Wednesday, October 26, 2016

DESTINATION NEPAL

हाम्रो जस्तो भरखरै प्राकृतिक बिपत्ति अनि आन्तरिक तथा बाह्य राजनीतिले थला परेको मुलुकको पर्यटन उद्योगलाई भने निकै खुसीको खबर छ। संसारकै सबैभन्दा प्रख्यात तथा विश्वासिलो अमेरिकाको Guide Book तथा Travel Website Company ‘लोन्ली प्लानेट’ ले सन् २०१७ मा तयार पारेको तथ्यांकको आधारमा नेपाल संसारको १० उत्कृष्ट भ्रमण गर्नैपर्ने देशको सूचीमा पाँचौं नम्बरमा परेको छ।
१९७२ मा स्थापना भएको लोन्ली प्लानेटको रिपोर्ट अनुसार त्यस सुचिमा दक्षिण एसियाबाट नेपालमात्र एउटा राष्ट्र परेको छ भने एसियाबाट नेपाल प्रथम स्थानमा रहेको छ। मंगोलिया, ओमान र म्यानमार एसियाका अन्य देशहरु हुन् भने विश्वका अन्य देशहरुमा बर्मुडा र इथियोपिया हुन् भने घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा क्यानडा पहिलो नम्बरमा परेको छ।
लोन्ली प्लानेटले आगामी वर्षको लागि तयार पारेको ‘बेस्ट भ्यालु’ (पर्यटकहरुले खर्च गरेको पैसा खेर नजाने अथवा पर्यटकहरु पूर्णतया सन्तुष्ट हुने) १० उत्कृष्ट गन्तव्यको सूचीमा भने नेपाल पहिलो नम्बरमा परेको छ ।
लोन्ली प्लानेटले उपरोक्त गन्तव्यहरु घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर विश्वका १ सय ९० देशबाट छनौट गरी सार्वजनिक गरेको सुचिमा नेपाल उत्कृष्ट १० मा परेको हो । ती गन्तव्य घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर लोन्ली प्लानेटले सूची सार्वजनिक गरेको हो।
‘लोन्ली प्लानेटको भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्य र बेस्ट भ्यालु गन्तव्यको सूचीमा नेपाल पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो। यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। यसले भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि समेत पुष्टि हुन्छ। 
उत्कृष्ट सूचीको पहिलो नम्बरमा क्यानडा, दोस्रो कोलम्बिया, तेस्रो फिनल्यान्ड, चौथो डोमिनाका, छैठौं बर्मुडा, सातौं मंगोलिया, आठौं ओमान, नवौं म्यानमार र दसौंमा इथियोपिया छन् ।
त्यसैगरी बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको छ ।
‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ बेस्ट भ्यालु सूचीमा छ, ‘त्यहाँ विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’
बेस्ट भ्यालु गन्तव्यको सूचीको दोस्रो नम्बरमा नामिबिया, तेस्रो पोर्चुगल, चौथो इटाली, पाँचौं हंगेरी, छैठौं बेलिज, सातौं मोरक्को, आठौं रुस, नवौं अस्ट्रेलिया र दसौंमा अमेरिका परेका छन् । 

Monday, October 17, 2016

नेपालको स्वाधिनतामा हमला !

नेपालको स्वाधिनता र  नेपालीहरुको राष्ट्रियता माथि नेपालकै पूर्व राज परिवारसंग नजिकको सम्बन्ध रहेको एक प्रतिष्ठित कम्पनी सिप्रदी प्रा. लि. ले लात्ती हान्ने काम गरेको छ।  सिप्रदी प्रा. लि. अटोमोबाइल सम्बन्धी काम गर्ने नेपालमा दर्ता भएको एक प्रतिष्ठित कम्पनी हो । सिप्रदीले आफ्नो कम्पनी प्रोफाइलमा सिप्रदी प्रालि  नेपालको एक ब्राण्डेड कम्पनी भएको कुरा उल्लेख गरेको भएता पनि यसले कम्पनीको केहि फाइदाको लागि नेपाल राष्ट्रको स्वाधीनता र नेपालीको राष्ट्रियतामाथि लात्ती हान्ने काम गरेको छ । कम्पनीलाई हुने आर्थिक लाभको लागि सिप्रदीले ओसारपसार गर्ने समानको विवरणमा नेपाल भारतको एउटा प्रदेश वा राज्य  भएको कुरा उल्लेख गर्दै काठमाडौँ शहर समेत भारतको एउटा शहर भएको कुरा उल्लेख गरेको छ । हालसालै सार्वजनिक भएको एउटा सामान प्यकिङ्ग गरेको फोटोमा सिप्रदीको लोगो स्पष्ट देखिन्छ र त्यस सामानको प्यकिङ्गमा उल्लेखित विवरणमा देश इण्डिया, स्टेट नेपाल र शहर काठमाडौँ भन्ने उल्लेख गरिएको छ । फोटो हेर्नुहोस् :
यसबारे कुरा गर्न सिप्रदीमा टेलिफोन सम्पर्क गरेर बुझ्न खोज्दा फोन उठाउने कर्मचारीले त्यसबारे आफुलाई केहि थाहा नभएको र सम्बन्धित अधिकारी बाहिर हुनुभएकाले केहि समयपछी सम्पर्क गर्नु भन्ने जानकारी मात्र दिइन्  ।  त्यसपछि जतिनै सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन  । 

यो घटनाको चौतर्फी बिरोध भए पनि सम्बन्धित निकाय अझसम्म मौन छ। सामाजिक सञ्जालमा समेत तीब्र विरोध हुनथालेको छ र राष्ट्रियतामाथि धावा बोल्नेहरुलाई कारवाही हुनुपर्ने माग गर्दै छन्। 
सरोकारवाला अधिकारीहरु, आफुलाई देशभक्त नेता भन्नेहरु यस्तो सम्वेदनशील बिषयमा के सोच्छन त्?    

Sex Art (A Short Film)