

एउटा अध्ययनबाट पत्ता लागे अनुसार तुलसीको पातहरुले शरिरमा हुने वा फैलिने इन्फेक्शनबात जोगाउन टी साइटोकिन्स, एनके (नेचर किलर) सेल तथा टी लिम्फोसाइट्स जस्तो इम्यून सेल्सको उत्पादनलाई समेत बढाउने काम गर्दछ। तुलसीमा इम्यून-मोडुलेटरी तत्व प्रसस्त मात्रामा पाइने भएको कारण नै यसले मनीषको इम्युनिटी सिस्टमलाई शसक्त बनाउन ठुलो सहयोग गर्दछ। एंटीऑक्सिडेंट तथा एंटीइन्फ्लैमटोरी गुण भएको कारण यसले ज्वरो निको पर्ने तथा रुधा खोकीको लागि समेत फाइदा गर्दछ।

त्यस्ता ज्वरोबाट राहत पाइन्छ। अझ कडा र बढीनै ज्वरो आएको छ भने आधा लिटर पानीमा केहि तुलसीको पातहरु र अलैंचीको धुलो मिलाएर उमाल्ने र त्यसलाई दुधमा हालेर पिउनाले अझ चाडै त्यस्तो ज्वरो निको हुन्छ।
तुलसीको पातहरुको जूस बनाएर पिउदा ज्वरोले बढेको शरीरको तापक्रम तुरुन्त घटाउन सकिन्छ। अझ यो बच्चाहरुको लागि झन् प्रभाबकरी हुन्छ। त्यसको लागि 10-15 वटा पातहरु थोरै पानीमा हालेर जूस बनाउने र त्यसलाई दुइ तिन घण्टाको फरकमा पिउन दिने, यसले तुरुन्त ज्वरो घटाउदछ ।