाग्न सक्छ। यो दुर्घटना हुँदा फोटोमा देखिएकी केटीले कार चलाएर आएकी थिइन् भने हेल्मेट लगाएको केटाले मोटर साइकल चलाएर आएको थियो।  जहाँ दुर्घटना भयो त्यो स्थान मुख्य सडकमा भित्रि सडक जोडिएको ठिक मध्य भागमा भएको छ। यो कुरा राम्रो संग फोटो नियाल्दा बुझिन्छ।  सवारी चालकले नियमानुसार चलाउदा त्यसरी भित्रि बाटोबाट  मुख्य बाटोमा आउदा बिस्तारै दाया बाया हेरेर मात्रै मुख्य बाटोमा आफ्नो सवारीको साधनलाई लैजानु पर्छ, साथै दाया बायाबाट कुनै सवारीको साधन आएको नदेखिने अवस्था छ भने हर्न बजाउनु पर्छ र क्लिएर भए मात्रै बिस्तारै मुख्य बाटोमा लैजान सकिन्छ। यो भयो
ट्राफिक नियम। तर दुर्घटना भएको फोटो नियाल्दा उल्लेख गरिएझै ट्राफिक नियमको पालन भएको देखिदैन।

अहिले जो कोहिले सजिलै सवारी चालक अनुमति पत्र पाउन सक्छन, एजेन्ट अझ भनौ दलालको सहयोगमा। केहि रकम खर्च गरेको भरमा दलालहरुले घरैमा सवारी चालक अनुमति पत्र उपलब्ध गरिदिने सुविधा प्रदान गर्ने भएकाले राम्रोसँग ट्राफिक नियमको ज्ञान नभएका तथा राम्ररी सवारी साधन चलाउन नसक्नेहरुले समेत यस्ता दलालहरुको सहयोगमा सवारी चलाउने अनुमति पत्र लिएर निर्धक्कसँग चलाउने भएका छन्अ।  यस्ता चालकहरुको कारण पनि हिजोआज बढी सवारी दुर्घटना भैरहेको छ।
यहाँ देखिएको दुर्घटनाको फोटो बानेश्वर हाई ट मा भएको दुर्घटनाको भयो। त्यस्तै केहि समय पहिले माछापोखरी चोकमा पनि दुर्घटना भएको थियो, त्यहाँ मोटरसाइकलमा सवार  दुबैको मृत्यु भएको थियो। यस्ता थुप्रै दुर्घटनाहरु
भएका छन्। जुन ट्राफिक नियमको अल्पज्ञानको कारण नै दुर्घटना भएको छ। अतः सम्पन्धितहरु सबै जस्तै, सवारी चालक, यात्रु, ट्राफिक प्रहरी, सवारी चालक अनुमति पत्र वितरण गर्ने निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सबैले आफ्नो जिम्मेवारी बोध गरि सोहि अनुसार गर्ने गराउने तथा त्यस सम्बन्धमा सुसूचित गराउने हो भने अहिले भैरहेको दुर्घटनाको संख्यालाई नै केही घटाउन सकिन्थ्यो। अतः सम्बन्धित सबैले यसतर्फ समेत विचार गरिदिने हो भने अवश्य अहिले भैरहेको जनधनको क्षतिमा सुधार हुने थियो।

Monday, March 27, 2017

लहसुनको दैनिक सेवनको अनेक फाइदाहरु ।

लहसुनलाई  बिशेष हामी तरकारी स्वादिलो बनाउन प्रयोग गर्दछौ। यसले तरकारीको स्वाद नै फरक हुन्छ। यसरी दैनिक हामीले उपभोग गर्ने  तरकारीलाई स्वादिलो बनाउने लहसुनले हामीलाई बिभिन्न रोगहरुबाट समेत रक्षा गर्दछ। दैनिक एक पोटि लहसुन खाली पेटमा खादा धेरै रोगहरुबाट हामीलाई बचाऊछ र यसले हाम्रो शरिर लाई अन्तरिक शक्ति समेत प्रदान गर्दछ। ।  तेसैले लहसुनलाई अमृतको रुपमा लिनसकिन्छ। 
आयुर्वेदमा उल्लेख गरेअनुसार लहसुनको दैनिक सेवनले मानिसलाई सधै जवान बनाई राख्ने कम गर्नुका साथै बिभिन्न रोगहरुबाट सुरक्षा प्रदान गर्दछ।  लहसुन खाएको करिब एक घण्टा भित्र पचिसक्छ र यसले तुरुन्तै आफ्नो प्रभाव देखाउन सुरुगर्दछ। यसले रगतमा भएको चिल्लो काट्ने, रगतलाई पातलो बनाई शरिरमा रक्त संचारमा सहयोग गर्दछ,  कब्जियात भएको अवस्थमा समेत यसले फाइदा दिन्छ, त्यस्तै कान दुख्दा समेत यसको प्रयोगले फाइदा पुग्दछ, ब्लडप्रेसर नियन्त्रण गर्नमा समेत यसले ठुलो सहयोग गर्दछ, साथै यसको उपभोगले भोक बढाई खानाखान रुचि बढाउछ। लहसुनले एउटा महत्वपूर्ण प्राकृतिक एंटीबायोटिकको रुपमा समेत काम गर्दछ। 
भर्खरै मात्र गरिएको एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि यदि एकै पटक ५-६ वटा लहसुन हल्का तरेर खाने हो भने तुरुन्त एकै दिनमा नै त्यसबाट शरिरमा भएको असर देखापर्न र त्यसबाट शरिरमा भएको फाइदा देखिन थाल्छ। उक्त अनुसन्धानमा लहसुन एक घण्टा भित्रै पच्ने र यसले तुरुन्तै आफुमा भएको पौष्टिकतत्व प्रदान गर्न थाल्छ। यसको साथै यसमा भएको एंटी ऑक्सीडेंट तत्व हाम्रो शरिरको भित्र फैलिन थाल्दछ। 
  • दैनिक लहसुन खानाले निम्न फाइदा हुन्छ:
  • शरिरमा भएको नराम्रो कॉलेस्ट्राल घटाउछ। 
  • शरिरमा भएको बिषालु पदार्थहरुलाई दिषा पिसाबको मध्यमबाट शरिर बाहिर निष्काशित गर्दछ। 
  • शरिरको हड्डीहरुलाई  मजबूत बनाउद छ ।
  • शरिरलाई बिशेष प्रकारको शक्ति प्रादान गर्दछ । जसले शरिरमा देखिने अल्छिपनालाई हटाउछ। 
  • लहसुनले तुरुन्त अन्तरिक शक्ति प्रदान गर्नुका साथै यसले यौन शक्ति वृद्धि गर्ने र यौन इच्छा समेत बढाऊछ।  
  • लहसुन दैनिक रुपमा खानाले अनुहारमा बुढेसकालको लक्षण देखा पर्न दिदैन र संधै जवान बनाई राख्न मदत गर्दछ।   
  • शरिर भित्र उत्पन्न हुने क्यान्सर कोशिकाहरू हल्का तारेको लहसुन खानाले त्यस्ता कोशिकाहरुलाई नष्ट पारिदिन्छ। 

Wednesday, February 15, 2017

माया -!


     (प्रणय दिवशलाई सेरोफेरो पारेर माया,प्रेमलाई कविता रुपि साँचोमा ढाल्नु भएको बुनु अर्याल ज्युको यो            कवितालाई सबैले एकपटक त पढ्ने पर्ने जस्तो लगेर फेसबुक को भित्ताबाट साभार गरेर यहाँ प्रकाशित गर्ने      दुस्साहस गरेको छु। )                                                                                                 

                                             - बुनु अर्याल
न गरिन्छ माया,न टुंगिन्छ माया
पोख्दा पोख्दै, भरिन्छ माया
न तौलिन्छ माया, न नापिन्छ माया
थाहै नपाई, चुलिन्छ माया                                                                        

न आगो हो माया,न पानी हो माया
जल्दै नजली, खरानी हो माया
न शीत हो माया न घाँम हो माया
कहिल्यै नमेटिने प्यास हो माया
न बृद्ध हो माया, न यौबन हो माया
कहिल्यै न अस्ताउने तारा हो माया
 न भोक हो माया न तृप्ति हो माया
 कहिल्यै नभरिने घडा हो माया
न बसन्त हो माया,न शिशिर हो माया
दुख्दा दुख्दै, मुस्कान हो माया - !

Tuesday, February 14, 2017

Valentine's Day


प्रणय दिवस वा प्रेम दिवस (Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम  आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम  विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे निषेधाज्ञा तोडेको आरोपमा उनलाई . पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ

प्रेमको प्रतिकको रुपमा रातो गुलाबको फूललाई लियिने हुदा, प्रणय दिवस वा प्रेम दिवस (Valentine's Day) को दिन आफ्नो प्रेम प्रकट गर्न रातो गुलाबको फुल प्रेमी प्रेमिकाले एक आपसलाई दिने गरिन्छ। यो दिनमा रातो गुलाबको फुलको ठुलो व्यापार समेत हुने गरेको छ। बिशेष गरि यस दिनमा युवा युवती एक आपसलाई दिन रातो रंगको गुलाबको फुलको बिशेष माग हुन्छ। त्यसैले सामान्य गुलाबको फुलको मुल्यले समेत आकाश छोएको हुन्छ, यस दिनमा।    
तेस्तै, यस दिनमा आफ्नो प्रेमी प्रेमिकालाई आकर्षक उपहार दिने परम्परा समेत युवा युवतीहरुमा छ। जोडी हुनेहरु आफ्नो जोडीको रमाइलो कार्यक्रममा पुग्छन भने,जोडी नहुनेहरु पनि आफुलाई मनपर्नेलाई आफ्नो प्रेम प्रस्ताव ब्यक्त गर्नलाई बिशेष आजकै दिनलाई रोज्छन। 
हिजो आज बिशेष गरि भर्खरका किशोर किशोरीहरु यस दिनलाई व्यग्रताका साथ मनाउन तमसेका भेटिन्छन। त्यस्तै कता कता अलिक उत्छ्रिङ्खलता पनि नदेखिएको होइन प्रणय दिवश मनाउने क्रममा।   

Monday, January 23, 2017

खाँदा मिठो तिलको लड्डु ! Good for Health.

माघे संक्रातिलाई मकर संक्रातिको नामले समेत जानिन्छ। मकर संक्राति नेपालीहरुले मनाउने एउटा प्रमुख चाड हो। यो चाड बिशेष गरि थारु समुदायको ठुलो तथा प्रमुख चाड पनि हो। थारु समुदायको बिशेष चाड भएपनि देशै भरि यो चाडलाई मनाइन्छ। यस चाडमा घ्यू, चाकु, तिलको लड्डु, मुराई तथा चाकु मिलाएर बनाएको लड्डु र तरूल खाएर मनाइन्छ।
यसरी यस दिनमा खाइने सबै खानेकुराहरुबाट हाम्रो स्वास्थ्यको लागि केहि न केहि फाइदा नै हुन्छ, त्यस मध्ये जो कोहीलाई बनाउन सजिलो र सस्तो, अनि खादा अति मिठो तिलको लड्डुको कुरा गरिदै छ ।
- बिशेष माघे संक्रतिको दिन खाइने तिल र सक्खरको पाकबाट तयार पारिने लड्डू निकै  मिठो हुनाका
साथै यो हाम्रो स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ। यसले फोक्सोलाई फाइदा पुर्याउछ साथै यसले शरिरमा जम्मा भएका बिषालु रसायन वा तत्वहरुलाई निष्काशन गराउने कार्यमा सहयोग गर्दछ।

- तिल र सक्खरको पाकबाट तयार परिने लड्डूमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ, जून हड्डीलाई बलियो बनाउन तथा वृद्धि गर्न सहयोग गर्दछ।

- यसरी बनाइने लड्डुबाट शरिरमा हिट प्राप्त हुने भएकोले जाडोयाममा यसको उपभोग गर्दा बिशेष फाइदा हुन्छ।

 - तिलमा पाइने बिशेष तत्वले मानसिक स्वास्थ्यमा समेत सकारात्मक विकास हुने हुँदा यसको सेवनले अनावश्यक तनाव (टेन्सन) तथा डिप्रेसन बाट छुटकारा पाउन सकिन्छ।

- तिलबाट हुने बिभिन्न लाभ मध्ये यसको  उपभोग गर्दा शरिरलाई  प्राप्त हुने शक्ति (इनर्जी) पनि हो।

अतः तिलको लड्डु खादा हामीलाई पुरा दिनभरी नै चुस्त तथा फुर्तिलो बनाई राख्न मदत गर्दछ।
यिनै फाइदाहरु र खादा मिठो हुनुका साथै राष्ट्रको एक प्रमुख चाड को बिशेष परिकार समेत भएकोले अवश्य तिलको लड्डु खानुहोला।