कुरो २०७३ चैत्र २७ गते एकाबिहानै (७:०० /७:१५) बजेको समय तिरको हो, बानेश्वर हाईटमा भएको यो दुर्घटना देख्दा ठुलै क्षति भएको जस्तो लाग्न सक्छ। यो दुर्घटना हुँदा फोटोमा देखिएकी केटीले कार चलाएर आएकी थिइन् भने हेल्मेट लगाएको केटाले मोटर साइकल चलाएर आएको थियो। जहाँ दुर्घटना भयो त्यो स्थान मुख्य सडकमा भित्रि सडक जोडिएको ठिक मध्य भागमा भएको छ। यो कुरा राम्रो संग फोटो नियाल्दा बुझिन्छ। सवारी चालकले नियमानुसार चलाउदा त्यसरी भित्रि बाटोबाट मुख्य बाटोमा आउदा बिस्तारै दाया बाया हेरेर मात्रै मुख्य बाटोमा आफ्नो सवारीको साधनलाई लैजानु पर्छ, साथै दाया बायाबाट कुनै सवारीको साधन आएको नदेखिने अवस्था छ भने हर्न बजाउनु पर्छ र क्लिएर भए मात्रै बिस्तारै मुख्य बाटोमा लैजान सकिन्छ। यो भयो
अहिले जो कोहिले सजिलै सवारी चालक अनुमति पत्र पाउन सक्छन, एजेन्ट अझ भनौ दलालको सहयोगमा। केहि रकम खर्च गरेको भरमा दलालहरुले घरैमा सवारी चालक अनुमति पत्र उपलब्ध गरिदिने सुविधा प्रदान गर्ने भएकाले राम्रोसँग ट्राफिक नियमको ज्ञान नभएका तथा राम्ररी सवारी साधन चलाउन नसक्नेहरुले समेत यस्ता दलालहरुको सहयोगमा सवारी चलाउने अनुमति पत्र लिएर निर्धक्कसँग चलाउने भएका छन्अ। यस्ता चालकहरुको कारण पनि हिजोआज बढी सवारी दुर्घटना भैरहेको छ।
यहाँ देखिएको दुर्घटनाको फोटो बानेश्वर हाई ट मा भएको दुर्घटनाको भयो। त्यस्तै केहि समय पहिले माछापोखरी चोकमा पनि दुर्घटना भएको थियो, त्यहाँ मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको थियो। यस्ता थुप्रै दुर्घटनाहरु
No comments:
Post a Comment