Tuesday, January 10, 2017

स्वदेशमा काम छ, युवाशक्ति विदेश पलायन !

राजनीतिक अस्थिरता, बढ्दो गरिबी तथा महंगी, बिभिन्न कारणले देशमा बढ्दै गएको बेरोजगारीको
समस्याहरुले गर्दा अहिले लाखौँ नेपाली बैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गैरहेका छन् । यो संख्यामा दिनानुदिन द्रुतगतिमा वृद्धि भैरहेको छ। यसको उदाहरणको लागि बिभिन्न म्यानपावर कम्पनीहरुमा जम्मा हुने नेपालीहरुको भिडलाई हेर्न सकिन्छ र श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागमा बैदेशिक रोजगारीमा जान लाइन बसेका नेपालीहरुको भिडले पनि प्रमाणित गर्दछ ।

पहिले नेपाली युवाहरु तुलनात्मक रुपमा सजिलो र गत बर्ष मंसीर महिना सम्ममा १ लाख ७४ हजार भन्दा बढीको संख्यामा रोजगारीको शिलशिलामा बिदेशिएका थिए भने यस बर्षको सोहि अवधिमा २ लाख ५९ हजार भन्दा बढी संख्यामा विदेश गैसकेका छन्। 
राम्रो काम खोजेर विदेश काम गर्न जान्थे। तर अहिले स्थिति अर्कै भएको छ, हिजोआज नेपाली युवाह्जरु बिदेशमा जस्तो काम भएपनि जति तलव पाएपनि विदेश नै जान्छु भनेर म्यानपावर कम्पनीमा सम्पर्क राख्न पुग्ने धेरै छन्। यसरी अहिले नेपाली युवाहरु आफ्नो रगत पसीना बगाउन जति पैसा पाएपनि र जतिसुकै जोखिमपूर्ण कामको लागि भएपनि जान तयार हुन्छन । समग्रमा गत आर्थिक बर्षको तुलनामा यस चालु आर्थिक बर्षमा विदेशिने नेपाली युवाहरुको संख्या उच्च दरमा बृद्धि भएको छ। चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नै गत वर्षको भन्दा ३२ प्रतिशतले बृद्धि भएको छ। 
पहिले नेपाली युवाहरु 3D काममा जान रुचाउदैनन थिए तर अहिले त्यस्ता 3D (Dirty, Dangerous, Difficult) काम गर्नको लागी पनि जान तयार हुन्छन। फेरी यस्ता 3D कामको लागि कामदार हरुको डिमाण्ड पनि अन्य कामको लागि भन्दा बढी नै आउछन । अतः नेपाली म्यानपावर कम्पनिहरुले पनि अहिले त्यस्तो काममा पनि जान तयार नेपाली युवाहरुको संख्या बढी देखेपछि यस्ता 3D कामहरुको लागि कामदारहरुको प्रसस्त माग गर्न थालेका छन्। पहिले नेपालीहरु रुख काट्ने, तथा बाटो बनाउने कामको लागि नेपाली युवाहरु जान मान्दैनन थिए। तर अहिले त्यस्ता कामहरुको लागि जानेको संख्या समेत प्रसस्तै छन्। 
यसरी आफ्नो देशमा कुनै राम्रै काम गर्न समेत अप्ठ्यारो मान्ने तर बिदेशमा जे गर्न पनि तयार हुने नेपाली युवाहरुको मानसिकताले के भविष्यमा देशको बिकाश कार्यमा युवा हातहरुको संकट नहोला त ? यस बिषयमा सम्बन्धित निकाय समयमै सचेत हुनु पर्लाकी ? साथै नेपाली युवाहरुई स्वदेशमै आफ्नो श्रम बेच्ने वातावारण सृजना गरि उनीहरुलाई स्वदेशमै बिकाश तथा पुननिर्माण कार्यमा लाग्न प्रेरित गर्नु पर्छ । बैशाख १२ र २९ को महभुकम्पबाट भएको भौतिक विनाशको पुननिर्माण कार्यको लागि देशलाई अहिले ठुलो
संख्यामा युवा जनशक्तिको आवश्यकता परेको छ। यस्तै प्रकृतिको काम गर्न किन विदेश जानु पर्यो त् नेपाली युवाहरुलाई ? उनीहरुलाई स्वदेशमै अहिलेको पुननिर्माण कार्यमा जुटाउन सके देशलाई दोहोरो फाइदा हुने कुरालाई समेत नकार्न सकिदैन। अतः सम्बन्धित निकायले यसरी पनि सोचिदिदा केहि हुन्थ्यो की ?       


No comments: