Tuesday, November 22, 2016

अब प्रसस्त पैसा कमाउन बिदेशै जानु पर्दैन।... (व्यंग)

हामी आफुले कमाएको ठुलो हिस्सा हाम्रो केटाकेटीको शिक्षाको लागि खर्च गर्दछौ। कारण, भविश्यमा आफुले आर्जन गरेको शिक्षाको मदतबाट कुनै पनि इलम गरेर जीविकोपार्जन सजिलै गरोस भनेर। पुर्व प्रार्थमिक, प्रार्थमिक, निम्नमाध्यमिक तथा माध्यमिक तह र उच्च माध्यमिक तहको पढाई सकेर कलेजमा केही बर्ष अध्यन गर्छन। फेरी कोही बिभिन्न बिषयमा अध्ययन गर्न थाल्छन। जस्तै: मेनेजमेन्ट, साइन्स, ह्युमानीटिज यी मुख्य बिषय अन्तरगतका बिभिन्न संकायहरुमा अध्ययन गर्छन, भविष्यमा सफल व्यक्तित्व बन्नका लागि। अनि बिषय अनुसार तेतिकै मेहनत पनि गर्छन र ठुलो मेहनत गरेर बल्ल आफ्नो अध्ययन पुरा गर्छन र पनि कतिले त् आफुले गरेको मेहनत अनुसार काम पाउन असफल हुन्छन भने केहि मात्र सफल हुन्छन। अनि
त्यसरी असफल हुनेहरु धेरै बिदेशिन बाध्य हुन्छन। आफ्नो लगानी तथा मेहनत गरे अनुसार काम नपाएपछि, जतिनै पढेलेखेको भएपनि भारी बोक्न, भाँडा माज्न अनि ट्वाइलेट सफा गर्न पुनः ठुलो धनराशी खर्च गरेर छोटो समयमा धेरै ठुलो धनराशी कमाउने अभिलाषा लिएर विदेश नै जान्छन धेरै जसो युवाहरु, जो भविष्यका देशको कर्णधार समेत हुन्। स्वदेशमा जति गरेनी कमाई थोरै हुने जुन जीवन यापनको लागि प्रयाप्त नहुने, तर छोटो समयमा धेरै कमाई हुने भएकोले नै धेरै युवाहरु बिदेशिएका छन्।
अहिले अब नेपाल वा हाम्रो देशमा पनि बिना मेहनत र छोटो समयमा प्रसस्त कमाई हुने पेशाहरु छन्, जस्तै डाक्टर, इन्जिनियर अनि सभासद तथा सांसद। डाक्टर र इन्जिनियरको त् अध्ययन अध्यापन हुन्छ नै तर
केहि नगरी प्रसस्त कमाई हुने सभासद तथा सांसदको कुनै बिद्यालय तथा कलेज कतै छैन। त्यसैले यस बिषय अध्ययन अध्यापन गराउने शैक्षिक सस्था कतै भेटिदैन। त्यसैले त्यस्तो बिषय कतै पढाई हुने हो भने त् धेरै कुराको राष्ट्रिय समस्या नै समाधान हुने थियो र देशका धेरै कर्णधारहरु विदेश पलायन हुने थिएनन्। । जसले गर्दा हामी नेपालीलाई थोरै समयमा धेरै कमाउन विदेश नै जानुपर्ने बाध्यता समेत हट्ने थियो। अब यो कुरो किन र कसरी उठ्यो भन्ने कुरामा यहाँ समावेस गरिएको कार्टुनहरुबाट नै प्रष्ट हुन्छ, जुन बिभिन्न दैनिक पत्र पत्रिकामा प्रकाशित भएका समाचार तथा कार्टुन हरुले प्रष्ट्याउछ ।  


Sunday, November 20, 2016

टाउको दुखेको तुरुन्त निको पार्ने सरल घरेलु उपाय !

टाउको दुख्नुको कारण !
धेरै जसो मानिसहरुलाई प्राय टाउको दुख्ने समस्याले सताएकै हुन्छ। यसरी बिभिन्न कारणले हाम्रो टाउको दुख्ने हुन्छ। त्यस्तोमा हामी प्राय पेन किलर औषधि खाएरै बस्छौ। यस्तो दुखाई निको वा कम गर्न त्यसरी पेन किलरको प्रयोग गर्नु तुरुन्तलाई फाइदाजनक भएपनि यो पछि निकै घातक पनि हुनसक्छ। त्यसैले टाउको मात्रै नभई शरीर को कुनैपनि अंग दुख्दा सकेसम्म पेन किलर औषधिको प्रयोग नगर्नुनै उत्तम हो। तर पनि त्यस्तो दुखाइको समयमा के गर्ने त् भन्ने कुरा आउँछ। त्यसको लागि सबै भन्दा राम्रो उपाय चिकित्सकलाई संग सम्पर्क राखेर उसैको सल्लाह अनुसार गर्नु सबै भन्दा राम्रो हुन्छ।
तैपनि तल उल्लेख गरिएको कारणले टाउको दुखेको हो भने तल लेखिएको बिधि बमोजिमको सामाग्रीहरु मिलाएर जूस बनाएर पिउदा केहि क्षणमै टाउको दुखाई निको हुन्छ र यो जूस बनाउने सामग्री पनि सजिलै उपलब्ध हुन्छ भने बनाउने बिधि पनि एकदमै सरल छ। फेरी यसको साइड इफेक्ट पनि केहि छैन। 
आउनुहोस यहाँ जूस बनाउने साइड इफेक्ट रहित उपाय उल्लेख गर्दै छु, त्योहो  :
सबै भन्दा पहिले टाउको दुख्नाको कारण पत्ता लगाउनु पर्छ। तल उल्लेख गरिएको मध्ये कुनै एक कारणले टाउको दुखेको हो भने तल उल्लेख गरेको बिधि अनुसार जूस बनाएर पिउनुहोस।  यसको कुनै साइड इफेक्ट पनि हुदैन र यो स्वास्थ्यवर्दक पनि छ:
१. थकावट बाट टाउको दुखेको भएमा 
२. शरीरमा आवश्यक पोशाक तत्वको कमी भएर। 
३. चिसो तथा फ्लू ले गर्दा 
४. तनाव (टेन्सन) ले गर्दा 
५. कम्प्युटर वा मोबाइल मा धेरैबेर बस्दा वा खेल्दा 
६. ब्लडप्रेसर (हाइपरटेन्सन)
जूस बनाउनको लागि आवश्यक सामाग्रीहरु !
१. आधा कप कागतीको रस (जूस)
२. एक चम्चा मह 
३. २ थोपा लेवेन्डरको तेल 

जूस बनाउने तरीका !
माथि लेखिए अनुसारको सबै सामग्रीहरुलाई एउटा कपमा हालेर मिलाउने, हामीलाई आवश्यक जूस तयार भयो।  छैन त बनाउन सजिलो ? 
जूसको बिशेषता !
यो जूसको मुख्य बिशेषता नै दुखेको टाउको एक घण्टा भित्र निको पारिदिन्छ।
यस जूसमा प्रसस्त मात्रामा विटामिन सी र एन्टीअंस्कीडेन्ट हुने भएकोले यो रगतमा घुलियेर नकारात्मक उत्तेजनालाई तुरुन्त घटाउने काम गर्छ। 

Tuesday, November 15, 2016

पाँच दिनमा पाँच किलो वजन कम ।

मानिसहरुको अहिलेको अनियमित तथा आवश्यक भन्दा बढी खानपिन तथा बिलासितापूर्ण र खराब जीवनशैलीको कारण धेरै जसो मानिसहरु बढी मोटाउने, पेट पहाड जस्तरी लाग्ने जस्ता कुराको शिकार भइरहेका छन्। यसरी अनावश्य मोटाऊदा शारीरिक रूपमा कमजोर हुनुका साथै यसले बिभिन्न रोगहरुलाई समेत संगै निम्त्याउछ। यसरी मोटाऊदा शरिरमा अनावश्यकरुपमा बोसो (Fat) जम्मा हुन्छ र यसले अनावश्यक रुपमा हाम्रो शरिरको वजन समेत बृद्धि हुन्छ । अनि फेरी त्यसरी बढेको वजन घटाउन बिभिन्न Exercise (कशरत) तथा अन्य उपायहरु अपनाउन थाल्छौ र साथै पहिले जे जसरी जस्तो खाने कुरा खाए पनि अब खानाखान सचेत र डाईटिंग समेत गर्न थाल्दछौ। अझ कति त् बिभिन्न औषधि तथा घरेलु उपायहरु समेत अपनाउन थाल्छन।   
अन्य जेसुकै भएपनि, शारिरीक रुपमा फिट तथा आफ्नो अनावश्यक वजन घटाउन Exercise(कशरत) सबै भन्दा उत्तम उपाय हो। तर खानेपिउने बानीमा पनि सुधार ल्याउनु पर्दछ र साथै आफ्नो दैनिक जीवन शैलिमा पनि ध्यान पुर्याउनु पर्छ। ।  
तपाई पनि आफ्नो शरिरमा थुप्रेको अनावश्यक बोसो (Fat) ले मोटाउनु भएको छ र पहाड जस्तो भुडिको स्वामी हुनुहुन्छ र त्यस बाट छुटकारा पाउने प्रयासमा हुनुहुन्छ भने तपाइको लागि एउटा सरल तथा अचुक पेय पदार्थको बारेमा बताउदै छु।  जुन एकदमै लाभदायक त् छदैछ, साथै यसको सेवनले ५ दिनमा ५ किलो सम्म आफ्नो शरिरको वजन घटाउछ। यो पेय पदार्थ बनाउन पनि एकदमै सजिलो र सरल छ। साथै यसको लागि आवश्यक सामाग्रीहरु पनि हाम्रो भान्छामा नै हुन्छन। 
के हो त् त्यस्तो चमत्कारी पेय पदार्थ ? जान्न साह्रै उत्सुकता जागिसक्यो होला। आउनुहोस् तल बिस्तृत रुपमा उल्लेक गरेको छु हेरौ :
पेयपदार्थ बनाउन आवश्यक सामग्री :
एक कल्ली हरियो धनिया 
एउटा कागती 
एक गिलास पिउने सफा पानी 
बनाउने बिधि :
एउटा सफा भाँडोमा कागती निचर्ने, 
धनियालाई मिक्चर वा ब्लेन्डरमा पेष्ट बनाउने,  
कागतीको रस, धानियको पेष्ट र पानी मिलाएर राम्रो सँग मिक्स गर्ने 
त्यसपछि हाम्रो बिशेष पेयपदार्थ तयार भयो। 
यसरी बनाएको पेयपदार्थ वा जूस खाली पेट (केहि नखाई) बिहान बिहान ५ दिन सम्म पिउनुहोस। त्यस पछिको १० दिन सम्म यस जूस वा पेयपदार्थ नपिउनुहोस। 
यो जूस वा पेयपदार्थले हाम्रो शरिरको क्यालोरी बर्न गर्न सहयोग गर्छ। साथै यसमा विटामिन तथा मिनरलस प्रसस्त मात्रामा हुने भएकोले त्यसले हाम्रो शरिरलाई आवश्यक विटामिन र मिनरलसको पूर्ति गर्दछ। फेरी हरियो धनियाले पाचन शक्ति बढाउने तथा रगत शुद्ध बनाउन समेत सहयोग गर्दछ। त्यस्तै कागतिले हाईब्लडप्रेसरलाई नियन्त्रण गर्दछ।  यस जूस वा पेयपदार्थ ५ दिन लगातार पिउनाले हाम्रो शरिरको अनावश्यक बढी तौल ५ किलो सम्म घट्न सक्छ। 
यदी तपाई पनि अनावश्यक रुपमा मोटो हुनुहुन्छ र आफ्नो तौल घटाउन अनेक उपाय अपनाएर थाकिसक्नु भएको छ भने आउनुहोस् एकपटक यसलाई पनि प्रयोग गरेर हेर्नुहोस्। यो बिधि अपनाउदा बेफाइ केही पनि नहुने भएकोले एकपटक प्रयोग अवश्य गर्नुहोस। 

