Friday, September 2, 2016

रुघा, खोकी र ज्वरोको अचुक औषधि - तुलसी !

मानिसहरुमा इम्युनिटी(Immunity) पावर कमजोर भएको कारण प्रायः मौसम परिवर्तन हुने समयमा बारम्बार रुघा,खोकी र ज्वरोले सताउने गर्छ। हप्तादिन सम्म यस्तो बिमारीले दुख दिने र बिस्तारै निको पनि हुदै जान्छ। त्यसैले यस्तो बिमारीलाई मौसमी बिमारी पनि भन्दछन। यस प्रकारको रोगले बिरामीलाई एक दुइ दिन त् साह्रै दुखादिन्छ, त्यसपछि यो बिस्तारै आफै ठिक हुदै जान्छ।  तर प्रायः हामी यस्तो रुघा, खोकी,ज्वरो आयो भने तुरुन्त औषधि प्रयोग गरिहल्दछौ। यसरी यस्तो सधारण बिमारीको लागि

पनि त्यसरी बारम्बार औषधि प्रयोग गरिरहदा त्यो हम्रोलागि निकै घातक पनि हुनसक्छ। त्यसैले यहाँ यस्तो मौसमी बिमारीको लागि अचुक घरेलु औषधिको उल्लेख गर्दै छु। हामी सबैलाई थाहानै हुनुपर्छ तुलसीको बारेमा हजुर रुघा,खोकी र ज्वरोको अचुक घरेलु औषधि हो हरियो तुलसीको पातहरु, यिनै तुलसीको पातहरुमा यस्ता साना साना रोगहरुलाई निर्मुलै पर्ने ठुलो गुण हुन्छ।  त्यसैले तुलसीको प्रयोगबाट हामी यस्ता मौसमी बिमारीबाट छुटकारा पाउन सक्छौ। तुलसीमा धेरै प्रकारको रोग निको पर्ने गुण भेटिएको छ र यसले मनीषको प्रतिरक्षा प्रणाली (Immunity System) लाई मजबुत बनाउन ठुलो सहयोग गर्नुका साथै, टेन्सन तथा टाउको दुखिरहने अनि साइनसाइटिस आदीबाट समेत जोगाउन सहयोग गर्दछ। 
एउटा अध्ययनबाट पत्ता लागे अनुसार तुलसीको पातहरुले शरिरमा हुने वा फैलिने इन्फेक्शनबात जोगाउन टी साइटोकिन्स, एनके (नेचर किलर) सेल तथा टी लिम्फोसाइट्स जस्तो इम्यून सेल्सको उत्पादनलाई समेत बढाउने काम गर्दछ। तुलसीमा इम्यून-मोडुलेटरी तत्व प्रसस्त मात्रामा पाइने भएको कारण नै यसले मनीषको इम्युनिटी सिस्टमलाई शसक्त बनाउन ठुलो सहयोग गर्दछ। एंटीऑक्सिडेंट तथा एंटीइन्फ्लैमटोरी गुण भएको कारण यसले ज्वरो निको पर्ने तथा रुधा खोकीको लागि समेत फाइदा गर्दछ। 
मलेरिया वा एकदमसंग ज्वरो आएको छ भने अथवा अहिलेको कडा ज्वरो डेंगुको ज्वरो आएको छ भने पनि केहि तुलसीको पातहरु सफा पानीमा राखेर कम्तिमा दश मिनेट जति मजाले उमालेर दिनमा दुइ पटक पिउदा
त्यस्ता ज्वरोबाट राहत पाइन्छ। अझ कडा र बढीनै ज्वरो आएको छ भने आधा लिटर पानीमा केहि तुलसीको पातहरु र अलैंचीको धुलो मिलाएर उमाल्ने र त्यसलाई दुधमा हालेर पिउनाले अझ चाडै त्यस्तो ज्वरो निको हुन्छ।
तुलसीको पातहरुको जूस बनाएर पिउदा ज्वरोले बढेको शरीरको तापक्रम तुरुन्त घटाउन सकिन्छ। अझ यो बच्चाहरुको लागि झन् प्रभाबकरी हुन्छ। त्यसको लागि 10-15 वटा पातहरु थोरै पानीमा हालेर जूस बनाउने र त्यसलाई दुइ तिन घण्टाको फरकमा पिउन दिने, यसले तुरुन्त ज्वरो घटाउदछ । 

Friday, August 26, 2016

पाग्रीघर !

कविM कुमार खत्री  

-सबैको हृदय छुने अहिलेको समय सान्दर्भिक एक कविता_ 
बिजयको शंखनाद गर्ने 
ईतिहाँश बोकेको पहाडमा  
हरेको जुवाडे जस्तै 
उद्रिएको छानो शिरमा सिउरिएर 
टिठ्लाग्दो गरी ठिङ्ग ऊभिएको रहेछ 
मेरो पाग्रीघर। 

दसकौं पछि गाउँ फर्किदापो थाहा भयो 
अचेत अबस्थामा रहेछन् 
मेरा घरका ढिकीजाँताहरु 
समयको पेचिलो प्रहार थेग्न नसकी 
मुर्छीत रहेछन् ढाकर र तोक्माहरु 
उता,


कटेरामा हलगोरु नदेख्दा 
जोतारोमा पाशो लागि सकेछन् 
हलो र जुवाहरु  
मेरो आउने बाटोमा 

आँखी झ्यालको आँखा ओछ्याएर
बाटो हेरी रहेको रहेछ 
मेरो पाग्रीघर।

मलाई मेरो घरले बिलौना गर्दै भन्छ 

तिमी नहुँदा मेरो मझेरीमा 
घारघुर गर्दै चल्नछाडे
ठेकी र मदानीहरु
मेरा दलीन्मा बास बस्न 
आउन छोडे पंक्षिहरु 
खेताला खोज्ने निउले झर्न छोडे 
झिँगटी घरका कान्छिहरु
तिमीलाई थाहा छ <
हरेक हिउदमा एक्लो पारेर 
मलाई भुत्ल्याउन आउछ बतास 
अनि, हरेक बर्ष निथ्रुक्क 
भिजाएर जान्छ साँउन् 
म नाजवाफ भएँ 
साँच्चै एक्लो भएर 
अलल्ली सकेछ
मेरो पाग्रीघर

उता दिन ढल्किनै लाग्दा 
पिठ्यूँमा उसिना चामलको कोसेली च्यापेर 
चट्टाने छातीहरु पार गर्दै 
युगिन् सभ्यताको कछाड भिरेर 
ओदाने पाखामा टिटीं गर्दै 
हर्न बजाउछ 
समयको ट्याक्टर 
अजम्वरी बुटी कहाँ भेटिन्छर
संस्कृतिको वन् डढेलो लगेपछि
प्रचिन्ताको जरा खलबल्याएर
कहाँ फूल्छर आधुनिकताको फूल                       
मलाई विश्वास छ
भरोशाको जून्मा ग्रहण लाग्ने छैनन्
आश्थाका फूलहरु रेटिने छैनन्। 

Thursday, August 25, 2016

दुध के, कसरी पिउँदा फाइदा हुन्छ।

दुध एउटा यस्तो पौष्टिक आहार हो, यसले जसलाई पनि फाइदा गर्दछ, आयुर्वेद तथा आधुनिक बिज्ञान दुवैले दुध हाम्रो लागि पौष्टिक तत्वको खानी भएको आहारको लिएको छ। भर्खर जन्मेको बालक देखि बयोबृद्ध सम्मकालाई दुध पिउनाले फाइदै फाइदा पुग्दछ। यो दुध एक्लै पूर्ण आहार हो,यसमा कार्बोहाइड्रेट, प्रोटीन तथा क्यल्सिअम जस्ता पौष्टिक तत्वहरु प्रसस्त पाइन्छ। त्यसैले यसलाई यतिकै पिउदा पनि फाइदा हुन्छ। तर, दुधलाई उमालेर पिउदा वा खिर बनाएर वा दलियामा राखेर खादा अझ धेरै फाइदा हुन्छ। चिसो वा तातो दुध पिउनु भन्द यसलाई उमालेर मनतातो बनाएर अथवा कोठाको तापक्रम अनुरुपको तातो  दुध पिउदा लाभदाएक हुन्छ।

दुधमा भएको प्रोटिनले शरिरमा लागेको चोटपटक वा घाउलाई चाडै निको पर्न सहयोग पुरयाउदछ। दुध कुनै पनि समयमा पिउन सकिन्छ।  तर सुत्नु भन्दा एक घण्टा पहिले अथवा डिनर खानु अगाडी वा पछाडी एक घण्टाको फरक राख्नु पर्दछ।

दुध र दही संगै नखानु !
दुध र दही संगै खानु हुदैन। दुध र दहि संगै खानाले ग्यास (एसिडिटी) बढ्नुका साथै अपचको समस्या देखा पर्छ। यस्तो अवस्थामा उल्टी समेत हुन् सक्छ। तेसैले दुध र दही संगै नखानु यदी खानै परे डेढ दुई घण्टाको फरकमा खानु। किनकी खाना पच्न तेतिनै समय लाग्छ।

दुधको साथ् तारेको वा भुटेको वा नुनीलो नखानु ! 
दुधमा मिनरल तथा विटामिनको साथै लेक्टोस सुगर र प्रोटिन प्रसस्त मात्रामा पाइन्छ। दुध एकप्रकारको एनिमल प्रोटिन भएकोले यसलाई धेरै मिक्स गर्यो भने रियाक्सन हुन् सक्छ। नुनीलो खाने कुराले दुधमा भएको पोषिलो तत्वलाई घटाउने काम गर्दछ । लामो समय सम्म उपरोक्त कुराहरु मिक्स गरेर खाई रह्यो भने छाला सम्बन्धि बिभिन्न रोगहरु लाग्न पनि सक्छ।

सुत्नु भन्दा केही अगाडी दुध पिउनु उपुक्त हुन्छ ! 
सुत्नु अगाडी दुध पिउनाले राम्रो निन्द्रा लाग्ने कुरा आयुर्वेद तथा अहिलेको आधुनिक विज्ञानले पनि मान्छ। यसरी सुत्नु भन्दा अगाडी दुध पिउँदा सेरोटोनिक हर्मोन निस्कासित हुने भएकोले हाम्रो दिमागलाई शान्त राख्न सहयोग पुर्याउछ।


Thursday, August 18, 2016

पृथ्वी जस्तै ग्रह पत्ता लग्यो !

नासामा आबद्ध खगोलविदहरुले पहिलो पटक हबल अंतरिक्ष दूरदर्शीको प्रयोग गरेर हाम्रो सौर्य मण्डल देखि बाहिर रहेको हामी अहिले बसोबास गरिरहेको जस्तै पृथ्वी जस्ता अर्को दुई ग्रहहरु पत्ता लगाएका छन्। साथै त्यस ग्रह वरिपरिको बायुमंडलको समेत अध्ययन गरिएको र त्यो पनि धेरै नै प्रतिशत मिल्ने कुरा पनि उल्लेख ति खगोलविदहरुले गरेका छन् । ति ग्रहहरुमा प्राणीहरु बस्न योग्य रहेको कुरा समेत उल्लेख गरिएको छ। नया पत्ता लगाएको ग्रह अहिलेको हाम्रो पृथ्वीबाट ४० प्रकाश बर्ष टाढा रहेको समेत जनाइएको छ।
खगोलविद्हरुले पत्ता लगाएको ग्रहहरुको नाम टीआरएपीपीआईएसटी-वन बी (TRAPPIST-1b) र
टीआरएपीपीआईएसटी-वन सी (TRAPPIST-1c) राखिएको छ। त्यस ग्रहमा अन्य ग्यासिय वायुमंडहरुको तुलनामा हाइड्रोजनको मात्रा धेरै नभएको सम्भावित कुरा पनि उल्लेख गरेको छ ।
अमेरिकाको स्पेस टेलिस्कोप साइंस इंस्टीच्युटका निकोल लेविसको भनाइ अनुसार, ‘सास फेर्न सकिने मात्रामा हाइड्रोजन हीलियम जस्ता ग्यासहरू भएको कुरा समेत बताइएको छ । यसैले गर्दा त्यस ग्रह्हरुमा प्राणीहरु बस्न योग्य भएको सम्भावना बढी रहेको कुरा उल्लेख गरिएको छ। ति ग्रहहरूले कम से कम ५० करोड बर्ष पुरानो एउटा सानो र रातो ताराको  परिक्रमा गर्दछन।

टीआरएपीपीआईएसटी-वन बी (TRAPPIST-1b) 1.5 दिनमा त्यो सानो रातो ताराको एक फन्को घुम्छ भने टीआरएपीपीआईएसटी-वन सी (TRAPPIST-1c) 2.4 दिनमा एक फन्को  घुम्छ।
यस बिषयमा गरिएको अध्ययन सम्बन्धि बिस्तृत बिवरण नेचर नामक पत्रिकामा प्रकाशित गरिएको छ।
यस ग्रहको बिषयमा दृष्य समाचारको लागि यहाँ दिएको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ। 

Monday, August 15, 2016

एकै पोजिशनमा लामो समय बसिरहदा रोगले सताउला !

लामो समय सम्म एउटै पोजिसनमा बसिरहदा मनिषको शरिरमा बिभिन्न हानिकारक परिवर्तनहरु हुन्छन् । प्रायः हामी TV हेर्दा, कम्प्युटरमा लामो समय सम्म काम गर्दा, इन्टरनेट चलाउदा वा कम्प्युटरमा गेम खेल्दा होस् अथवा लामो समय सम्म एउटै पोजिसनमा बसेर केही काम गर्दा शरिरमा बिभिन्न नकारात्मक परिवर्तनलाई हुने र त्यसले बिभिन्न रोगहरुलाई समेत सँग संगै लेराउछ। त्यसरी लामो समय सम्म एकै ठाउमा एउटै पोजिसनमा बसिरहदा शिर देखि पाऊ सम्म बिभिन्न रोगहरु लाग्ने सम्भावना धेरै हुनसक्छ । जुनकुरा यहाँ तल उल्लेख गरिएको छ।  
  • बेलायतको स्पोर्ट्स मेडिसिन पत्रिकाले प्रकाशित गरेको तथ्यांक अनुसार प्रत्येक दिन लगातार ६ घण्टा सम्म एकै पोजिसनमा बसेर टीभी हेर्ने व्यक्तिको आयु कमसेकम ५ बर्ष घट्दछ।  पत्रिकामा उल्लेख गरिएको छ, कुनै पनि स्थानमा आवश्यक भन्दा बढी समय दवाब पर्दा वा थिचेर राख्दा त्यस्तो ठाउमा ५० प्रतिशत सम्म अतिरिक्त बोशो जम्मा हुन्छ।  
  • हाई ब्लडप्रेसर तथा कोलेष्ट्रोल 
  • त्यसरी लामो समय सम्म एउटै पोजिसनमा बसेर काम गर्दा, TV हेर्दा वा कम्प्युटरमा चल्दा उच्चरक्तचाप हुने तथा कोलेष्ट्रोल समेत बढ्न सक्छ। अनुसन्धानबाट निस्केको नतिजामा थोरै समय मात्रै बस्नेको तुलनामा लामो समय सम्म एउटै पोजिसनमा बस्नेलाई यस्तो रोग लाग्ने संम्भावना दुइ गुणा बढी हुन्छ। 
  • पाचन ग्रन्थि तथा पाचन प्रक्रियामा समस्या हुनसक्ने 
लामो समयसम्म एउटै पोजिसनमा बसिरहदा पाचनग्रन्थिमा समेत समस्या हुनुका साथै पाचन प्रणालीमै नकारात्मक प्रभाव पर्नसक्छ। जसलेगर्दा आवश्यक भन्दा बढी इन्सुलिनको निर्माण हुनगई शरिरलाई हानी पुग्न सक्छ र सुगरको रोग समेत लाग्न सक्छ।

