Saturday, June 2, 2012

सपनामा माछा देख्नुको अर्थ हुन्छ .......!!!

हामी सबैले सुतेको समयमा सपाना देख्छौ, त्यस मध्ये केहि पछी सम्म सम्झन्छौ भने धेरै जसो बिर्सन्छौ, अझ कति सपना त बिउझदा बिर्सिसकेको हुन्छौ l हामीले त्यसरी सुतेको बेला देख्ने सपनाको केहि बेशेष अर्थ हुन्छ l  हरेक सपनाले भविष्यमा  हुने वा हुनसक्ने केहि कुराको बयान गरेको हुन्छ, अझ भनौ हामीलाई हाम्रो ज्ञानेन्द्रीयले  भविष्यमा  घट्ने वा घट्न सक्ने घटना दुर्घटनाको लागि सचेत पार्नलाई त्यसरी सपनामा त्यस्तै दृश्य देखेको हो l  यसरी सपना हाम्रो जीवनमा घट्ने वा घट्न सक्ने घटना दुर्घटना संग  सम्बन्धित हुन्छ l  भविष्यमा हाम्रो जीवनमा हुनसक्ने राम्रो नराम्रो कुरालाई सपनामा देखाएर अग्रिम सुचित र सावधान गराईदिन्छ l बस हामीले त्यस कुरालाई समय मै बुझ्न सकेर सोहि अनुसार गर्न सक्यौ भने फाइदा लिन सक्छौं होइन भने भन्न सकिदैन, नराम्रो दुर्घटना मा पनि पर्न सक्छौ l त्यसैले अब होसियार हुनुहोस, सुतेको बेला सपना के देख्नु भयो याद पनि गर्नुहोस l


यस लेखमा सपनामा के कुरा देख्दा त्यसको अर्थ के हुन्छ भन्ने जानकारी गराइन्छ, जसले हामी सबैलाई अवश्य अग्रिमरूपमा सचेत गराउनका साथै केहि कुराको फाइदा समेत हुन्छ l जस्तै: 
सपनामा माछा देखेमा:
ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो l 


-त्यसैले हामीले सपनामा रंगीचंगी साना साना माछा देख्येउ भने त्यो निकै राम्रो हो l यसले भविष्यमा कुनै शुभ समाचार सुन्न, देख्न, पाइन्छ, साथै यस्तो व्यक्तिको जीवन एकदमै सफल हुन्छ र भविष्यमा कुनै पनि समस्याको सामना गर्नु पर्ने छैन l 


-त्यस्तै, सपनामा ठुलो र आक्रमक माछा देखिएको छ भने, यो चाही अलिक चिन्ता गर्नु पर्ने हुन्छ l यस्तो सपनाले मानीसको म भित्र गुम्सिएर रहेको नकारात्मक  उर्जा वा सोचलाई दर्साउदछ l ज्योतिषहरुका अनुसार सपनामा शार्क, पिरहना वा स्वर्डफिस  देखेको छ भने, त्यस्तो मानीसहरु   आउदो दिनमा ऋणले ग्रसित हुने छन र सधै केहिन केहि समस्याबाट घेरिने छन् l 

-तर सपनामा डल्फिन जस्तो माछा देखेको छ भने यस्तो सपना धन प्राप्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ l 

- माछा मारिरहेको (समातिरहेको) सपना देख्दा यदी आफुले कुनै ठुलो माछा समातेको (मारेको) देख्यो भने, यसको अर्थ धेरै नै राम्रो वा शुभ संकेत हो l यस्तो सपनाको अर्थ हुन्छ चाडैनै प्रसस्त धन सम्पति प्राप्ति हुनेवाला छ l साथै आफुलाई निकै फाइदा हुने कुनै बिशेष घटना घट्न लागेको शुभ संकेत हो l 

-सपनामा पानीमा खेलिरहेको माछा समातेको देखियो भने त्यसको अर्थ, जीवनमा गरेको कठिन परिश्रमको बदलामा भविष्यमा चाडैनै प्रसस्त सफलता मिल्दै छ भन्ने हुन्छ l  

अब तपाईहरु सपन देख्नु हुन्छ भने यो अवश्य याद गर्नु होला की कतो सपना देख्नु भयो र त्यसको प्रतिफल वा अर्थ के हुन्छ त्यो पनि बुझ्नु होला l 
लौत अब ...Have a nice dream !! 

Saturday, May 26, 2012

भान्छामा प्रयोग हुने मसला कि औषधि ?

नियमितरुपमा हामीले प्रयोग गर्ने तरकारी र अन्य कुराहरुमा सकेसम्म यस्ता मसलाहरुको प्रयोग गर्ने गरौ: 



1. सुकेको रातो खुर्सानी - यसले एक एन्टीसेप्टिकको जस्तो काम गर्छ l यसमा एन्टीआक्सीडेन्ट समेत हुन्छ l सुकेको रातो खुर्सनिले शरीरलाई आंत्रशोथ र अन्य गैस्ट्रोइंटेस्टाइनल संक्रमणबाट जोगाउछ। यसले पाचन क्रियालाई समेत ठीक गर्दछ र डायरिया लागेको छ भने त्यसबाट समेत राहत दिलाउदछ l फूड प्‍वाइजिनिंग भएको खण्डमा रातो खुर्सानी खानाले धेरै फाइदा गर्दछ । 





2. लहसुन- यो हाम्रो भान्छामा प्रयोग हुने एक बहु उपयोगी, मुटुको रोगीहरुकोलागि धेरै नै उपयोगी र फाइदाजनक मसलाको हो l यसको बासना भनौ वा गन्ध धेरैलाई मन नपर्न सक्छ l     तैपनि यसमा पाइने एंटीऑक्‍सीडेंट र एंटीफंगल तत्‍वले  लहसुनलाई एउटा बिश्वाशिलो  र राम्रो एंटीसेप्‍टिक बनाएको छ । शरीरको भित्रि अंगलाई सफा गर्नुको वाबजुद यसले गेस्ट्रोइंटेस्टाइनल ट्रेकलाई क्यान्सर जस्तो भयानक रोगको साथै अन्य रोगहरुबाट समेत जोगाउन सहयोग गर्दछ । 




3. बेसर - हाम्रो घरमा पकाईने प्राय सबै तरकारीहरुमा बेसारको प्रयोग निश्चित रुपमा गरिन्छ l बेसरले शरीरको छालाको रंगलाई निखार्नुका साथै  शरीर भित्र भएका अनावश्यक फोहर तत्वहरुलाई बाहिर निकाल्ने काम समेत गर्दछ l यसले पोलेको ठाउमा भिजाएर लगाउनाले फाइदा गर्दछ l साथै पाचन क्रिया भाइरल र फंगल संक्रमण लाई समेत यसमा रहेको एन्टी उत्तेजक तत्वको सहयोगले फाइदा दिलाउदछ । 




4. अदुवा - अदुवामा एन्टी इन्फ्लेम्मेटरी गुण, अन्टासीड र लेक्साटिव कम्पाउंड प्रसस्त मात्रामा हुने भएकोले शरीरको पाचन शक्तिलाई तन्दुरुस्त बनाउनका साथै  हामीले खाएको खानेकुरा तुरुन्तै पचाउने कार्य गर्दछ l सानो एक टुक्रा अदुवाले हाम्रो पेटको जुनसुकै समस्या जस्तै अपच, ग्यास्ट्रोइट्रेराइटिस तथा अन्य पेटको संक्रमणहरुलाई समेत ठिक गर्दछ l टाउको दुखेको खण्डमा अदुवालाई चियामा हालेर पिउनाले टाउको दुखेको तुरुन्तै बिसेक हुन्छ l सर्दिको लागेको वा चिसोको खोकी लागेको छ भने एक टुक्रा अदुवालाई पोलेर मुखमा राखेर यसको रस निल्नाले तुरुन्तै फाइदा दिनेछ भने अदुवालाई कुटेर पानीमा हालेर अलिकति बेसर, जिम्बु र नुन मिलाएर केहीबेर उमालेर पिउनाले चाडैनै खोकी र सर्दीबाट छुटकारा दिलाउने छ l 



5. दालचीनी- यसले चिया र तरकारीलाई स्वादिलो बनाऊदछ l दालचीनीमा एस्‍ट्रीजेंट र एंटीमाइक्रोबायल कंपोनेंट्स हुने भएकोले कमजोर पाचन प्रणालीलाई ठिक बनाऊदछ र शरीरको आन्तरिक प्रणालीलाई शुद्ध पर्ने काम गर्दछ l  साथै दालचीनीको दैनिक प्रयोगले शरीरमा ब्‍लड शुगरको लेवललाई समेत कंट्रोल गर्दछ ।

Thursday, May 10, 2012

सेती नदीको बाढी र पोखरा कास्कीको खरापानी गाउँ 
यहाँ  संकलन गरिएको फोटोहरु गत शनिवार, २३ बैशाख २०६९ (५ मे २०१२) को बिहान ९:३० बजे पछी, कास्की जिल्लाको खरापानी गाउँको हो l पहिलो फोटोमा बाढी आउनु अघिको दृश्य राखिएको छ, जसमा माथिबाट बाढी आइरहेको छ भने,  तल गाउँमा मानिसहरु आफ्नो जेभाएको बोकेर ज्यान जोगाउन भाग्दै गर्दाको दृश्य देख्न सकिन्छ l त्यस पछिको फोटोमा बाढी खरापानी गाउँमा प्रवेश गर्दै गरेको हो l तेस्रो फोटोमा बाढी खरापानी गाउँ छिरेर माथि डाडामा भएको रेस्टुराँ/होटेल बाहेक तल बसेका गाउँको सबै घरहरु  र त्यहाँ त्यस समयमा रहेका सबै मानिसहरु बाढीले बेपत्ता बनाएर जताततै हिलै हिलोको थुप्रो मात्रै देखिन्छ l त्यसपछिका अन्य फोटोहरुमा सेती नदीमा थुप्रिएको हिलोमा उद्दार कर्ताहरुले हराइरहेका मध्येबाट भेटिएक मानिसहरुको मृत शरीर किनारमा ल्याउदै र झिक्दै गरेको दृश्य देख्न सकिन्छ l   








Monday, April 16, 2012

न्यु रोडमा भुत आयो ! न्यु रोडमा भूतले एक जना मान्छेलाई चड्कन हान्यो !


कुरा अचम्म को छ l सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्नसक्छ l तर कुरा सत्य हो, आज दिउसो न्युरोडमा, अझ भनौ काठमाडौँ को प्राय शहरी क्षेत्रमा यस कुराले ठुलो चर्चा पायो, की एक जनालाई न्युरोडमा भूतले मजाले चड्कन मरेछ l साथै यसै कुरा संग जोडिएर आर्को कुरा पनि बजारमा आयो, त्यो हो एउटा पसलको सटर १० औं जनाले पनि उचाल्न (खोल्न) सकेनन रे l अनित के चाहियो पुरा न्युरोड भरी त्यसरी १० औं मानिसले खोल्न नसकेको सटर हेर्न हजारौ मानिसहरुको भिड एकै छिनमा थुप्रियो l मानिसहरु सबै आफ्नो टाउको ढल्काएर एसो माथि नियाल्दै थिए l एक दुइले त्यसो गरेको देखेर अर्को छेवैकोले सोधिहाल्यो के भयो, के हेरेको, त्यो सुनेर माथि नियालेर हेर्नेले जवाफ दियो खोइ अगी यहाँ एकजनालाई भूतले चड्कन हनेछ, अनि उ त्यो सटर पनि १० औं जनाले मिलेर खोल्न सकेनन यो सबै त्यहिँ चड्कन हान्ने भूतले गरेको रे l अनि त्यो  पछिल्लो व्यक्ति पनि नखोलिएको सटर हेर्दै चड्कन हान्ने भुत देखिन्छाकी भनेर सबैले जस्तै आफ्नो टाउको ढल्काएर माथि हेर्न थाल्यो l यसरी हजारौ मानीसहरु त्यहाँ जम्मा भएर भुत खोज्दै थिए l तर भूतले चड्कन कसलाई हान्यो त्यो व्यक्ति को हो कसैको चासोको बिषय थिएन l 
यसरी आज दिउसो न्युरोड पुरा जाम भएको थियो l यहि हल्ला चारै तीर फैलिएको थियो l न्युरोडमा भूतले एकजनालाई चड्कन हान्यो l तर कसलाई यो चाही सायद कसैले  थाहापाएका थिए l 
कुरा येति हो भएको, अब यो साँचो हो की झुटा त्यो त मलाई पनि थाहा छैन l अब मानीसहरु भन्छन भुतैले चड्कन हानेको, तर म सोध्छु के देउताले चड्काएको हुन् सक्दैन र ? अब मानिसहरुले खुब बदमासी र फट्याई गरेको देखेर देउतालाई समेत रिस उठेर त्यसरी चड्काएको हुन् सक्दैन र ? कुरा जे भए पनि जेहोस हामी नेपालीहरु सारै फुर्सदिला छौ, त्यसैले येस्ता नचाहिदा कुराको पछी मात्रै लाग्छौ तथ्य कुरै नबुझी l 
त्यसै सन्दर्भमा यहाँ केहि प्रस्नहरु:
१. के त्यो संचिकै भूतले मान्छेलाई चड्कन हानेकै हो त ?
२. हो भने त्यो भुतको चड्कन खाने मान्छे खोइ को हो त ?
३. के अहिले को २१ औं सताब्दिमा पनि भुत भेटिएला र ?
४. के १० औं जनाले खोल्न नसकेको सटर भुतैले बन्द गरेको हो त ?
५. त्यो सटर कतै जाम वा लक् अड्किएर खोल्न नसकेको होइन होला र ?
६. के यो सब कुनै संगठित अपराधिक समुहले गरेको हुनसक्दैन र, लुटपाट गर्न ?
७.  यसमा सम्बन्धित सुरक्षानिकायले पनि चासो राख्नु पर्दैन र सुरक्षाको लागि ?
८. सचेत नागरिकहरुले यस्तो अवस्थामा कस्तो भूमिका निभाउनु पर्छ ?

Wednesday, April 11, 2012

आज इन्डोनेशियामा ८.७ रेक्टरस्केलको भूकम्प

इंडोनेशियाको  सुमात्रा द्वीपमा आज बुधबार दिउसो ठुलो भूकम्प को धक्का महसुस गरिएको थियो l भूकम्पको प्रभाब धेरै देशहरुमा परेको थियो l इन्डोनेशिया, नेपाल, भारत, अष्ट्रेलिया सहित २८ देशहरुमा आज यो भूकम्पको धक्का महसुस  गरिएको थियो l इन्डोनेशिया लगाएत २८ देशहरुमा सुनामीको चेतावनी समेत जरिगरिएको थियो, तर यो चेतावनी पछी फिर्ता लिइयो l  
भूकम्पको केन्द्र इन्डोनेशियाको सुमात्रा द्विपको आशपास जमिनदेखी ३३ किलोमिटर मुनि रहेको थियो l भूकम्प ८.७ रेक्टरस्केलको थियो र यसबाट ठुलो जनधनको क्षेती हुनसक्ने आशंका गरिएको छ l  यो भूकम्प इन्डोनेशियाको इतिहासमा ८ औं सबैभन्दा ठुलो हो l आजको भूकम्प कति शक्तिशाली थियो भन्ने अनुमान नेपाल, भारत, अष्ट्रेलिया लगायत २८ देशमा भूकम्पले बेस्सरी जमिन हल्लाएको थियो l 
२६ डिसेम्बर २००४ मा सुमात्राको किनारमा ९.२ रेक्टरस्केलको भूकम्प गएको थियो र त्यसपछि आएको विनाशकारी सुनामीले दक्षिण एशियामा ठुलो विनाशलिला रचेको थियो l साथै त्यस सुनामीको प्रभाबबाट  २,२०,००० मानिसले प्रण गुमाएको थियो l त्यस्तै अघिल्लो बर्ष जापानमा ९ रेक्टरस्केलको भूकम्प पछी आएको सुनामीले गर्दा जापानले परमाणु विपत्तिको सामना गर्नु परेको थियो l 
इन्डोनेशियामा भूकम्पको पहिलो प्रमुख धक्का पछी अहिले केहि समय अगाडी पनि ८.१ रेक्टरस्केलको भूकम्पको धक्काको महसुस गरिएको थियो l 
भूकम्पबाट अहिले सम्म कतैबाट केहि क्षति भएको खबर आइपुगेको छैन l 

Tuesday, March 20, 2012

हिटलरको जिउदो बेलायती लव चाइल्ड !



हिटलरको मृत्यु भएको जति नै समय बिते पनि सधैं चर्चामा नै रही आएको छ l कहिले आफुले गरेको बर्बरताकोलागि त कहिले आफ्नो निजि जिन्दगिको लागि l  केहि महिना अगाडीको कुराहो, जीन मेरी लोरेट नाम गरेको एक व्यक्तिले आफु हिटलरको फ्रेन्च छोरा हुँ भनेर दाबी गरेको थियो l लोरेट ले आफ्नो बाबु को हो भनेर झन्डै पुरा जिन्दगी भरीनै थाहा पाउन सकेन l  उसको रुपरंग, अनुहार, जिउडाल र चालढाल अनुसार उ हिटलरको छोरा नै हो भन्ने लाग्छ l तर यस कुराको रहश्योघाटन उसको आमाले आफ्नो मृत्युको केहि समय अगाडी मात्रै गरेकी थिइन l लोरेट की आमाले भने अनुसार, हिटलर संग तिनको भेट पहिलो बिश्व युद्धको समयमा भएको थियो र त्यस बेला उनीहरु बीच प्रगाड सम्बन्ध थियो, त्यसैको फलस्वरूप लोरेटको जन्म भएको थियो l त्यस बेला हिटलर एउटा साधारण सैनिक मात्र थिए र उनी फ्रांसको सिमानामा लडाइ लड्दै थिए l त्यति बेला लोरेटको आमाको उमेर १६ बर्ष र हिटलरको उमेर २८ बर्ष को थियो l ६७ बर्षको उमेरमा लोरेटको मृत्यु भएको थियो र उसलाई आफु हिटलरको सन्तान (छोरा) भएकोमा आफ्नो अन्तिम समय सम्म पनि ठुलो अफसोच थियो l   

आफु हिटलरको सन्तान हुँ भनेर गरेको दावा यो पहिलो पटक भने होइन, ५ बर्ष पहिले पनि एक पत्रकारले ठोकुवा गरेका थिए की उसले बेलायतमा हिटलरको लाभ चाइल्ड भेटेको  थियो भनेर, त्यस बेला उसले त्यो बच्चाको जन्मको समयमा साथै रहेको एक महिलालाई उदृत गर्दै यो खबर प्रकाशित गरेका थिए l तैपनि उसले त्यो बच्चाको परिचय लुकाएका थिए l त्यो बच्चा जन्मिए पछी उसको आमाले नपाली अरुलाई नै धर्मपुत्र पाल्न दिएको थियो l यो खबर सही हो भने बेलायतको कुनै शहरमा अहिले पनि हिटलरको ७२ बर्षे लाभ चाइल्ड घुमी रहेको हुन सक्छ l 

Monday, March 19, 2012

सरकार प्रमुख बाबुराम भट्टराई ज्युलाई प्रकाश दाहाल तथा समुहलाई २ करोड सहयोग दिने सम्बन्धमा केहि कुरा


हातमा डाडु पन्यौ भएपछि के हुदैन ? यो उखानलाई यहाँ प्रष्ट्याइ रहनु पर्दैन होला l तर यहि कुरा चरितार्थ भएको छ अहिलेको प्रकाश दाहालको सगरमाथा आरोहण  प्रकरणमा  l
अहिले मावोबादी पार्टी अध्यक्षका सुपुत्र प्रकाशजीले कसैले गर्न नसकेको कार्य गर्न खोज्दै हुनुं हुन्छ l ६०१ जना सभासदहरु सम्मिलित सरकारले बनाउन नसकेको संबिधान बनाउन दवाबदिनकालागि राष्ट्रिय ढुकुटीबाट  रु. २ करोड लिएर सगरमाथा आरोहन गर्न जाने रे l 
के यो सहि हो त ? ........
लौ प्रकाश जी त सगरमाथा आरोहण गर्न जान लग्नु भयो कुरो यहाँ सम्म ठिकै हो, तर त्यसको लागि सरकारले रु. २ करोड दिनुको औचित्य चाही के हो ?  के त्यसरी सगरमाथा आरोहण टोलीलाई सरकारले आफुले गर्न नसकेर राष्ट्रको ढुकुटीबाट पैसा दिएर सरकारलाई नै दवाब दिन लगाउनुको अर्थ के हो ?
प्रकाश जी ले अहिले देश भरबाट बिरोध भएपछी सरकारबाट रकम लिन अस्विकार गर्नु भएछ l तर मनको भनौ की मुखको तितो चाही ओकली हाल्नु भएछ, बिपक्षीहरुले एउटा राम्रो कम गर्न खोजेको गर्न दिएन भन्दै l 
प्रकाश जी तपाइले सगरमाथा आरोहण गर्न लग्नु भएको कुरा राम्रो हो, त्यसको लागि तपाइले पहिले लिन खोज्नु भएको रकम सरकारबाट  नलिने हुनु भयो त्यो पनि राम्रो नै हो, अझ त्यो भन्दा पनि राम्रो हुन्थ्यो तपाइले प्रत्यक्ष देश को लागि यस्तै गरी केहि गर्न लग्नु भएको भए l तपैहरुको पछिल्लो बक्तब्य अनुसार अब सगरमाथा आरोहन गर्नको लागि जनतासंग पैसा चन्दा उठाउने भन्दै हुनुहुन्छ, तर तपाइले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन,  की कसो ?

डुब्न लागेकोलाई त्यान्द्रोको साहारा पनि ठुलो हुन्छ भने झैँ  अहिले यो सरकार अब सगरमाथा आरोहण टोलीको दवाब चाहिएको छ, संबिधान समयमा बनाउनको लागि l क्या गजब छ, त्यत्रा ६०१ नेताहरुबाट प्राय: असम्भव भएको काम के प्रकाश जी र वहाको टोलीले सगरमाथा आरोहण गरेमा दवाब हुने तर साँढे तीन कोटी नेपालीको केहि नलाग्ने ? 
सरकारले सगरमाथा आरोहन गर्नको लागि भन्दा देश निर्माणको लागि, दुर्गम क्षेत्रहरुमा स्कुल, हस्पिटल, रोजगारका नया अवसरहरु श्रीजना गर्न र बाटोघाटो बनाउन, लोड  सेडिंगबाट नेपाली जनतालाई राहत दिन जलाबिध्धुत आयोजन चाडो भन्दा चाडो ल्याउन र पूर्ण गर्न दवाब दिन, चर्को मुल्य बृद्दी नियन्त्रण गर्नको लागि यस्तो कार्यक्रमहरु आयोजना गर्नुहोस न, सारा नेपाली जनताले तपाइको साथ दिनेछन l
केहि प्रश्न 
१. प्रकश जी के तपाई साँच्चीकै संबिधान बनाउन भनेर दवाब दिनकालागि सगरमाथा आरोहण गर्न जना लग्नु भएकै हो त ?  
२. के त्यसरी संबिधान बन्छ त ?
३. यदी त्यसो हो भने किन संबिधानको लागि मात्रै गर्ने, देशलाई सर्व सम्पन्न बनाउनकोलागि गरौन कुनै कार्य l बरु त्यसको लागि ५ करोड नै परे पनि के फरक पर्छ र ? की कसो ?
४. अनि नेताहरुलाइ सुकर्म गर्न र सुमार्गमा ल्याउन पनि त्यस्तै केहि कार्य किन नगर्ने ?
५. सबै भन्दा महत्वपूर्ण काम हो देशका सम्पूर्ण नागरिकहरु धन, सम्पति र सम्पूर्ण कुराले भरिपूर्ण होस् भनेर १० करोड खर्च गरेर यो जस्तै अर्को कार्य किन नगर्ने ? 
६.  भट्टराई ज्यु,  प्रकाश जीले त्यसरी देशको ढुकुटी रित्याएर सगरमाथा आरोहन गर्दैमा नेताहरुमा दवाब पुग्ने भए, अनि सजिलै संबिधान बन्छ जस्तो लाग्छ त ? कि तपाईहरुले झुक्याउन खोजेको त् होइन नि, की कसो ?
७. बरु तपाइले २ करोड त्यसरी खर्च गर्नु भन्दा, आम नेपालीको मासिक खर्चको लागि  रु. ५००० दिने व्यवस्था मिलाई दिनुहोस, तपाइले खर्च गर्ने रकमले ४००० परिवारलाई मासिक खर्च पुग्छ, के विचार गर्नु भयो ?
  ८. की त्यो रकमले दुर्गम क्षेत्रमा हेल्थपोस्ट बनाएर निसुल्क औषधि वितरण गरिदिनुहोस, धेरै नागरिकहरुले बिना औषधि उपचार ज्यान गुमाउनु पर्दैन थियो की कसो ? 
९. र त्यो रकमले देशको धेरै समस्या समाधान हुन् सक्ने कुरामा त तपाई पनि सहमत हुनुहुन्छ होला नि की कसो ?

Sunday, March 11, 2012

Ring Ceremony (Swayambar)


Ring Ceremony (Swayamber ceremony) is the main event for the whole wedding. Some people have this ceremony followed by Janti (bridegroom with his friends and families go in a procession to bridge home on date of wedding) on the same the day. But for us it happened in two different days.


After the initial Puja,Dubo ko mala (Green grass garland) and Ful ko mala (flower garland) and went around As for three times. Once done, Bridge and Groom exchanged Dubo ko mala and Ful ko mala. Then they put Gold Ring in finger of each other hand and putting a gold chain around each other`s neck.

In Hindu culture of Nepal, just before wedding (with Baidik(cultural) rule). swayambar in which bride and groom exchange garlands and wedding rings. Then a long religious ritual takes place in which the major events include hawan, kanyadan and sindur putting-vermilion powder, and the main symbol of marriage. Now a days god-dhuwa or gift giving ceremony also plays a vital part. The whole religious ritual takes five or six hours. Then finally greetings and introduction of new relatives is done before bidding farewell to a bride. This also involves a girl's family giving gifts of gold and clothes. 

The bride is taken to the groom's house and there also both husband and wife have to conduct several religious rituals. The grooms clan deities and gods were worshipped. The daughter in law and mother in law together have to perform several familiarizing activities. An introduction program and grand feast is organized. After few days the bride and groom go to the bride's maternal home. Few other formal visits on each other's houses follow.

Tuesday, February 21, 2012

शिवरात्रिको अवशरमा जे देखियो l

शिवरात्रिको अवशरमा जे देखियो l
हिन्दुहरुको महान तथा धार्मिक पर्व शिवरात्रिमा देवादिदेव महादेवको दर्शन, पुजा अर्चना  गर्ने क्रममा पशुपति क्षेत्रमा जे जस्तो देखियो, जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ l  
१.  बिहानै (रातिको ३ बजे) देखि देवदिदेव महादेवको पुजा अर्चना र दर्शन गर्न भक्तजनहरु ठुलो उत्साहका साथ लाखौको संख्यामा पशुपति परिसरमा उपस्थिति l 
२. सर्वसाधारण भक्तजनहरु लामो लाइनमा ९ घण्टा सम्म बसेर भगवान शिवको पुजा अर्चना र दर्शन गरेर फर्किए l
३. त्यस्तै हुने खाने तथा धनि भक्तजनहरुले एक हजार देखि तीन हजार रुपैया सम्म तिरेर तुरुन्तै पुजा अर्चना र दर्शन गरेर फर्किएका थिय l     
४. जेहोस भगवानलाई पनि हुने खाने र धनि मानीसहरु र गरिब सर्बसाधारणहरुमा  फरक छुट्याउन आउदो रहेछ l 
५. सरकार देखि सम्बन्धित सबैले यस पटक सबै भक्तजनहरुले एक घण्टा भित्रमा पुजा अर्चना र दर्शन गरेर फर्कन सक्छन भनेर खुब प्रचार गरेका थिय l  सायद एक हजार देखि तीन हजार सम्म तिरेर पुजा अर्चना र दर्शन गर्न आउने भक्तजनहरुको बिषयमा प्रचार गरेका थिए होलान l
६. बिगतमा झैँ यसपालि पनि शिवरात्रीमा पशुपति क्षेत्रमा भारतबाट आएका साधुमहात्मा देखि ढोंगी बाबा सम्मको ठुलो उपस्थिति थियो l
७. ढोंगी बाबाहरु नेपाली युवाहरुको जमातलाई शिवजीको प्रसाद भन्दै गाँजा भांग बेच्दै थिय भने कोहि ढोंगी बाबाहरु चरेस समेत बेच्दै थिए l 
८. नेपाली भक्तजनहरुलाई सजिलो होस् भनेर धेरै जसो बाबाहरुले आफ्नो अगाडी टन्न चुरोट राखेर त्यसमा गाँजा भरेर समेत बेच्दैथिये l 
९. कोहि बाबाहरु चिलिम (गाँजा भरेर तान्ने बिशेष भाड़ो)मा गाँजा भरेर तयार परेर राखेका थिए, भक्तजन आउन साथ बिक्रि गर्दथे भने कोहि सल्काएर आफुले पहिले लामो सर्को तानेर नेपाली युवा भक्तजनहरुलाई तान्न दिन्थे l 
१०. कतै नागा बाबाहरु आफ्नो उत्तेजित नहुने रबर जस्तो लिंगले ठुलो ढुंगा र आगो बल्न दिएको मुढामा गलबन्दीले बाँधेर लिंगमा झुन्डाएर प्रदर्शन गर्दै थिए l नागा बाबाको त्यस्तो प्रदर्शन हेर्ने नेपाली भंक्तजनको संख्या पनि कम थिएन l कति फुर्सदिला र कति धर्मात्मा नेपाली भक्तजनहरु l त्यसरी पनि बाबाजीले नेपालीहरुलाई ठग्दै थियो l  
११. पशुपति क्षेत्रको बनै भरी नेपाली युवा तथा युवती भक्तजनहरुको ठुलै घुइचो थियो, गाँजा र चरेस तान्नलाई  l 
१२. कोहि उत्छ्रिन्खाल युवा भक्तजनहरु फेशानेबल युवतीहरुलाई धकेल्दै उनीहरुको स्तन समाउने र गुप्तंग सम्म हात घुसार्ने  प्राय गर्दै थिए l
१३. सबका वावजुद सुरक्षाकोलागि थोरै नगन्य रुपमा नै भएपनि प्रहरीको परिचालन गरिएको थियो l 
१४. जे होस् यस पालिको शिवरात्रीमा सबै आ आफ्नो उद्देश्यमा सफल हुने उद्देश्यका साथ पशुपतिनाथको दर्शन, पुजा अर्चना गर्न आएका भक्तजन हरुको बिशेष उपस्थिति थियो ल

माथि उल्लेख गरिएका सम्बन्धमा केहि भिडियो क्लिप्स र फोटो हरु समेत राखिएको छ l

Monday, February 20, 2012

शिवरात्री


शिवरात्री 
हिन्दुहरुको एक महान पर्व
शिवरात्री, हिन्दुहरुको एक महान पर्व हो l यस दिन बिश्व भरिका हिन्दुहरुले बिशेषरुपमा भगवन शिव को पुजा अर्चना गरेर मनाउछन् l आजको दिन काठमाडौँ, नेपालको राजधानीमा रहेको पशुपतिनाथको दर्शनार्थ हजारौ भक्तजनहरु आउछन, बिशेष गरी भारतबाट यहाँ धेरै भक्तजनहरु आउछन, भने अन्य पश्चिमेली मुलुकका पर्यटकहरु समेत आजका दिन यहाँ हुने रमझम हेर्न आउने गर्छन l नेपालका बिभिन्न स्थानबाट समेत आजका दिन यहाँ आएर भगवान शिवको पुजा अर्चना गर्छन l यसको लागि भक्तजनहरु बिहान(राती)  ३ बजे देखिनै घन्टौ लामो लाईनमा बसेर भगवान पशुपतिनाथको दर्शन गर्दै पुजा गर्छन  l  आजको दिन बिहान देखिनै भक्तजनहरु, रमिता हेर्नेहरु र अन्य कामका लागि यहाँ आउने मानिसहरुको ठुलो भिड लाग्छ  l  त्यसैले बिभिन्न ब्यापारीहरुले आफ्नो ब्यबशय समेत गरेका हुन्छन पशुपतिनाथ मन्दिर परिसरमा एक साता अगाडी देखिनै भारतबाट साधुबाबा आउने क्रम शुरु हुन्छ l यस्ता साधुबाबाहरु कतिलाई त नेपाल सरकारले नै निमन्त्रणा गरी बोलाएको हुन्छ  l कति धार्मिक आस्थाले स्वयम् आएका हुन्छन  l शिवरात्रि पर्वमा आएका साधुबाबाहरुलाई पशुपति बिकाश कोषले दान दक्षिण दिएर बिदा गर्ने परम्परा छ  l यसरी आउने सधुबाबाहरु मध्ये धेरै त ढोंगी बाबा समेत हुन्छन l कति त्यस्ता बाबाहरु यहाका युबाहरुलाई गाँजा बेच्न मात्रै आएको हुन्छन  l  केहि बाबाहरुले  गाँजा खाने बिशेष किसिमको चिलिम समेत बिक्रि गर्न लेराएका थिए l कति युबाहरु रमाइलो गर्न र यस्तै गाँजा, भांग खानाका लागि मात्रै पनि पशुमतिनाथ मन्दिर परिसरमा पुगेका हुन्छन l
भिड बढी हुने भएकोले त्यस्तो अप्रिय घटना हुन् नदिन नेपाल प्रहरी र अन्य स्वयम् सेवक समेत प्रसस्त परिचालन गरिएको छ 
यहाँ केहि सकारात्मक केहि नकारात्मक फोटो तथा भिडियो क्लिप्सहरु यसै रिपोर्टका साथ राखिएको छ अवश्य हेर्नु होल्र र आफ्नो तर्क समेत लेखेर सहयोग गर्नु होला l