Monday, October 22, 2012

King of Romance....यश छोप्रा अब रहेनन् l

भारतीय चलचित्र उद्योगका महापुरुष निर्माता/निर्देशक यश चोप्राको 80 वर्ष को उमेरमा हिजो 21 अक्टोबर 2012 आइतबारका दिन निधन भयो  l यश चोप्राले आफ्नो जीवन-कालमा भारतीय चलचित्र उद्योगलाई थुप्रै सफल तथा अविश्मरणिय चलचित्रहरु दिएर गए l  यश चोप्रा  King of Romance को उपनामले समेत चिनिन्थे l यिनिद्वारा निर्देशित निर्मित रोमान्टिक हिन्दी चलचित्रले गर्दानै राजेश खन्ना, अमिताभ बच्चन, शहारुख खान आदी कलाकारहरु सुपरस्टार बन्नमा ठुलो भूमिका थियो भन्दा फरक नपर्ला l 
भगवान संग उनको आत्मालाई चिर शान्तिको प्राप्तिकालागि प्रार्थना गर्दछौ  l


Tuesday, October 16, 2012

बडा दशैं - महान चाड एक परम्परा

 आज नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना l आज देखि विधिवत रुपमा दशैं को शुभारम्भ भयो l सबै नेपालीले आ आफ्नो घर घरमा जमरा रोपी घडा स्थापना गरेर नवदुर्गा भवानीको पुजा अर्चना गरेर दशैंको पहिलो दिन मनाए l यसरी आज रोपेको जमरालाई सधैं झिसमिसेमा याने सुर्य उदाउनु अगावै पुजा आजा गरि जल चढाई नवदुर्गा भवानीको पुजा गरि उनैको महिमा पाठ गरिन्छ l नौ दिन सम्म यसरी पुजा आजा गरि उम्रेको जमरा दशौँ दिनमा नवदुर्गा भवानीको पर्सादको रुपमा टिका संगै ग्रहण गरिन्छ l दशैंको सातौं दिन सप्तमी यानी फूलपातीको दिनमा हनुमान  ढोकामा अवस्थित मुख्य जमरा घरमा गोरखा देखि लेराएको फूलपाती भित्र्याईन्छ, यसका साथै सबै नेपालीहरुले पनि आ आफ्नो घरको जमरा रोपेको पुजा कोठामा फूलपाती भित्रयाउछन् l 

अनि अष्टमी र नवमी यस दिनहरुमा प्राय सबै नेपालीहरुले आ आफ्नो गच्छ्य अनुसार खसी, बोका, च्यांग्रा, राँगा, कुखुरा, हाँस आदि नवदुर्गा भवानीलाई बलि दिने परम्परा रही आएको छ l त्यसरी बलि दिएको पशु पन्छीको मासु नवदुर्गा भवानीको पर्सादको रुपमा ग्रहण गर्ने परम्परा रहिआएको छ l 

दशैंको दसौं दिन, यस दिनलाई असत्य माथि सत्यको विजय, नराम्रो माथि राम्रोको विजय, दुर्गा भवानीले दैत्यहरु माथि विजय हासिल गरेको दिन, त्यस्तै भगवान श्रीरामले रावण माथि विजय गरेको दिनको रुपमा विजयादशमीको रुपमा हर्षोल्लासका साथ आफु भन्दा मान्यजनबाट नवदुर्गा भवानीको परसादको रुपमा टिका र जमरा लगाइन्छ l आफ्नो मान्यजनको घर घरमा गएर टीका लगाउने र आशिर्वाद लिने परम्परा रहिआएको छ l 




 
दशैंलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा पनि बुझिन्छ l
दशैंको घटस्थापना देखि नवमी सम्मको अवधिलाई नवरात्रिको रुपमा पनि चिनिन्छ l यस अवधीमा भक्तजनहरु बिहान झिसमिसेमै सुर्य नउदाउदै दुर्गा भवानीको मन्दिर र बिभिन्न शक्तिपिठारुमा गएर पुजापाठ गर्छन l  

यसरी सम्पूर्ण नेपालीहरुले हर्षोल्लासका साथ आफ्नो गच्छ्य अनुसार मिठो मसिनो खाएर, राम्रो लगाएर, मान्यजनबाट दुर्गा भवानीको पर्साद र आशिर्वाद लिएर दशैं मनाउने परम्परा रहिआएको छ l
दशैंमा चारैतिर छरिएर रहेका परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाउमा जम्मा भएर मनाउने समेत परम्परा छ l