Saturday, July 28, 2012

फेरी बिश्व युद्ध शुरु भयो !!!...ओलम्पिक खेलकुदको

 लण्डन, अहिले केहि समय  पछी लण्डनमा उदघाटन हुदै छ, २७ औं ओलम्पिक गेम्स l यस पटक समेत गरेर तेस्रो पटक एकै शहर लण्डनमा ओलम्पिक गेम्स आयोजना हुदैछ l आधुनीक ओलम्पिक गेम्स १८९६ मा ग्रिस(एथेन्स)बाट शुरुवात भएको थियो l यो खेलकुदको महाकुम्भमा बिश्व भरिका अनेकौ राष्ट्रले सहभागिता जनाउदै छन् l आज हुने उदघाटन समारोह बिश्व भरिका अरबौं खेल प्रेमीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ l १९ दिन सम्म प्रतिस्पर्धा चल्ने ३६ वटा खेलमा हजारौ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउदै छन् l सहभागी सबै राष्ट्र र खेलाडीहरुले एक आपसमा प्रतिष्ठाको लडाई लड्ने यो खेलकुदको बिश्व युद्धमा को बिजयी हुने हो त्यो थाहा पाउन प्रतिक्षा नै गर्नु को विकल्प छैन अहिले l 


सन् १८९६ मा ग्रिस (एथेन्स)मा पहिलो आधुनिक ओलम्पिक खेलकुदको शुरुवात भएको थियो l पहिले ओलम्पिक खेलकुदको शुभारम्भ सन् १९०० मा पेरिस (फ्रान्स) मा हुने निर्णय भएको थियो, तर ४ वर्ष अगाडी नै १८९६ मा एथेन्स (ग्रिस)मा शुभारम्भ गरियो l 
पहिलो ओलम्पिक खेलकुदमा वेट लिफ्टिंग, जिम्नास्टिक, स्विमिंग, टेनिस, ट्रैक ऐंड फील्ड, साइकिलिंग, रेसलिंग आदि खेलहरु समावेस गरिएको थियो l पहिलो ओलम्पिक्स खेलकुदमा प्रथम हुने र दुतीय हुने खेलाडीहरुलाई मात्रै पदक र प्रमाण पत्र प्रदान गरिएको थियो l १४ देश र २४५ खेलाडीहरुले प्रतिष्पर्धा गरेको प्रथम ओलम्पिक्समा ग्रिसले आधिपत्य जमाएको थियो l 

बिगतमा सम्पन्न भएका ओलम्पिक्स खेलकुदका अमुल्य र आकर्षक फोटोहरु:














































Thursday, July 19, 2012

हिन्दी फिल्मका पहिलो सुपर स्टारको निधन




 हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको मुम्बई, बन्द्रा स्थित आफ्नै निवाश आशिर्वादमा बुधवार दिउसो देह त्याग गरेका थिए l राजेश खन्नालाई केहिदिन पहिले खराब स्वास्थ्यस्थितिको कारण लिलावती हस्पिटलमा भर्ना गरेको थियो l तर स्वास्थ्यमा सुधार नहुने देखेपछी डाक्टरहरुले मंगलवार घर पठाएका थिए l ७० बर्षीय राजेश खन्ना गत अप्रिल महिना देखिनै बिरामी भएका थिए l त्यसै महिनामा धेरै पटक हस्पिटल भर्ना गर्नु परेको थियो l गत २० जुन देखि खाना खान समेत छोडेका थिए l त्यसले गर्दा उनको स्वास्थ्य स्थिति झनै खराब हुदै गएको थियो l कलेजो र फोक्सो इन्फेक्सनबाट पिडित उनलाई अनिमियाले समेत आक्रान्त परेको थियो l राजेश खन्नाको अन्तिम समयमा उनको परिवारको सबै सदस्यहरु दुई छोरी रिंकी, ट्वीन्कल, ज्वाई अक्षय, पुर्व पत्नी डिम्पल साथै थिए l  


उनको पार्थिव शरीरको अन्तिमसंस्कार बिहिवार हुदैछ l अन्तिम यात्रामा हजारौ उनका फ्यान र फिल्मी हस्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो l 

