Thursday, September 13, 2012

नेपालीको उत्कृष्ट प्रदर्शन - क्रिकेट


सर्वप्रथम बधाई छ! नेपाली राष्ट्रिय क्रिकेट टिमलाई l
बिश्व क्रिकेट लिग डिभिजन ४ को प्रतियोगितामा सम्पूर्ण खेलमा बिजयी भएर उपाधिको साथमा बिश्व क्रिकेट लिग डिभिजन ३ मा पुग्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको चारै तीर वाहवाही र भब्य स्वागत भएको थियो l यो साताभरी नेपाली खेलकुद प्रेमी बीच यसै प्रतियोगिताको चर्चा परिचर्चा सेलाउन पाएन l खेलकुदको क्षेत्रमा सरकारी उदासिनताका वाबजुद जतिनै लगानी गरेपनि खेलकुद परिषद्का पदाधिकारीहरुको र उनीहरूमाथि बिभिन्न पार्टीहरुले गर्ने राजनीति र स्पष्ट नीति नियमको अभावमा खेलकुदमा जति जे गरेपनि प्रतिफल सुन्य जस्तै भैरहेको अवश्थामा, विश्व क्रिकेटमा नेपाली क्रिकेट खेलाडीहरुले प्राप्त गरेको यो सफलताले एक पटक फेरी ठुलो आशा पलाएको छ l यसपटक उपाधि जित्नुका साथै बिश्व क्रिकेटको डिभिजन ३ मा पुग्न सफल भएर सम्पूर्ण नेपाली खेलप्रेमीहरुलाई समेत गौरवान्वित पारिदिएका छन् नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले l आफुले खेलेका सबै प्रतियोगिताहरुमा फिल्डिंग,बलिंग र ब्याटिंग क्षेत्रमा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए l प्रतियोगितामा पाएको यो सफलताले नेपाललाई २०१५ मा हुने बिश्व कपमा छनौट हुनसक्ने सम्भावनालाई समेत कायमै राखेको छ l