Wednesday, November 9, 2016

अमेरिकाको राष्ट्रपति चुनाव ! विश्वको चासो।

विश्वकै चासोको बिषय बनेको अमेरिकी राष्ट्रपतिको चुनावमा कुनै सार्वजनिक पदमा नरहेका अरबपति ब्यापारी डोनाल्ड ट्रम्पले दिग्गज राजनैतिक नेताहरुका अनुमानका साथै बिभिन्न मत सर्वेक्षणहरुलाई गलत साबित गर्दै डेमोक्र्याटिक पार्टीको उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरी ४५ औँ राष्ट्रपतिमा बिजयी भएका छन्। सम्पूर्ण मतगणना हुनु पूर्वनै उनले आवश्यक मत ल्याएर बिजयी भएपनि आधिकारिक घोषणा भने अझै भइसकेको छैन। ट्रम्पलाई अमेरिकाको ठुला राज्यहरुमा भन्दा ग्रामिण
इलाकाका मतदाताहरुले ठुलो संख्यामा भोट दिएको पछिल्लो सर्वेक्षणले जनाएको छ। साथै महिला तथा अल्पसंख्यकहरु र कलेज पढेकाहरुले हिलारी क्लिन्टनलाई मत दिए पनि गोरा अमेरिकन पुरष तथा कलेज अध्ययन नगरेकाहरुको ठुलो संख्याले ट्रम्पलाई भोट हालेको कुरा अहिले प्रष्टिएको छ। डेमोक्य्राटहरुले पहिले जितेको ठुला तथा मझ्यौला राज्यहरु जस्तै फ्लोरिडा, ओहाहियो,
पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा ट्रम्पले जितेर आफ्नो विजय सुनिश्चित भएको थियो। राष्ट्रपति निर्वाचित हुन् २७० इलेक्टोरल मत परिणाम आवश्यक  हुने भएता पनि पछिल्लो जानकारी अनुसार ट्रम्पले २७६ इलेक्टोरल मत परिणाम पाइसकेका छन्।
अब अमेरिकी राष्ट्रपति निर्वाचनको अधिकारिक घोषणा पश्चात नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बिश्व राजनीतिमा अमेरिकाको भूमिका कस्तो रहने छ, सबै त्यसैको पर्खाइमा छन्। चुनावी घोषणामा अहिले
रहेको अमेरिकको आर्थिक, राजनीतिक र सामाजिक नीति बिरुद्ध ठुलो परिवर्तन गर्ने घोषणा सहित चुनावी मैदानमा उत्रिएका ट्रम्पले भविष्यमा के गर्छन त्यो नै अहिले विश्वले ठुलो व्यग्रताका साथ् हेरिरहेका छन।      

Wednesday, November 2, 2016

१८ बर्ष पछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण !

२ नोवेम्बर २०१६, नेपालका राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने भ्रमणको लागि विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी सहित भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरे, लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्कर लगायत ६० सदस्य सम्मिलित टोलीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो। इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह नेपाल आइपुगेका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन विमानस्थलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो। सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र
मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत उपस्थित थियो, साथै भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय समकक्षी प्रणव मुखर्जीबीच शितल निवासमा आजै भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति मुखर्जीको बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने र शुक्रबार जनकपुर तथा पोखरा जाने कार्यक्रम समेत छ। उनको तीन दिने नेपाल भ्रमण कार्यक्रम निम्न प्रकारको छ :
१७ गते बुधबार:
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्रिभुवन बिमानस्थलमा समकक्षी भारतीय राष्ट्रपति मुखर्जीको स्वागत,
शीतल निवासमा राष्ट्रपति स्तरीय दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि
१८ गते बिहीबार:
पशुपतिनाथमा पुजाअर्चना
काठमाडौँ विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज
१९ गते शुक्रबार: 
जनकपुर भ्रमणको लागि प्रस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान