अनि अष्टमी र नवमी यस दिनहरुमा प्राय सबै नेपालीहरुले आ आफ्नो गच्छ्य अनुसार खसी, बोका, च्यांग्रा, राँगा, कुखुरा, हाँस आदि नवदुर्गा भवानीलाई बलि दिने परम्परा रही आएको छ l त्यसरी बलि दिएको पशु पन्छीको मासु नवदुर्गा भवानीको पर्सादको रुपमा ग्रहण गर्ने परम्परा रहिआएको छ l
दशैंको दसौं दिन, यस दिनलाई असत्य माथि सत्यको विजय, नराम्रो माथि राम्रोको विजय, दुर्गा भवानीले दैत्यहरु माथि विजय हासिल गरेको दिन, त्यस्तै भगवान श्रीरामले रावण माथि विजय गरेको दिनको रुपमा विजयादशमीको रुपमा हर्षोल्लासका साथ आफु भन्दा मान्यजनबाट नवदुर्गा भवानीको परसादको रुपमा टिका र जमरा लगाइन्छ l आफ्नो मान्यजनको घर घरमा गएर टीका लगाउने र आशिर्वाद लिने परम्परा रहिआएको छ l
दशैंलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा पनि बुझिन्छ l
दशैंको घटस्थापना देखि नवमी सम्मको अवधिलाई नवरात्रिको रुपमा पनि चिनिन्छ l यस अवधीमा भक्तजनहरु बिहान झिसमिसेमै सुर्य नउदाउदै दुर्गा भवानीको मन्दिर र बिभिन्न शक्तिपिठारुमा गएर पुजापाठ गर्छन l
यसरी सम्पूर्ण नेपालीहरुले हर्षोल्लासका साथ आफ्नो गच्छ्य अनुसार मिठो मसिनो खाएर, राम्रो लगाएर, मान्यजनबाट दुर्गा भवानीको पर्साद र आशिर्वाद लिएर दशैं मनाउने परम्परा रहिआएको छ l
दशैंमा चारैतिर छरिएर रहेका परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाउमा जम्मा भएर मनाउने समेत परम्परा छ l
No comments:
Post a Comment