Thursday, July 12, 2012

दारा सिंह अब रहेनन् !


   

 हिन्दी चलचित्रका प्रख्यात कलाकार तथा रेस्लर दारा सिंहको नेपाली समयानुसार बिहिवार बिहान ७:४५ बजे मृत्यु भएको छ l ७ जुलाइ २०१२ मा सिरियस अवस्थामा हस्पिटल लेराइएका दारा सिंहलाई डाक्टरहरुको निरन्तर प्रयास पछी पनि कुनै सुधार हुन् सकेको थिएन l अन्तमा डाक्टरहरुले नै हार मानेर अब कुनै हालतमा बचाउन नसक्ने जानकारी गराए पछी परिवारले दारा सिंहलाई बुधवार अबेर राती घर लागेका थिए l 

दारा सिंहको दिमाग, मृगौला र मुटुका साथै शरीरको बाँकी अन्य अंगहरुले पहिलेनै पूर्ण रुपले कामगर्न छोडी सकेको थियो र औषधिले समेत कुनै असर गर्न सकेको थिएन l दिमागमा प्रयाप्त मात्रामा अक्सिजन नपुगेको कारणले दिमागमा ठुलो क्षति भैसकेको हुनाले कुनै औषधिले कामगर्न नसकेको कुरा डाक्टरहरुले प्रष्ट पर्दै भने त्यसरी दिमागमा भएको क्षतिलाई ठिक पर्ने कुनै औषध नभएको कुरा समेत प्रष्ट्याएका थिए l आज बिहान दारा संघको मृत्यु पछी पारिवारिक डाक्टर R K Agrawal ले दारा सिंह को मृत्युको पुष्टि गर्दै भने , कार्डियोरेस्पीटरी अरेस्ट (Cardiorespiratory arrest) गर्दा गर्दै उनको निधन भएको थियो l पारिवारिक सुत्र अनुसार आजै दिउसो २ पछी अन्तिम यात्राको शुरुवात हुने र धार्मिक विधिअनुसार दाहसंस्कार गरिने छ l 

कुश्ती देखि अभिनयको क्षेत्रमा समेत सफलताको झन्डा गाड्न सफल दारा सिंह बहुचर्चित टेलिसिरियल रामायण मा हनुमानको भूमिकामा अभिनय गरेर निकै चर्चित भएका थिए l उनको जन्म १९ नोवेम्बर १९२८ मा पन्जाबको अमृतसर जिल्लाको धर्मुचक गाउमा भएको थियो l दारा संघको शाररिक बनोटले गर्दा पहिले कुस्ती तीर लागेका थिए l


व्यवसायिक कुस्तिमा समेत सफल दारा सिंहले थुप्रै पटक विदेश भ्रमण समेत गरेका थिए र धेरै पटक मेडल र पदक हरु जितेका थिए l १९५४ मा नेशनल च्याम्पियन र १९५९ मा कमनवेल्थ च्याम्पियन भएका थिए l 




"मैं माँ पन्जाब दी" बाट नेशनल अवार्ड पाएका दारा सिंह ले १९६० देखि १९७० मा अनेकौ फिल्ममा जीवन्त अभिनय गरेका छन् l उनले त्यस बेलाका प्राय सबै चर्चित नायिकाहरु संग अभिनय गरेका थिए भने मुमताज संग मात्र १६ फिल्ममा संगै कम गरेका थिए l उनले अभिनय गरेका प्राय फिल्ममा पनि कुस्तिलाई मजाले प्रयोग गरिएको थियो l

No comments: