सावधान ! पौडी खेल्न जान्नु भएको छ ? (व्यस्त सडकको बिचमा भएको यो दुर्दासा धेरै भैसक्यो। तैपनि सबै मौन!)
Thursday, February 23, 2017
Friday, February 17, 2017
Wednesday, February 15, 2017
माया -!
(प्रणय दिवशलाई सेरोफेरो पारेर माया,प्रेमलाई कविता रुपि साँचोमा ढाल्नु भएको बुनु अर्याल ज्युको यो कवितालाई सबैले एकपटक त पढ्ने पर्ने जस्तो लगेर फेसबुक को भित्ताबाट साभार गरेर यहाँ प्रकाशित गर्ने दुस्साहस गरेको छु। )
- बुनु अर्याल
न गरिन्छ माया,न टुंगिन्छ माया
न तौलिन्छ माया, न नापिन्छ माया
थाहै नपाई, चुलिन्छ माया
न आगो हो माया,न पानी हो माया
जल्दै नजली, खरानी हो माया
न शीत हो माया न घाँम हो माया
कहिल्यै नमेटिने प्यास हो माया
न बृद्ध हो माया, न यौबन हो माया
कहिल्यै न अस्ताउने तारा हो माया
न भोक हो माया न तृप्ति हो माया
कहिल्यै नभरिने घडा हो माया
न बसन्त हो माया,न शिशिर हो माया
दुख्दा दुख्दै, मुस्कान हो माया - !
Tuesday, February 14, 2017
Valentine's Day


तेस्तै, यस दिनमा आफ्नो प्रेमी प्रेमिकालाई आकर्षक उपहार दिने परम्परा समेत युवा युवतीहरुमा छ। जोडी हुनेहरु आफ्नो जोडीको रमाइलो कार्यक्रममा पुग्छन भने,जोडी नहुनेहरु पनि आफुलाई मनपर्नेलाई आफ्नो प्रेम प्रस्ताव ब्यक्त गर्नलाई बिशेष आजकै दिनलाई रोज्छन।
हिजो आज बिशेष गरि भर्खरका किशोर किशोरीहरु यस दिनलाई व्यग्रताका साथ मनाउन तमसेका भेटिन्छन। त्यस्तै कता कता अलिक उत्छ्रिङ्खलता पनि नदेखिएको होइन प्रणय दिवश मनाउने क्रममा।
Subscribe to:
Posts (Atom)