Tuesday, January 1, 2013

सन् 2012 को टप फिल्म, हिरो, हिरोइन - बलिउड









सन् 2012 भारतीय सिनेमा उद्योगकोलागि राम्रो  बर्षमा गणना गर्न सकिन्छ । यस बर्ष पनि भारतीय सिनेमा उद्योगमा बिगतमा जस्तै धेरै चलचित्रहरु निर्माण भएर प्रदर्सित भए । जसमा केहि चलचित्रहरुको आम्दानीले पुरै बलिउड (भारतीय सिनेमा उद्योगको एक प्रमुख शहर) मा तहल्का नै मचायो । आमदानीको हिसाबले सन् 2012 ले निकै रेकर्डहरु बनायो भन्दा फरक नपर्ला । भारतीय सिनेमा उद्योग तथा यस उद्योग संग सम्बन्धित सबै र चलचित्र प्रेमी दर्शकहरुले सन् 2012 लाई धेरै कुराले गर्दा पछी सम्म सम्झिरहने छन् । सन् 2012 मा प्रदर्शित चलचित्रहरुमा केहिलाई दर्शकहरुले खुबै रुचाए, केहीलाई मनपरायेनन, केहि फिल्मले अत्याधिक आम्दानी गरे भने केहिले निर्मातालाई कंगालै बनायो । भने केहि हिरो हिरोइनलाई सर्वच्च उचाइमा पुर्यायो भने केहि हिरो हिरोइनलाई गुमनाम नै बनाइदियो । यसै सन्दर्भमा सन् 2012 मा भारतीय सिनेमा उद्योग बलिउड संग सम्बन्धित केहि रोचक प्रसंगहरु यहाँ उल्लेख गरिएको छ  ।

सबै भन्दा पहिले कुरा गरौ सन् 2012 मा प्रदर्शित फिल्महरुको: यस बर्ष सबै भन्दा सफल र धेरै आमदानी गर्ने चलचित्रमा अधिल्लो वर्षको झैँ सलमान खान अभिनित चलचित्र एकथा टाइगर हो ।  यो चलचित्रले कुल 199.2 करोड कमायो । सन् 2012 मा सबै भन्दा बडी कमाउने १० चलचित्र निम्नप्रकारका छन्:
क्र.सं.  चलचित्र                                      कमाई
१      एकथा टाइगर                                199   करोड भन्दा बढी
२      रोउडी राठोर                                   131   करोड भन्दा बढी
३      बर्फी                                              124   करोड भन्दा बढी
४     अग्निपथ                                       123   करोड भन्दा बढी
५     जब तक हैं जान                              122   करोड भन्दा बढी
६     हाउसफुल 2                                    114   करोड भन्दा बढी
७     सन अफ सरदार                             105   करोड भन्दा बढी
८     बोल बच्चन                                    102   करोड भन्दा बढी
9     तलास                                              93   करोड भन्दा बढी
१०  ओह माई गड                                     80   करोड भन्दा बढी

सन् 2011 मा टप 10 लिष्टमा परेका 2/3 चलचित्रले मात्र 100 करोड भन्दा बढीको व्यापार गरेको थियो भने सन् 2012 मा त्यो संख्या 9 पुगेको छ ।माथिको लिष्टमा दबंग 2 लाई समावेश गरेको छैन, किनकि त्यो फिल्म अहिले चलिरहेको छ र त्यसले 166 करोड भन्दा बढीको व्यापार प्रदर्शनको छैठौ दिनमै कटाई सकेको थियो। दबंग 2 अझै राम्रोसंग चलिरहेकोले त्यसलाई कुन स्थानमा राख्ने भनेर यहाको लिष्टमा समावेश नगरेको हो ।

बलिवुडमा सन् 2012 मा कमाईको हिसाबले टप 10 भित्र नपरे पनि स्तरिय निर्देशन, प्रस्तुति, अभिनय, कथा, पटकथा आदिका कारण थुप्रै चलचित्रहरुले राम्रो व्यापार गरेर निर्मातालाई राम्रै मुनाफा दिलाउन र आम दर्शकहरुका साथै फिल्म समिक्षकहरुको मन जित्न पनि सफल भएका चलचित्रहरु निम्न प्रकारका छन:
क्र.सं.  चलचित्र                            कमाई
1.      स्टुडेन्ट अफ द यर            70 करोड भन्दा बढी
2.      काहानी                            59  करोड भन्दा बढी
3.      इसकजदे                         47  करोड भन्दा बढी
4.      हिरोइन                           44  करोड भन्दा बढी
5.      बिक्की डोनर                   41  करोड भन्दा बढी
6.      एङ्ग्लिश विङ्ग्लिश        40  करोड भन्दा बढी
7.      फरारी कि सवारी             29  करोड भन्दा बढी
8.      ग्यांग अफ वास्सिपुर 1    18  करोड भन्दा बढी
9.      ग्यांग अफ वास्सिपुर 2    17  करोड भन्दा बढी
10.    पानसिंग तामोर               15 करोड भन्दा बढी
       
दर्शकहरुबाट रुचाइएको र फिल्मले गरेको ब्यापारको आधारमा हिन्दि फिल्मका नायक नायिकाहरुलाई निम्नानुसार पहिलो देखि क्रमै संग राखिएको छ:
नायकहरु :
1. अक्षय कुमार:  सन् 2012 मा अक्षय कुमारको Rowdy Rathore, Housefull2,OMG, Khiladi786 र Joker गरि 5 फिल्म प्रदर्शनमा आए, त्यस मध्ये Joker फ्लप भयो र बाँकि सबै हिट तथा सुपरहिट भए । सन् 2012 मा अक्षयको फिल्महरुले कुल भा.रु. 415 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष अक्षय नम्बर 1 मा रहन सफल भए।

2. सलमान:  सन् 2012 मा सलमान खानको Ek Tha Tiger र Dabangg2 गरि 2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट भए । सलमानको दबंग 2 यसै महिनाको  अन्तिम हप्ता प्रदर्शनमा आएको थियो र अझै प्रदर्शित नै छ र यस फिल्मले प्रदर्शनको छ दिन भित्रै एक करोड भन्दा बढीको व्यापार गरिसकेको छ । सन् 2012 मा सलमानको फिल्महरूले कुल भा.रु. 365 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष सलमान नम्बर 2 मा रहन सफल भए।

3. अजय:  सन् 2012 मा अजय देवगणको Bol Bachchan र Son of Sardaar गरि  2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म हिट तथा सुपरहिट भए ।  सन् 2012 मा अजयको फिल्महरूले भा.रु. 207 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष अजय नम्बर 3 मा रहन सफल भए।

4. रणबीर :  सन् 2012 मा रणबीर कपुरको मात्र एउट़ा फिल्म Barfi प्रदर्शनमा आयो । त्यस फिल्म र उनको  अभिनयको खुबै तारिफ गरियो र सबैले मनपराए । सन् 2012 मा रणबीरको फिल्मले  भा.रु. 124 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष रणबीर नम्बर 4 मा रहन सफल भए।

5. ह्रितिक :  सन् 2012 मा ह्रितिक रोशनको एउटा मात्र फिल्म Agneepath प्रदर्शनमा आयो । यो फिल्म 80 को दशकको अमिताभ बच्चनको फिल्म Agneepath को रिमेक थियो । फिल्ममा ह्रितिकको अभिनयलाई सबैले मनपराये र फिल्म लाई  पनि । यो फिल्मले भा.रु. 123 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष ह्रितिक नम्बर 5 मा रहन सफल भए।

6.  शाहरुख : सन् 2012 मा शाहरुख खानको एउटा मात्र फिल्म Jab Tak Hain Jaan प्रदर्शनमा आयो। यो यश चोपडा निर्देशित अन्तिम फिल्म भएकोले पनि प्रदर्शन अगाडी निकै चर्चित बनेको थियो। यो फिल्मले चर्चा भए अनुरुप् व्यापार नगरे पनि शाहरुखको अभिनय र फिल्मको चौतर्फी प्रसंसा भएको थियो। तै पनि शाहरुखको यस फिल्मले भा.रु. 122 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष शाहरुख नम्बर 6 मा रहन सफल भए।

7.  शेफ :  सन् 2012 मा शेफअली खानको Cocktail र Agent Vinod गरि 2 फिल्म प्रदर्शनमा आयो। Cocktail हिट भयो भने Agent Vinod ले औसत व्यापार मात्रै गर्यो। सन् 2012 मा शेफको फिल्महरूले कुल भा.रु. 116 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष शेफ नम्बर 7 मा रहन सफल भए।  

नायिकाहरु :
1. सोनाक्षी :  सन् 2012 मा सोनाक्षीको Rowdy Rathore, Son of Sardaar र Dabangg 2 गरि 3 फिल्म प्रदर्शनमा आए र सबै हिट तथा सुपरहिट भए । सन् 2012 मा सोनाक्षीको फिल्महरुले कुल भा.रु. 350 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष सोनाक्षी 1 मा रहन सफल भइन ।

2. कट्रिना :  सन् 2012 मा कट्रिना कैफको Ek Tha Tiger र Jab Tak Hain Jaan गरि 2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट र हिट भए । यश चोपडा निर्देशित Jab Tak Hain Jaan र Ek Tha Tiger मा कट्रिनाको खुबै तारीफ गरियो। सन् 2012 मा कट्रिनाको फिल्महरूले कुल भा.रु. 330 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष सलमान नम्बर 2 मा रहन सफल भइन ।

3. प्रियंका :  सन् 2012 मा प्रियंका चोपडाको Agneepath र Barfi गरि  2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट भए र दुवै फिल्ममा प्रियंकाको अभिनयको खुब तारीफ गरियो। सन् 2012 मा प्रियंकाको फिल्महरूले भा.रु. 247 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष प्रियंका नम्बर 3 मा रहन सफल भइन ।

4. करिना :  सन् 2012 मा करिना कपुरको Heroin र Talaas गरि 2 फिल्म प्रदर्शनमा आए। Heroin मा करिनाले गरेको अभिनयबाट खुबै प्रशंसा बटुलिन र केहि नाफा पनि निर्मातालाई दिलाउन सफल भयो। तर Talaas हिट भयो र अझै चल्दैछ। सन् 2012 मा करिनाको फिल्महरूले भा.रु. 137 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष प्रियंका नम्बर 4 मा रहन सफल भइन ।

5. बिध्या :  सन् 2012 मा बिध्या बालनको एउटा मात्र फिल्म Kahaani प्रदर्शनमा आयो र हिट पनि भयो । यो फिल्म र यसमा बिध्याले गरेको अभिनयलाई सबैले मनपराए । यो फिल्मले भा.रु. 59 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष बिध्या नम्बर 5 मा रहन सफल भइन ।

6.  श्रीदेवी : सन् 2012 मा श्रीदेविले English Vinglish फिल्मबाट पुनरागमन गरेकी हुन्। धेरै समय पछि पनि दर्शक हरुको भरपुर माया बटुल्न सफल भइन र फिल्म पनि हिट भयो ।  यो फिल्मले भा.रु. 40 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष श्रीदेवी नम्बर 6 मा रहन सफल भइन ।

7.  रानी :  सन् 2012 मा रानी मुखर्जीको एउटा मात्र फिल्म Talaas प्रदर्शनमा आयो,   हिट पनि भयो र अझै पनि चलिरहेको छ। फिल्म र नायकको जति चर्चा भयो, त्यस अनुरुप नायिकाको त्यति चर्चा भएन।  सन् 2012 मा रानीको फिल्मले कुल भा.रु. 93 करोड भन्दा बढीको व्यापार गरेको थियो, तर क्रेडिट सबै नायकले लिए । त्यसैले गर्दा यस बर्ष रानी नम्बर 7 मा रहन सफल भइन ।