Tuesday, May 24, 2011

एउटा आखा, नाक र कान नभएको शिशुको जन्म

घ्याचोक गा. बि. स.  वडा न. ४, गोरखा जिल्लामा भरखरै दुई हप्ता अगाड़ी जन्मिएको बच्चाको फोटो हो यो .  डेड बर्ष अगाड़ी बिहे गरेका दम्पतिको पहिलो संतनको रूपमा जन्मिएको शिशुको एउटा आखा, नाक र कान नभएको अझ भनौ अनुहारको    एकापट्टीको भागको राम्ररी बिकाश हुन सकेकै छैन . हाल सम्म शिशुको स्वस्थ्य राम्रै छ,    

Thursday, February 10, 2011

केटीलाई माया गर्नु हुन्छ ? तर....

यदि तपाई कुनै केटीलाई मनपराउनु  हुन्छ, उसलाई दिलोज्यानले मनपराउनु हुन्छ तर उस सामु आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने तलका यी कुराहरुलाई ध्यान दीदा तपाईको काम बन्न सक्छ ।
तपाईला
ई आफ्नो स्कुल, कालेज वा आफिसमा कोई केटी मन पारेको छ र उस लाई प्रपोज गर्न चाहानु हुन्छ तर भन्न वा प्रपोज गर्न सक्नु भएको छैन भने पहिले उ संग साधारण गफ गर्न शुरू गर्नु पर्छ ।
यदि तपाई ग्रुपमा घुम्न जादै हुनुहुन्छ भने आफुले मन पराएको केटीको छेउछाऊमा नै रहनु होला, अनी कोशिश गर्नुहोस उसको    गुड फ्रेंड बन्ने र उसलाई हरेक कुरामा मदत गरेर आत्मीयता बढाउने । यदि यसरी उसंग राम्रों  मित्रता हुन्छ भने उसलाई चिया काफी पिउन निमंत्रणा दिनुस वा कुनै एक्जिवेशन हेर्न इन्भाईट गर्नुहोस । यस्तोमा तपाईले बिस्तारै आफ्नो मनको कुरा भन्न सक्नु हुन्छ।
तपाई उसंग कतई घुम्न जादा, एकदम नर्वस नहुनुहोस । त्यस्तो बेलामा तपाई उसलाई खुबै मन पराउनु हुन्छ भन्ने देखाउनु होस ।
तपाई पहिलो चोटी कतै घुम्न जादा के लगाएर जानु हुन्छ यसमा ध्यान दिएर आफुले लगौने ड्रेस घडी जुत्ता आदि छान्नुहोस । तपाईको यी कुराहरूले तपाईको ब्यक्तित्वलाई  खुलासा गर्छ र फेरी फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन  भनिन्छ नि ।यस्तो कार्यक्रममा जादा तयार हुनु पहिले नुहाऊदा बेस हुन्छ । यस ले तपाई लाई फ्रेश देखिन मदत पुरयौदछ । र राम्रो बासना आउने पर्फ्यूम पनि तपाई यूज गर्न नाबिर्सनुस । तर कडा बासना आउने पर्फ्यूम कदापि यूज नगर्नु होला ।


आफ्नो लुक्स राम्रो बनाउन कपाल राम्रोसंग मिलाएर सेट गर्नुहोस, यसकोलागि तपाई राम्रो जेल प्रयोग गर्न सक्नु हुनेछ । मिल्छ भने एक चोटी राम्रो संग हैर ड्रेसर संग कपाल मिलाऊन लगाउनुहोस । यसले तपाईलाई फ्रेश लुक्स दिन्छ ।


यदि तपाईको यो पहिलो भेट हो भने केटी संग कुनै पनि पर्सनल प्रश्नहरु सकेसम्म काम सोध्नु होला । यसले उनीलाई सहज हुन सहयोग गर्दछ ।
कतै रेस्टुरामा खाना खाने बेलामा उनको सल्लाह लिनुहोस, तर त्यसको लागि बढ़ी जोड़ नगर्नुहोस ।
तपाईले भेटी सकेपछि उनलाई नाबिर्सी फोनमा वा म्यासेज पठायेर आफुले निकै रमाइलो अनुभब गरेको कुरा प्रकट गर्नुहोस ।
तर आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने ......

Wednesday, January 5, 2011

बिजयाको सेक्सी हेराईहरु (Sexy Looks of BIJAYA)

नेपाली मोडल्स बिजया राइको केही सुन्दर तथा सेक्सी फोटोहरु कलेक्शन गरी निर्मित भिडियो क्लिप्स  

Thursday, December 30, 2010

स्वास्थ्यकालागि सुन्तलाको जूस पिऊ

यदि तपाई आफुलाई स्वास्थ्य बनाई राख्न चाहानु हुन्छ भने दैनिक एक गिलास सुन्तलाको जूस पिउनु होस । एक अनुसन्धानबाट प्रमाणित भएको छकी दैनिक एक गिलास सुन्तलाको जूस पिउनाले ब्लड्प्रेसर काम हुन्छ र मुटुको रोग समेतबाट बच्न सकिन्छ । फ्रांसको एउटा बिस्वबिध्यालयले  गरेको अनुसन्धानबाट दैनिक आधा लिटर सुन्तलाको जूस पिउने मनिसको ब्लड्प्रेसरमा निकै सुधार भएको भेटियो  । पहिले गरेको
अनुसन्धानबाट बैज्ञानिकहरुले मुटुको रोगिहरूलाई सुन्तलाको जूसले धेरै फाईदा गर्छ भन्ने कुरा पत्ता लगाई सकेका थिए, तर उनीहरुलाई के कसरी फाईदा हुन्छ भन्ने कुरा भने यो अनुसन्धानबाट पत्ता लगाए हुन । सुन्तालामा एक प्राकृतिक रसायन हस्पेरीडीन भन्ने तत्व हुन्छ जुन मुटुमा हुन सक्ने रोगहरु संग लड्छ र मानिसलाई स्वस्थ्य राख्न सहयोग गर्दछ । यस्तो रसायन (तत्व) चिया, केही फलहरु, भटमास र कोका मा समेत पाइन्छ ।
अहिले बिश्वमा हरेक पांचमा एकजना हाई ब्लड्प्रेसरको रोगी हुन्छन्  । WHO को प्रतिबेदन अनुसार ५० प्रतिशत हार्ट अट्याक ब्लड्प्रेसरको कारण ले नै हुन्छ । यस्तोमा स्वस्थ्य रहन सधै सुन्तलाको जूस अवश्य पिऊ ।

Sunday, December 19, 2010

गंतब्य नेपाल (Destination Nepal)




गंतब्य नेपाल (Destination Nepal) पर्यटन बर्ष २०११ को लागि तयार पारेको भिडियो क्लिप्स हो यो । यस भिडियोमा हिमाल, पहाड़, नदी तथा  तालका मनै लोभ्याउने मनोरम दृश्यहरु राखिएका छन । यसले नेपालको पर्यटन क्षेत्र सम्बन्धी जानकारी लिन खोज्ने सबैलाई अवश्य सहयोग पुर्याउने छ।
नेपालको पर्यटन बर्ष २०११ लाई सफल पार्नकोलागि अवश्य यसले सहयोग गर्ने छ भन्ने आशाका साथ यसलाई सबैका सामु प्रस्तुत गरिएको छ । नेपाललाई माया गर्ने सबैबाट सहयोगको अपेक्षा गर्दछु र यो भिडियो हेर्नु हुने सबैले आफ्नो साथीहरुलाई यो भिडियो हेर्नाकालागि प्रेरित गरीदिनुका साथै प्रचार प्रसार गरी पर्यटन बर्ष २०११ लाई सफल पार्न सहयोग गरीदिनु हुने छ भन्ने अपेक्षा राख्दछु । धन्यवाद्  ।

Sunday, December 12, 2010

आलू खानुहोस - आफ्नो वजन घटाउनुस

धेरै जसो मानिसहरु आलू धेरै खान हुँदैन भन्छन । धेरै मानिसहरुको सोचाईमा खानामा आलूको धेरै प्रयोगले  ब्लड सुगर बढाउने, मान्छेको तौल बढाउने र शारीरिक इनर्जी काम हुने आदि जस्ता समस्या निम्त्यौदछ भन्ने छ । तर खुसिको कुरा हो, हालै अमेरिकाका एक ब्यक्ति रिस वॉएग्टले २ महिना सम्म लगातार आलू खाएर आफ्नो करीब ९ किलो तौल घटायेका छन ।  वॉएग्ट वॉशिंगटन स्टेट पोटैटो कमीशनका एक्जीक्यूटिव डाइरेक्टर हुन् र  उनी
यो  कोशिशमा छन कि मानिसहरुमा कसरी आलूका बारेमा भएको नकारात्मक कुराहरु हटाउने र यस को सकारात्मक कुराहरु कसरी प्रचार गरेर मानिसहरु माझ पुरयौने  ।
 वॉएग्टका अनुसार आलू फाइबर, पोटाशियम र विटामिनको राम्रो स्रोत हो  । उनी अगाड़ी भन्छन - मैले २ महिना सम्म रोज ठिक्क साइजको आलू २० वटा खान्थे  । तर त्यसरी आलू खांदा अरु केही खाइन, साथै बढ़ी क्यालोरी भएका खानेकुराहरु जस्तै पनीर, मक्खन, दूध, मासु जस्ता खानेकुराहरू खानु हुदैन  । मैले त्यसरी आलू मात्रै खादा धेरै मानिसहरुले धेरै कुरा सुनायेका थिए  । तर मैले कसैको केही नसुनी २ महिना सम्म आलू मात्रै खाए र करीब ९ किलो वजन घटाए  । शारीरिक हिसाबले पनि म एकदम स्वास्थ्य छु । त्यस्तो कमजोरी केही भएको जस्तो लाग्दैन । निंद्रा पनि राम्रो लाग्छ । त्यस्तो केही साइड इफेक्टहरु पनि भएको छैन  । त्यसैले भन्छु आफ्नो स्वास्थ्यकोलागि भरपुर आलू खानुहोस।

१ करोड़ भा.रु.- यानाको निर्वस्त्र फोटोको

केही समय अगाड़ी याना गुप्ताले एक च्यारिटी कार्यक्रममा बिना पैंटी गएको र फोटो ग्राफरहरुले तिनको फोटो खिचेर प्रकाशित गरेपछि जून पब्लिसिटी पाईन त्यसले निकै फाइदा भएको छ  यानालाई । हुन त यानाले आफ्नो पब्लिसिटीकैलागि जाना जान त्यसरी आफुले लगाएको छोटो ड्रेस भित्र पैंटी नलगाएको भन्ने समुहकै कमी नभएको होइन । तर पनि याना यसलाई स्विकारदीनन । तिनिले नस्विकारे पनि त्यास समयमा फोटोग्राफरहरुले फोटो खिच्न लाग्दा खुट्टा फत्याएर भित्रको गुप्तांग नै देखाउनु  र जस ले गर्दा फोटो खिच्न सजिलो पार्नु   के यो जाना जान गरेको होइन भन्न सकिन्छ र ? त्यों जे भए पनि उनको निजी मामिला हो यसमा हामी किन टाउको दुखाउने  । तर उनको यस पब्लीसिटीले उनलाई भने निकै फाईदा भएको छ । बेलायातको एक पुरुषहरुको म्यागजिनको प्रकाशकले कबर पेजकोलागि न्यूड (सम्पूर्ण नंगो/निर्वस्त्र) फोटोकोलागि १ करोड़ भा.रु. दिने आफर दिएको छ  । यानाको निर्वस्त्र फोटो म्यागाजिनको कबर पृष्ठमा राख्ने सम्बन्धमा जानकारी दिदै उक्त पत्रिकाको प्रवन्धकले यसरी भने -  यानाले जे भए पनि त्यसरी गुप्तांग देखिने गरी सार्वजनिक कार्यक्रममा आफुले झुक्किएर गरेको भूल भनी कुनै सकोच नमानी स्विकरेको कुराबाट निकै प्रभावित भएर  उन लाई यो आफर दिएको हो ।
यसरी पैंटी नलगाइ सार्वजनिक कार्यक्रममा गएको बिषयमा सोद्धा यानाले मुसकुरायेर भन्छिन - पहिले आइटम गर्लको नामले चिनिन्थी अब अहिले नो-पैंटी गर्लको नामले चिनिन्छू  । 



Wednesday, December 8, 2010

Miss Air-Hostess 2010.wmv

(Miss Air-Hostess 2010) पहिलो हवाई सुंदरी (मिस एयर होस्टेज) २०१०



राजधानी काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको   मिस एयर होस्टेज २०१० मा काजोल खड्काले शीर्ष उपाधि जितिन् र ३५ हजार रुपैयाँसमेत हात पारिन, त्यस्तै  उरुषा श्रेष्ठ फस्ट रनरअप र मनीषा गुरुङ सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस कार्यक्रममा टप १० सुन्दरीहरुको क्लिप्स ।

पहिले अडिसन लिइएर यस प्रतियोगिताको लागि सहभागी भएका ४० जनामध्ये २६ जना प्रतियोगिका रूपमा छानिएका थिए । यिनै २६ जाना प्रतियोगिहरूलाई अन्तिम प्रतिष्पर्धामा स्टेजमा उतारिएको थियो । छनोट भएका २६ युवतीहरूलाई पहिले प्रशिक्षण र अन्य तालीम दिइएको थियो । दशैंको लगत्तई कात्तिक ७ बाट नेपाल पुलिस हेल्थ क्लबमा हवाई सुन्दरिहरुको प्रशिक्षण शुरू गरीएको थियो । प्रशिक्षणमा राष्ट्रिय तथा अन्तरास्ट्रिय हवाई सेवा, विमान परिचारिकाको भूमिका र कार्यको समेत ज्ञान दिइनुका साथै प्रतियोगीहरूलाई पौडी, शारीरिक फिटनेस, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।

Sunday, December 5, 2010

पहिलो हवाई सुंदरी (मिस एयर होस्टेज) २०१० - काजोल खड्का

सिजन मिडियाले शनिबार राजधानी काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरेको मिस एयर होस्टेज २०१० मा काजोल खड्काले शीर्ष उपाधि जितिन् र ३५ हजार रुपैयाँसमेत हात पारिन, त्यस्तै  उरुषा श्रेष्ठ फस्ट रनरअप र मनीषा गुरुङ सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

सौन्दर्य प्रतियोगिताको होड चलेको अहिलेको समयमा, विभिन्न विधामा हुने सौर्न्दर्य प्रतियोगिता जस्तै हवाईजहाजकी परिचारिका (एयर होस्टेज) हरूको छुट्टै सौर्न्दर्य प्रतियोगिता पनि सफलताका साथ सम्पन्न भयो ।

सिजन मिडिया प्रा.लि. र फ्लाइटेक इन्टरनेसनलले 'मिस एयर होस्टेज-२०१०' आयोजना गरेको थियो । जसमा एयरहोस्टेज सम्बन्धी तालिम लिइरहेका र एयर होस्टेज भइसकेकाहरूले भाग लिएका थिए ।

पहिले राजधानीमा अडिसन लिइएर यस प्रतियोगिताको लागि सहभागी भएका ४० जनामध्ये २६ जना प्रतियोगिका रूपमा छानिएका थिए । यिनै २६ जाना प्रतियोगिहरूलाई अन्तिम प्रतिष्पर्धामा स्टेजमा उतारिएको थियो । छनोट भएका २६ युवतीहरूलाई पहिले प्रशिक्षण र अन्य तालीम दिइएको थियो । दशैंको लगत्तई कात्तिक ७ बाट नेपाल पुलिस हेल्थ क्लबमा हवाई सुन्दरिहरुको प्रशिक्षण शुरू गरीएको थियो । प्रशिक्षणमा राष्ट्रिय तथा अन्तरास्ट्रिय हवाई सेवा, विमान परिचारिकाको भूमिका र कार्यको समेत ज्ञान दिइनुका साथै प्रतियोगीहरूलाई पौडी, शारीरिक फिटनेस, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।


निर्णायक समुहमा पाइलट सुवास रानाभाट, विमान परिचारिकाहरू कृतिका प्रधान, रमिला श्रेष्ठ, नोबल कलेजका नवीनमान श्रेष्ठ र कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्य छन् ।