Thursday, April 20, 2017

जनस्वास्थ्यमा किन यस्तो खेलवाड ?

न झुक्किनुहोस ! यो कुहिरो लागेको होइन। गौशाला चोकबाट चाबहिल तिर जादाको बाटोमा धुलोले धपक्कै ढाकेको दृश्य हो यो ।गौशाला लगायत राजधानीको बिभिन्न भागमा मेलम्ची खानेपानी तथा सडक विस्तारको कार्यले गर्दा यस्तो धुलोले कुहिरो मण्डल बनेका छन् राजधानीका प्रायः सबै स्थानहरु। केहि बर्ष अगाडी सम्म हिले सडकले वाक्क दिक्क भएका राजधानी बाशिहरु अहिले धुलोले पिडित भएका छन्। जसरी पुरा राजधानीलाई धुलोको कुहिरोले ढपक्क ढाकेको छ त्यसरी नै राजधानी बासीको छाती भित्र यस्तै धुलोको कुहिरोले नाढाकेको होला भन्न सकिदैन। अतः सावधान ! होसियार ! राजधानीको यो धुलोले राजधानी बासीको स्वास्थ्यमा दिर्घकालिन असरपर्ने कुरो चाँही पक्का छ।  बिशेष श्वास प्रश्वास, फोक्सो तथा छाती सम्बन्धि रोगबाट ग्रसित राजधानी बासीको लस्कर देखिने छन् केहि समय पछी यहिकै बिभिन्न हस्पिटल, नर्सिङ्घहोम र क्लिनिकहरुमा पनि । जसरी जापानको होरोसिमा र नागासाकीमा अमेरिकाले दोस्रो बिश्व युद्धमा खसालेको एटमबमको असर अहिले सम्म पनि देखिरहेको नै छ। त्यस्तै अहिलेको राजधानीको धुलोको असर राजधानी बासीको स्वास्थ्यमा केहि समय पछिबाट दिर्घकाल सम्म देखा नपर्ला भन्न सकिदैन । हुनत अहिलेनै केहि राजधानी बासीहरुमा श्वास प्रश्वास तथा फोक्सो सम्बन्धि रोगहरु देखा पर्न थालिसकेको छ। अझ यसको प्रष्ट र बिकराल असर केहि
समय पछी देखा पर्न थाल्छ।  अहिले राजधानी लगायतको स्थानहरुमा वातावरण प्रदुषण सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेको विशेषज्ञ, गैरसरकारी संस्थाहरु समेतले आफ्नो प्रतिवेदनमा अहिले राजधानीको प्रायः सबै स्थानहरुमा हिड्डुल
समेत गर्नुलाई स्वास्थ्यको दृष्टिकोणले पूर्ण रुपमा अयोग्य भनि भनेको छ। वातावारणमा हाम्रो आँखाले देख्न नसकिने धुलाको कणहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड भन्दा निकै धेरै (खतराको बिन्दु भन्दा पनि बढी) रहेको छ। यस्तो अवस्थामा हिड्डुल वा खेलकुद गर्न पूर्णतः निषेध गरिएको छ भने हामीले श्वास प्रश्वास गर्ने हावामा समेत निकै धेरै मात्रामा यस्ता धुलोका कणहरु मिसिएकोले अहिले हामीले गर्ने श्वास प्रश्वास समेत हामीलाई खतरनाक हुनसक्छ। यस्तो अवस्थामा समेत सम्बन्धित निकाय निष्कृय छ। जनस्वास्थ्यको लागि यस्तो खतरनाक स्थितिमा समेत  सरकार सँग कुनै उपाय तथा कार्य योजना छैन। अब यहि पाराले त् नागरिकहरु सबै दिर्घरोगी भैसकेपछि मात्रै धुलो नियन्त्रण गर्ने कार्यक्रम आउन सक्छ। 
अतः जय पशुपतिनाथ ! भन्दै, यो हाम्रो पशुपतिनाथले रक्षा गरेको देशलाई, फेरी अब यस्तो डरलाग्दो प्रदुषित वातावरणीय समस्याबाट पनि जोगाऊ भन्दै उनै पशुपतिनाथको सरणमा जानु शिवाय अरु कुनै उपाय देखिदैन। नत्र यस्तो धुलाको कणहरुले पुरा काठमाडौँ खाल्डोलाई छोपेर संकट ग्रसित हुँदा केहि न केहि सुधारका कामहरु अवश्य भइसक्नु पर्ने थियो। खोई त् त्यो ? के जहिले पनि मरेपछि मात्रै ओखति ? कि के हो ? सचेत नागरिकहरुले आफै स्वविवेकले बुझ्नु र सचेत हुनु। 

जय स्वास्थ्य नेपाली जनता ! अनि जय नेपाल। 
हामी सबै नेपालीलाई स्वास्थ्य र दिर्घायु बनाऊ।     


No comments: