Thursday, June 16, 2016

SLC Result 2073 ४ बजे हुदै छ !






SLC Result 2073 ४ बजे हुदै छ।  परिक्षा नियन्त्रण कार्यालयले SLC परिक्षाको नतिजा प्रकाशित गर्न सम्पूर्ण तयारी पुरा भैसकेकोले अहिले ४ बजे बोर्डको मिटिंग बसेर SLC को नतिजा तुरुन्तै प्रकाशित गर्ने कुरा स्पष्ट परेको छ। 
SLC को RESUL हेर्न तल दिएको लिंक मा CLICK गर्नु होला। आफ्नो सिम्बल नम्बर र जन्म मिति  नबिर्शनु होला। 



डरलाग्दो भूकम्पको जोखिम यथावत !

२०७२ साल बैशाख १२ तथा २९ गते विनाशकारी भूकम्प गएको र त्यसबाट भएको जनधनको क्षतिको बारेमा हामी सबै जानकार नै छौं। त्यो भूकम्पको पिडा हामीले भुल्न पनि नपाई विश्वका प्रतिष्ठित बैज्ञानिकहरुको टोलीले लामो (एक वर्षभन्दा बढी समय) अनुशन्धान पश्चात गरेको निष्कर्ष अनुसार  फेरी कुनै पनि समय काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रेक्टर स्केल सम्मको भूकम्प जानसक्ने ऊर्जा (शक्ति) संकलन भएको छ।

त्यो उर्जा (शक्ति) भूकम्पको रुपमा जुनसुकै बेला पनि जान सक्छ । तर, यहि तिथि, मिति र समय भूकम्प जान्छ भनेर तोक्न सक्ने अवस्था छैन। लगातार पराकम्पहरु गएर पनि त्यसरी संकलित ऊर्जा (शक्ति) क्षय नहुने ति वैज्ञानिकहरुको तर्क रहेको छ। यो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ । 

अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा‍। दण्डपाणि अधिकारीले भने, 
जमिनमुनि, १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ र त्यो धाँजा ललितपुरको खुमलटारसम्म आएको छ। त्यसरी च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए त्यति बेलाको भूकम्पको संकलित ऊर्जा समाप्त हुन्थ्यो र सयौ बर्ष सम्म ठुलो भूकम्पको जोखिम रहने थिएन। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।
वैज्ञानिकहरुले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्या‌ंकको आधारमा यो कुरा भनिरहेका छौं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको आधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिस सतर्क भएर बस्नु जरुरी रहेको छ।
उनका अनुसार तथ्यहरु अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरुमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो। (साभार - नेपाल समाचार पत्र दैनिक)

Wednesday, June 15, 2016

स्रष्टाको सम्मान !


आर्थिक बर्ष २०६८/०६९ बाट नेपाली भाषा र त्यसको सम्वर्धन तथा बिकाशको लागि  बिभिन्न पाँच विधामा बिशेष योगदान दिने विशिष्ट स्रष्टा (साहित्यकार) हरु लाई जनही एक लाख रुपैया तथा सम्मान पत्र सहित महकबी देवकोटा पुरस्कार प्रदान गरि सम्मानित गर्ने गरेकोमा यस बर्षको लागि उक्त पुरस्कार प्रदान गर्न नेपाल सरकार, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७३ जेष्ठ ३२ गते मंगलबार एक बिज्ञप्ती  प्रकाशित गरेर  कविता, निवन्ध, गध्याख्यान/नाटक, बालसाहित्य/लोकसाहित्य र भाषा साहित्य गरि पाँच विधामा पुरस्कार तथा सम्मान गर्न पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरुको नामावली प्रकाशित गरेको छ। 


Wednesday, June 8, 2016

बिवश हातहरु।

कति बिवश छन् ति हातहरु। तेसैले त् आफु भन्दा ठुलो बोझ बोक्नुको बिकल्प छैन। ति मसिना हातहरुले बोकेको  बोझ हेरेर पनि नदेखे झैँ गरि हिड्छन सबै र सभा, गोष्ठीहरुमा बिभिन्न बालसंरक्षण योजनाहरुका रेखी कोर्छन मात्र। कति कानून बनेका छन बल हकहितको संरक्षणको लागि, ठुला ठुला तारे होटलहरुमा सेमिनार, गोष्ठीहरुको आयोजना हुन्छन र योजनाहरु पनि बन्छन र कडाई का साथ लागु गर्ने कुरामा सबै सहमत पनि हुन्छन। तर कार्यान्वयन जस्ताको त्यस्तै, त्यसैले बिवश छन्, यी र यस्ता कयौं बालबालिकाहरु मजदुरी गर्न।  बिभिन्न भेला सभा सम्मेलनहरुमा ठुला ठुला नेताहरु मन्त्रीहरुले यस बिषयमा आफ्नो अमुल्य विचार र योजनाहरु तयार परेर ब्यक्त गरेका छन्, गर्छन।  तैपनि बालबालिकाहरु आफ्नो पाखुरी खियाएरै खादै छन्।
  

Tuesday, June 7, 2016

अमर अम्बर !

उनको नामको अगाडी जतिनै विशेषण जोडेपनि सूर्यको अगाडी दीयो बल्नु जस्तै हुने भएकोले कुनै उपनाम वा विशेषणको आवश्यकता नै पर्दैन उनको परिचयको लागि, हो उनै बरिष्ठ संगीतकार तथा गायक  अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । नेपालको राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङले जीवनको अन्तिम समयमा मधुमेह, उच्च रक्तचाप र पार्किन्सनजस्ता रोगहरुबाट परास्त भई ७९ वर्षको उमेरमा उनले मृत्यु बरण गरे।
अम्बरले नौलाख तारा उदाए जस्ता कालजयी गीतका साथै रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो भन्दै राष्ट्रिय जागरणको गीत समेत गाउनुभयो । प्रणय भावले ओतप्रोत गीत…. उकाली चढ्दा पसिना पुछ्ने, तिमी नभए अरू को होला…. गएर स्रोतहरु माझ जनमजनम भर छाउनुभयो । फेरी गणतान्त्रिक नेपालको राष्ट्रिय गानमा पनि संगीत भरेर नेपाली संगीतको स्तम्भ बन्नुभयो ।
हजारौँको संख्या भन्दा बढी गीतहरुलाई आफ्नो अजम्बरी संगीतले सिंगारेर प्रायः सबै गीतहरुलाई आफु झैँ  अमर बनाई दिनुभयो। 
पुर्ख्यौली घरगोरखाको रिसिङ भए पनि भारतीय सेनामा काम गर्ने शिलशिलामा हजुरबुबा भारत गएका र पछि आफ्नो बुवाले पनि सोहि बाटो अपनाएको कारण भारतमै स्थाई बसोबास गर्नु परेकोले उनको बि. सं. १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा जन्म भएको थियो। 
बीस वर्षको उमेरमा उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता दुई गीत सार्वजनिक गरेका थिए। उनले रेकर्ड गरेको पहिलो गीत भने साहित्यकार अगमसिंह गिरीको गीत ‘नौलाख तारा उदाए’ हो । यो गीत रेकर्डगर्नु पूर्व नै दार्जिलिङमा प्रख्यात भैसकेको थियो। राजा महेन्द्रले यो गीतको धून सुनेर २०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन अम्बर गुरुङ्ग सहित गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल लगायतका सांगीतिक कलाकार टोली दार्जिलिङबाट बोलाए थिए । तर यहि गीतलाई भारतमा भने प्रतिबन्ध लगाएको थियो। 
हजारभन्दा बढी गीतमा संगीत भरेका अम्बरका कतिपय गीत त अझै पनि रेकर्ड भएका छैनन् । तथापि जति छन्, त्यसैले पनि उनको उचाइलाई आकार दिएको छ । पूर्वीय संगीतमा पश्चिमा शैलीलाई ‘फ्युजन’ उनले नेपाली संगीतलाई नयाँ मार्गमा हिँडाइदिए । उनले विभिन्न साहित्यकारका गीति नाटकमा पनि संगीत दिएका छन्।  साथै थुप्रै नेपाली चलचित्रहरुमा समेत संगीत दिएका छन्। त्यसो त उनी गायन, संगीत र गीत लेखनका साथै साहित्य लेखनमा पनि सक्रिय थिए । उनको ‘कहाँ गए ती दिनहरू’ नामक संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छ । जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, गोरखा दक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी पुरस्कारलगायत प्राप्त गरेका उनलाई हङकङमा बस्ने नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘महासंगीतकार’समेत घोषणा गरिएको थियो ।

किन वास्ता गरिदैन ?


बेला बेलामा एकल प्रयासमा हेलिकप्टर, हवाईजहाज बनाएको, अहिलेको इन्धन क्राइसिस भईरहेको समयमा पेट्रोल डिजेलको बिकल्पमा प्रयोग गर्न सकिने बैकल्पिक इन्धन उत्पादन गरि त्यसैबाट सवारीसाधन चलाएको आदी कुराहरु पत्र पत्रिकामा प्रकाशित भइरहेका हुन् र आवश्यकता अनुसार सहयोग पाउने हो भने देश र जनताको आवश्यकता परिपूर्ति हुने गरि निर्माण अथवा उत्पादन गर्न सकिने व्यहोरा समेत उल्लेख गरिएका हुन्थिए। अहिले त्यस्ता प्रतिभा वा व्यक्तिहरु कता छन् ? कि सम्बन्धित निकायको पहलकदमीमा केहि भइरहेको छ कि ? कि के छ त् त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको अवस्था ?

के त्यस्ता सबै कुराहरु भ्रामक हुन् ? हुन् भने किन त्यस्ता कुराहरु अधिकारिक रुपमै देशको राष्ट्रिय स्तरको पत्र पत्रिकामा प्रकाशित हुन्छन ? होइन ति कुराहरु सहि हुन् भने किन त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुको उचित कदर हुदैन ? किन राष्ट्र त्यस्ता प्रतिभा वा व्यक्तित्वहरुबाट राष्ट्रका लागि केहि गराईदैन ?

त्यस्तो कुराहरु सहि हो भने त्यसबाट राष्ट्रको लागि त् ठुलै उपलब्धि हुनसक्छ। राष्ट्रिय कोषको लगानी राष्ट्रिय हितको लागि बिभिन्न क्षेत्रमा भए जस्तै त्यस्ता व्यक्तित्व र प्रतिभाहरुमा पनि गरेर त्यसको उचित उपयोग वा परिचालन गर्न सकियो भने त्यसले राष्ट्रलाई ठुलो उपलब्धि दिलाउने कुरालाई नकार्न सकिदैन।  त्यसैले यस्ता कुराहरुलाई सबन्धित निकायले बुझेर आवश्यक तथा उचितपहल गरेको खण्डमा भोलिको सुनौलो दिनहरु टाढा छैनन्। यसमा सम्बन्धित निकायको सकारात्मक पहलको समेत अपेक्षा गर्दै यस्ता कुराहरुमा ध्यानाकर्षण गराईन्छ। 

Monday, June 6, 2016

यसरी पनि धर्म कमाइन्छ त् ?

यस लेखमा ३ फोटोहरु पनि  राखिएका छन। त्यो फोटोहरु पशुपतिनाथ मन्दिरको पूर्व पट्टि बागमती नदी किनार आर्यघाटको हो। फोटोमा धेखिन्छ माथि मन्दिरमा आएका भक्तजनहरुले तल देखिएको मन्दिरको गजुरमा पैसा (सिक्का) हरु फालेर गजुरमै अडाउन प्रयाश गर्दै सिक्का फल्छन।  त्यसरी माथिबाट सिक्काहरु फाल्दा प्रायः तल मन्दिरमा आएका अन्य भक्तजनहरु तथा आफन्तको मृत्यु भइ मलामी आएका अफन्तहरुलाई टाउकोमा लगेर रगताम्मे हुनेगरी चोट समेत लागेको भेटियो।
माथिबाट त्यसरी सिक्का फालेर तलको मन्दिरको गजुरमा सिक्का अडियो भने ठुलो धर्म कमाइने मानिसहरुको अपरिपक्क बुझाइको कारण, त्यसरी पैसा फालेर धर्म कमाउने प्रयासमा शिक्षित अशिक्षित सबै लागिपरेका छन। कस्तो सर्टकर्ट र सरल सजिलो बाटो धर्म कमाउने।  साँच्ची हुन्छ त् धर्म ? त्यसरी अन्य भक्तजनहरुको टाउको फोर्ने गरि पैसा फालेर।
त्यसो गर्नु भन्दा त्, गरिब असहायहरूलाई केहि खाना खान दिएमा ठुलै धर्म कमाईएला नी होइन र ? साथै त्यसरी पैसा फाल्ने कार्यलाई पनि सम्बन्धित निकायले समय मै विचार गर्दा सबै पक्ष लाई राम्रो हुनेमा दुई मत नहोला।





Wednesday, September 30, 2015

भारत नेपालको संबिधानमा के के बुदाहरु राख्न चाहन्थ्यो

भारत नेपालको संबिधानमा के के बुदाहरु  राख्न चाहन्थ्यो, यसै सम्बन्धमा 
भारतीय प्रधान मन्त्री श्री नरेन्द्र मोदी ज्यु समक्ष केहि प्रश्नहरु। 

सम्माननिय प्रधान मन्त्री ज्यु, तपाइलाई अवश्य यो कुराको जानकारी भएको नै हुनुपर्छ।
अहिले नेपालमा नेपाली नागरिकहरुको बिशाल सहभागिता र संबिधान सभा सदस्यहरुको अत्याधिक बहुमतबाट (९० प्रतिशत भन्दा बढी मतबाट) पारित भएर नेपालको संबिधानलाई एउटा सम्पन्न शक्तिशाली बिशाल अनि छिमेकी राष्ट्रको नाताले र झन्डै ७ दशक को प्रयाश पछि प्राप्त गर्न सफल भएकोमा बधाई तथा अबका दिनहरुमा सफलता पुर्वक निश्पक्षका साथ अगाडी बढ्न शुभकामना दिनु पर्नेमा, त्यस्तो केहि गर्नु भएन।  बरु उल्टै आफ्नो स्वार्थ पूरा गर्ने र आफुले भनेको जस्तो बुदाहरु संबिधानमा समावेस गरेन भनेर नेपाल बिरुद्ध नाकाबन्दी नै लगाउनु भयो।
संबिधान एउटा के कसरी गर्ने गराउने भन्ने निर्देशिका मात्रै हो त्यसले गर्ने केहि होइन खाली मार्ग दर्शक मात्रै हो। यसले कसैलाई केहि दिने वा कसै संग केहि लिने पनि होइन। यसको आधार तथा अधिनमा रहेर नेपाल अधिराज्य भार सम्पूर्ण नेपालीहरुले काम कारवाही गर्ने गराउने मात्रै हो। यसले पुर्ब देखि पश्चिम सम्मै हिमाल देखि तराई सम्मका संम्पूर्ण बहुभाषिक नेपालीहरुलाई समानरुपमा समेट्छ। त्यसैले संबिधानबाट के पायो भनेर हेर्ने होइन। संबिधानबाट के कसरी पाउन सकिन्छ त्यो कुरा बुझ्ने हो।
अहिले तराई (मदेस) वा नेपालको भारत संग सिमा जोडिएका केहि क्षेत्रहरुमा यही कुरालाई अगाडी तेर्साएर केहि नेताहरुले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि त्यस क्षेत्रका सोझा नेपाली नागरिकहरुलाई संविधानले तराईका नागरिकहरुलाई केहि पनि दिएन सम्पूर्ण कुराहरु सिंहदरबारमा बस्नेहरुलाई मात्रै दिएको छ, भन्ने जस्ता भ्रमित कुराहरु तेर्साएर अनावाश्य रुपमा आन्दोलन चर्काई रहेका छन र तिनीहरुलाई नै भारत सरकारले साथ् दिइरहेको छ। 
यहाँ तराईका ति नेताहरुलाई र सम्पूर्ण नागरिकहरुलाई समेत केहि सरल तथा सिधा प्रश्नहरु; संविधानले के के कुराहरु सबैलाई दियो र तराईका नागरिकहरुलाई मात्रै दिएन त् ? के त्यो नपुगेको कुरा संबिधानमा थप्न र बढी भएको कुराहरु हटाउन सकिदैन त्?
साथै यहि प्रश्न सम्माननिय भारतीय प्रधान मन्त्री ज्यु समक्ष समेत राख्दछु र नेपाल भारत सिमा क्षेत्रमा अहिले भैरहेको आन्दोलन बिशुद्ध नेपालको आन्तरिक समस्या हो।  के यस सम्बन्धमा भारत जस्तो राष्ट्रले नेपाल जस्तो सानो छिमेकी राष्ट्रलाई आन्दोलनकारीको पक्ष लिएर दवाब दिन सुहाउछ त् ? के संबिधानमा भारत को चाहना अनुसारको बुदा समावेस नगरेको निहुमा यसरी तराईका आन्दोलनकारिहरुलाई उकास्न मिल्छ त् ? अब तपाई भन्नु होला भारतले त्यसो गरेको छैन, कुनै नाकाबन्दी गरेको छैन। तर यो दुवै कुरा एकदमै सत्य हुन्। किनकी भारत नेपालको संबिधानमा के के बुदाहरु राख्न चाहन्थ्यो भनेर तपाइको देशमा प्रकाशित हुने नवभारत टाइम्स २३ सेप्टेम्बर २०१५  अंक मा प्रकाशित भएको छ।  त्यसको लागि यो लिंकमा क्लिक गरेर पुरै समाचार पढ्न सक्नु हुनेछ। http://navbharattimes.indiatimes.com/india/India-wants-Nepal-to-make-these-seven-amendments-in-its-new-constitution/articleshow/49069965.cms
यो प्रश्नको जवाफ हामी सम्पूर्ण नेपालीहरुले अहिले सोच्न सक्छौ।  चाहनु हुन्छ भने आफ्नो जवाफ लेखि पठाउन समेत सक्नु हुनेछ।