
चुनाव नभएर नेपालको संविधानलाई निष्कृय बनाउने र देशलाई अन्योलमा राखी बिदेशीको गुलामी गरी ठुलो बिदेशी मुद्रा कुम्ल्याउन पल्केकाहरुको गिरोहलाई त् ठुलो राहतै मिलेको थियो। तर सच्चा नेपालीहरु जो चुनाव प्रतिको लगाव र संविधानलाई सक्रिय बनाउन लागि परेर सबैको अथक प्रयासले चुनाव सफलता पुर्वक सम्पन्न भएरै छोड्यो ।
चुनाव सफलता पुर्वक सम्पन्न भएकोमा राम्रो सँग खुसी मनाउन नपाउदै अहिले चुनावको नतिजाको लागि भइरहेको मतगणनालाई लिएर सबैमा निर्वाचन आयोगको कार्य प्रणाली प्रति ठुलो रोश फैलिएको छ। निर्वाचन आयोगले मतगणनाको लागि कुनै योजना नै नबनाएको जस्तो अहिले बुझिन्छ। चुनाव सकिएको येतिका दिन बितिसक्दा पनि प्रमुख शहरहरुको समेत राम्रोसँग नतिजा प्रकाशित गर्न सकेको छैन निर्वाचन आयोगले। मतगणना कार्यमा देखिएको सुस्तता देखेर निर्वाचन आयोगको कार्यप्रणाली राम्रो नभएको राम्रो तथा दक्ष कर्मचारीको व्यवस्थापन गर्न नसकेको र पूर्ण तयारी नगरेको चाही प्रष्ट देखिन्छ। फेरी निर्वाचन आयोगले मतगणनाको सूचना सार्वजनिक गर्न तयार परेको मोबाइल एप मा अहिले यो लेख तयार गरिरहेको समय सम्म पनि कुनै नगर, गाउँ तथा वडा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, वडा सदस्य कसैको
पनि मतगणनाको नतिजा अपलोड गरेको भेटिदैन। त्यस्तै निर्वाचन आयोगको अफिसियल वेब साइटमा राखिएको हालसम्मको मतगणना परिणाम भनिएको पेजलाई समेत हाल सम्मको नतिजा अपडेट गर्न सकेको छैन। चुनाव सम्पन गराउनको लागि गरिएको यत्रो लगानीमा घण्टा घण्टामा नतिजा अपडेट गर्न कम्प्युटर विज्ञहरु र मतगणना कार्य चाडो सम्पन्न गर्न केहि बढीनै दक्ष कर्मचारीहरुको ब्यवस्थ मिलाउनको लागि केहि खर्च थपेर मिहेनत गरेको भए सायद अहिले सम्ममा चुनाव सम्पन्न भएका सबै स्थानहरुमा विजय उत्सव मनाई सकिएको हुने थियो।

अझै पनि केहि गर्न नसकिने होइन। तर त्यसको लागि स्वार्थ रहित इच्क्षा हुनुपर्छ। साथै अहिलेको कमि कमजोरीबाट शिक्षा लिएर दोस्रो चरणमा हुने स्थानीय तहको चुनावलाई सम्पन्न गराउन समेत अहिलेनै विचार गर्दा भविष्यमा राम्रै हुने थियो कि ? सम्वन्धित निकायले यसलाई कसरी लिने हो र हामी सम्वन्धित नागरिकहरुले चाही यसलाई के भनेर लिने हो विचार गरौ न।
No comments:
Post a Comment