कोलोन क्यान्सर हुने खतरा 
बिभिन्न समयमा गरिएको अध्ययनको नतिजाले समेत लामो समय सम्म एउटै पोजिसनमा बस्दा कोलोन क्यान्सर हुन सक्ने धेरै सम्भावना हुने कुरालाई पुष्टि गरेको छ।  येति मात्रै नभई स्तन तथा एन्डोमेट्रीअल क्यान्सर समेत हुने खतरा बढी हुन्छ।

मांसपेशिहरु कमजोर हुने 
मानिस जति सक्रिय हुन्छ मांसपेशीहरु त्यतिनै सक्रिय हुन्छन। जति मांसपेशीहरु सक्रिय हुन्छन, त्यतिनै धेरै मजबुत पनि हुन्छ।  तर धेरै समय सम्म एकै पोजिसनमा बसी रहदा ढाड तथा पेटको माम्सपेशीहरु पनि लामो समय सम्म निष्कृय हुने भएकोले खुकुलो र कम्जोर हुनजान्छ। यसले गर्दा हिप र खुट्टाको मांसपेशिहरु समेत कमजोर हुन्छ।

मेरुदण्डलाई समेत हानी हुन्छ  
लामो समय सम्म एकै ठाउमा एकै पोजिसनमा बसिरहदा ढाडको हड्डी (मेरुदण्ड) राम्रोसंग पुरै सोझो हुन नपाउने भएकोले त्यसरी एकै पोजिसनमा बसिरहदा हिप र खुट्टाको हड्डी तथा जोर्नीहरु राम्रो सँग सकृय नहुनेभएकोले
यिनीहरुको आफ्नो स्वाभावि लचकता हराएर कडा भएर बिस्तारै खिइन थाल्छ। यसले ति स्थानहरुको हड्डी तथा जोर्नीहरु बिस्तारै खिइदै जान्छ र दुख्न थाल्छ।
ओस्टियोपोरोसिस
नियमित रुपमा लामो समय एकै आशन वा पोजिसनमा बसिरहने मानिसहरुको तौल बढ्छ। हिप तथा अन्य तलको अन्य भागहरुको पनि तौल बढ्न जान्छ। यसरी शारीरिक सकृयताको कमी भएर  ओस्टियोपोरोसिस जस्तो हड्डी  सम्बन्धि रोग लाग्न सक्छ।
दिमागमा समेत असर पर्ने 
माम्सपेसीहरु सष्कृय हुदा फ्रेश रगत तथा अक्सिजन लगातार दिमागमा पुगिरहन्छ र त्यसबाट निस्कने एकप्रकारको रसायनले दिमागलाई सकृय बनाउदछ।  तर लामो समय सम्म एकै आशनमा बसिरहदा माम्सपेसीहरु निष्कृय हुने भएको र त्यसको सिधा प्रभाव दिमागमा पनि पर्छ र यसको काम गर्ने क्षमता पनि सुस्त हुन्छ। यसकारण लामो समय सम्म एकै पोजिसनमा बस्दा मस्तिष्कको क्षमतामा समेत नकारात्मक असर पर्न जान्छ।
गर्दन दुख्ने 
एकनासले लामो समय सम्म एकै पोजिसनमा बसेर काम गर्दा होस् वा कम्प्यूटरको अगाडी बस्दा, वा टीभी हेरेर बस्दा अथवा मोबाइल चलाएर बस्दा गर्दनको हड्डीमा नराम्रो असर पर्छ। यसले गर्दा गर्दनको हड्डी तथा नसामा नकारात्मक प्रभाव समेत पर्दछ र यसले कुम (काँध) र ढाडमा नराम्रोसंग दुख्छ।


Wednesday, August 10, 2016

बरिष्ठ रंगकर्मी सुनिल पोखरेल ICU मा !


बरिष्ठ रंगकर्मी सुनिल पोखरेल थापाथली स्थित नर्भिक हस्पिटलको ICU मा उपचारका लागि राखिएका छन्। सुनाकोठी, ललितपुर स्थित आफ्नै बासस्थानमा एक्कासी बेहोश भएपछी उनलाई उपचारका लागि हस्पिटल ल्याइएको थियो। हस्पिटलमा उपचार पछि उनको स्वास्थ्य स्थिति अहिले सामान्य हुदै गैरहेको जानकारी श्रीमती तथा रंगकर्मी निशा शर्माले जानकारी गरउनु भएको थियो। यस अघि बरिष्ठ रंगकर्मी श्रीपोखरेललाई
उपचार पछि चिकित्शकहरुले सिजर अट्याक भएको कुरा बताएका थिए।
अहिले बरिष्ठ रंगकर्मी श्रीपोखरेलको स्वास्थ्य स्थिति सामान्य हुदै गएको र CT Scan मा पनि त्यस्तो खराबी केहि नदेखिए पनि यस्तो सिजर अट्याकको खतरा पुनः दोहरिन सक्ने भएकोले हस्पिटल मै अब्जर्भेशनमा राखिएको कुरा समेत श्रीमती शर्माले जानकारी गराउनु भएको थियो।
नेपाली रंगमंचलाई आजको यस स्थितिमा पुर्याउन बरिष्ठ रंगकर्मी श्रीपोखरेल ठुलो योगदान दिनुभएको कुरालाई सायदै यस क्षेत्रलाई माया गर्ने जो कोहिले बिर्शन सक्छन। आरोहण नाट्य समुहका सस्थापक तथा गुरूकुल नाट्य संस्था स्थापना गरी धेरै नाट्य कर्मीहरुलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्ने एक सफल तथा बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलले बिभिन्न नेपाली चलचित्रहरु, नाटकहरुमा अभिनय सफल तथा जिवन्त अभिनय गर्नुका साथै अनगिन्ति नाटकहरुमा सफल निर्देशन समेत गर्नु भएको छ।
भगवानसँग वहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।    

Friday, August 5, 2016

कविता

















कोही डलर अनी कोही दिराम सँग बेचिदै छौं !
खै कुन सुखका लागि आराम सँग बेचिदै छौं !!
नमस्ते नेपालीहरु,कतै यस् सर,कतै हा जि,
र कतै त्यो वालेकुम सलाम सँग बेचिदै छौं !!
सारा विश्व वायु-पँखी घोडामा सयर गर्दैछ


हामी बहादुर तिनैका लगाम सँग बेचिदै छ!!
आमाहरु सम्झदै आसुमा सेल रोटी तार्दैछन,
छोरा बासी खबुस अनी जाम सँग बेचिदै छौं !!
न दशैँमा बा आमा न तिहारमा बहिनी छन,
के के सम्झनु र दाई तमाम सँग बेचिदै छौं !!

( श्याम अधिकारी ज्युले गुगल वालमा पोष्ट गर्नु भएको कविता समय सान्दर्भिक लगेर यहाँ उतारेको हो। )
-modelnepal.blogspot.com

Wednesday, August 3, 2016

केटी जिस्काउने बढी ५० वर्ष माथिका !

एउटा रमाइलो प्रसँग, खासै कुरा शुरु गरिहाल्नु भन्दा पहिले यो लेख अध्ययन गर्न लाग्नु भएका सबैलाई एउटा प्रश्न सोधि हालौ। "के तपाईले कही कतै कुनै समयमा केटी जिस्काउनु भएको छ?"
कुनै अप्ठ्यारो मान्नु पर्दैन, कुरा अफ़ुले मनन गरे पुग्छ। "जिस्काउनु भएको छ त, केटी?" …! कुरो अलिक हाँस उठ्दो नै छ, होइन त्?
अनि, यो कुरो पनि त् सुनेकै हुनुपर्छ, "तन बुढो भएपनि मन बुढो हुदैन।" यो उखान उहिले हाम्रा पुर्खाहरुले तेतिकै त् राखेनन् होला। यसमा अवश्य पनि केहि तथ्य लुकेकै हुनुपर्छ। बिशेष गरी पाका उमेरका मानिसहरुको लागि यो भनाई प्रयोग गरिन्छ।
कतै कुनै समय तपाईहरुले महसूस गर्नु भएको वा देख्नु भएको वा अरुले कुरा गरेको सुन्नु भएको हुनु पर्छ। कि फलानो बुढो मान्छेले फलानो केटीलाई कस्तो जिस्क्याएको, बुढो भएर पनि तरुनी केटी के जिस्क्याएको होला। कस्तो पत्तेको बुढो यो उमेरमा पनि तरुनी जिस्क्याउने। यस्तै यस्तै बिभिन्न कुराहरु जुन उमेर भइसकेका मानिसहरुको लागि भनिएको हुन्छन्। हामीले पढे सुनेका बिभिन्न घटनाहरुले पनि पाको उमेरका मानिसहरुमा बढीनै यौन आकांक्षा भएको पुष्टी भएको छ।   
हजुर हाम्रो छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनबाट निष्किएको नतिजा पनि त्यस्तै नै छ। 
केटीहरु जिस्काउने, यौन दुर्व्यवहार गर्नेहरुमा पाका उमेरका मानिसहरु नै बढी भेटिएका छन्।
Woman Power Online 1080 को तत्यांक अनुसार  महिला बिरुद्ध हुने दुर्व्यवहारको आरोपमा कारवाही गरिएका मध्ये ६८ प्रतिशत भन्दा बढी ५० बर्ष भन्दा बढी उमेरका मानिसहरु भेटिए। केटी जिस्काएको वा यौन दुर्व्यवहार गरेको आरोपमा कारवाही गरेर जेल चलान गरिएका ५७३ पुरुष मध्ये ५० प्रतिशत भन्दा बढी ५० बर्ष भन्दा बढी उमेरका पुरुषहरु भेटिएको तथ्यांक Woman Power Online 1080 ले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ। 
यस्तो अभियोगमा कारवाहीमा परेका हरु केही मनिषहरु रोगी समेत भएको तथ्य फेलापरेको छ। 
केटी जिस्काउने कार्यमा पाका उमेरका मनिषहरु बढी हुनुमा उनीहरु प्रति समाजले हेर्ने दृष्टि, अलिक हिम्मतिला हुने र पिडित केटीहरुले आफु बिरुद्ध पुलिसमा रिपोर्ट गर्ने कमै सम्भावना हुने भएर पनि युवाहरु भन्दा बढी केटि जिस्काउ छन।       
अझ विभिन्न कम्पनी तथा अफिस संचालन गरिरहेका पाका पुरुषहरुले काममा राख्ने वा त्यहाँ जागिरका लागि आवेदन गर्न आउने युवतीहरुमाथि काम/जागिरको प्रलोभन देखाएर अश्लील हर्कत गर्ने तथा यौन शोषण गर्ने गरेको समेत फेलापरेको तथ्य Woman Power Online 1080को  प्रतिवेदनमा उल्लेख गरिएको छ। 


Thursday, July 28, 2016

अचम्मसँग भेटिएको शालिग्राम !


शालिग्राम स्थापना गरिएको मन्दिर।
                                                  शांखु, काठमाडौँको उत्तरपूर्वमा अवस्थित धार्मिक    तथा ऐतिहासिक शहर, अहिलेको शंखरापुर नगरपालिका। हामीले स्वस्थानीको कथामा समेत यस शहरसँग सम्बन्धित कथा पढेको सुनेका छौ। यसै शहरको मुख्य केन्द्रदेखि केहि पर उत्तर तिर रहेको बज्रयोगिनीको मन्दीरको घर्मिक किम्बदन्ती तथा महत्व छुट्टै छ । यहाको परापुर्व कालदेखिको परम्परावादी कला संस्कृति र रहनसहनले  जो कोहीलाई पनि आफूतिर आकर्षित गर्ने क्षमता राखेकै छ भन्दा अत्युक्ति नहोला। परस्पर जोडिएका घरहरु जुन २०७२ साल बैशाख महिनामा गएको विनाशकारी भूकम्पले तहसनहस परेपनि अझै बाँकि रहेका इँटा छापेर बनाएका साँघुर सडक, त्यस्तै पुराना चोक तथा गल्लीहरुले अझै पनि उ बेलाको बैभवता झल्कायेको छदैछ। फेरी चारै तिर हरिया पहाडहरुले घेरेर माला लगाएको झैं देखिने मनमोहक दृश्यले जो कोहीलाई एकपटक शंखु पुग्ने रहर नलाग्ला भन्न सकिदैन।
                 मन्दिरभित्र स्थापना गरिएको शालिग्राम                                                                  

शंखु बजार देखि पूर्व तिर, जहाबाट हरियो डाँडा हुँदै माथितीर तिलकोट पुग्ने बाटो बनेको छ (कच्ची बाटो), त्यही बाटोको फेदीमा भिरालो डाँडाको ठुलो भागलाई मिलाएर मुक्तिनाथको मन्दिर स्थापना गरिएको छ । साथै सो मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुलाई बास बस्नको लागी मन्दिर परिसरमा नै केही भवनहरु समेत निर्माण गरिएको छ। त्यस्तै सो मन्दिर परिसर तथा भवनहरुको वरिपरि निर्मित आगन तथा बगैंचाहरुले शंखुलाई झनै उचाइमा पुरयाएको महसूस गर्न सकिन्छ। उक्त मुक्तिनाथको मन्दिरका

मन्दिर भित्र शालिग्रामको बाहिरी ढुंगाको बोक्रा।       

संस्थापक कमलनयन आचार्य बाबाको पहलमा मन्दिर आशपास हस्पीटल, स्कूल आदी निर्माण हुदैछ। स्कूल निर्माण भैरहेको स्थल अगाडी खुला रहेको स्थान सम्यायेर स्कूलको बिद्यार्थीहरु र स्थानीय युवाहरुलाई समेत हुने गरी ठुलो चौर बनाउने क्रममा ठुलो आकारको शालिग्राम भेटिएको थियो। कालीगण्डकी तिरमा पाइने शालिग्राम शंखुको पूर्बी छेउमा त्यसरी ठुलो शालिग्राम भेटाउनु एकप्रकारले अचम्मै कै कुरो भएर नै, त्यसरी शालिग्राम भेटिएको स्थानमा समेत मन्दिर स्थापना गरी त्यहाँ भेटिएको शालिग्रामलाई
                                                         पुजारी शालिग्रामको फाइदा बेफाइदा बताउदै     

सोही मन्दिरमा स्थापित गरि राखिएको छ।  डाँडाको फेदीमा जमीन सम्याउने क्रममा एउटा ठुलो ढुंगामा स्काभेटर माटो उठाउने क्रममा ठोकियो, त्यसरी ठोकिएको ढुंगालाई खनेर निकालियो। स्काभेटरले ठोकेर ठुलो ढुंगा उसिनेको अन्डाको बोक्रा माथीबाट तलतिर चिरिएर फ़क्लक्क फुटेर अन्डा निस्किए झैँ ठुलो ढुंगा पनि त्यसरी नै फ़क्लक्क फुटेर भित्र ठुलो शालिग्राम भेटियो। त्यसरी भेटिएको शालिग्रामलाई स्थानीयहरू र मुक्तिनाथ मन्दिरका संस्थापकको
                                                                                   शंखुमा स्थापना गरिएको मुक्तिनाथको मन्दिर।       
अग्रसरतामा त्यहाँ मन्दिर निर्माण गरि सोहि  मन्दिरमा स्थापित गरियो। त्यसरी शालिग्राम भेटिएको स्थान, शालिग्राम स्थापन गरिएको मन्दिर र उक्त मन्दिरको पुजारीको फोटोहरु पनि यस लेखमा समावेश गरिएको छ।

           

Wednesday, July 27, 2016

शुख शान्ति र आराम !

दिपक बन्जाराको फेसबुक वालबाट लिइएको 
 Fact of Life , (यो कथा दुई मिनट समय निकालेर अवस्य पढ्नुहोला )   

एकपटक एक जना माछा मार्ने माझी समुद्रको किनाराको हरियो चौरमा एउटा रुखको छहारी मुनी उत्तानो परेर सुतेर आराम सँग बिडी तानीरहेका थिए । त्यसै समय एकजना ठुलो ब्यबसायी त्यहिँबाट आफ्नो कामको शिलशिलामा कतै गैरहेका थिए र त्यसरी आनन्द सँग सुतिरहेको माझीलाई देखेर सोधिहालेछ, " तिमी काम गर्न छोडेर, यहाँ किन यसरी आराम गरेर समय बर्बाद गरीरहेको छौ ?
त्यो ठुलो ब्यबसायीले त्यसरी सोधेको देखेर गरिब माझीले जवाफ दिएछ  " मैले आजको लागि पर्याप्त माछा समाती सकेको छु" 
माझीको कुरा सुनेर त्यो ठुलो ब्यबसायी अलिक रिसाएर फेरी भनेछ "तैपनि यहाँ बसेर यसरी समय बर्बाद गर्नुभन्दा त राम्रो तिमीले अझै माछा समातेको भए हुन्थ्यो नी। "
माझिले कुरो नबुझेर फेरी सोधेछ "अझै माछा समातेर के हुन्छ ?"
ठुलो ब्यबसायी - त्यसलाई पनि बेचेर तिमिले अझ धेरै पैसा कमाउन सक्थ्यौ र एउटा ठूलो बोट (जहाज) किन्न सक्थ्यौ।"
माझी - त्यो बोट (जहाज) किनेर के हुन्छ त् ? 
ठुलो ब्यबसायी - त्यसले तिमी समुद्रमा अझै टाढासम्म गएर माछाहरु धेरै मार्न सक्छौ र झन् धेरै पैसा कमाउन सक्छौ। 
माझी - अनि फेरि त्यसले के हुन्छ ?
ठुलो ब्यबसायी - तिमीले अझ धेरै बोट किन्न सक्छौ, धेरै कर्मचारीहरु राखेर झन् धेरै पैसा कमाउन सक्छौ ।
माझी - अनि फेरि के हुन्छ ?
ठुलो ब्यबसायी - त्यसपछी तिमी म जस्तै धनी ठुलो ब्यबसायी बन्न सक्छौ। 
माझी - तपाई जस्तै ठुलो ब्यबसायी बनेपछि मलाई के हुन्छ ?
ठुलो ब्यबसायी - माझीको यस्तो कुरा सुनेर रिसाउदै भने छ, "अरे बेवकुफ ! त्यसपछी तिमी आफ्नो जीवन खुशी,शान्ती र आराम सित बिताउन सक्नेछौ। 
माझीले बल्ल कुरो बुझेको जस्तरी भनेछ - ए त्यसो पो ! अनि अहिले तपाइले म के गरेर बसिरहेको जस्तो लाग्छ त् ? तपाईं त्यत्रो काम गरेपछी खुशी, शान्ती र आराम सँग जीवन बिताउन सकिन्छ भन्नु हुन्छ, तर म त्  त्यो सबै नगरीकनै सुख शान्ती र आराम सँग यी यसरी बाँचिरहेको छु, बसी रहेको छु " ।
यस सम्वादको शिक्षा (मोरल) :- शुख शान्ति र आराम सँग बस्नको लागि धन होइन मन चाहिन्छ र जे जस्तो अवस्थामा छ त्यसैमा सन्तुष्ट हुन् सक्नु पर्छ। साथै पाएको हरेक क्षणलाई आनन्द सँग बिताउन सक्नु पर्छ ।

भिषण बर्षाले देश डुवानमा !

२०७३ साउन १ गते देखि देशभर सुरु भएको लगातारको भिषण बर्षाको कारण आजको मिति सम्ममा पूर्व देखि पश्चिम तराईको प्राय सबै भूभागलाई नराम्रो संग डुबाएको छ। ठुलो धनजनको क्षति हुनाको साथै हजारौ परिवार घरवार बिहिन हुन् पुगेका छन्। पश्चिममा तिनाऊ नदीको पुल बगाएको छ।  त्यस्तै सयौको घर नदीको कटानले गर्दा नदीमै मिल्न पुगेको छ। अझै कतिले त् नदीको कटानको डरले आफ्नो घरबारै छोडेर सुरक्षित स्थानको खोजीमा खुला आकाश मुनि बस्न आईपुगेका छन्।
त्यस्तै कोशी नारायणी कर्णाली गण्डकी सबै नदीहरुमा पानीको सतह खतराको चिन्नो भन्दा माथि पुगिसकेको
छ। लगातार यसरीनै अरु केही दिन पनि पर्ने हो भने तराइमा अझै ठुलो जनधनको क्षति पुर्याउने छ।
काठमाडौँ उपत्यकामा समेत भक्तपुर तथा मध्यपुर थिमीको सिमानामा भएर बग्ने हनुमन्ते खोलाले समेत त्यस क्षेत्र तथा घरहरुलाई डुबाएको छ।
त्यस्तै अहिलेको लगातारको बर्षाले पहाडी क्षेत्रमा ठाउँ ठाउमा गएको पहिरोको कारण पनि धेरै धनजनको क्षति भएको छ। २०७२ बैशाख देखि निरन्तर गैरहेको भुकम्प तथा पराकम्पहरुले थिलथिलो परेको पहाडी धरातललाई यसपालीको भिषण बर्षाले गर्दा जताततै पहिरो गएको छ। कति राजमार्ग हरुमा गएको पहिरोले अहिले लामोदुरिका यातायात अबरुद्ध हुन् पुगेर यात्रुहरुले ठुलो समस्याको सामना गर्नु परिरहेको छ। यसरी राजमार्ग अबरुद्ध हुदा कति यात्रुहरु बाटोमै अलपत्र समेत परेका छन्।



    

Tuesday, July 26, 2016

गाजर एक फाइदा अनेक !



गाजर, एक यस्तो फलफुल तथा तरकारी समूहमा पर्ने खाध्य हो, जसमा हाम्रो लागि फाईदै फाइदा मात्र छ। यसको उपभोग गर्दा हामीलाई बिभिन्न फाइदा हुन्छ । गाजरमा धेरै मात्रामा बेटा क्यारोटिन पाइन्छ, जुन हाम्रो दृष्टि शक्तिको लागि अतिनै महत्वपूर्ण हुन्छ। साथै यसमा भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रक्रिया र दाँतका लागि अतिनै लाभदायी हुन्छ । यसमा अत्यन्त थोरै मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ यसमा शुन्य नै हुन्छ । गाजर खानु आँखाको स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटारयाक्ट जस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउछ । यसले रतन्धो हुनबाट समेत जोगाऊदछ । एक अनुसन्धानबाट बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ भन्ने कुरा समेत पत्ता लागेको छ ।
गाजरमा पाइने विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्वले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्वहरुले मुटुको रोग लाग्न सक्ने खतरा समेत धेरै नै कम हुने देखाएको छ । गाजरमा उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् जसले खराब कोलस्टेरोललाई हटाउछ । यसै कारण हृदयाघात हुने सम्भावना समेत रहदैन ।

गाजरमा पाइने पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । यीनै तत्वहरुले क्यान्सर लगाउने कोषलाई समेत नष्ट पारिदिन्छ । गाजरको नियमित उपभोग गर्नाले यसमा भएका विभिन्न पोषक तत्वहरु र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने तथा शरीरमा बिभिन्न रोग बिरुद्ध कवचको जस्तै काम गर्दछ। साथै गाजरमा हुने भिटामिन ए ले शरीरमा हुने विषाक्त पदार्थ निकाल्न कलेजोलाई मद्दत गर्दछ। यसले कलेजोमा हुने चिल्लो पदार्थ तथा पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा महत्वपूर्ण सहयोग गर्छ । 
अतः गाजरलाई नियमित आफ्नो खाना तथा खाजाको रुपमा उपभोग गर्ने बानबसालौ र निरोगी भइ जीवन गुजरौ।   

Sunday, July 24, 2016

भ्रष्ट्राचारी ! गर्वको साथ भन्न सक्छौं ।

- हामी कहाँ छौं ? कुन देशमा बस्छौं ? भनि कसैले प्रश्न गरेमा,
हामी, त्यो देशमा बस्छौं जहाँ अहिले बर्षाको समयमा पुर्व देखि पश्चिम तराइ सम्मका शहर बजार तथा गाउँ घरमा बाढी पसेर धनजन, अन्न बाली तहसनहस बनाएर जीवन जिउन समेत कष्टकर बनाएको समयमा , फेरी लगातारको वर्षा बाट नदीमा पानीको सतह बढेर उर्लेको बाढीबाट ज्यान जोगाउन घरबार छोडेर खुला आकाश मुनी जीवन यापन गरिरहेका नागरिकहरुको कुनै वास्ता समेत नगर्ने, अनि बिनाशकरी भूकम्पले तहसनहस परेको नेपालीको जीवनमा लगातार भएको वर्षाको कारण आएको बाढी र खाशेको पहिरोले झनै बिचल्ली बनाई परेको अवश्थामा समेत देशको नागरिकहरुको बेवास्ता गरि शत्ताको लुछाचुडी र भागवण्डा मै सिमित रहने देशको सरकार अनि सरकार चलाउने मन्त्रिगणहरु र पक्ष विपक्षका नेताहरु अझ उनीहरुलाई नेता भन्दानी ठेकेदारहरु भन्दा अत्युक्ति नहोला। हो हामी त्यहि देशमा बस्छौं।
हामी, देशमा नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न पाइदैन अनि स्वास्थ्य शिक्षामा समेत मनोमानी गर्न पाइदैन भनि आमरण अनशन बस्ने प्राध्यापक डाक्टर गोबिन्द केसीको १३ १३ दिन सम्म पनि केही वास्ता नगर्ने बरु मापदण्ड बिपरित खुलेका स्वास्थ्य शिक्ष बिषयमा अध्यापन गराउने शैक्षिक सँस्थाहरुको लहलहैमा लगेर उल्टै प्राध्यापक डाक्टर केसीलाई पागलको संज्ञा दिने सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु सदनमा थुप्रिएर असारेभाकामा एकले अर्कोको बिरोध गर्दै जुवारी मात्रै खेल्नेहरुले चलाएको देशमा बस्छौ।
हामी, ब्यापारी तथा व्यवसायीहरुले देशमा जनस्वास्थ्य हित बिपरित जे जस्तो खाध्य सामाग्रीहरु खुलेआम बेच्दा र बासी सडेगलेको खाध्य सामग्रीहरु घोषणा गरेरै ग्राहकहरुलाई बेच्छौ भनेर भन्दा समेत केही कारवाही गर्न नसक्ने  सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन भाएको देशमा बस्छौ।
हामी, रक्षक नै भक्षक, भ्रष्ट्राचारले ओतप्रोत भएको राष्ट्र, जहाँको   सरकार, सरकार चलाउने मन्त्रीहरु र पक्ष विपक्षका महान नेताहरु तथा पुलीस प्रसशन सबका सबका भ्रष्ट्राचारी भएको देशमा बस्छौ।
भनेर हामी गर्वको साथ भन्न सक्छौं।