आयुर्वेदमा उल्लेख गरेअनुसार लहसुनको दैनिक सेवनले मानिसलाई सधै जवान बनाई राख्ने कम गर्नुका साथै बिभिन्न रोगहरुबाट सुरक्षा प्रदान गर्दछ। लहसुन खाएको करिब एक घण्टा भित्र पचिसक्छ र यसले तुरुन्तै आफ्नो प्रभाव देखाउन सुरुगर्दछ। यसले रगतमा भएको चिल्लो काट्ने, रगतलाई पातलो बनाई शरिरमा रक्त संचारमा सहयोग गर्दछ, कब्जियात भएको अवस्थमा समेत यसले फाइदा दिन्छ, त्यस्तै कान दुख्दा समेत यसको प्रयोगले फाइदा पुग्दछ, ब्लडप्रेसर नियन्त्रण गर्नमा समेत यसले ठुलो सहयोग गर्दछ, साथै यसको उपभोगले भोक बढाई खानाखान रुचि बढाउछ। लहसुनले एउटा महत्वपूर्ण प्राकृतिक एंटीबायोटिकको रुपमा समेत काम गर्दछ।
भर्खरै मात्र गरिएको एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि यदि एकै पटक ५-६ वटा लहसुन हल्का तरेर खाने हो भने तुरुन्त एकै दिनमा नै त्यसबाट शरिरमा भएको असर देखापर्न र त्यसबाट शरिरमा भएको फाइदा देखिन थाल्छ। उक्त अनुसन्धानमा लहसुन एक घण्टा भित्रै पच्ने र यसले तुरुन्तै आफुमा भएको पौष्टिकतत्व प्रदान गर्न थाल्छ। यसको साथै यसमा भएको एंटी ऑक्सीडेंट तत्व हाम्रो शरिरको भित्र फैलिन थाल्दछ।