Wednesday, November 30, 2011

कसलाई कति क्यालोरीको आवश्यकता पर्छ


कसलाई कति क्यालोरीको आवश्यकता पर्छ  
उमेर 
दैनिक आवश्यक क्यालोरी 
एक बर्ष सम्म 
            १००  क्यालोरी प्रति कि.ग्रा. शरीरको तौल
1-3 बर्ष सम्म 
१२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल   
4-6 बर्ष सम्म 
१५०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
7-9 बर्ष सम्म 
१८०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
10-12 बर्ष सम्म 
२१०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
13-15 बर्ष सम्म (केटा)
२५०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
13-15 बर्ष सम्म (केटी)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
16-18 बर्ष सम्म (केटा)
३००० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
16-18 बर्ष सम्म (केटी)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
पुरुष (सामान्य मेहनत गर्ने)
२२०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
पुरुष (धेरै मेहनत गर्ने)
३४०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
महिला (सामान्य मेहनत गर्ने) 
१९०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 
महिला (धेरै मेहनत गर्ने) 
२८०० क्यालोरी प्रति कि.ग्रा.शरीरको तौल 












तपाई शारीरिकरुपमा फिट हुनुहुन्छ की हुन्न ?


हिजोआज कुनै पनि उमेरमा शरीरको तौल बढ्नु वा मोटाउनु  एउटा ठुलो समस्या भैसकेको छ । अहिले जो शारीरिक रुपमा फिट छन् उनीहरु आफ्नो तौल बढ्न नदिन बिभिन्न उपायका साथै रेगुलर एक्सरसाइजहरु गर्छन, भने जो अनावश्यक मोटा र बढी तौलका छन् उनीहरु त्यसलाई हर तरहले घटाउन खोज्छन । यीनै कुरालाई मध्यनजरमा राखी एक्सपर्टको सल्लाह र सुझाबहरु यहाँ राखिएको छ, जसले हरकोहिलाई अवश्य सहयोग गर्ने अपेक्षा गरिन्छ ।

   आफ्नो BMI पत्ता लगाऔं  
मुख्य कुरा त यो हो की के लाई वा कस्तो अवश्थालाई शारीरिकरुपमा फिट भनिन्छ भन्ने कुरा जान्नु पर्छ । WHO को मान्यता अनुसार एक स्वास्थ्य व्यक्ति को BMI (Body Mass Index) २५ हुनु जरूरी हुन्छ  । तर दक्षिण एशियाली मुलुकका मानिसहरुमा भने २३ BMI हुनु पर्छ  । किनकि पश्चिमेली मानीसहरुको तुलनामा दक्षिण एशियाली मुलुकका मानिसहरुमा ५ प्रतिशत बढी फ्याट हुन्छ । 
BMI  कसरी निकाल्ने  
बडी मॉस इंडेक्स (BMI)= तौल ( किलो मा  ) लंबाई ( मीटर मा  )  
यदी तपाइको तौल ६० किलो छ र उचाई (hight) १६०  सेंटीमीटर यानी १.६  मीटर छ भने ।
BMI= 60 / 1.6 x 1.6 = 60 / 2.56 = 23.4(यानी तपाई फिट हुनुहुन्छ)
1. 23 वा यो भन्दा कम - फिट
2. 24 देखि  25- ओवरवेट (बढी तौल)
3. 26 देखि 30- मोटो
4. 30 भन्दा बढी - धेरै मोटो
5. 19 भन्दा कम - अंडरवेट (कम तौल)

BMI कम्मरको मोटाइबाट समेत पत्ता लगाउन सकिन्छ 
तपाईको तौल बढी छ वा छैन भनेर पत्ता लगाउने सबै भन्दा सरल र बिश्वशिलो तरिका हो BMI बाट पत्ता लगाउने तरिका  । 
तर यस देखि बाहेक हामी हाम्रो कम्मरको मोटाइ नापेर समेत हामी आफ्नो तौल बढी छ छैन पत्ता लगाउन सकिन्छ । जुन यहाँ तल उल्लेख गरिएको छ: 
महिलाहरुको लागि  
सामान्य : 32 इन्च भन्दा कम
बढी      : 32 देखि 35 इन्च
धेरै बढी : 35 इन्च भन्दा बढी

पुरुषहरुको लागि  
सामान्य : 37 इन्च भन्दा कम
बढी      : 37 इन्च देखि 40 इन्च
धेरै बढी : 40 इन्च भन्दा धेरै  

Thursday, November 17, 2011

अन्डाको बढी सेवन क्यान्सरको खतरा


बोस्टन हार्वर्ड स्कुल अफ मेडिसिनका वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागे  अनुसार हफ्तामा 3 भन्दा बढी अन्डा खानाले प्रोस्टेट (अन्डकोष) को क्यान्सर हुने खतरा बढ्छ । अन्डामा पाइने कोलेस्ट्रोल र कोलाइनका कारण क्यान्सर हुन सक्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् । यसअघि बि्रटेनका वैज्ञानिकले पनि 3 भन्दा बढी अन्डा खानाले हर्टएट्याक र स्ट्रोकको खतरा हुने बताएका थिए । अनुसन्धानबाट अन्डामा हुने कोलेस्ट्रोलको अति न्यून मात्रा मात्र रगतसम्म पुग्न पाउँछ, जसले नगण्य क्षति पुर्‍याउँछ ।
उसो त अन्डा र प्रोस्टेट क्यान्सरबीचको पछिल्लो सम्बन्धलाई लिएर पनि अझै अनुसन्धान सकिएको त छैन । तर यसका उपभोक्तालाई भने सावधानी अपनाउनै पर्छ ।

मधुमेह रोग - एक विकराल स्वास्थ्य समस्या


शरीरमा चिनी अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौ । यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणाली प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरूः जस्तै आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।
हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांकअनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यीमध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।
नेपालमा पनि मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । खासगरी सहरी क्षेत्रका वासिन्दमा अत्यन्तै बढ्दो मात्रामा देखिएको छ । नेपाल मधुमेह संघको एक प्रतिवेदनअनुसार सहरी क्षेत्रमा २० वर्ष माथिका कुल जनसंख्यामध्ये १५ प्रतिशत र ४० वर्ष माथिका करिब १९ प्रतिशतमा मधुमेह रोग भएको देखाइएको छ । हाल नेपालमा करिब आठ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । बढ्दो सहरीकरणसँगै शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, मोटोपनको नै यो रोग फैलनुका प्रमुख कारक तत्त्व हुन् । ९०-९५ प्रतिशत मधुमेहका बिरामी खासगरी वयस्क अर्थात् ४० वर्ष माथिकालाई हुने गर्छ । जसलाई दोस्रो प्रकारको मधुमेहमा वर्गीकरण गरिएको छ । बच्चाहरूमा देखिने पहिलो प्रकारको मधुमेह पनि वाषिर्क ३ प्रतिशतले बढेको छ । जसअनुसार प्रत्येक वर्ष संसारमा ७०,००० बालबालिका यस समस्याबाट प्रभावित हुने अनुमान छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा देखिन्छ । जसबाट करिब एक प्रतिशत गर्भवती महिला प्रभावित हुने गरेको पाइन्छ । धेरैमा शिशु जन्मेपछि मधुमेहको अवस्था हटे पनि कतिपय महिलामा यो रोग जीवनभर नै हुनसक्छ ।
मधुमेह सरुवा रोग होइन, तर यो हुने कारणहरूमध्ये वंशानुगत पनि प्रमुख कारणको रूपमा देखिएको छ । बुबाआमामध्ये एकजना अथवा दुवैजनामा मधुमेह भएमा छोराछोरीलाई पनि हुने सम्भावना अत्यन्तै बढी हुन्छ । अतः परिवारमा मधुमेह भएमा अन्य व्यक्ति विशेष सचेत हुनु आवश्यक छ । मधुमेह रोग भएमा देखिने प्रमुख लक्षणमा धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।
मधुमेह हुँदा आँखामा देखिने असर
मधुमेहले शरीरका अन्य भागहरू जस्तै- आँखाको दृष्टि पर्दा (रेटिना) का रक्त नसाहरूमा असर पुर्‍याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत  बनाउन सक्छ । जसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्त्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । मधुमेहले असर गर्दा सुुरुमा रेटिनामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । तर यदि समयमै उपचार (लेजर पद्धति) नभए नयाँ-नयाँ रक्तनसाको वृद्घकिा साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कने र जलविन्दुको समस्या भई दृष्टि सधैंका लागि गुम्ने हुन्छ । सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ । जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा यो संख्या निकै बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । सही ज्ञानको अभावका कारण धेरै बिरामी दृष्टि धमिलो भएपछि मात्र आँखा जचाउन आउने हुँदा यो रोगले आँखामा धेरै असर पुर्‍याइसकेको हुन्छ र दृष्टि बचाउन निकै गाह्रो पर्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहीन हुने र १० प्रतिशतमा ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ ।
रेटिनामा छिटो असर देखापर्ने अन्य कारणहरूमा सानै उमेरमा देखापर्ने मधुमेह, रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूमपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुख मानिन्छन् । मधुमेहका बिरामीमा आँखामा देखापर्ने अन्य समस्यामा आँखाको परेलामा पटक-पटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिरमिर हुने, चस्माको पावर छिटोछिटो परिवर्तन हुने, आँसुको कमी (सुख्खापन बढ्ने), आँखाको संक्रमण बढी हुने, मोतीविन्दु छिटो देखापर्ने र जलविन्दुको सम्भावना बढी हुन्छ । हाल विश्वमा भएका कुल दृष्टिविहीनमध्ये ४.८ प्रतिशत मधुमेहका कारण भएको पाइएको छ ।
मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय ४० वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ, ताकि समयमै रोग पत्ता लगाउन सकियोस् । प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउनुपर्छ । उच्च रक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका  र धूमपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखापर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । यदि मधुमेहका बिरामीको रेटिनामा असर देखा परिसकेको भए नेत्र विशेषज्ञले भनेको समयमा नियमित परीक्षण र आँखाको उपचार गराउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, जुन खानपिनमा परहेज, शारीरिक व्यायाम र औषधीको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिन्छ । यी सावधानी अपनाउन सकेको खण्डमा मधुमेहले गर्दा हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वास्थ्य शिक्षा र जनचेतनामा अभिवृद्घ िगर्नु नै मधुमेह रोगको रोकथाम र नियन्त्रणको सजिलो र प्रभावकारी उपाय हो ।
डा. रबा थापा