सावधान ! पौडी खेल्न जान्नु भएको छ ? (व्यस्त सडकको बिचमा भएको यो दुर्दासा धेरै भैसक्यो। तैपनि सबै मौन!)
Sunday, December 9, 2012
Monday, October 22, 2012
King of Romance....यश छोप्रा अब रहेनन् l

भगवान संग उनको आत्मालाई चिर शान्तिको प्राप्तिकालागि प्रार्थना गर्दछौ l
Tuesday, October 16, 2012
बडा दशैं - महान चाड एक परम्परा
अनि अष्टमी र नवमी यस दिनहरुमा प्राय सबै नेपालीहरुले आ आफ्नो गच्छ्य अनुसार खसी, बोका, च्यांग्रा, राँगा, कुखुरा, हाँस आदि नवदुर्गा भवानीलाई बलि दिने परम्परा रही आएको छ l त्यसरी बलि दिएको पशु पन्छीको मासु नवदुर्गा भवानीको पर्सादको रुपमा ग्रहण गर्ने परम्परा रहिआएको छ l
दशैंको दसौं दिन, यस दिनलाई असत्य माथि सत्यको विजय, नराम्रो माथि राम्रोको विजय, दुर्गा भवानीले दैत्यहरु माथि विजय हासिल गरेको दिन, त्यस्तै भगवान श्रीरामले रावण माथि विजय गरेको दिनको रुपमा विजयादशमीको रुपमा हर्षोल्लासका साथ आफु भन्दा मान्यजनबाट नवदुर्गा भवानीको परसादको रुपमा टिका र जमरा लगाइन्छ l आफ्नो मान्यजनको घर घरमा गएर टीका लगाउने र आशिर्वाद लिने परम्परा रहिआएको छ l
दशैंलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा पनि बुझिन्छ l
दशैंको घटस्थापना देखि नवमी सम्मको अवधिलाई नवरात्रिको रुपमा पनि चिनिन्छ l यस अवधीमा भक्तजनहरु बिहान झिसमिसेमै सुर्य नउदाउदै दुर्गा भवानीको मन्दिर र बिभिन्न शक्तिपिठारुमा गएर पुजापाठ गर्छन l
यसरी सम्पूर्ण नेपालीहरुले हर्षोल्लासका साथ आफ्नो गच्छ्य अनुसार मिठो मसिनो खाएर, राम्रो लगाएर, मान्यजनबाट दुर्गा भवानीको पर्साद र आशिर्वाद लिएर दशैं मनाउने परम्परा रहिआएको छ l
दशैंमा चारैतिर छरिएर रहेका परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाउमा जम्मा भएर मनाउने समेत परम्परा छ l
Thursday, September 13, 2012
नेपालीको उत्कृष्ट प्रदर्शन - क्रिकेट
सर्वप्रथम बधाई छ! नेपाली राष्ट्रिय क्रिकेट टिमलाई l
बिश्व क्रिकेट लिग डिभिजन ४ को प्रतियोगितामा सम्पूर्ण खेलमा बिजयी भएर उपाधिको साथमा बिश्व क्रिकेट लिग डिभिजन ३ मा पुग्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको चारै तीर वाहवाही र भब्य स्वागत भएको थियो l यो साताभरी नेपाली खेलकुद प्रेमी बीच यसै प्रतियोगिताको चर्चा परिचर्चा सेलाउन पाएन l खेलकुदको क्षेत्रमा सरकारी उदासिनताका वाबजुद जतिनै लगानी गरेपनि खेलकुद परिषद्का पदाधिकारीहरुको र उनीहरूमाथि बिभिन्न पार्टीहरुले गर्ने राजनीति र स्पष्ट नीति नियमको अभावमा खेलकुदमा जति जे गरेपनि प्रतिफल सुन्य जस्तै भैरहेको अवश्थामा, विश्व क्रिकेटमा नेपाली क्रिकेट खेलाडीहरुले प्राप्त गरेको यो सफलताले एक पटक फेरी ठुलो आशा पलाएको छ l यसपटक उपाधि जित्नुका साथै बिश्व क्रिकेटको डिभिजन ३ मा पुग्न सफल भएर सम्पूर्ण नेपाली खेलप्रेमीहरुलाई समेत गौरवान्वित पारिदिएका छन् नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले l आफुले खेलेका सबै प्रतियोगिताहरुमा फिल्डिंग,बलिंग र ब्याटिंग क्षेत्रमा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए l प्रतियोगितामा पाएको यो सफलताले नेपाललाई २०१५ मा हुने बिश्व कपमा छनौट हुनसक्ने सम्भावनालाई समेत कायमै राखेको छ l
Monday, August 27, 2012
स्वास्थ्य जीवनकोलागि बदाम !

स्वस्थ्य्कोलागी बदामबाट हुने प्रमुख लाभहरु: -
१. बदाममा न्यूट्रियन्स, मिनरल, एंटी-ऑक्सीडेंट र विटामिन आदि पदार्थ पाइन्छ, जुन स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छन l
२. बदाममा मोनो इनसेचुरेटेड फ्याटी एसिड पाइन्छ, यसले LDL वा खराब कोलेस्ट्रललाई घटाउने र स्वास्थ्यकोलागि राम्रो (फाइदाजनक) कोलेस्ट्रललाई बढाउछ l
३. बदाममा प्रोटिन, चिल्लो र Fiber समेत पाइन्छ l एउटा अण्डालाई तिर्नु पर्ने मुल्य बराबरको पैसाले बदाम किनेर खाने हो भने, एउटा अण्डा र दुधको संयुक्त रुपमाबाट पाइने प्रोटिन र हिट भन्दा बढी प्राप्त गर्न सकिन्छ l
४. बदाममा पाइने प्रोटिन दुधमा पाइने प्रोटिन जस्तै हुन्छ भने चिल्लो घ्यूमा पाइने चिल्लो जस्तै हुन्छ l त्यसैले बदामको सेवन गर्नाले शरीरलाई आवश्यक दुध र घ्युको पर्याप्त मात्रामा पूर्ति हुन्छ l
५. एउटा अध्ययनले प्रमाणित गरे अनुसार, रगतमा भएको अत्यधिक ट्राइग्लासेराइडको मात्रालाई नियमित बदामको सेवन गर्नाले १०.२ प्रतिशत सम्म ट्राइग्लासेराइड घटाउन सहयोग गर्दछ l
६. हाम्रो गाउँ घरमा खोकी लागेको समयमा बदाम खानु हुदैन भनिन्छ, तर खोकी लाग्दा बदामको सेवन गर्नु निकै उपयोगी हुन्छ l बदामले शर्दिमा शरीरलाई आवश्यक ताप दिनुका साथै यसले फोक्सोलाई आवश्यक शक्ति प्रदान गर्दछ l
७. खाना खाएको केहि समय पछी ५० देखि १०० ग्राम सम्म नियमित बदाम सेवन गर्ने हो भने, यसले स्वस्थ्यलाई धेरै फाइदा पुर्याउनुका साथै खाना पचाउनमा ठुलो सहयोग गर्दछ l यसले शरीरमा भएको रगतको कमीलाई पूर्ति गर्छ l
८. दुब्लो र कम्जोर व्यक्तिले नियमित ५० देखि १०० ग्राम बदम खाना खाएको केहि समय पछी सेवन गर्नाले मोटाउनलाई ठुलो सहयोग गर्दछ l
९. बदाम स्वादिलो हुनुका साथै पोसिलो पनि भएकोले यसलाई साग सब्जी, खिर, खिचडी आदिमा मिसाएर नियमित खान सकिन्छ l
१०. बदाममा तेलको मात्र हुने भएकोले बायु बिकर जस्ता रोगहरुबाट जोगाउदछ l
११. दैनिक एक मुठी बदाम सेवन गर्नाले हाम्रो शरीरलाई चाहिने पोशक तत्वहरु प्राप्त गर्न सकिन्छ l बदाममा भिटामिन K, E र B प्रसस्त मात्रामा पाइन्छ l
१२. बदामले पाचन शक्ति बढाउद छ, यो रुचिकर पनि हुन्छ, तर यसको अधिक सेवनले गरम प्रकृतिको व्यक्तिहरुलाई वेफाइदा पनि गर्दछ l
१३. कुनै पनि कुराको अधिक सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ l त्यस्तै बदाम पनि ज्यादा खानाले पित्त बढ्छ l यसले गर्दा यस बिषयमा बिशेष ध्यान पनि पुर्याउनु पर्दछ l
Saturday, July 28, 2012
फेरी बिश्व युद्ध शुरु भयो !!!...ओलम्पिक खेलकुदको
लण्डन, अहिले केहि समय पछी लण्डनमा उदघाटन हुदै छ, २७ औं ओलम्पिक गेम्स l यस पटक समेत गरेर तेस्रो पटक एकै शहर लण्डनमा ओलम्पिक गेम्स आयोजना हुदैछ l आधुनीक ओलम्पिक गेम्स १८९६ मा ग्रिस(एथेन्स)बाट शुरुवात भएको थियो l यो खेलकुदको महाकुम्भमा बिश्व भरिका अनेकौ राष्ट्रले सहभागिता जनाउदै छन् l आज हुने उदघाटन समारोह बिश्व भरिका अरबौं खेल प्रेमीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ l १९ दिन सम्म प्रतिस्पर्धा चल्ने ३६ वटा खेलमा हजारौ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउदै छन् l सहभागी सबै राष्ट्र र खेलाडीहरुले एक आपसमा प्रतिष्ठाको लडाई लड्ने यो खेलकुदको बिश्व युद्धमा को बिजयी हुने हो त्यो थाहा पाउन प्रतिक्षा नै गर्नु को विकल्प छैन अहिले l
बिगतमा सम्पन्न भएका ओलम्पिक्स खेलकुदका अमुल्य र आकर्षक फोटोहरु:

सन् १८९६ मा ग्रिस (एथेन्स)मा पहिलो आधुनिक ओलम्पिक खेलकुदको शुरुवात भएको थियो l पहिले ओलम्पिक खेलकुदको शुभारम्भ सन् १९०० मा पेरिस (फ्रान्स) मा हुने निर्णय भएको थियो, तर ४ वर्ष अगाडी नै १८९६ मा एथेन्स (ग्रिस)मा शुभारम्भ गरियो l
पहिलो ओलम्पिक खेलकुदमा वेट लिफ्टिंग, जिम्नास्टिक, स्विमिंग, टेनिस, ट्रैक ऐंड फील्ड, साइकिलिंग, रेसलिंग आदि खेलहरु समावेस गरिएको थियो l पहिलो ओलम्पिक्स खेलकुदमा प्रथम हुने र दुतीय हुने खेलाडीहरुलाई मात्रै पदक र प्रमाण पत्र प्रदान गरिएको थियो l १४ देश र २४५ खेलाडीहरुले प्रतिष्पर्धा गरेको प्रथम ओलम्पिक्समा ग्रिसले आधिपत्य जमाएको थियो l
बिगतमा सम्पन्न भएका ओलम्पिक्स खेलकुदका अमुल्य र आकर्षक फोटोहरु:

Thursday, July 19, 2012
हिन्दी फिल्मका पहिलो सुपर स्टारको निधन



उनको पार्थिव शरीरको अन्तिमसंस्कार बिहिवार हुदैछ l अन्तिम यात्रामा हजारौ उनका फ्यान र फिल्मी हस्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो l


राजेश खन्नाको संवाद बोल्ने र बोल्दा आखा झिमकाउने तरिका निकै लोप्रिय भएको थियो l उनको लोकप्रियताको चरम चुलीमा पुगेको समयमा उनलाई सबैले मायाले "काका" भनेर सम्बोधन गर्दथे र त्यस बेला भारत भरी एउटा भनाई बहुत प्रचलित थियो, "माथि आका, तल काका" l त्यस समयमा कयौ केटीहरुले त राजेश खन्नाको फोटो संग बिवाह समेत गरेका थिए l तर राजेश खन्नाले आफु भन्दा झन्डै आधा उमेर कान्छी डिम्पल संग बिवाह गरे l उनको विवाहको खबर सुनेर युवतीहरुले आत्महत्या समेत गरेका थिए l


ओके टाइम भयो, प्याक अप ....!
अन्तमा अलविदा "काका" l भगवान उनको आत्मालाई शान्ति प्रदान गरुन l




Subscribe to:
Posts (Atom)