२९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्म भएको राजेश खन्नाले २४ बर्षको उमेरमा पहिलो फिल्म "आखिरी खत" मा अभिनय गरेका थिए l त्यसपछि राज , बहारों के सपने, औरत के रुप का साथै अरु धेरै फिल्महरुमा अभिनय गरेता पनि त्यति सफल हुन् सकेका थिएनन् l तर १९६९ मा हवाई सेनाको भूमिकामा अभिनय गरेको फिल्म आराधना को सफालता पछी नै उनको  लोकप्रियता बढेको थियो l त्यसपछि लगातार १५ वटा सुपर हिट फिल्म दिए, उनको यसै सफलताले गर्दा हिन्दी फिल्मको पहिलो सुपरस्टार बनायो l आज सम्म राजेश खन्नाको लगातार १५ फिल्म सुपर हिटको रेकर्ड कसैले तोड्न सकेका छैनन् l 
राजेश खन्नाको संवाद बोल्ने र बोल्दा आखा झिमकाउने तरिका निकै लोप्रिय भएको थियो l उनको लोकप्रियताको चरम चुलीमा पुगेको समयमा उनलाई सबैले मायाले "काका" भनेर सम्बोधन गर्दथे र त्यस बेला भारत भरी एउटा भनाई बहुत प्रचलित थियो, "माथि आका, तल काका" l त्यस समयमा कयौ केटीहरुले त राजेश खन्नाको फोटो संग बिवाह समेत गरेका थिए l तर राजेश खन्नाले आफु भन्दा झन्डै आधा उमेर कान्छी डिम्पल संग बिवाह गरे l उनको विवाहको खबर सुनेर युवतीहरुले आत्महत्या समेत गरेका थिए l

राजेश खन्नाले आफ्नो फिल्मी सफरमा धेरै राम्रा र सफल फिल्महरु दिए, त्यसमा "आनन्द" उनको फिल्मी जीवनको अविष्मरणीय फिल्म रह्यो l  
ओके टाइम भयो, प्याक अप ....!  
अन्तमा अलविदा "काका" l भगवान उनको आत्मालाई शान्ति प्रदान गरुन l



























Thursday, July 12, 2012

दारा सिंह अब रहेनन् !


   

 हिन्दी चलचित्रका प्रख्यात कलाकार तथा रेस्लर दारा सिंहको नेपाली समयानुसार बिहिवार बिहान ७:४५ बजे मृत्यु भएको छ l ७ जुलाइ २०१२ मा सिरियस अवस्थामा हस्पिटल लेराइएका दारा सिंहलाई डाक्टरहरुको निरन्तर प्रयास पछी पनि कुनै सुधार हुन् सकेको थिएन l अन्तमा डाक्टरहरुले नै हार मानेर अब कुनै हालतमा बचाउन नसक्ने जानकारी गराए पछी परिवारले दारा सिंहलाई बुधवार अबेर राती घर लागेका थिए l 

दारा सिंहको दिमाग, मृगौला र मुटुका साथै शरीरको बाँकी अन्य अंगहरुले पहिलेनै पूर्ण रुपले कामगर्न छोडी सकेको थियो र औषधिले समेत कुनै असर गर्न सकेको थिएन l दिमागमा प्रयाप्त मात्रामा अक्सिजन नपुगेको कारणले दिमागमा ठुलो क्षति भैसकेको हुनाले कुनै औषधिले कामगर्न नसकेको कुरा डाक्टरहरुले प्रष्ट पर्दै भने त्यसरी दिमागमा भएको क्षतिलाई ठिक पर्ने कुनै औषध नभएको कुरा समेत प्रष्ट्याएका थिए l आज बिहान दारा संघको मृत्यु पछी पारिवारिक डाक्टर R K Agrawal ले दारा सिंह को मृत्युको पुष्टि गर्दै भने , कार्डियोरेस्पीटरी अरेस्ट (Cardiorespiratory arrest) गर्दा गर्दै उनको निधन भएको थियो l पारिवारिक सुत्र अनुसार आजै दिउसो २ पछी अन्तिम यात्राको शुरुवात हुने र धार्मिक विधिअनुसार दाहसंस्कार गरिने छ l 

कुश्ती देखि अभिनयको क्षेत्रमा समेत सफलताको झन्डा गाड्न सफल दारा सिंह बहुचर्चित टेलिसिरियल रामायण मा हनुमानको भूमिकामा अभिनय गरेर निकै चर्चित भएका थिए l उनको जन्म १९ नोवेम्बर १९२८ मा पन्जाबको अमृतसर जिल्लाको धर्मुचक गाउमा भएको थियो l दारा संघको शाररिक बनोटले गर्दा पहिले कुस्ती तीर लागेका थिए l


व्यवसायिक कुस्तिमा समेत सफल दारा सिंहले थुप्रै पटक विदेश भ्रमण समेत गरेका थिए र धेरै पटक मेडल र पदक हरु जितेका थिए l १९५४ मा नेशनल च्याम्पियन र १९५९ मा कमनवेल्थ च्याम्पियन भएका थिए l 




"मैं माँ पन्जाब दी" बाट नेशनल अवार्ड पाएका दारा सिंह ले १९६० देखि १९७० मा अनेकौ फिल्ममा जीवन्त अभिनय गरेका छन् l उनले त्यस बेलाका प्राय सबै चर्चित नायिकाहरु संग अभिनय गरेका थिए भने मुमताज संग मात्र १६ फिल्ममा संगै कम गरेका थिए l उनले अभिनय गरेका प्राय फिल्ममा पनि कुस्तिलाई मजाले प्रयोग गरिएको थियो l

Thursday, June 28, 2012

सेक्स पछी बढी आत्मियता चाहन्छन केटिहरु(महिला)

  
प्राय जसो केटाहरु महिला (केटि) संग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन l  तर केटाहरुको यस्तो बानीले गर्दा केटि (महिला) को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु केटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन l के तपाई (केटा) पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ? होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस l एसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु (महिलाहरु) सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु (महिलाहरु) रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ l प्रतिबेदन अनुसार केटीहरु (महिलाहरु) सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन l उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन l यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ  l त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ l 

प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ l  

1. सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ l 

2. सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर  राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस l यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन l 

3. प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई  मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन l 

4. यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे l यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ l 
5. सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ  नजिकिन्छ l 

6. धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन l साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन  भने केटीहरु यस्तो गर्दैनन l त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस l किनकी यस्तो चान्स हतपत्ति आउदैन l

Thursday, June 21, 2012

Sexy Mood of Nature


यहाँ प्रकृतिले निर्माण गरेकी केहि त्यस्ता कुराहरु संकलन गरिएको छ, जुन कुराहरु हेर्दा लाग्छ यिनीहरुको निर्माण परिकल्पना गर्दा प्रकृति एकदम रोमान्टिक अनि सेक्सी मूडमा थिइन l 
मानव, पशुपन्छी, बनस्पति सबैलाई प्रकृतिको निर्माण भनिन्छ l निकै मेहनतका साथ  निर्माण गरेका त्यस्ता केहि प्रकृतिका उपहारहरु कुनै बेला निकै अनौठो र हास उठ्दो पनि हुन्छन l त्यसै क्रममा प्रकृतिले निर्माण गरेका बनस्पतिहरुका केहि त्यस्ता फोटोहरु यहाँ संकलन गरिएका छन, जुन आफैमा आश्चर्य, अनौठा र हासउठ्दा छन l l हेरौ ती फोटोहरु:















Thursday, June 14, 2012

SLC को रिजल्ट हेर्नुहोस

 आफुले प्राप्त गरेको मार्कस (नम्बर) र पोजिसन सहितको रिजल्ट हेर्न दिएको site मा गएर आफ्नो SLC को रिजल्ट हेर्नुहोस l http://slcresult.soce.gov.np/

Wednesday, June 13, 2012

Makar Online: SLC RESULT WITH MARK SHEET

Makar Online: SLC RESULT WITH MARK SHEET

एसएलसीको रिजल्ट सार्वजनिक


परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। यस वर्ष नियमित तर्फ ४७.१६  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए।  त्यसैगरी आंशिकतर्फ यस पटक १३.७०  प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्।  यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।
परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ।
परीक्षा नियन्त्रण, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।

Wednesday, June 6, 2012

नेपालीले हेलिकप्टर बनाए


हाल काठमाडौँको कपनमा बसोबास गर्ने तीन युवाहरु मिलेर हेलिकप्टर बनाएका छन l अहिले त्यस हेलिकप्टरको नाम त्रिलोक हेलिकप्टर राखेका छन् l काठमिलमा काम गर्ने तीन साथिहरु मिलेर, लगभग एक लाख पचास हजार रुपैया खर्च गरेर निर्माण गरेको यो हेलिकप्टरमा काठको समानहरुको अधिक प्रयोग भएको छ भने यसमा २२० सी सी को पल्सर मोटरसाइकलको  इन्जिन जडान गरिएको छ l यसमा एक पटकमा चालक सहित तीन जनाले यात्रा गर्न सक्छन l यसको परिक्षण उडान समेत गरिसकिएको छ l  



तर सरकारले  उडान अनुमति नदिएकोले अहिले सम्म बैधानिक रुपले हेलिकप्टर उडाउन पाएको छैन l बुटवल स्थायी घर भएका २६ बर्षीय अनिल गौतम र उनका दुई साथीहरु मिलेर १८ महिनाको अथक प्रयास पछी हेलिकप्टर बनाएका हुन् l जुन हेलिकप्टरको नाम उनले त्रिलोक एयर राखेका छन l हिमाल चढ्न करोडौ रुपैया सहयोग गर्न तम्सने, आफ्नो कार्यकर्तालाई खुसि पार्न बिना कारण, बिना कम  लाखौ रुपैया बाढ्ने सरकारले राष्ट्रिय गौरबको अन्तराष्ट्रिस्तरको काम लाई ननै कुनै सहयोग गर्यो ननै कुनै चासो नै देखायो l के यसरी पनि देशले त्यस्ता प्रतिभाहरुको, बैज्ञानिकहरुको रक्षा गर्ला ? विश्वले यस्ता प्रतिभाहरुलाई कत्रो सम्मान सुबिधा दिएको हुन्छ, तर हाम्रो देशमा खै यस्तो कुरा कहिले बुझ्ने हुन, सरकारले, देशको ब्युरोक्र्याट्सहरुले ? सरकारको यस्तै नालायकीपनाले गर्दा नेपालका कति प्रतिभाहरु विदेश पलायन भएका छन l कति यस्ता प्रतिभाहरुलाई सम्पन्न मुलुकहरुले सरन दिएर लागेका छन l सायद यस तथ्यको सरकारसंग कुनै लेखा छैन होला, किनकी उनीहरुलाई सत्ता वरिपरिबाट बाहिर निश्केर सोच्ने फुर्सद्नै छैन, चाहे देश जेसुकै होस त्यसको कुनै वास्ता छैन खाली सत्ता सत्ता सत्ता बस सत्ता l 

४ कक्ष सम्म को औपचारिक शिक्षा लिएका गौतम र उनका दुई साथीहरुले फर्निचर उद्योगबाट बचेको समयमा गरेको मिहेनतको प्रतिफल हो हेलिकप्टर त्रिलोक एयर, सरकारले सहयोग गरे यहि हेलिकप्टरलाई अझै परिस्कृत रुपमा बनाउन सकिने जानकारी गराउदै यस कार्यमा सहयोग गरिदिन वा जुटाई दिन सबै संग अनुरोध गरेका छन l   



Sunday, June 3, 2012

नीम जूस(रस) स्वास्थ्यकोलागि फाईदै फाइदा !!!


नीम एउटा आयुर्वेदिक औषधि हो l जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ l नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै  फाइदाजनक औषधि हो l तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् l तर यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहिँ रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिउं l 
यहाँ नीमको रसको बिभिन्न फाइदाहरुको बारेमा उल्लेख गरिएको छ l 



नीमको जूस (रस) बाट हुने फाइदाहरु - 
1. नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई  नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ l नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ l 

2. नीमको पातहरुको रस र सुद्ध महलाई २:१ (दुई भाग नीमको रस र एक भाग मह) अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ l तथा कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ  

3.
 नीमको जूस (रस) पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ l यसको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाऊदछ , शरीरको र अनुहारको छालालाई  कामुक आकर्षक बनाई दिन्छ l पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ l 

4. नीमको जूस (रस)ले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ l दैनिक नीमको जूस (रस) पिउनाले ब्‍लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।

5. नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ । 

6. यदी शरीरमा चिकन पॉक्‍सको दागहरुको सफाई गर्नकोलागी नीमको रसले मसाज गर्नाले फाइदा गर्दछ l यसको साथै छाला सम्बन्धि रोगहरु  जस्तै: एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस (रस) पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ  l 

7. 
नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो l यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ l यो नीमको जूस (रस) महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई  समेत निर्मुल नै पारी दिन्छ ।

8. पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट  रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ l यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ l नीमको फूलले पने निकै फाइदा गर्दछ l नीमको फुललाई  मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ l नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ l

9. नीमको रसले भाइरसको बृद्दीलाई रोक्छ l यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ l निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ । 

10. नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ l नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि  नीमको रसले मसाज गर्छन l प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ l 

11.निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा टेप्रेचार त्यति धेरै हुन् पाउदैन l