
नेपालीहरुलाई विदितै भएको हुनुपर्दछ। तर, कहाँ के कति पुनर्निमार्णको कार्यहरु भए भैरहेका छन् वा भएकै छैन यो कुराको ज्ञान पनि हामी सबैलाई भएकै हुनुपर्छ ।
त्यस्तै देशको राजधानि लगाएतका बिभिन्न शहर तथा ठाउंहरुका सडक/बाटहरु साँघुरो भयो भनेर सडक बाटोहरु ठुलो बनाउने कार्य समेत बिगत लामो समय देखि भैरहेको छ। यसरी सडक बाटोको स्तर बृद्धि लगायत फराकिलो बनाउने र देश बिकाशको नाममा कसले के गरे, कसले कति दुखः कष्ट भोगे त्यो पनि हामी सबैलाई थाहानै छ। यसरी सडक बाटो बनाउने शिलशिलामा काठमाडौँको नाम नै बदलिएर धुलोमान्डू समेत नामकरण हुनगएको सर्वविदित नै छ। धुलोले शहर बजार लगाएत जनस्वास्थ्य (बिशेष गरी श्वासप्रश्वास क्रिया) मा कति नराम्रो असर परेको छ भन्ने तथ्य देखिन थालेको छ भने भविष्यमा अझ त्यसको बिकराल रुपमा प्रकोप देखिने कुरालाई हामी सबै नगरबासीहरु

यसरीनै, राष्ट्रिय गौरबको आयोजना मध्येको एउटा प्रमुख हो मेलम्चीको पनि काठमाडौँमा ल्याएर काठमाडौँ बासीलाई बितरण गर्ने। यो झन्डै दुई दशक अगाडीको आयोजना पनि अब भर्खर पुरा होला होला जस्तो सम्म भएको कुरा पनि सबैलाई विदितै छ। यस कार्यमा कति बजेट सकियो भन्दा पनि सर्वसाधारण जनताले कति धुलो र सास्ति खानु परिरहेको छ, त्यो पनि सबैलाई छार्लंगई भएको छ। अझै पनि काकाकूल काठमाडौँ बासीहरु कहिले मेलाम्चिको पानी आउला भनेर कुरिरहेका छन्, भने सरकार काम फत्ते गर्न लागिपरेको छ र आजै आउछ भोली आउछ, कहिले आउछ भन्न सकिरहेको छैन। अहिले, के कति आवश्यक काम बाँकी छ ? कहिले सम्ममा काम सम्पन्न हुन्छ, त्यस बारे हामी सबै जान्न ब्याकुल भैरहेका छौ भन्दा केहि अत्युक्ति नहोला ?

भएको छ, के यसकुरको हेक्का सडक बाटोको स्तर उन्नति गर्ने क्रममा हुनसक्दैन थियो र? अब फेरी ढल सुध्रीढीकारण/क्षमता विस्तार गर्ने निहुमा पुनः फेरी नागरिकहरुले दुख पाइरहेका छन।
पहिले सडक विस्तार गर्ने क्रममा फराकिलो बनाइ तयार भएपछिको चउडा सडकमा रहर पुग्नेगरी हिडेको, गाडी गुडेको पनि थिएन, मेलम्चिको पाइप विक्षाउन, करोडौ खर्च गरेर बनाएको सडक खनेर पाइप राख्ने काम सुरु भयो। मेलम्चिको पाइप राख्ने काम
पुरा हुनपनि पाएको थिएन, ढल सुध्रिढीकारण तथा स्तर उन्नति गर्ने निहुमा फेरी करोडौ खर्च गरेर हालेको मेलम्चिको पाइप ठाउँ ठाउमा टुटाउने फुटाउने कार्य भयो।यति मात्र नभएर महिनौ अगाडी देखि ढलको स्तर उन्नति गर्ने निहुमा स्थानीयहरुको घर घरमा पुग्ने खाने पानीको पाइप टुटाउने फुटाउने चुडाउने कार्य समेत भएको छ र त्यस्तो ठाउमा पानी ढलमा बगेर खेर गैरहेको छ, भने स्थानीय बासीहरु अहिलेको सुख्खा याममा सातामा एकपटक आउने खानेपानीबाट समेत बन्चित हुन पुगेका छन् र यो क्रम कहिले सम्म निरन्तर हुने हो कुनै ठेगाना समेत कसै
संग छैन, दैनिक भैरहेको कामको गति देख्दा । यसको साथै पुनः करोडौ खर्च गरेर मेलम्चिको पाइप फेर्नुको बिकल्प छैन। यसरी अब मेलम्चिको पानी खान पाइने भयो भन्ने बेलामा फेरी पाइप हाल्ने काम दोहराउनु पर्ने अवस्था आइपरेको छ, भने कति स्थानियहरुको जोड़ीराखेको खानेपानीको पाइप समेत तहस नहस भएकोले त्यो समेत पुनः जडान गराउनु पर्ने भएको छ ।


माथि उल्लेख गरिएका काम कुराहरु पूर्व योजना बिना कार्यान्वयन गरिएकोले नै घटेका हुन्। अतः कसैले पनि
केहि कार्य शुरु गर्नु पूर्व, के गर्ने, केको लागि गर्ने, किन गर्ने र कसरी गर्ने यो कुराको राम्रो ज्ञान हुनै पर्दछ र यसको लागि सम्बन्धित बिषय, त्यससँग सम्बन्धित पक्षहरुमा समेत राम्रो अध्ययन पनि गर्नु पर्ने हुन्छ। यसले काम गर्दा त्यसबाट हुने सकारात्मक नकारात्मक दुवै पक्षको जानकारी हुन्छ, के कस्तो असर पर्छ र त्यसको तत्काल समाधान कसरी गर्ने, के गरि गर्ने जस्ता कुराको समेत ज्ञान हुने भएकोले काम गर्दा हुनसक्ने हानी नोक्सानीको जोखिम समेत न्यूनिकरण गर्न सकिन्छ। अब यस्ता कुराहरुको ज्ञान सबैलाई नै छ, तर पनि, किन सधै हामी कहाँ जहिले पनि गैर जिम्मेवारी काम मात्रै भईरहन्छ ? उपरोक्त कुराहरुलाई देशको कुन निकायको, कुन ओहदाका अधिकारीहरुले हेर्ने, बुझ्ने हो ? अनि हामी सर्वसाधारण नागरिकहरुले यस्ता कुराहरुको कुनै चिन्ता नलिई आनन्दसँग कहिले बस्न पाउने हो त् ? सुधार हुन्छ कि हुदैन, कि यहाँ संधै यस्तै भै रहन्छ त ?