Thursday, May 11, 2017

चुनाव - बर्षौ पछि करोडौ नेपालीहरुको परीक्षा !

धेरै बर्ष पछि हुन् गैरहेको स्थानिय तहको चुनावमा मतदान गर्न प्रायः सबै मतदाताहरु उत्साहित भएका छन् भन्दा अत्युक्ति नहोला। केहि दिन अगाडी सम्म पनि चुनाव हुने नहुने कुरामा अलमलिएका थिए, अझ यसमा देशका ठुला दलहरु पनि प्रष्ट हुन् सकेका थिएनन्। तर अहिले सबै चुनावको अन्तिम  तयारीमा लागिपरेका छन्। दलहरुले गरेका प्रचार प्रसार देखि निर्वाचन आयोगले अन्तिम तयारी गर्दै मतदाता परिचय पत्र समेत बाढ्न थाली सकेको छ, तर बितरण गर्ने कार्य खै किन हो छिटो छरितो तथा चुस्त नभई अतिनै सुस्त ढिलो भएको देखियो। त्यस्तै पाराले त् मतदाता परिचय पत्र चुनाव सकिएपछि पाइएला जस्तो देखिन्छ।  यसमा सम्बन्धित निकाय तथा व्यक्तिहरुले समयमै विचार गरेर कसरी सरल तथा छरितो तरिकाले छोटो समय मै वितरण
गरिदिदा राम्रो हुनेथियो। यसले उत्साहित नागरिकहरुमा अझ उर्जा थप्ने कुरालाई समेत नकार्न सकिदैन।    
देशका नागरिकहरु चुनाव शान्तिपूर्वक तथा धाँधली रहित सम्पन्न हुने कुरामा निर्धक्क हुन् सकिरहेका छैनन्। अझ शहरी क्षेत्र बाहिरको स्थिति पहिले देखिनै सुरक्षित नभएको कुरा सर्व स्वीकार्य नै हो। सरकारले यसै कुरालाई मध्यनजर राखी सुरक्षित धाँधली रहित चुनाव शान्तिपूर्वक सम्पन्न गराउन लागिपरेको छ।
अहिले देशका सबै नागरिक स्थानिय तहमा जनप्रतिनिधि चाहन्छन। स्थानिय तह (वडा कार्यालयहरु)मा घुस नखुवाई सजिलै कुनैपनि काम नहुने भएकोले अजित भएर वडा कार्यालयहरुमा जनप्रतिनिधिहरुले काम गरोस सबै नागरिकहरुको एउटै चाहना रहेकोले ठुलो उत्साहको साथ यो स्थानीय निकायको चुनाव सम्पन्न गर्न उत्साहित भएको देखिन्छन।
नागरिक चुनावको लागि जसरी उत्सुक भएका छन्, त्यसरीनै सबै नेपालीको लागि हुने राम्रा नेतालाई चिनेर आफ्नो अमुल्य मत दिएर चुन्ने कुरामा सजग हुनु पर्छ। त्यसैले हाम्रालाई होइन राम्रालाई चुनौ, आफ्ना लाई नभई देशलाई केहि गर्ने  (विकास गर्ने)लाई जिताऔँ। यो त्यो पार्टी र यो त्यो नेता भन्दा पनि राम्रा उम्मेदवार जो देश र जनताको लागि केही गर्न लागि पर्छन त्यस्ता चुनौ।
यसपटक स्थानीय निकायमा प्राय युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उभिएका छन्। त्यसमा धेरै राम्रा पनि छन् र नराम्रा पनि छन्। को राम्रो को हुने को नराम्रो र नहुने सबै विचार गरेर देश र जनताका हाम्रो होइन राम्रो नेता चुन्नु परेको छ र जसले पूर्व मेची देखि पश्चिम महाकाली र उत्तरको हिमालय देखि दक्षिणको तराई सम्मका सबै नेपालीहरुकालाई एकै थलोमा उभाएर एकजुट बनाओस र पहिले हामी सबै नेपाली भन्न र नेपालको लागि केहि गर्न सिकाओस, त्यस्ता नेता होइन उम्मेदवारलाई जिताऔँ।
अहिले यो स्थानीय निकायको चुनाव मात्र एउटा चुनाव नभएर हामी सबै करोडौ नेपालीको राम्रो नेता छनौट गर्ने परिक्षा पनि हो। त्यसैले यो परिक्षामा सतप्रतिशत अंक ल्याएर उतीर्ण हुने ठिक्क समय आएको छ। अतः यो मौकालाई पूर्णरुपले सम्पूर्ण नेपालीहरुले उपयोग गर्न नचुकौ। मौका र अमुल्य मताधिकार खेर नफालौ।  

No comments: