समेत गर्नुलाई स्वास्थ्यको दृष्टिकोणले पूर्ण रुपमा अयोग्य भनि भनेको छ। वातावारणमा हाम्रो आँखाले देख्न नसकिने धुलाको कणहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड भन्दा निकै धेरै (खतराको बिन्दु भन्दा पनि बढी) रहेको छ। यस्तो अवस्थामा हिड्डुल वा खेलकुद गर्न पूर्णतः निषेध गरिएको छ भने हामीले श्वास प्रश्वास गर्ने हावामा समेत निकै धेरै मात्रामा यस्ता धुलोका कणहरु मिसिएकोले अहिले हामीले गर्ने श्वास प्रश्वास समेत हामीलाई खतरनाक हुनसक्छ। यस्तो अवस्थामा समेत सम्बन्धित निकाय निष्कृय छ। जनस्वास्थ्यको लागि यस्तो खतरनाक स्थितिमा समेत सरकार सँग कुनै उपाय तथा कार्य योजना छैन। अब यहि पाराले त् नागरिकहरु सबै दिर्घरोगी भैसकेपछि मात्रै धुलो नियन्त्रण गर्ने कार्यक्रम आउन सक्छ।
अतः जय पशुपतिनाथ ! भन्दै, यो हाम्रो पशुपतिनाथले रक्षा गरेको देशलाई, फेरी अब यस्तो डरलाग्दो प्रदुषित वातावरणीय समस्याबाट पनि जोगाऊ भन्दै उनै पशुपतिनाथको सरणमा जानु शिवाय अरु कुनै उपाय देखिदैन। नत्र यस्तो धुलाको कणहरुले पुरा काठमाडौँ खाल्डोलाई छोपेर संकट ग्रसित हुँदा केहि न केहि सुधारका कामहरु अवश्य भइसक्नु पर्ने थियो। खोई त् त्यो ? के जहिले पनि मरेपछि मात्रै ओखति ? कि के हो ? सचेत नागरिकहरुले आफै स्वविवेकले बुझ्नु र सचेत हुनु।
जय स्वास्थ्य नेपाली जनता ! अनि जय नेपाल।
हामी सबै नेपालीलाई स्वास्थ्य र दिर्घायु बनाऊ।