Thursday, July 19, 2012

हिन्दी फिल्मका पहिलो सुपर स्टारको निधन




 हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको मुम्बई, बन्द्रा स्थित आफ्नै निवाश आशिर्वादमा बुधवार दिउसो देह त्याग गरेका थिए l राजेश खन्नालाई केहिदिन पहिले खराब स्वास्थ्यस्थितिको कारण लिलावती हस्पिटलमा भर्ना गरेको थियो l तर स्वास्थ्यमा सुधार नहुने देखेपछी डाक्टरहरुले मंगलवार घर पठाएका थिए l ७० बर्षीय राजेश खन्ना गत अप्रिल महिना देखिनै बिरामी भएका थिए l त्यसै महिनामा धेरै पटक हस्पिटल भर्ना गर्नु परेको थियो l गत २० जुन देखि खाना खान समेत छोडेका थिए l त्यसले गर्दा उनको स्वास्थ्य स्थिति झनै खराब हुदै गएको थियो l कलेजो र फोक्सो इन्फेक्सनबाट पिडित उनलाई अनिमियाले समेत आक्रान्त परेको थियो l राजेश खन्नाको अन्तिम समयमा उनको परिवारको सबै सदस्यहरु दुई छोरी रिंकी, ट्वीन्कल, ज्वाई अक्षय, पुर्व पत्नी डिम्पल साथै थिए l  


उनको पार्थिव शरीरको अन्तिमसंस्कार बिहिवार हुदैछ l अन्तिम यात्रामा हजारौ उनका फ्यान र फिल्मी हस्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो l 

२९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्म भएको राजेश खन्नाले २४ बर्षको उमेरमा पहिलो फिल्म "आखिरी खत" मा अभिनय गरेका थिए l त्यसपछि राज , बहारों के सपने, औरत के रुप का साथै अरु धेरै फिल्महरुमा अभिनय गरेता पनि त्यति सफल हुन् सकेका थिएनन् l तर १९६९ मा हवाई सेनाको भूमिकामा अभिनय गरेको फिल्म आराधना को सफालता पछी नै उनको  लोकप्रियता बढेको थियो l त्यसपछि लगातार १५ वटा सुपर हिट फिल्म दिए, उनको यसै सफलताले गर्दा हिन्दी फिल्मको पहिलो सुपरस्टार बनायो l आज सम्म राजेश खन्नाको लगातार १५ फिल्म सुपर हिटको रेकर्ड कसैले तोड्न सकेका छैनन् l 
राजेश खन्नाको संवाद बोल्ने र बोल्दा आखा झिमकाउने तरिका निकै लोप्रिय भएको थियो l उनको लोकप्रियताको चरम चुलीमा पुगेको समयमा उनलाई सबैले मायाले "काका" भनेर सम्बोधन गर्दथे र त्यस बेला भारत भरी एउटा भनाई बहुत प्रचलित थियो, "माथि आका, तल काका" l त्यस समयमा कयौ केटीहरुले त राजेश खन्नाको फोटो संग बिवाह समेत गरेका थिए l तर राजेश खन्नाले आफु भन्दा झन्डै आधा उमेर कान्छी डिम्पल संग बिवाह गरे l उनको विवाहको खबर सुनेर युवतीहरुले आत्महत्या समेत गरेका थिए l

राजेश खन्नाले आफ्नो फिल्मी सफरमा धेरै राम्रा र सफल फिल्महरु दिए, त्यसमा "आनन्द" उनको फिल्मी जीवनको अविष्मरणीय फिल्म रह्यो l  
ओके टाइम भयो, प्याक अप ....!  
अन्तमा अलविदा "काका" l भगवान उनको आत्मालाई शान्ति प्रदान गरुन l



























No comments: