Monday, March 27, 2017

लहसुनको दैनिक सेवनको अनेक फाइदाहरु ।

लहसुनलाई  बिशेष हामी तरकारी स्वादिलो बनाउन प्रयोग गर्दछौ। यसले तरकारीको स्वाद नै फरक हुन्छ। यसरी दैनिक हामीले उपभोग गर्ने  तरकारीलाई स्वादिलो बनाउने लहसुनले हामीलाई बिभिन्न रोगहरुबाट समेत रक्षा गर्दछ। दैनिक एक पोटि लहसुन खाली पेटमा खादा धेरै रोगहरुबाट हामीलाई बचाऊछ र यसले हाम्रो शरिर लाई अन्तरिक शक्ति समेत प्रदान गर्दछ। ।  तेसैले लहसुनलाई अमृतको रुपमा लिनसकिन्छ। 
आयुर्वेदमा उल्लेख गरेअनुसार लहसुनको दैनिक सेवनले मानिसलाई सधै जवान बनाई राख्ने कम गर्नुका साथै बिभिन्न रोगहरुबाट सुरक्षा प्रदान गर्दछ।  लहसुन खाएको करिब एक घण्टा भित्र पचिसक्छ र यसले तुरुन्तै आफ्नो प्रभाव देखाउन सुरुगर्दछ। यसले रगतमा भएको चिल्लो काट्ने, रगतलाई पातलो बनाई शरिरमा रक्त संचारमा सहयोग गर्दछ,  कब्जियात भएको अवस्थमा समेत यसले फाइदा दिन्छ, त्यस्तै कान दुख्दा समेत यसको प्रयोगले फाइदा पुग्दछ, ब्लडप्रेसर नियन्त्रण गर्नमा समेत यसले ठुलो सहयोग गर्दछ, साथै यसको उपभोगले भोक बढाई खानाखान रुचि बढाउछ। लहसुनले एउटा महत्वपूर्ण प्राकृतिक एंटीबायोटिकको रुपमा समेत काम गर्दछ। 
भर्खरै मात्र गरिएको एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि यदि एकै पटक ५-६ वटा लहसुन हल्का तरेर खाने हो भने तुरुन्त एकै दिनमा नै त्यसबाट शरिरमा भएको असर देखापर्न र त्यसबाट शरिरमा भएको फाइदा देखिन थाल्छ। उक्त अनुसन्धानमा लहसुन एक घण्टा भित्रै पच्ने र यसले तुरुन्तै आफुमा भएको पौष्टिकतत्व प्रदान गर्न थाल्छ। यसको साथै यसमा भएको एंटी ऑक्सीडेंट तत्व हाम्रो शरिरको भित्र फैलिन थाल्दछ। 
  • दैनिक लहसुन खानाले निम्न फाइदा हुन्छ:
  • शरिरमा भएको नराम्रो कॉलेस्ट्राल घटाउछ। 
  • शरिरमा भएको बिषालु पदार्थहरुलाई दिषा पिसाबको मध्यमबाट शरिर बाहिर निष्काशित गर्दछ। 
  • शरिरको हड्डीहरुलाई  मजबूत बनाउद छ ।
  • शरिरलाई बिशेष प्रकारको शक्ति प्रादान गर्दछ । जसले शरिरमा देखिने अल्छिपनालाई हटाउछ। 
  • लहसुनले तुरुन्त अन्तरिक शक्ति प्रदान गर्नुका साथै यसले यौन शक्ति वृद्धि गर्ने र यौन इच्छा समेत बढाऊछ।  
  • लहसुन दैनिक रुपमा खानाले अनुहारमा बुढेसकालको लक्षण देखा पर्न दिदैन र संधै जवान बनाई राख्न मदत गर्दछ।   
  • शरिर भित्र उत्पन्न हुने क्यान्सर कोशिकाहरू हल्का तारेको लहसुन खानाले त्यस्ता कोशिकाहरुलाई नष्ट पारिदिन्छ। 

Wednesday, February 15, 2017

माया -!


     (प्रणय दिवशलाई सेरोफेरो पारेर माया,प्रेमलाई कविता रुपि साँचोमा ढाल्नु भएको बुनु अर्याल ज्युको यो            कवितालाई सबैले एकपटक त पढ्ने पर्ने जस्तो लगेर फेसबुक को भित्ताबाट साभार गरेर यहाँ प्रकाशित गर्ने      दुस्साहस गरेको छु। )                                                                                                 

                                             - बुनु अर्याल
न गरिन्छ माया,न टुंगिन्छ माया
पोख्दा पोख्दै, भरिन्छ माया
न तौलिन्छ माया, न नापिन्छ माया
थाहै नपाई, चुलिन्छ माया                                                                        

न आगो हो माया,न पानी हो माया
जल्दै नजली, खरानी हो माया
न शीत हो माया न घाँम हो माया
कहिल्यै नमेटिने प्यास हो माया
न बृद्ध हो माया, न यौबन हो माया
कहिल्यै न अस्ताउने तारा हो माया
 न भोक हो माया न तृप्ति हो माया
 कहिल्यै नभरिने घडा हो माया
न बसन्त हो माया,न शिशिर हो माया
दुख्दा दुख्दै, मुस्कान हो माया - !

Tuesday, February 14, 2017

Valentine's Day


प्रणय दिवस वा प्रेम दिवस (Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम  आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम  विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे निषेधाज्ञा तोडेको आरोपमा उनलाई . पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ

प्रेमको प्रतिकको रुपमा रातो गुलाबको फूललाई लियिने हुदा, प्रणय दिवस वा प्रेम दिवस (Valentine's Day) को दिन आफ्नो प्रेम प्रकट गर्न रातो गुलाबको फुल प्रेमी प्रेमिकाले एक आपसलाई दिने गरिन्छ। यो दिनमा रातो गुलाबको फुलको ठुलो व्यापार समेत हुने गरेको छ। बिशेष गरि यस दिनमा युवा युवती एक आपसलाई दिन रातो रंगको गुलाबको फुलको बिशेष माग हुन्छ। त्यसैले सामान्य गुलाबको फुलको मुल्यले समेत आकाश छोएको हुन्छ, यस दिनमा।    
तेस्तै, यस दिनमा आफ्नो प्रेमी प्रेमिकालाई आकर्षक उपहार दिने परम्परा समेत युवा युवतीहरुमा छ। जोडी हुनेहरु आफ्नो जोडीको रमाइलो कार्यक्रममा पुग्छन भने,जोडी नहुनेहरु पनि आफुलाई मनपर्नेलाई आफ्नो प्रेम प्रस्ताव ब्यक्त गर्नलाई बिशेष आजकै दिनलाई रोज्छन। 
हिजो आज बिशेष गरि भर्खरका किशोर किशोरीहरु यस दिनलाई व्यग्रताका साथ मनाउन तमसेका भेटिन्छन। त्यस्तै कता कता अलिक उत्छ्रिङ्खलता पनि नदेखिएको होइन प्रणय दिवश मनाउने क्रममा।   

Monday, January 23, 2017

खाँदा मिठो तिलको लड्डु ! Good for Health.

माघे संक्रातिलाई मकर संक्रातिको नामले समेत जानिन्छ। मकर संक्राति नेपालीहरुले मनाउने एउटा प्रमुख चाड हो। यो चाड बिशेष गरि थारु समुदायको ठुलो तथा प्रमुख चाड पनि हो। थारु समुदायको बिशेष चाड भएपनि देशै भरि यो चाडलाई मनाइन्छ। यस चाडमा घ्यू, चाकु, तिलको लड्डु, मुराई तथा चाकु मिलाएर बनाएको लड्डु र तरूल खाएर मनाइन्छ।
यसरी यस दिनमा खाइने सबै खानेकुराहरुबाट हाम्रो स्वास्थ्यको लागि केहि न केहि फाइदा नै हुन्छ, त्यस मध्ये जो कोहीलाई बनाउन सजिलो र सस्तो, अनि खादा अति मिठो तिलको लड्डुको कुरा गरिदै छ ।
- बिशेष माघे संक्रतिको दिन खाइने तिल र सक्खरको पाकबाट तयार पारिने लड्डू निकै  मिठो हुनाका
साथै यो हाम्रो स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ। यसले फोक्सोलाई फाइदा पुर्याउछ साथै यसले शरिरमा जम्मा भएका बिषालु रसायन वा तत्वहरुलाई निष्काशन गराउने कार्यमा सहयोग गर्दछ।

- तिल र सक्खरको पाकबाट तयार परिने लड्डूमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ, जून हड्डीलाई बलियो बनाउन तथा वृद्धि गर्न सहयोग गर्दछ।

- यसरी बनाइने लड्डुबाट शरिरमा हिट प्राप्त हुने भएकोले जाडोयाममा यसको उपभोग गर्दा बिशेष फाइदा हुन्छ।

 - तिलमा पाइने बिशेष तत्वले मानसिक स्वास्थ्यमा समेत सकारात्मक विकास हुने हुँदा यसको सेवनले अनावश्यक तनाव (टेन्सन) तथा डिप्रेसन बाट छुटकारा पाउन सकिन्छ।

- तिलबाट हुने बिभिन्न लाभ मध्ये यसको  उपभोग गर्दा शरिरलाई  प्राप्त हुने शक्ति (इनर्जी) पनि हो।

अतः तिलको लड्डु खादा हामीलाई पुरा दिनभरी नै चुस्त तथा फुर्तिलो बनाई राख्न मदत गर्दछ।
यिनै फाइदाहरु र खादा मिठो हुनुका साथै राष्ट्रको एक प्रमुख चाड को बिशेष परिकार समेत भएकोले अवश्य तिलको लड्डु खानुहोला। 

Tuesday, January 10, 2017

स्वदेशमा काम छ, युवाशक्ति विदेश पलायन !

राजनीतिक अस्थिरता, बढ्दो गरिबी तथा महंगी, बिभिन्न कारणले देशमा बढ्दै गएको बेरोजगारीको
समस्याहरुले गर्दा अहिले लाखौँ नेपाली बैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गैरहेका छन् । यो संख्यामा दिनानुदिन द्रुतगतिमा वृद्धि भैरहेको छ। यसको उदाहरणको लागि बिभिन्न म्यानपावर कम्पनीहरुमा जम्मा हुने नेपालीहरुको भिडलाई हेर्न सकिन्छ र श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागमा बैदेशिक रोजगारीमा जान लाइन बसेका नेपालीहरुको भिडले पनि प्रमाणित गर्दछ ।

पहिले नेपाली युवाहरु तुलनात्मक रुपमा सजिलो र गत बर्ष मंसीर महिना सम्ममा १ लाख ७४ हजार भन्दा बढीको संख्यामा रोजगारीको शिलशिलामा बिदेशिएका थिए भने यस बर्षको सोहि अवधिमा २ लाख ५९ हजार भन्दा बढी संख्यामा विदेश गैसकेका छन्। 
राम्रो काम खोजेर विदेश काम गर्न जान्थे। तर अहिले स्थिति अर्कै भएको छ, हिजोआज नेपाली युवाह्जरु बिदेशमा जस्तो काम भएपनि जति तलव पाएपनि विदेश नै जान्छु भनेर म्यानपावर कम्पनीमा सम्पर्क राख्न पुग्ने धेरै छन्। यसरी अहिले नेपाली युवाहरु आफ्नो रगत पसीना बगाउन जति पैसा पाएपनि र जतिसुकै जोखिमपूर्ण कामको लागि भएपनि जान तयार हुन्छन । समग्रमा गत आर्थिक बर्षको तुलनामा यस चालु आर्थिक बर्षमा विदेशिने नेपाली युवाहरुको संख्या उच्च दरमा बृद्धि भएको छ। चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नै गत वर्षको भन्दा ३२ प्रतिशतले बृद्धि भएको छ। 
पहिले नेपाली युवाहरु 3D काममा जान रुचाउदैनन थिए तर अहिले त्यस्ता 3D (Dirty, Dangerous, Difficult) काम गर्नको लागी पनि जान तयार हुन्छन। फेरी यस्ता 3D कामको लागि कामदार हरुको डिमाण्ड पनि अन्य कामको लागि भन्दा बढी नै आउछन । अतः नेपाली म्यानपावर कम्पनिहरुले पनि अहिले त्यस्तो काममा पनि जान तयार नेपाली युवाहरुको संख्या बढी देखेपछि यस्ता 3D कामहरुको लागि कामदारहरुको प्रसस्त माग गर्न थालेका छन्। पहिले नेपालीहरु रुख काट्ने, तथा बाटो बनाउने कामको लागि नेपाली युवाहरु जान मान्दैनन थिए। तर अहिले त्यस्ता कामहरुको लागि जानेको संख्या समेत प्रसस्तै छन्। 
यसरी आफ्नो देशमा कुनै राम्रै काम गर्न समेत अप्ठ्यारो मान्ने तर बिदेशमा जे गर्न पनि तयार हुने नेपाली युवाहरुको मानसिकताले के भविष्यमा देशको बिकाश कार्यमा युवा हातहरुको संकट नहोला त ? यस बिषयमा सम्बन्धित निकाय समयमै सचेत हुनु पर्लाकी ? साथै नेपाली युवाहरुई स्वदेशमै आफ्नो श्रम बेच्ने वातावारण सृजना गरि उनीहरुलाई स्वदेशमै बिकाश तथा पुननिर्माण कार्यमा लाग्न प्रेरित गर्नु पर्छ । बैशाख १२ र २९ को महभुकम्पबाट भएको भौतिक विनाशको पुननिर्माण कार्यको लागि देशलाई अहिले ठुलो
संख्यामा युवा जनशक्तिको आवश्यकता परेको छ। यस्तै प्रकृतिको काम गर्न किन विदेश जानु पर्यो त् नेपाली युवाहरुलाई ? उनीहरुलाई स्वदेशमै अहिलेको पुननिर्माण कार्यमा जुटाउन सके देशलाई दोहोरो फाइदा हुने कुरालाई समेत नकार्न सकिदैन। अतः सम्बन्धित निकायले यसरी पनि सोचिदिदा केहि हुन्थ्यो की ?       


Monday, January 9, 2017

काष्ठमण्डप कहिले, कसरी बन्यो र किन ढल्यो ?

संस्कृतिविद् यज्ञमान पति बज्राचार्यले सानैदेखि यसको कथा सुन्दै आएका थिए। उनको खलकमा पितापुर्खादेखि नै यो कथा प्रचलित थियो। एक किसिमले भन्दा काष्ठमण्डप निर्माण नै उनको पुर्खासँग जोडिएको थियो। आफ्ना पुर्खाले लेखेका यससम्बन्धी केही कागजात उनले संकलन पनि गरेका थिए। तिनै कागजात र कथा समेटेर उनले २०६० सालमा किताब लेखे– ‘लीलाबज्रः काष्ठमण्डप निर्माता’।
यो किताबमा काष्ठमण्डप निर्माण सम्बन्धमा उल्लेख गरेका कुरालाई पुष्टि गर्ने ऐतिहासिक अभिलेखहरू नभएपनि यसले जहिले काष्ठमण्डप बन्यो भनी उल्लेख गरेको समय भने अहिले आएर पुरातात्विक अनुसन्धानबाटै पुष्टि भएको छ।
वैशाख १२ को भुइँचालोपछि नेपाल, बेलायत लगायत देशका पुरातत्वविद्को टोलीले काष्ठमण्डपको जग उत्खनन् गरेको
थियो। उनीहरूले ४० दिन लगाएर जगका विभिन्न भागबाट माटो, ढुंगा र अंगारका नमूना झिकेर बेलायतको प्रयोगशालामा लगी उमेरका साथै अन्य कुराहरुको समेत  परीक्षण गरेको थियो ।
यस पुरातात्विक अनुसन्धानबाट काष्ठमण्डप बनेको समय मात्र पुष्टि भएको होइन। यसको 'आर्किटेक्चर' र पछिल्ला कैयन् ठूला भुइँचालाहरु समेत थेगेको यो सम्पदा गत बैशाख १२को भुइँचालोले किन ढल्यो भन्ने नयाँ तथ्य पनि बाहिर ल्याएको छ। यो अनुसन्धानले काष्ठमण्डपमुनि थिचिएर बसेको २ हजार २ सय वर्ष पुरानो सभ्यताको प्रमाण पनि पहिलो पटक सार्वजनिक गरिदिएको छ।
काष्ठमण्डप संरचना १२ औं शताब्दीमा बनेको इतिहासकारहरूको भनाइ थियो। ऐतिहासिक अभिलेखमा त्योभन्दा पुरानो तिथिमिति फेला परेको छैन। यज्ञमानको किताबले भने यो सम्पदा आठौं शताब्दीमा बनेको कुरा उल्लेख गरेको छ भने पुरातत्व विभाग र बेलायतका डर्हाम तथा स्टर्लिङ विश्वविद्यालयको निष्कर्ष पनि त्यसैसँग मिल्दोजुल्दो नै छ याने काष्ठमण्डपको निर्माण आजभन्दा १ हजार ३ सय वर्ष पहिले भएको हो, इस्वी सम्बत् ७४१ को आसपासमा ।
त्यतिबेला नेपाल खाल्डोमा लिच्छिवी राजा जयदेव (द्वितीय) को शासन थियो। यो क्षेत्र उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो। भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरु तथा शिष्य तिब्बत जान नेपाल खाल्डोको बाटो प्रयोग गर्थे। तिब्बतका लामा गुरु तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा अध्ययन गर्न जान्थे। नेपाल खाल्डो बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो। तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो।
त्यही समय यहाँ ‘लीलाबज्र’ नामका सिद्धगुरु थिए, जसको ख्याति तिब्बतदेखि भारतवर्षभरि फैलिएको थियो। नालन्दा विश्वविद्यालय र विक्रमशील महाविहारमा अध्यापन गर्ने यिनी बौद्धशिक्षा र तान्त्रिक विद्याका गुरु थिए।
एकदिन लीलाबज्र कुनै जात्रा हेरिरहेका थिए। उनका आँखा हुलमा सबैभन्दा अग्लो मानिसमा गयो। उनले ती मानिसलाई पहिले कहिल्यै देखेका थिएनन्। उनको असाधारण उचाइ र हाउभाउ देखेर लीलाबज्रलाई लाग्यो, ती साधारण मानिस होइनन्। उनले आफ्नो तन्त्रविद्याको सहाराले ती व्यक्तिलाई वशमा लिए।
जात्रा सकिएपछि भिड लाखापाखा लाग्यो। ती व्यक्ति भने चल्न–हल्न सकेनन्। उनी लीलाबज्रको तन्त्रविद्यामा बाँधिएका थिए।
लीलाबज्रले सोधे, ‘तिमीलाई यसअघि यहाँ कहिल्यै देखेको थिइनँ, तिमी को हौ?’
उनले जवाफ दिए, ‘म कल्पवृक्ष हुँ, रुखहरूको देवता।’
लीलाबज्रको अनुमान सही साबित भयो। उनी साँच्चिकै साधारण मानिस रहेनछन्।
आफ्नो परिचय दिएपछि कल्पवृक्षले सोधे, ‘तिमीले मलाई किन र कुन प्रयोजनका लागि यसरी बाँधेर राख्यौ?’
खासमा लीलाबज्रले कुनै प्रयोजनका लागि उनलाई बाँधेका थिएनन्। तर, जब कल्पवृक्ष नै आफ्नो वशमा परेको थाहा पाए, उनको मनमा एउटा इच्छा जागृत भयो। भने, ‘तिमी कल्पवृक्ष हौ भने मलाई एउटा रुख देऊ, म त्यही रुखको काठबाट यहाँ सत्तल निर्माण गर्न चाहन्छु, ताकि यो बाटो हुँदै आवतजावत गर्ने बटुवाहरूले आराम गर्ने स्थान पाऊन्।’
वशमा परेका कल्पवृक्षसँग लीलाबज्रको इच्छा पूरा नगरी धर थिएन। उनले एउटा अजंगको रुख लीलाबज्रलाई उपलब्ध गराए।
लीलाबज्रले त्यही रुखको काठ प्रयोग गरी काष्ठमण्डप निर्माण गरे, जसलाई ‘मरुसत्तः’ भनिन्छ। नेपाल भाषामा सत्तः भनेको पाटीपौवा हो। यो सत्तलले नेपाल खाल्डो हुँदै तिब्बत र भारत ओहोरदोहोर गर्ने बौद्धगुरु तथा व्यापारीहरूलाई आश्रय दियो। पछि जयस्थिति मल्लको पालामा यहाँ गोरखनाथ मन्दिर स्थापना गरिएको र उनका अनुयायी मानिने कपालीहरूको निम्ति बसोबासको व्यवस्था मिलाइएको ऐतिहासिक अभिलेख छ।
त्यतिबेला कल्पवृक्षले दिएको रुख यति विशाल थियो, काष्ठमण्डप निर्माणपछि पनि त्यसका काठ सकिएनन् रे। लीलाबज्रले बचेका काठबाट काष्ठमण्डपको ठिकअगाडि अर्को सत्तल बनाएछन्, जसलाई ‘सिँल्यं सत्तल’ भनियो। त्यो सत्तल अहिले पनि छँदैछ। ‘सिँल्यं’ भन्नाले मुख्य काम सकिएपछि बचेको काठ भन्ने बुझिन्छ। राणाकालमा मानन्धर खलकले त्यहाँ सिंहका मूर्ति स्थापना गराए। त्यही भएर यसलाई ‘सिंहसत्तल’ पनि भन्न थालियो।
लीलाबज्रले सत्तल निर्माणमा प्रयोग गर्न नमिल्ने रुखका जरा र आँख्ला भएका काठ आफ्नै बिहारमा लगेर राखेछन्। त्यसलाई आज पनि ‘सिखोंमू’ (रुखका जरा र जोर्नी जम्मा गरिएको) बहाः भनिन्छ। त्यसको अर्को नाम श्रीखण्ड तरुमूल महाविहार हो।
यज्ञमान पति बज्राचार्य त्यही महाविहारका गुरु हुन्। आफू लीलाबज्रकै ४१ वा ४२ औं पुस्ता भएको उनको भनाइ छ र आफ्नो पितापुर्खाबाट सुनेको, उहाँहरूले छाड्नुभएको टिपोटका आधारमा काष्ठमण्डप कथा लेखेको कुरा बज्राचार्यले बताए र पुरातात्विक अनुसन्धानले पनि उनैले कथाको रुपमा लेखेको लेखलाई नै पुष्टि गर्यो।’
काष्ठमण्डप निर्माणको कथा यतिमै सकिन्न।
लीलाबज्रको कामना पुर्याएपछि कल्पवृक्षले भनेछन्, ‘अब मलाई जान देऊ।’
लीलाबज्रले मानेनन्। आफूले बनाउन आँटेको सत्तलमा कल्पवृक्षको दैवीशक्तिको बास सदा रहिरहोस् भन्ने उनको मनसुबा थियो। चलाख लीलाबज्रले सर्त राखे, ‘म तिमीलाई त्यतिबेला मात्र मुक्त गर्छु, जब नुन र तेलको भाउ बराबर हुन्छ।’
कल्पवृक्ष सोझा थिए, राजी भइहाले।
‘देउताहरू मान्छेभन्दा सोझा हुँदा रहेछन्,’ यज्ञमानले हाँस्दै भने, ‘त्यसयता हरेक वर्ष माघे संक्रान्तिको दिन काष्ठमण्डपमा पूजा गरेर नुन र तेलको भाउ सोधनी हुन्छ। न कहिले भाउ बराबर भयो न त कल्पवृक्ष मुक्त भए। आज पनि उनको दैवीशक्ति काष्ठमण्डपमै छ भन्ने विश्वास गरिन्छ।’
जनश्रुतिमा आधारित काष्ठमण्डप किंवदन्तीमा उल्लिखित सबै विवरण पुरातात्विक अन्वेषणबाट पुष्टि हुँदैन। तर, यो १ हजार ३ सय वर्ष पुरानो सम्पदा हो भन्नेमा अब कुनै दुबिधा नरहेको पुरातत्वविद्हरू बताउँछन्।
‘किंवदन्तीहरूमा एउटा समय प्रचलित थियो, हामी अर्कै समयलाई आधार मान्थ्यौं,’ अन्वेषणमा संलग्न पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सेतोपाटीसँग भने, ‘वैज्ञानिक अनुसन्धानले किंवदन्तीमा चलिआएको समयलाई नै पुष्टि गरेको छ।’
यो त काष्ठमण्डप अन्वेषणबाट निस्केको एउटा तथ्य मात्र हो। यसबाहेक काठमाडौं खाल्डोको प्राचीन सभ्यता झल्काउने अरू थुप्रै तथ्य यो अनुसन्धानबाट उजागर भएको छ।
यसमा सबभन्दा महत्वपूर्ण छ, काठमाडौं खाल्डोमा सभ्यता विकास कहिले भयो?
गत वर्ष काष्ठमण्डप उत्खनन क्रममा पुरातत्वविद्हरूले जमिनको सतहभन्दा पाँच मिटर तलसम्म खनेका थिए। उनीहरूले त्यतिबेलासम्म जमिन खन्दै गए, जबसम्म प्राकृतिक अवस्थाकै माटो फेला परेन। मानवीय हस्तक्षेप नभएको त्यस्तो प्राकृतिक माटोको रङ नै बेग्लै हुन्छ। मानवीय गतिविधिको संकेत देखिने अन्तिम विन्दुसम्म पुगेपछि उनीहरूले त्यहाँको माटो प्रयोगशाला परीक्षण निम्ति लगे। जे नतिजा निस्क्यो, त्यो काठमाडौं सभ्यता विकासको शोधमा अहिलेसम्मकै नयाँ उपलब्धि थियो।
माटोको स्वरुप र त्यसमा रहेको बालुवाको कणको अवस्था परीक्षण गर्दा यहाँ कम्तीमा इसापूर्व दोस्रो शताब्दीमै मानव बस्ती बसिसकेको तथ्य फेला परेको छ। भक्तपुर दरबार क्षेत्र र हाँडीगाउँबाट लगेको माटोको नमूनाले पनि लगभग इसापूर्व दोस्रो शताब्दीतिरै सभ्यता विकास भइसकेको देखाउँछ। यो भनेको आजभन्दा २ हजार २ सय वर्ष पुरानो घटना हो।
‘इसापूर्व दोस्रो शताब्दीमै काठमाडौं खाल्डोमा सहरीकरण सुरु भइसकेको वैज्ञानिक प्रमाण फेला परेको छ,’ कुँवरले भने, ‘काठमाडौं सभ्यताको पुरातात्विक अनुसन्धानमा यो अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि हो।’
हुन त तीन हजार वर्षभन्दा पुरानो इतिहास मानिएको काठमाडौं सभ्यतामा यो तथ्यांकलाई ‘आश्चर्यजनक खोज’ नमान्न सकिन्छ। लुम्बिनीमा आजभन्दा २५ सय वर्षअघि इसापूर्व छैठौं शताब्दीमै सिद्धार्थ गौतमको जन्म भइसकेको थियो। लुम्बिनीमा शाक्यहरूको सम्पन्न गणराज्य विकास भएका बेला यता काठमाडौं खाल्डोमा को राजा थिए भन्ने प्रामाणिक इतिहास छैन। तर, गोपालवंशी हुँदै महिषपाल र किराँतहरूको शासन चलेको वंशावलीमा पाइन्छ।
हामीसँग लिच्छिवीकालपछिको मात्र प्रामाणिक इतिहास छ। त्योभन्दा अगाडिको इतिहास भनेको तत्कालीन शासकहरूको वंशावली मात्र हो,’ इतिहासकार त्रिरत्न मानन्धरले भने।
काठमाडौं खाल्डोमा सभ्यता विकासको इतिहास इसापूर्वसम्मै तन्किएको भए पनि वैज्ञानिक प्रमाणले त्यसलाई अझ बलियो बनाउने उनको भनाइ छ।
काष्ठमण्डप मात्र होइन, भुइँचालो बेला भत्किएका माजुदेगः, त्रैलोक्यमोहन, जगन्नाथ, गोपीनाथ, जैसीदेवल लगायत सम्पदाको उत्खननले पनि पहिले सोचिएभन्दा पुरानो ऐतिहासिक पृष्ठभूमितर्फ संकेत गरेको पुरातत्व विभागले जनाएको छ। विभागले विभिन्न दाताको सहयोगमा यस वर्ष यी सबै सम्पदाको फेरि अन्वेषण गरेको थियो। गत वर्ष र यसपालि दोस्रो अन्वेषणको नेतृत्व पनि पुरातत्व विभागका प्रवक्ता कुँवरसहित डर्हाम विश्वविद्यालय, बेलायतका प्राध्यापक रोबिन कोनिङघाम र पुरातत्व विभागका पूर्व महानिर्देशक कोशप्रसाद आचार्यले संयुक्त रूपमा गरेका थिए।
‘यी सम्पदा जुन ठाउँमा बनेका छन्, त्यहाँ धेरै पहिलेदेखि नै मानवीय गतिविधि हुँदै आएको देखिन्छ,’ पुरातत्व विभाग, डर्हाम विश्वविद्यालय र स्टर्लिङ विश्वविद्यालयले दोस्रो चरणको अन्वेषणपछि यही पुस ५ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी सम्पदाको इतिहास पहिले सोचेभन्दा बढी जटिल छ।’
अन्वेषण क्रममा फेला परेको अर्को महत्वपूर्ण तथ्य काष्ठमण्डपको संरचनासँग सम्बन्धित छ।
पुरातत्वविद्हरूले पहिलोपटक काष्ठमण्डपको जग उदांगो पारेका छन्। काष्ठमण्डप बनेदेखि यसको जग अहिलेसम्म कुनै पुस्ताले देखेका थिएनन्। भोलि यो सम्पदा पुनर्निर्माणपछि फेरि कसैले देख्न पनि पाउने छैनन्।
यसको जगमा नौखण्डको मण्डप छ। नेवार परम्पराअनुसार तिहारमा म्हः पूजा मनाउँदा जस्तो मण्डप बनाइन्छ, यसको आकार लगभग उस्तै छ। ‘काष्ठमण्डपको नामै यही मण्डपका आधारमा राखिएको हो,’ यज्ञमानले भने, ‘यो संरचना स्थापना भएयता नौवटै खण्डको मण्डप देख्न पाउने हामी पहिलो पुस्ता हौं।’
जग उत्खननबाटै पुरातत्वविद्हरूले काष्ठमण्डप ढल्नुको गुत्थी पनि सुल्झाएका छन्। नौवटा मण्डपको बीचमा चारवटा मूलखम्बा अडाउन चारसुर्के ढुंगेजग अर्थात् ‘काठी’ बनाइएको छ। नेपाल भाषामा यसलाई ‘इल्होँ’ भनिन्छ।
गत वर्ष उत्खनन गर्दा यी चारमध्ये उत्तरपूर्वी ढुंगेजग फेला परेको थिएन। यसपालि माटो पन्छाउँदै जाँदा हराएको ढुंगा फेला पर्यो। काष्ठमण्डपको संरचना कसरी बनेको थियो भने, प्रत्येक मूलखम्बाको तल्लो चुच्चोलाई त्यो ढुंगेजगको प्वालभित्र छिराइएको हुन्थ्यो। यसले खम्बालाई हल्लन दिँदैनथ्यो। कुनै समय मर्मतसम्भार गर्दा उत्तरपूर्वी खम्बाको तल्लो चुच्चो भाँचिएछ। यसले खम्बा र ढुंगा आपसमा जोडिएन। मर्मतसम्भारमा संलग्न प्राविधिकहरूले यसको ख्याल गरेनन्। उनीहरूले भाँचिएको काठ फेर्नुको साटो त्यसैको वरिपरि तेलीय इँटा राखेर छोपछाप पारिदिए।
‘मर्मतसम्भारमा भएको त्रुटिले चारवटा मूलखम्बामध्ये एउटा कमजोर अवस्थामा रहेको पाइयो,’ कुँवरले भने, ‘यसबाहेक जगमा अरू कुनै किसिमको समस्या देखिएन। त्यो त्रुटि नहुँदो हो त काष्ठमण्डपले वैशाख १२ को भुइँचालो थेग्न सक्थ्यो कि!’ 
काष्ठमण्डप ढल्नुको कारण यही एउटा मात्र नहुन पनि सक्छ।
कुँवरले अझ प्रस्ट पार्दै भने, ‘मर्मतसम्भारकै क्रममा माथिल्ला संरचना कसरी बनाइएका थिए भन्ने खुलिसकेको छैन। माथिल्लो तहमा भएको त्रुटि, काठका लकहरू बिग्रेर, काठ कुहिएर, मक्किएर पनि ढलेको हुनसक्छ।’
उनका अनुसार ती चारवटा खम्बा अडाउने प्रत्येक ढुंगेजगमा सुन र तामाका स–साना पाता फेला परेका छन्। सुनको पाता काष्ठमण्डप बनाउने बेलामै पूजा गरेर चढाइएको हुनसक्छ। तामाको पाता भने भुइँको चिसोपना काठमा नजाओस् भनेर सुरक्षाका लागि राखिएको कुँवरले बताए। यतिखेर तारबारले घेरिएको काष्ठमण्डप छिरेर ती ढुंगा हेर्ने हो भने तामाका कण प्रस्टै देखिन्छन्।
पुरातात्विक अन्वेषणबाट खुलेका यस्ता तथ्यले काष्ठमण्डप क्षेत्रका बासिन्दाको छाति गर्वले फुलेको छ। खासगरी यो आठौं शताब्दीमै बनेको पुष्टि हुनुले ‘काष्ठमण्डप किंवदन्ती सही ठहरिएको’ भन्दै उनीहरू सन्तोषी सुनिन्छन्। पहिलोपटक नौवटै मण्डप देख्न पाउनुलाई त आफ्नो ‘भाग्य’ नै ठान्छन्।
‘तेह्र सय वर्षअघि बनेको मण्डप हामीले भाग्यले हेर्न पायौं। यसले काठमाडौंको इतिहासलाई अझ ओजिलो बनाएको छ,’ काष्ठमण्डप पुनर्निर्माणका अभियन्ता आलोक तुलाधरले भने।
इतिहासको यही ओज सुरक्षित र संग्रहित रूपमा भावी पुस्तालाई समर्पण गर्ने उद्देश्य लिँदै यहाँका बासिन्दाले काष्ठमण्डपमा बज्रयान विधिअनुसार ‘सप्तविधानोत्तर’ (सत्व) पूजा गरे। बज्रयान परम्परामा गरिने सात चरणको पूजालाई सप्तविधानोत्तर पूजा भनिन्छ। यो अदक्षणाबाट सुरु भएर अनुमोदनामा टुंगिन्छ। कुनै कार्य सुरु गर्दा राम्ररी सम्पन्न गर्ने क्षमता हासिल होस् भनी कामना गर्ने पूजालाई अदक्षणा भनिन्छ। अनुमोदना भनेको सबै कार्य सम्पन्न गर्नेहरूलाई सम्मान गर्ने पूजा हो।
यो एउटा धार्मिक विधिको सँगसँगै काष्ठमण्डप पुनर्निर्माण आफैं गर्छौं भन्ने स्थानीयहरुको संकल्प समेत हो।
काष्ठमण्डपसँग जोडिएको विश्वसम्पदा सूचीको महत्ताले पनि स्थानीयलाई गम्भीर बनाएको छ। अलिकति तलमाथि भए सम्पदा सूचीबाटै बाहिरिन सक्ने भएको र यस सम्बन्धमा भुइँचालो गएको डेढ वर्ष बितिसक्दा पनि सरकारले सम्पदा पुनर्निर्माणमा गम्भीरताको साथ चासो नदेखाएकाले स्थानीय आफैं अघि सर्नुपरेको उल्लेख गर्दै सत्वपूजा गरेर काष्ठमण्डप पुनर्निर्माणको दायित्व बोकेको र यसलाई जनस्तरबाटै पूरा गर्ने संकल्प लिएको कुरा काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताउनु भएको छ। 
काठमाडौं महानगरपालिकाले टेन्डर गरेर निजी ठेकेदारलाई पुनर्निर्माणको जिम्मा सुम्पन खोजेको छ, जुन कुरा स्थानीयलाई चित्त बुझेको छैन। सम्पदा (काष्ठमण्डप)को मौलिकपना र गुणस्तरमा कुनै प्रकारको सम्झौता हुननहुने कुरा उल्लेख गर्दै नगरपालिकाले यो कामका लागि १६–१७ करोड रुपैयाँको लगत निकालेको छ। लागत जति लागे पनि रकम ठेक्का, उपठेक्का हुँदै दलालहरूको हातमा नजाओस् र सम्पदा हुबहू निर्माण होस् भन्नेमा स्थानीय जागरुक छन्।

Friday, December 30, 2016

बलिउड फिल्म उद्योगमा २०१६ का Top 10 हिरोहरु !

बलिउड फिल्म उद्योगमा कुनै फिल्ममा अभिनय गरेवापत प्रत्येक नायक नायिकाहरुले निश्चित धनराशी पारिश्रमिकको रुपमा लिन्छन र केही नायक नायिकाहरुले पारिश्रमिकको अलावा चलचित्रले गरेको नाफाको निश्चित प्रतिशत शेरको रुपमा समेत लिने गरेका छन्। यसरी कुनै एक फिल्ममा अभिनय गरे बापत सबै भन्दा बढी पारिश्रमिक लिने नायकहरुलाई उनीहरुले लिने पारिश्रमिकको आधारमा तयार पारिएको २०१६ मा Top 10 हिरोहरुको सूची निम्न अनुसारको छ:
१. सलमान खान:  
कुनै एक फिल्ममा अभिनय गरेवापत भा.रु.६० करोड पारिश्रमिक लिने हिन्दी फिल्मका सुपरस्टार हुन्। यिनले त्यसरी पारिश्रमिक बाहेक कुनै कुनै फिल्ममा Total Box office Collection को केहि निश्चित प्रतिसत समेत शेरको रुपमा लिन्छन। यिनको नामैले मात्रै पनि ठुलो जनसमुदाय एकत्रित हुने भएकोले पनि निर्माता निर्देशक हरुको पहिलो रोजाइका नायक हुन्। सलमान खानको उपस्थिति मात्रै फिल्मको सफलताको ग्यारेन्टी हुने देखिएको छ पछिल्लो केहि
बर्ष यता।  यिनको पछिल्लो फिल्म सुल्तानले ठुलो धनरासीको व्यापार गर्न सफल रहेको थियो।   यसैले सलमान खान कमाईको हिसाबले २०१६ मा Top 1 नम्बरमा आशिन छन्।
२.     अमिर खान :
अमिर खान Actor, Director तथा Producer समेत हुन। यिनी निकै प्रतिभावान कलाकार हुन्। यिनले निकै राम्रा तथा व्यवशायिक रुपमै सफल फिल्महरु बनाएका छन्। त्यस्तै यिनले निर्देशन गरेको तारे जमिंन पर  लाई जो कोहिले सायदै बिर्सेलान।  Box Office Collection का जादुगर मध्येका एक अमिर खान कुनै एक फिल्ममा अभिनय गरेवापत भा.रु. ५० करोड लिन्छन। साथै यिनी पनि Total Box office Collection को केहि निश्चित प्रतिसत समेत शेरको रुपमा लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 2 नम्बरमा आशिन छन्।
३. शाहारुक खान:
शाहारुक खान हिन्दी फिल्मका एक उत्कृष्ट कलाकार हुन्। यिनी किंग खानको नामले प्रशिद्ध छन्। भारतीय नायकहरुमा अति प्रख्यात नायकमा यिनी गनिन्छन र यिनी सफल ब्यबशायी समेत हुन्। प्रत्येक फिल्ममा  अभिनय गरेवापत भा.रु. ४० देखि ४५ करोड पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 3 नम्बरमा आशिन छन्।
४. अक्षय कुमार:
मिष्टर खेलाडीको नामले परिचित हिन्दी फिल्मका सफल नायक हुन् अक्षय कुमार। हरेक प्रकारको अभिनय गर्न सक्षम यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत भा.रु. ४० देखि ४५ करोड पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 4 नम्बरमा आशिन छन्।


५. ह्रितिक रोशन:
भारतीय फिल्मका सुपरहिरो ह्रितिक रोशन  प्राय: फिल्ममा अभिनय गरेवापत भा.रु. ४० करोड पारिश्रमिक
लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 5 नम्बरमा आशिन छन्।


६. अजय देवगन:
हिन्दी फिल्मका अर्का धेरै पारिश्रमिक लिने नायकमा पर्छन अजय देवगन। यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. २२ देखि २५ करोड पारिश्रमिक लिन्छन। साथै फिल्मले गरेको नाफामा समेत यिनी निश्चित प्रतिसत शेर समेत लिन्छन। पछिल्लो समयमा पाएको सफलताले यिनले आफ्नो पारिश्रमिक तथा नाफामा लिने शेरको प्रतिशतमा समेत वृद्धि गर्ने हल्ला बजारमा खुबै चलेको थियो। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 6 नम्बरमा आशिन छन्।
७. रणविर कपूर:
रणविर कपूर धेरै पारिश्रमिक लिने हिरोहरु मध्ये निकै स्मार्ट हिरोमा गनिन्छन।  यिनी प्रत्येक फिल्ममा
अभिनय गरेवापत  भा.रु. २५ करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 7 नम्बरमा आशिन छन्।



८. रणविर सिंह:
रणविर सिंह धेरै मेहनति एवं प्रतिभावान नायकमा गनिन्छन। अर्का धेरै पारिश्रमिक लिने हिरोहरु मध्ये यिनी सबै भन्दा नया नायक पनि हुन्। यिनी प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. २० करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 8 नम्बरमा आशिन छन्।

९. अमिताभ बच्चन:
७० तथा ८० को दशकको अतिनै सफल तथा लोकप्रिय हिन्दी फिल्मका नायक अमिताभ बच्चन अहिले पनि
उतिकै व्यस्त र सफल नायकमा गनिन्छन । उनी भारतीय चलचित्र उद्ध्योगमा महानायकको नामले प्रख्यात छन्। यिनी बिश्व भरी लोकप्रिय छन् भने यिनको प्रसंसकहरु विश्व भरि छरिएर रहेका छन्। निर्माता निर्देशकहरु अझै पनि उनको क्यारेक्टरलाई विचार गरेर फिल्म तथा त्यसको स्क्रिप्ट तयार पार्छन।  प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. १८ देखि २० करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 9 नम्बरमा आशिन छन्।
१०. शाहिद कपूर:
शाहिद कपूर मेहनति एवं प्रतिभावान नायक हुन् । बढी पारिश्रमिक लिने हिरोहरु मध्ये यिनी १० औँ नम्बरमा पर्छन। प्रत्येक फिल्ममा अभिनय गरेवापत  भा.रु. १५ देखि १८ करोड सम्म पारिश्रमिक लिन्छन। यसरी फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिक तथा कमाईको आधारमा यिनी  २०१६ मा Top 10 नम्बरमा आशिन छन्।

Tuesday, December 20, 2016

An Evening With Celebrity

मानविय प्रकृति नै हो, कुनै प्रख्यात व्यक्तित्वसँग राम्रो परिचित हुनखोज्नु,  उनीहरु संगै खाना खाने, खाना नभए
चिया कफी पिउने, राम्ररी परिचित भएपनि नभएपनि केहि समय जे भएपनि कुरा गर्ने, टाँसिएर फोटो खिच्ने अझ हिजो आज त् सेल्फी लिने, जे होस् जसरी भएपनि  प्रख्यात व्यक्तित्वको सामिप्यता पाउन खोज्नु, त्यसमा पनि अहिलेका फिल्म, टेलिभिजनमा आउने बिभिन्न कार्यक्रमका चलेका कलाकार तथा हिरो हिरोइन संग त्  प्राय: जो कोहिले पनि सामिप्यता पाउने कोशिश गर्छन नै। सकेसम्म उनीहरु संग केहीबेर कुरा गरेर फोटो खिच्न त् सबै चाहन्छ।
यो कुरा यहाँ उठाउनुको कुरा अलिक अर्कै छ। फेरी मेरै कुरो गर्दा नी, सुषुप्त अवस्थामा त्यस्तो इच्छा भएपनि खुलेर त्यसरी मरीहत्ते चाही गर्न मन लाग्दैन। किन भन्ने प्रश्न उठ्न सक्छ, सायद म मा पनि केहि कलाकारीताको अंश रहेकोले हुन् सक्छ। हामीले पनि केहि साथीभाई मिलेर केहि समय यस क्षेत्रमा लागि परेका थियौ। केहि योगदान दिएका थियौ । त्यसैले नेपाली चलचित्र तथा यस क्षेत्रलाई मर्यादित तथा स्तर उन्नतिको लागि के गर्ने भने बिषयमा हामी प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागिरहेकै छौ।
अब यहाँ नेपाली चलचित्रको बिकाशको कुरा गर्ने क्रममा निजी लगानिलाई आधार मान्ने हो भने ५० बर्ष र सरकारी स्तर वा लगानिबाट निर्माण भएको चलचित्रलाई आधार मान्ने हो भने त् ६५ बर्ष भन्दा बढ़ी भैसकेको छ नेपाली चलचित्र बन्न थालेको पनि।  १४ सेप्टेम्बर १९५१ मा सरकारी लगानीमा निर्माण भएको फिल्म "आमा" को पहिलो प्रदर्शन भएको थियो। त्यस्तै निजी लगानीमा बनेको पहिलो नेपाली फिल्म "माइतीघर " १९६६ को अन्त तिर पहिलो प्रदर्शन भएको थियो। आधा सतक भन्दा बढ़ी बर्ष पुरा गरिसकेको नेपली चलचित्र उद्योगलाई अझै पनि  बमेसर्दै गरेको उद्योग भन्छन यस क्षेत्रमा लागि परेका ब्यक्तित्वहरू। बालक नावालक, युवा बुढा जे भएपनि आफनो कमि कमजोरि लुकाउन भनिने यस्ता कुराहरूले नेपाली चलचित्र प्रेमीहरूलाई अब झुक्या नसकिने कुराहरू प्रष्ट भई सकेकाछन। तेसैले अबका दिनहरूमा नेपाली मौलिक कथा तथा नेपाली कला संस्कृति झल्काउने चलचित्रहरू सफल भई रहेका छन भने खाली अक्ल बिना भारतीय चलचित्रको नक्कल गरी निर्माण गरिएका चलचित्रहरू सबै असफल भएका छन। अतः अबका दिनहरूमा हामी सबै निर्माता, निर्देशक र कलाकारहरूले समेत यी कुराहरूलाई मनन गरि राम्रा, स्तरीय मौलिक नेपाली चलचित्र निर्माण गर्ने तथा गर्न उत्प्रेरित गर्नु पर्ने समय आइसकेको छ। न की दोष जति दर्शकहरूलाई मात्रै थुपारी, नेपाली भएर नेपाली चलचित्र नै हेर्दैनन भनेर कुर्लिनु उचित हुन्छ।            
नेपाली चलचित्रलाई स्तरीय र राम्रो बनाउनु पर्छ भन्ने सुसुप्त मनोकाँन्छाले गर्दा म पनि अफुलाई मनपरेको र राम्रो अभिनय गर्ने कलाकरहरू सँग यसो फ़ोटो सेसन गर्ने ईछ्या अनुरुप मैले पनि नेपाली चलचित्र जगतको एक सफल तथा प्रतिभावान अभिनेत्री संचिता लुईटेलसँग फ़ोटो सेसन गरेको थिए एउटा परिवारिक पार्टीमा।


Tuesday, November 22, 2016

अब प्रसस्त पैसा कमाउन बिदेशै जानु पर्दैन।... (व्यंग)

हामी आफुले कमाएको ठुलो हिस्सा हाम्रो केटाकेटीको शिक्षाको लागि खर्च गर्दछौ। कारण, भविश्यमा आफुले आर्जन गरेको शिक्षाको मदतबाट कुनै पनि इलम गरेर जीविकोपार्जन सजिलै गरोस भनेर। पुर्व प्रार्थमिक, प्रार्थमिक, निम्नमाध्यमिक तथा माध्यमिक तह र उच्च माध्यमिक तहको पढाई सकेर कलेजमा केही बर्ष अध्यन गर्छन। फेरी कोही बिभिन्न बिषयमा अध्ययन गर्न थाल्छन। जस्तै: मेनेजमेन्ट, साइन्स, ह्युमानीटिज यी मुख्य बिषय अन्तरगतका बिभिन्न संकायहरुमा अध्ययन गर्छन, भविष्यमा सफल व्यक्तित्व बन्नका लागि। अनि बिषय अनुसार तेतिकै मेहनत पनि गर्छन र ठुलो मेहनत गरेर बल्ल आफ्नो अध्ययन पुरा गर्छन र पनि कतिले त् आफुले गरेको मेहनत अनुसार काम पाउन असफल हुन्छन भने केहि मात्र सफल हुन्छन। अनि
त्यसरी असफल हुनेहरु धेरै बिदेशिन बाध्य हुन्छन। आफ्नो लगानी तथा मेहनत गरे अनुसार काम नपाएपछि, जतिनै पढेलेखेको भएपनि भारी बोक्न, भाँडा माज्न अनि ट्वाइलेट सफा गर्न पुनः ठुलो धनराशी खर्च गरेर छोटो समयमा धेरै ठुलो धनराशी कमाउने अभिलाषा लिएर विदेश नै जान्छन धेरै जसो युवाहरु, जो भविष्यका देशको कर्णधार समेत हुन्। स्वदेशमा जति गरेनी कमाई थोरै हुने जुन जीवन यापनको लागि प्रयाप्त नहुने, तर छोटो समयमा धेरै कमाई हुने भएकोले नै धेरै युवाहरु बिदेशिएका छन्।
अहिले अब नेपाल वा हाम्रो देशमा पनि बिना मेहनत र छोटो समयमा प्रसस्त कमाई हुने पेशाहरु छन्, जस्तै डाक्टर, इन्जिनियर अनि सभासद तथा सांसद। डाक्टर र इन्जिनियरको त् अध्ययन अध्यापन हुन्छ नै तर
केहि नगरी प्रसस्त कमाई हुने सभासद तथा सांसदको कुनै बिद्यालय तथा कलेज कतै छैन। त्यसैले यस बिषय अध्ययन अध्यापन गराउने शैक्षिक सस्था कतै भेटिदैन। त्यसैले त्यस्तो बिषय कतै पढाई हुने हो भने त् धेरै कुराको राष्ट्रिय समस्या नै समाधान हुने थियो र देशका धेरै कर्णधारहरु विदेश पलायन हुने थिएनन्। । जसले गर्दा हामी नेपालीलाई थोरै समयमा धेरै कमाउन विदेश नै जानुपर्ने बाध्यता समेत हट्ने थियो। अब यो कुरो किन र कसरी उठ्यो भन्ने कुरामा यहाँ समावेस गरिएको कार्टुनहरुबाट नै प्रष्ट हुन्छ, जुन बिभिन्न दैनिक पत्र पत्रिकामा प्रकाशित भएका समाचार तथा कार्टुन हरुले प्रष्ट्याउछ ।