Saturday, July 28, 2012

फेरी बिश्व युद्ध शुरु भयो !!!...ओलम्पिक खेलकुदको

 लण्डन, अहिले केहि समय  पछी लण्डनमा उदघाटन हुदै छ, २७ औं ओलम्पिक गेम्स l यस पटक समेत गरेर तेस्रो पटक एकै शहर लण्डनमा ओलम्पिक गेम्स आयोजना हुदैछ l आधुनीक ओलम्पिक गेम्स १८९६ मा ग्रिस(एथेन्स)बाट शुरुवात भएको थियो l यो खेलकुदको महाकुम्भमा बिश्व भरिका अनेकौ राष्ट्रले सहभागिता जनाउदै छन् l आज हुने उदघाटन समारोह बिश्व भरिका अरबौं खेल प्रेमीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ l १९ दिन सम्म प्रतिस्पर्धा चल्ने ३६ वटा खेलमा हजारौ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउदै छन् l सहभागी सबै राष्ट्र र खेलाडीहरुले एक आपसमा प्रतिष्ठाको लडाई लड्ने यो खेलकुदको बिश्व युद्धमा को बिजयी हुने हो त्यो थाहा पाउन प्रतिक्षा नै गर्नु को विकल्प छैन अहिले l 


सन् १८९६ मा ग्रिस (एथेन्स)मा पहिलो आधुनिक ओलम्पिक खेलकुदको शुरुवात भएको थियो l पहिले ओलम्पिक खेलकुदको शुभारम्भ सन् १९०० मा पेरिस (फ्रान्स) मा हुने निर्णय भएको थियो, तर ४ वर्ष अगाडी नै १८९६ मा एथेन्स (ग्रिस)मा शुभारम्भ गरियो l 
पहिलो ओलम्पिक खेलकुदमा वेट लिफ्टिंग, जिम्नास्टिक, स्विमिंग, टेनिस, ट्रैक ऐंड फील्ड, साइकिलिंग, रेसलिंग आदि खेलहरु समावेस गरिएको थियो l पहिलो ओलम्पिक्स खेलकुदमा प्रथम हुने र दुतीय हुने खेलाडीहरुलाई मात्रै पदक र प्रमाण पत्र प्रदान गरिएको थियो l १४ देश र २४५ खेलाडीहरुले प्रतिष्पर्धा गरेको प्रथम ओलम्पिक्समा ग्रिसले आधिपत्य जमाएको थियो l 

बिगतमा सम्पन्न भएका ओलम्पिक्स खेलकुदका अमुल्य र आकर्षक फोटोहरु:














































Thursday, July 19, 2012

हिन्दी फिल्मका पहिलो सुपर स्टारको निधन




 हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको मुम्बई, बन्द्रा स्थित आफ्नै निवाश आशिर्वादमा बुधवार दिउसो देह त्याग गरेका थिए l राजेश खन्नालाई केहिदिन पहिले खराब स्वास्थ्यस्थितिको कारण लिलावती हस्पिटलमा भर्ना गरेको थियो l तर स्वास्थ्यमा सुधार नहुने देखेपछी डाक्टरहरुले मंगलवार घर पठाएका थिए l ७० बर्षीय राजेश खन्ना गत अप्रिल महिना देखिनै बिरामी भएका थिए l त्यसै महिनामा धेरै पटक हस्पिटल भर्ना गर्नु परेको थियो l गत २० जुन देखि खाना खान समेत छोडेका थिए l त्यसले गर्दा उनको स्वास्थ्य स्थिति झनै खराब हुदै गएको थियो l कलेजो र फोक्सो इन्फेक्सनबाट पिडित उनलाई अनिमियाले समेत आक्रान्त परेको थियो l राजेश खन्नाको अन्तिम समयमा उनको परिवारको सबै सदस्यहरु दुई छोरी रिंकी, ट्वीन्कल, ज्वाई अक्षय, पुर्व पत्नी डिम्पल साथै थिए l  


उनको पार्थिव शरीरको अन्तिमसंस्कार बिहिवार हुदैछ l अन्तिम यात्रामा हजारौ उनका फ्यान र फिल्मी हस्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो l 

२९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्म भएको राजेश खन्नाले २४ बर्षको उमेरमा पहिलो फिल्म "आखिरी खत" मा अभिनय गरेका थिए l त्यसपछि राज , बहारों के सपने, औरत के रुप का साथै अरु धेरै फिल्महरुमा अभिनय गरेता पनि त्यति सफल हुन् सकेका थिएनन् l तर १९६९ मा हवाई सेनाको भूमिकामा अभिनय गरेको फिल्म आराधना को सफालता पछी नै उनको  लोकप्रियता बढेको थियो l त्यसपछि लगातार १५ वटा सुपर हिट फिल्म दिए, उनको यसै सफलताले गर्दा हिन्दी फिल्मको पहिलो सुपरस्टार बनायो l आज सम्म राजेश खन्नाको लगातार १५ फिल्म सुपर हिटको रेकर्ड कसैले तोड्न सकेका छैनन् l 
राजेश खन्नाको संवाद बोल्ने र बोल्दा आखा झिमकाउने तरिका निकै लोप्रिय भएको थियो l उनको लोकप्रियताको चरम चुलीमा पुगेको समयमा उनलाई सबैले मायाले "काका" भनेर सम्बोधन गर्दथे र त्यस बेला भारत भरी एउटा भनाई बहुत प्रचलित थियो, "माथि आका, तल काका" l त्यस समयमा कयौ केटीहरुले त राजेश खन्नाको फोटो संग बिवाह समेत गरेका थिए l तर राजेश खन्नाले आफु भन्दा झन्डै आधा उमेर कान्छी डिम्पल संग बिवाह गरे l उनको विवाहको खबर सुनेर युवतीहरुले आत्महत्या समेत गरेका थिए l

राजेश खन्नाले आफ्नो फिल्मी सफरमा धेरै राम्रा र सफल फिल्महरु दिए, त्यसमा "आनन्द" उनको फिल्मी जीवनको अविष्मरणीय फिल्म रह्यो l  
ओके टाइम भयो, प्याक अप ....!  
अन्तमा अलविदा "काका" l भगवान उनको आत्मालाई शान्ति प्रदान गरुन l